मङ्गलबार, ०७ फागुन २०७५
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। उनले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा मार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्।
मङ्गलबार, ०७ फागुन २०७५
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउन प्रदेश मातहतमा लाइसेन्स छपाइको जिम्मेवारी दिने तयारी गरेको छ। सवारी साधन अनुमति पत्रको आवेदनको संख्या विगतको भन्दा पाँच गुणासम्म बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको हो। हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धि सम्पूर्ण काम यातायात व्यवस्था विभागले गर्दै आइरहेको छ।
मङ्गलबार, ०७ फागुन २०७५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन एकता प्रक्रिया टुंग्याउन गठित कार्यदल सदस्यहरुसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले बिहीबार एकता कार्यदलसँग छलफलपछि सांगठनिक एकीकरण टुंगो लगाउने निष्कर्ष निकालेको हो।
मङ्गलबार, ०७ फागुन २०७५
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरूले सक्रियता बढाएका छन्। नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकेपछि पार्टीले महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूसँग परामर्श गरेर संघको नयाँ नेतृत्व टुंगो लगाउन केन्द्रीय समितिले जिम्मा दिएको छ।
मङ्गलबार, ०७ फागुन २०७५
सरकारले सोमबार साँझसम्म १३ हजार तीन सय ४१ कर्मचारीको समायोजन टुंगो लगाएको छ। तीमध्ये ११ हजार आठ सय ९५ कर्मचारीको समायोजन संघमै भएको छ। यसअघि सरकारले न्याय सेवा र लेखापरीक्षण समूहका ६ हजार कर्मचारीलाई स्वतः संघमा समायोजन गरेको थियो।
मङ्गलबार, ०७ फागुन २०७५
काठमाडौं, फागुन ६ (नागरिक)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सिंहदरबार काठमाडौंका तत्कालिन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध भ्रष्टचारको मुद्दा चलाएको छ। समिति (रेडियो नेपाल)को लेखा अधिकृत महत्तराले ७ लाख ४० हजार ५ सय २५ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीबिवद्ध मुद्दा चलाएको हो।
मङ्गलबार, ०७ फागुन २०७५
महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ। अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको हो।
मङ्गलबार, ०७ फागुन २०७५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु बजेटमार्फत प्रदेशमा हस्तान्तरण गरिएका आयोजनामध्ये करिब आधा दर्जन संघीयताको मर्मविपरीत केन्द्रमा तानेको छ। सरकारले प्रदेश र स्थानीय तहलाई बजेटमार्फत विभिन्न वर्गीकरणका आधारमा चालु आयोजनाहरु हस्तान्तरण गरे पनि भौतिकले बलपूर्वक केन्द्रमै तानेको हो।
सोमबार, ०६ फागुन २०७५
कवि हरि अधिकारीको उपरोक्त कवितांशले लाइन काटिएका नि:शब्द टेलिफोनको कथा भन्छ जहाँ आवाज प्रतिबन्धित छ। आक्रोशको आवाज र पीडाको क्रन्दन मौन रोदनका लागि अभिशप्त छ। २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाउँदै शासन हातमा लिएको परिप्रेक्ष्यमा कवि अधिकारीले उक्त कविता लेखेका थिए।
सोमबार, ०६ फागुन २०७५
दुई वर्षअघि सम्पन्न अधिवेशनमा माओवादलाई रोल्पाको थबाङमा छोडेर हिडेको विप्लव नेतृत्वको नेकपाले ‘माओवादी जनयुद्धको २४ औं वर्षगाठ’ सदरमुकाममा चियापान गरेर मनायो। एमालेसँग पार्टी एकता गरेको माओवादी केन्द्र सम्मिलित नेकपाले पनि रोल्पा सदरमुकाम लिबाङमै उस्तै प्रकारको चियापान गर्यो। गाउँ गाउँमा कार्यक्रम भए।
सोमबार, ०६ फागुन २०७५
बारा जिल्लामा भएको जिप दुर्घटनाका घाइते बारा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको उनका कान्छा भाइ सञ्चारकर्मी नरेश भट्टराईले नागरिकलाई जानकारी दिए।
सोमबार, ०६ फागुन २०७५
गायक पशुपति शर्माको गीतलाई लिएर संसदमै सत्ता र प्रतिपक्षका सांसदबीच दोहरी चलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले 'लुट्न सके लुट कान्छा..' बोलको गीत गाए बापत गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे।
सोमबार, ०६ फागुन २०७५
अधुरो प्रतिवेदन बनाएको भन्दै नेकपाको सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने भएको छ। सोमबार वसेको सचिवालय बैठकले कार्यदलसंगै बैठक बस्ने निर्णय गरेको हो।
सोमबार, ०६ फागुन २०७५
प्रतिनिधिसभा सदस्य उमा रेग्मीले जिल्लामा रहेका मालपोत कार्यालयहरुमा अनलाइनद्वारा राम्रोसँग काम नहुँदा जनताहरु दुःख पाइरहेका छन्।
सोमबार, ०६ फागुन २०७५
नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा नेता कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको दाबी गरको छ।
सोमबार, ०६ फागुन २०७५
आइतबार अख्तियारले एउटा विज्ञप्ति सार्वजनिक गर्याे। विज्ञप्तिमा तीन हजार घुस लिदै गर्दा मालपोत कार्यालय सप्तरीका नासु पक्राउ परेको जानकारी थियो।
सोमबार, ०६ फागुन २०७५
प्रतिनिधि सभाको बैठक सुरु (प्रत्यक्ष प्रशारण)
सोमबार, ०६ फागुन २०७५
पार्टी एकताका बाँकी विषयलाई टुंगो लगाउन नेकपाले तिब्रता दिएको छ। एकतापछिको जिम्मेवारी बाँडफाँट लगायतका विषयलाई टुंगोमा पुर्याउन अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका भातृ संगठन तथा गाउँ, जिल्ला कमिटीहरुको एकताको विषयमा केन्द्रित हुने बताइएको छ।
सोमबार, ०६ फागुन २०७५
पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्।
सोमबार, ०६ फागुन २०७५
कर्मचारी समायोजन विधेयकप्रति असहमति जनाउँदै सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। चिकित्सकलाई संघमा नै समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका उनीहरुले विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।