नेवि सङ्घको बन्दसत्र भोलिलाई सर्‍यो

नेवि सङ्घको बन्दसत्र भोलिलाई सर्‍यो

सोमबार, २४ साउन २०७३

नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि मङ्गलबार हुने भएको छ ।  आइतबार भएको सङ्घको ११औँ महाधिवेशन उद्घाटनपछि आजका लागि निर्धारित बन्दसत्र प्राविधिक समस्याका कारण साउन २५ गते सारिएको नेवि सङ्घ कार्यालयका मुख्य–सचिव शिव रिमालले जानकारी दिए।

स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न सांसदको आग्रह

स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न सांसदको आग्रह

सोमबार, २४ साउन २०७३

यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गरेका छन्। स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न माग गरेका हुन्।

प्रधानमन्त्री–अमेरिकी राजदूत भेट

प्रधानमन्त्री–अमेरिकी राजदूत भेट

सोमबार, २४ साउन २०७३

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्बीच भेटवार्ता भएको छ।

मधेस एजेन्डा सत्ताको सिँढी

मधेस एजेन्डा सत्ताको सिँढी

सोमबार, २४ साउन २०७३

२०१५ सालमा तराई कांग्रेस पार्टीको नेतृत्व गरेका वेदानन्द झा मधेसको मुद्दा उठाएर लोकप्रिय बने। त्यही लोकप्रियताको जगमा सत्तामा पनि पुगे। सत्तारोहणसँगै उनी आलोचित बन्दै गए। र, आफ्नो राजनीतिको आधारभूमि मधेसबाटै जनमत गुमाए।

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

सोमबार, २४ साउन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रहरीसँगको भिडन्तका क्रममा मारिएका भारतीय नागरिकलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेको छ। पाँच महिनासम्म चलेको मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीसँगको भिडन्तमा मारिएका एक भारतीयलाई शहीद घोषणा गरी १० लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने मोर्चाको माग छ।

'तीन दिनभित्र कार्ययोजना पेस गर्नू'

'तीन दिनभित्र कार्ययोजना पेस गर्नू'

सोमबार, २४ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सरकारका सचिवहरुलाई तीन दिनभित्र कार्ययोजना बनाएर पेस गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव सोमलाल सुवेदीसहित सचिवहरुको उपस्थितिमा 'युनिफाइड कमान्ड'मा काम गर्न निर्देशन गरेका हुन्। उनले आफूलाई कामको रिजल्ट देखिने गरी चाहिने बताएका छन्।

रहेनन् प्रजातन्त्र सेनानी

रहेनन् प्रजातन्त्र सेनानी

सोमबार, २४ साउन २०७३

प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आइतबार निधन भएको छ। झापा, धुलाबारीनिवासी ८० वर्षीय नेम्वाङ लामो समयदेखि दुवै मिर्गौला खराब भएर थलिएका थिए। बिर्तासिटी अस्पतालमा उपचारक्रममा साँझ साढे ६ बजे उनको निधन भएको हो। केही समय पहिले मात्र उनी राजधानीमा उपचार गरेर फर्किएका थिए। केही दिनअघि झापा आएका उनी घरबाटै उपचारका लागि बिर्तासिटी अस्पताल धाइरहेका थिए।

अदालत आदेश लत्याउँदै कार्की

अदालत आदेश लत्याउँदै कार्की

सोमबार, २४ साउन २०७३

सर्वोच्च अदालतले क्षेत्राधिकार ननाघ्न पटक–पटक दिएको आदेश अटेरी गर्दै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख लोकमानसिंह कार्कीले अदालतलाई विवादमा तान्ने प्रयास गरिरहेका छन्।

मैदानमा चार गुट

मैदानमा चार गुट

सोमबार, २४ साउन २०७३

नेपाली कांग्रेसमा हाबी गुटगत राजनीतिको प्रभाव भातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा पनि प्रस्ट देखिएको छ। जारी महाधिवेशनको नेतृत्व आफ्नो पक्षमा ल्याउन आइतबार साँझसम्म चारवटा गुट सक्रिय छन्।

सहमति जुटाउन कस्सियो मोर्चा

सहमति जुटाउन कस्सियो मोर्चा

सोमबार, २४ साउन २०७३

कांग्रेस–माओवादी गठबन्धनसँग तीनबुँदे सम्झौतासँगै संविधानप्रतिको असन्तुष्टि किनारा लगाउने तयारीमा रहेका मधेसकेन्द्रित दलले संविधान संशोधनका विषयमाथि छलफल तीव्र पारेका छन्। सरकारले सम्झौताका दुई बुँदा कार्यान्वयनमा ल्याएपछि संविधान संशोधनसँग सरोकार राख्ने तेस्रो बुँदा टुंग्याउन दबाब बढ्दै जाँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आन्तरिक कसरत बढाएका हुन्।

कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न सर्वोच्चको आदेश

कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न सर्वोच्चको आदेश

आइतबार, २३ साउन २०७३

सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

प्रधानमन्त्रीले सचिवहरुलाई भने: तीन दिनभित्र परिणाममुखी योजना पेश गर्नुस्

प्रधानमन्त्रीले सचिवहरुलाई भने: तीन दिनभित्र परिणाममुखी योजना पेश गर्नुस्

आइतबार, २३ साउन २०७३

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणाममूखी योजना पेश गर्न निर्देशन दिएका छन्।

अनशनरत नेविसंघ नेता भेट्न देउवा अस्पतालमा

अनशनरत नेविसंघ नेता भेट्न देउवा अस्पतालमा

आइतबार, २३ साउन २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोडल अस्पताल पुगेर आमरण अनसन बसिरहेका नेविसंघ नेताहरु गणेश सापकोटा र नेविसंघ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुंगेलसँग भेट गरेका छन्।

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

आइतबार, २३ साउन २०७३

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

अनसनबीच नेविसंघ महाधिवेशन सुरु

अनसनबीच नेविसंघ महाधिवेशन सुरु

आइतबार, २३ साउन २०७३

नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्‌घाटन गरेका छन्। अनसन र विवादकाबीच नेपाली कांग्रेसको विद्यार्थी संगठनको चुनाबी महाधिवेशन सुरु भएको हो।

भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा  हस्तक्षेप अस्वीकार्य

भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य

आइतबार, २३ साउन २०७३

एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका छन्।

'लोकमानलाई १३ हातको टाँगाले छुँदैन'

'लोकमानलाई १३ हातको टाँगाले छुँदैन'

आइतबार, २३ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको दल नेकपा माओवादी केन्द्रका नेता एवं सांसद राम नारायण बिडारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई १३ हातको टाँगाले पनि नछुने बताएका छन्।

संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव

संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव

आइतबार, २३ साउन २०७३

संविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाले संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव गरेको छ। मधेसको माग सम्बोधन गर्ने भन्दै कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न संविधानका ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाले गरेको हो।

गगन थापा र प्रदीप पौडेलको समर्थन काफ्ले समूहलाई

गगन थापा र प्रदीप पौडेलको समर्थन काफ्ले समूहलाई

आइतबार, २३ साउन २०७३

नेविसंघको युवा पंक्तिमा बलियो पकड भएका नेता गगन थापा र पौडेलले नेविसंघ ११ औं महाधिवेशनमा कुन्दनराज काफ्ले समूहलाई समर्थन गर्ने भएका छन्। ११ औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु हुनुअघि नेता गगन थापाले मुलुकभरिबाट आएका नेविसंघ महाधिवेशन प्रतिनिधिलाई बागबजारमा सम्बोधन गर्दै गणतान्त्रिक जनआन्दोलनको नेतृत्व गरेको समूह नै नेविसंघको मूलधार भएको बताए।

जिटिएमा ‘गोर्खाल्यान्ड’बासीको असन्तुष्टि चुलिँदै

जिटिएमा ‘गोर्खाल्यान्ड’बासीको असन्तुष्टि चुलिँदै

आइतबार, २३ साउन २०७३

भारतको दार्जिलिङलगायत पहाडी क्षेत्रमा सरकारले विभिन्न जाति विकास बोर्ड गठन गरेपछि नेपालीभाषी राज्य सरकारप्रति रुष्ट बन्दैछन्। गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)मा पनि सरकारले पटक–पटक हस्तक्षेप गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले गम्भीर असन्तुष्टि जनाएपछि त्यसको लहर जनस्तरसम्म पुगेको छ।

Ncell Footer Ad