निर्वाचन गर्ने विषयमा  कसैसँग सहमति गर्न अावश्यक छैन: संचारमन्त्री

निर्वाचन गर्ने विषयमा कसैसँग सहमति गर्न अावश्यक छैन: संचारमन्त्री

आइतबार, ०५ असार २०७३

सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता धेरधन राईले संविधान कार्यान्वय र निर्वाचन गर्ने कुरा कसैसँग छलफल र सहमति गर्नु पर्ने विषय नभएको जिकिर गरेका छन्।

भूकम्प पीडितको आधारभूत मानव अधिकार जोखिममा

भूकम्प पीडितको आधारभूत मानव अधिकार जोखिममा

आइतबार, ०५ असार २०७३

ष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडित नागरिकको आधारभुत मानव अधिकार जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ।

संसद नियमावली पारित, संसदीय सुनवाई समिति १५ सदस्यीय

संसद नियमावली पारित, संसदीय सुनवाई समिति १५ सदस्यीय

आइतबार, ०५ असार २०७३

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसंचालन नियमावली पारित भएको छ । आइतबार बसेको व्यवस्थापिका संसद बैठकले नियमावली पारित गरेको हो । योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको छ।

भारतको विरोध र ‘ओली राष्ट्रवाद’ले देश हित गर्दैनः राजेन्द्र महतो

भारतको विरोध र ‘ओली राष्ट्रवाद’ले देश हित गर्दैनः राजेन्द्र महतो

आइतबार, ०५ असार २०७३

काठमाडौं– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सकारसँग सार्थक वार्ता कुरेर बसेको बताएका छन्। वार्ताको संख्या थप्ने तर उपलब्धि नहुने अवस्थामा वार्तामा बस्न उनले इन्कार गरे। सरकार र मधेसी मोर्चाबीच चलेको पछिल्लो ‘पत्र व्यवहार’ ले वार्ताको सम्भावना बढेको त देखिन्छ तर दुबै तर्फबाट वार्तामा बस्न ठोस पहल गरिएको भने देखिदैन।

माओवादी केन्द्रमा भद्रगोल

माओवादी केन्द्रमा भद्रगोल

आइतबार, ०५ असार २०७३

काठमाडौं- समान विचार र धारणा राख्ने दस पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन। पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ।

सुनुवाइ समितिमा दल लचिलो

सुनुवाइ समितिमा दल लचिलो

आइतबार, ०५ असार २०७३

काठमाडौं- प्रमुख राजनीतिक दलहरु संसदीय सुनुवाई समिति गठनको सहमति नजिक पुगेका छन्। प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा शुक्रबार र शनिबार दिनभर सहमतिका लागि पहल भएपछि सुनवाई समितिमा सहमति नजिक पुगेको हो।

सुन्निँदै दल

सुन्निँदै दल

आइतबार, ०५ असार २०७३

काठमाडौं- जेठ पहिलो साता दस माओवादी एकीकरणपछि पुष्पकमल दाहाल अध्यक्षतामा घोषित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति १ हजार ९९ सदस्यीय छ। सुरुमा ४ सय ९९ सदस्यीय बनाउने प्रस्ताव भएकामा आकांक्षीको चर्को दबाबले ५ सय ९९ र ६ सय ९९ हुँदै 'जम्बो' कार्यसमिति बन्यो। केन्द्रीय समितिमा बस्न चाहने सबैको सम्बोधन अझै भएको छैन।

आन्तरिक विवादले फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन स्थगित

आन्तरिक विवादले फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन स्थगित

शनिबार, ०४ असार २०७३

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बोलाएको पत्रकार सम्मेलन आइतबारका लागि स्थगित गरिएको छ। एक सतादेखि बसेको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्ने भनेर शनिबार ३ बजे बोलाइएको पत्रकार सम्मेलन आन्तिरिक विवादका कारण स्थगित गरिएको पार्टी निकट स्रोतले बताएको छ।

बाबुको सवारीमा छोरालाई तनाव

बाबुको सवारीमा छोरालाई तनाव

शनिबार, ०४ असार २०७३

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार चीन भ्रमणबाट फर्कंदै थिए। उनको सवारी हुने भएपछि सदाझैं सुरक्षाकर्मीले बाटो खाली बनाए। सहरका विभिन्न ठाउँमा सवारी जाममा परे। त्यही जाममा उनका छोरा दिपेश पनि परे। उनी माइक्रोमा कतै जाँदै थिए। माइक्रोबस धेरैबेर सडकमा जाममा परेपछि त्यसमा गुडिरहेको अन्य यात्रुले कारण पत्ता लगाउन थाले। कारण खोज्दै जाँदा सबै यात्रुले थाहा पाए, उपराष्ट्रपतिको सवारी।

कानुन मिच्न पल्किए व्यवसायी

कानुन मिच्न पल्किए व्यवसायी

शनिबार, ०४ असार २०७३

दुर्गा दुलाल, काठमाडौं— जेठ ७ गते एचपी ग्यास विस्फोटमा परी ललितपुरमा चार जनाको मृत्यु भयो । सिलिन्डरको मोटाइ र गुणस्तर कमसल भएको विषय उठेपछि सरकारले उक्त घटनामा अनुसन्धानसँगै दोषीलाई कारबाही दायरामा ल्याउने निर्णय गर्‍यो।

एमालेको कर्मचारी संगठनमा कुटाकुट

एमालेको कर्मचारी संगठनमा कुटाकुट

शुक्रबार, ०३ असार २०७३

काठमाडौं— आधिकारिक निजामति कर्मचारीको ट्र्ेड युनियनको निर्वाचनमा पहिलो स्थानमा रहेको एमाले सम्वद्ध नेपाल निजामति कर्मचारी संगठनमा अध्यक्ष लगायतका अन्य पदमा कसलाई पठाउने भन्ने विवाद हुँदा केपी शर्मा ओली र माधव नेपाल पक्षका पदाधिकारीहरुवीचनै कुटाकुट भएको छ।

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

शुक्रबार, ०३ असार २०७३

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

शुक्रबार, ०३ असार २०७३

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले बताए।

माओवादीले छाड्यो, किसानले छाडेनन्

माओवादीले छाड्यो, किसानले छाडेनन्

आइतबार, २३ जेठ २०७३

दाङ–द्वन्द्वकालमा सिरीखुरी कब्जा घोषणा गर्दै माओवादीले 'लालझन्डा' गाडेपछि घोराही, बर्गदीका कृष्णप्रसाद शर्मा गाउँबाट विस्थापित भए । २०५८ मंसिरमा सेनाको गोली लागेर ११ किसान मारिएको घटनामा माओवादीले सुराकी आरोप लगाएपछि उनी काठमाडौं बस्न थाले।

ओली गठबन्धन अल्पमतमा - एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय

ओली गठबन्धन अल्पमतमा - एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय

बिहिबार, २३ बैशाख २०७३

काठमाडौं- प्रमुख सत्तासाझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व गठबन्धन अल्पमतमा परेको छ। बुधबार बिहान बसेको एकीकृत माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले परिणाममुखी काम गर्न नसकेको भन्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

कांग्रेसले दश जिल्लाको अधिवेशन किन गर्न सकेन ?

कांग्रेसले दश जिल्लाको अधिवेशन किन गर्न सकेन ?

मङ्गलबार, २१ बैशाख २०७३

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय अधिवेशनअघि नै सम्पन्न गरिसक्नुपर्ने १० जिल्लाको अधिवेशन मिति अझै टुङ्गो लगाउन सकेको छैन। केन्द्रीय महाधिवेशन सकिएको दुई महिना हुँदासमेत विविध कारण रोकिएको १० जिल्लाको अधिवेशन अझै हुन सकेको छैन।

'भारत ओलीलाई हटाउने कोसिसमा'

'भारत ओलीलाई हटाउने कोसिसमा'

शुक्रबार, १७ बैशाख २०७३

चितवन– नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतले केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार परिवर्तन गर्ने कोसिस सुरु गरेको बताएका छन्।

न्याय पाउनेमा भरोसा छैन पीडितलाई

न्याय पाउनेमा भरोसा छैन पीडितलाई

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं-बारा, निजगढकी शशीकुमारी भुजेलका पतिलाई चौध वर्षअघि सुरक्षाकर्मीले लिएर गए। सादा पोसाकमा मध्यराति आएका उनीहरूले एक घन्टामै पतिलाई फर्काइदिने भने पनि दुई दिनपछि उनको शव फेला पर्यो।

संघीय गठबन्धनका २६ बुँदे माग

संघीय गठबन्धनका २६ बुँदे माग

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं-नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चा आबद्ध संघीय गठबन्धनले बन्द सरकारी कलकारखाना खोलेर रोजगारी सिर्जना गर्न माग गरेको छ।

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।

Ncell Footer Ad