पर्दाभित्रबाट प्रतिनिधि छनौट गरिए महाधिवेशन बहिष्कार गर्ने चेतावनी

पर्दाभित्रबाट प्रतिनिधि छनौट गरिए महाधिवेशन बहिष्कार गर्ने चेतावनी

शनिबार, २९ साउन २०७३

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनका नेतृत्वका आकांक्षीहरुले कालो पर्दाभित्रबाट प्रतिनिधि छनौट गर्न लागेको भन्दै फर्जी प्रतिनिधि तत्काल खारेज नगरे महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन्।

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

शनिबार, २९ साउन २०७३

नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । गत मङ्गलबार मध्यराति नेपाली काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरेप नि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ ।

शरणार्थी समस्या समाधानमा सहजीकरण गर्न प्रधानमन्त्रीको आग्रह

शरणार्थी समस्या समाधानमा सहजीकरण गर्न प्रधानमन्त्रीको आग्रह

शनिबार, २९ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीकालागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेट गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्तले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको जानकारी गराएका थिए ।

'प्रणव र जिनपिङलाई ल्याउन नेपाल गम्भीर'

'प्रणव र जिनपिङलाई ल्याउन नेपाल गम्भीर'

शनिबार, २९ साउन २०७३

'प्रधानमन्त्रीका रुपमा चीन र भारतमा मेरो भ्रमण हुने नै छ,' केही बुद्धिजीवी, लेखक र सम्पादकहरूसँग शुक्रबार बेलुका बालुवाटारमा अन्तरक्रिया गर्दै दाहालले भने, 'उहाँहरू (उपप्रधानमन्त्रीद्वय) को भ्रमणको उद्देश्य दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने हो।' भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमण नभएको धेरै वर्ष भएको उनले सुनाए।

सीमांकन धकेल्न कांग्रेस लबिङ

सीमांकन धकेल्न कांग्रेस लबिङ

शनिबार, २९ साउन २०७३

स्थानीय तह पुनःसंरचनामा सीमांकन र नामांकन पछि सार्न नेपाली कांग्रेसले लबिङ सुरु गरेको छ। अघिल्लो सरकारले सीमा निर्धारण आयोगलाई तोकेको समयसीमा सकिनै लाग्दा सीमांकन र नामांकन कार्यमा अझै छलफल आवश्यक रहेको भन्दै कांग्रेस म्याद थपको लबिङमा लागेको हो।

संविधान संशोधन हुन्छ, नभए खारेजः अध्यक्ष यादव

संविधान संशोधन हुन्छ, नभए खारेजः अध्यक्ष यादव

शुक्रबार, २८ साउन २०७३

जनकपुर– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदबाट संविधान संशोधन नभए खारेजीको लागि अर्को आन्दोलनमा होमिने चेतावनी दिएका छन्। पार्टीको २ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै शुक्रबार जनकपुरमा उनले शान्ति र स्थायित्वको लागि संविधान संशोधनको विकल्प नरहेको ठोकुवा गरे।

समर्थन गर्ने दललाई बेवास्ता गरे सरकार अल्पमतमा पर्छ: अध्यक्ष ढकाल

समर्थन गर्ने दललाई बेवास्ता गरे सरकार अल्पमतमा पर्छ: अध्यक्ष ढकाल

शुक्रबार, २८ साउन २०७३

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले माओबादी र कांग्रेस बिचको माया प्रेमले मात्रै सरकार लामो समय नटिक्ने बताएका छन्। निजि निवास चुनदेबीमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले सरकारको बारेमा टिप्पणी गर्ने बेला भइनसकेको भए पनि बिहानीले दिनको संकेत गरे जस्तै शुरुमै सबै दललाई सहमतिमा नलिए सरकारले गरी नखाने बताए।

लेखा समिति सभापतिबाट जनार्दन शर्माको राजीनामा

लेखा समिति सभापतिबाट जनार्दन शर्माको राजीनामा

शुक्रबार, २८ साउन २०७३

काठमाडौं- ब्यवस्थापिका संसद्, लेखा समितिको सभापति जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। सिंहदरवारमा शुक्रबार बसेको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्। राजनीतिक भागबन्डमा लेखा समिति प्रतिपक्षका लागि छुट्याएको भन्दै उनले राजीनामा घोषणा गरेका हुन्।

ओलीद्वारा जाँदाजाँदै कार्यकर्तालाई २७ लाख

ओलीद्वारा जाँदाजाँदै कार्यकर्तालाई २७ लाख

शुक्रबार, २८ साउन २०७३

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै आफ्ना कार्यकर्तालाई व्यक्तिगत रूपमा २७ लाख रुपियाँ बाँडेको पाइएको छ। साथसाथै प्रतिष्ठान र संस्थानमा राजनीतिक नियुक्तिसमेत गरेको भेटिएको छ।

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

शुक्रबार, २८ साउन २०७३

पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा  अध्ययन गरेका थिए।

कानुन नहुँदा थन्किए उजुरी

कानुन नहुँदा थन्किए उजुरी

शुक्रबार, २८ साउन २०७३

सरकारले आवश्यक सहयोग नगर्दा दसवर्षे सशस्त्र द्वन्द्वकालीन मुद्दा टुंग्याउन गठित दुई आयोग उपलब्धिविहीन बन्ने जोखिम बढेको छ। दुई वर्षका लागि गठित आयोग डेढ वर्ष पूरा हुँदा संकलित उजुरी किनारा लगाउन कानुनसम्म बन्न सकेको छैन।

दुई उपप्रधानमन्त्री भारत र चीन जाँदै

दुई उपप्रधानमन्त्री भारत र चीन जाँदै

शुक्रबार, २८ साउन २०७३

सरकारले दुई छिमेकीसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दुई उपप्रधानमन्त्री भारत र चीन पठाउने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले छिमेकीसँग सम्बन्ध सुधार र आपसी मित्रता कायम गर्न गृहमन्त्रीसमेत रहेका विमलेन्द्र निधिलाई भारत र अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउन लागेको हो। उनीहरू आगामी भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा ती देश जाँदै छन्।

लम्बियो नेविसंघ महाधिवेशन

लम्बियो नेविसंघ महाधिवेशन

शुक्रबार, २८ साउन २०७३

महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयार नहुँदा नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र अझै सुरु हुन सकेन। भागबन्डाका आधारमा प्रतिनिधि टुंगो लगाइए पनि बिहीबार साँझसम्म कुनै पनि पक्षले सूची उपलब्ध नगराएपछि महाधिवेशन लम्बिएको हो।

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

शुक्रबार, २८ साउन २०७३

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो अस्तित्व विलय गरेर राप्रपा नेपालसँग एकीकरण नहुने बताएका छन्। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राणाले स्वाभिमान र आत्मसम्मान बन्धक राखेर राप्रपा नेपालसँग शरण मागीमागी एकता गर्न नसकिने बताए।

नयाँ संकट निम्त्याउँदै दल

नयाँ संकट निम्त्याउँदै दल

शुक्रबार, २८ साउन २०७३

करिब नौ महिनापछि मधेसवादी दल व्यवस्थापिका संसद्मा छिरेपछि धेरैलाई लागेको थियो– अब देशले राजनीतिक निकास पाउँछ। कमसेकम छलफलको माध्यमबाट संविधान कार्यान्वयन बाटो खुल्नेमा धेरै आशावादी थिए।

कालाबजारीलाई कडा कारबाही गर्छाैंः मन्त्री बाेहरा

कालाबजारीलाई कडा कारबाही गर्छाैंः मन्त्री बाेहरा

बिहिबार, २७ साउन २०७३

काठमाडौं– नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राप्रपा एकीकरण प्रयत्न कायमैः अध्यक्ष जबरा

राप्रपा एकीकरण प्रयत्न कायमैः अध्यक्ष जबरा

बिहिबार, २७ साउन २०७३

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पुनःएकीकरणको प्रयत्न गर्ने भएको छ। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो औँल्याउँदै अन्तरिम विधान परिमार्जन भएपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे।

राजनीतिक दलहरु एकजुट हुनुपर्छः सभामुख घर्ती

राजनीतिक दलहरु एकजुट हुनुपर्छः सभामुख घर्ती

बिहिबार, २७ साउन २०७३

तुलसीपुर (दाङ)– सभामुख ओनसरी घर्तीले संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन्।

एक डेढ महिनाभित्रै संविधान संशाेधन प्रक्रिया अघि बढ्छः मन्त्री निधि

एक डेढ महिनाभित्रै संविधान संशाेधन प्रक्रिया अघि बढ्छः मन्त्री निधि

बिहिबार, २७ साउन २०७३

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक डेढमहिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन्। मधेशी मोर्चासँग भएको सम्झौताअनुसार अब संविधान संशोधन हुने उनले बताए।

प्रधानमन्त्रीमा दाहाललाई भोट दिएको मधेसी मोर्चा प्रतिपक्षमा

प्रधानमन्त्रीमा दाहाललाई भोट दिएको मधेसी मोर्चा प्रतिपक्षमा

बिहिबार, २७ साउन २०७३

प्रधानमन्त्री निर्वाचनमा भाग दिएर पुष्पकमल दाहालको पक्षमा मतदान गरेको मधेसी मोर्चा व्यवस्थापिका संसदमा प्रतिपक्षमा बस्दै आएको छ। प्रधानमन्त्रीमा दाहाललाई मतदान गर्नुअघि कांग्रेस-माअाेवादीसँग तीन बुँदे सहमति गरेको मोर्चाले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता नगराएसम्म प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। यसअघि पनि मोर्चा प्रतिपक्षको पंक्तिमा बस्दै आएको थियो।

Ncell Footer Ad