भूकम्पपीडितको गुनासो सुन्न समिति

भूकम्पपीडितको गुनासो सुन्न समिति

शुक्रबार, १७ असार २०७३

काठमाडौं– भूकम्पपीडितको पुनर्निर्माणसम्बन्धी गुनासो सुन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच तहको समिति रहनेगरी गुनासो सुनुवाइ कार्यविधि पारित गरेको छ।

सरकारी निकायमा दरबन्दी नथपिने

सरकारी निकायमा दरबन्दी नथपिने

शुक्रबार, १७ असार २०७३

काठमाडौं– स्थानीय तह र सामुदायिक संगठनबाहेक अब सबै सरकारी निकायको दरबन्दी थप नहुने भएको छ।

पूर्वमन्त्री मङ्गलसिद्धि मानन्धरको निधन

पूर्वमन्त्री मङ्गलसिद्धि मानन्धरको निधन

शुक्रबार, १७ असार २०७३

काठमाडौँ-सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको ७५ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको छ।

संसदमा दुई विधेयक पेश

संसदमा दुई विधेयक पेश

शुक्रबार, १७ असार २०७३

काठमाडौँ-व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘न्याय परिषद् विधेयक, २०७३’ र ‘वन(दोस्रो संशोधन) विधेयक’, २०७१ प्रस्तुत भएको छ।

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

शुक्रबार, १७ असार २०७३

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न आग्रह गरेको छ।

कोरम नपुग्दा समिति बैठक स्थगित

कोरम नपुग्दा समिति बैठक स्थगित

शुक्रबार, १७ असार २०७३

महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।

कमिसन जालो च्यात्न इ–भुक्तानी

कमिसन जालो च्यात्न इ–भुक्तानी

शुक्रबार, १७ असार २०७३

सरकारले कर्मचारीतन्त्रमा व्याप्त कमिसन जालो च्यात्दै आर्थिक पारदर्शिता कायम गर्न बिल रकम भुक्तानी सिधै सम्बन्धित पार्टीको बैंकखातामार्फत गर्ने लेखा प्रणाली लागू गरेको छ । कार्यालय प्रमुख र लेखा प्रमुखको मिलेमतोमा बिल रकम भुक्तानी सम्बन्धित पार्टीसँग आर्थिक लेनदेनमा मात्र गर्ने परिपाटी व्यापक भएपछि अनियमितता नियन्त्रण गर्न ‘इ–पेमेन्ट’ लागू गरिएको हो ।

चीनले बन्द गर्याे कोरला नाका

चीनले बन्द गर्याे कोरला नाका

शुक्रबार, १७ असार २०७३

उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरेर २५ दिनका लागि खोलिएको कोरला नाका चीनले सुरक्षा कारण देखाउँदै १० दिनअघि नै बन्द गरेको छ ।

‘भूकम्पपीडितलाई भरपर्दो व्यवस्था मिलाऊ’

‘भूकम्पपीडितलाई भरपर्दो व्यवस्था मिलाऊ’

बिहिबार, १६ असार २०७३

काठमाडौं— मनसुन सुरु भएसँगै भूकम्पपीडित जनता थप मारमा परेको भन्दै सांसदहरूले तत्काल भरपर्दाे व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा बिहीबार विशेष र शून्य समयमा बोल्दै उनीहरूले बाढी–पहिरोले भूकम्पपीडितका टहरा बगाएको र उनीहरू बसेको ठाउँ नै जोखिममा परेको प्रति सरकारको ध्यानाकर्षण गराए।

गमलामा धान रोप्नु गल्ती : कृषिमन्त्री

गमलामा धान रोप्नु गल्ती : कृषिमन्त्री

बिहिबार, १६ असार २०७३

महेन्द्रनगर– कृषिमन्त्री हरिबोल गजुरेलले ‘राष्ट्रिय धान दिवस’ का अवसरमा रातो कार्पेटमाथि राखिएको गमलामा धान रोप्नु आफ्नो गल्ती भएको बताएका छन्।

एमाले प्रचार विभाग सचिवमा विष्णु रिजाल

एमाले प्रचार विभाग सचिवमा विष्णु रिजाल

बिहिबार, १६ असार २०७३

काठमाडौं—नेकपा(एमाले) प्रचार तथा प्रकाशन विभागका सचिवमा ‘बुधबार’ साप्ताहिकका सम्पादन सल्लाहकार तथा ‘पहिलोन्युज डटकम’का सम्पादक विष्णु रिजाल विजयी भएका छन्।

गणेश शेरचन कावा अध्यक्षबाट बर्खास्त

गणेश शेरचन कावा अध्यक्षबाट बर्खास्त

बिहिबार, १६ असार २०७३

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, समानान्तरको केन्द्रीय कार्यसमितिको बैठकले कावा अध्यक्ष गणेश शेरचनलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

नयाँ शक्तिले ध्यान र योग प्रवर्द्धन गर्ने

नयाँ शक्तिले ध्यान र योग प्रवर्द्धन गर्ने

बिहिबार, १६ असार २०७३

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पूर्वी सभ्यताका महत्वपूर्ण विषयहरु ध्यान र योगलाई महत्व साथ उठाउने भएको छ। पार्टी संयोजक डा.भट्टराईले पूर्वीय दर्शनका राम्रा कुरालाई आत्मसात गर्ने पार्टी नीतिअनुसार योग तथा विपश्यना ध्यानलाई पार्टी नेतृत्व तहबाट प्रवर्धन गर्ने बताए।

दाहाल प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याए हुन्छः मैनाली

दाहाल प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याए हुन्छः मैनाली

बिहिबार, १६ असार २०७३

उपप्रधान एवं महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले राष्ट्रियता खतरामा परेका एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको बताएका छन्।

नौ बुँदे सहमति कार्यान्वयन नगरी बजेट पारित हुन दिन्नाैं: शर्मा

नौ बुँदे सहमति कार्यान्वयन नगरी बजेट पारित हुन दिन्नाैं: शर्मा

बिहिबार, १६ असार २०७३

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालीन एओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।

संघीय गठबन्धनको विवाद उत्कर्षमा

संघीय गठबन्धनको विवाद उत्कर्षमा

बिहिबार, १६ असार २०७३

आन्दोलनको नेतृत्व कसले गरेको भन्ने विषयमा विवाद बढ्दै जाँदा संघीय गठबन्धन भित्रको विवाद उत्कर्षमा पुगेको छ। आन्दोलनको नेतृत्व मधेसी मोर्चाले गरेको वा संघीय गठबन्धनले भन्ने विवाद बढ्दै जाँदा गठबन्धनको अस्तित्व धराममा परेको छ।

आन्दोलन सशक्त बनाउने गठबन्धनको निर्णय

आन्दोलन सशक्त बनाउने गठबन्धनको निर्णय

बिहिबार, १६ असार २०७३

आन्दोलनरत संघीय गठबन्धनले आगामी दिनमा आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेको छ। आन्दोलनको समिक्षा गर भावी रणनीति तय गर्न बिहीबार बसेको गठबन्धन सचिवालयको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको सचिवालय सदस्य एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।

आठ वर्षसम्म निर्देशिका कागजमै सीमित

आठ वर्षसम्म निर्देशिका कागजमै सीमित

बिहिबार, १६ असार २०७३

सर्वोच्च अदालतले आठ वर्षअघि गरेको आदेश लागू गराउन स्थानिय प्रशासन असफल देखिएको छ। सर्वोच्च अदालतले डान्स रेस्टुरेन्ट, बार र मसाज पार्लरमा कार्यरत महिलामाथि हुने यौन उत्पीडन रोक्न जारी गरेको निर्देशिका २०६५ लागू गराउन नसकिएको हो।

४० स्थानीय संरचना 'मिलाउन हम्मे'

४० स्थानीय संरचना 'मिलाउन हम्मे'

बिहिबार, १६ असार २०७३

असमान आवादी र भौगोलिक संरचनाका कारण २० गाविस र २० वटै नगरपालिका  स्थानीय तह पुनःसंरचनामा असहज भेटिएका छन्। स्थानीय तह पुनःसंरचना आयोगले विभिन्न गाविस र नगरपालिका गरी ४० वटा स्थानीय निकायलाई जनसंख्या र भूगोलका हिसाबले असमान ठहर गर्दै पुनःसंरचनामा समस्या आउने औंल्याएको हो।

नेपाली दूतावासले किन्यो बैंककमा घर

नेपाली दूतावासले किन्यो बैंककमा घर

बिहिबार, १६ असार २०७३

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले १५ करोड थाई भाट (करिब ४५ करोड नेपाली रुपैयाँ) मा आफ्नो नाममा घरजग्गा खरिद गरेको छ। बैंककको सुकुम्भित रोड–७१ को २७ नम्बरमा सानाठूला तीनवटा घरसहितको पौने चार रोपनी जग्गा दूतावासले खरिद गरेको हो। बुधबार उक्त जग्गा नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ।

Ncell Footer Ad