ओलीको राजीनामा स्वीकृत, सरकार कामचलाउ

ओलीको राजीनामा स्वीकृत, सरकार कामचलाउ

आइतबार, ०९ साउन २०७३

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दिएको राजीनामा स्वीकृत भएको छ। संविधानको धारा २९८ उपधारा ८ को खण्ड क बमोजिम ओलीले दिएको लिखित राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकी हुन्।

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

आइतबार, ०९ साउन २०७३

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीनामा दिएका छन्। उनले संसदलाई सम्वोधन गर्दै राजनीनामा दिएको घोषणा गरे। उनले संसदमा सम्वोधन गर्न जानु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गरेका हुन्।

नेविसंघ नेताहरुले पार्टी कार्यालयमा अनसन थाले

नेविसंघ नेताहरुले पार्टी कार्यालयमा अनसन थाले

आइतबार, ०९ साउन २०७३

काठमाडौं— विधि र पद्धतिसम्मत तवरबाट तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सुनिश्चितताको माग गर्दै नेविसंघ नेताहरुले माउ पार्टी कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि रिले अनसन सुरु गरेका छन्।

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

आइतबार, ०९ साउन २०७३

प्रधानमन्त्री केपी ओलीले सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता रहेको बताएका छन्। व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले सरकार गठन विघटन र आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका विशेषता रहेको बताएका हुन्।

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

आइतबार, ०९ साउन २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सरकारले बाधा अड्काउ फुवाउ गर्न सरकारले राष्ट्रपतिसमक्ष गरेको सिफारिसप्रति असन्तुष्टि जनाएका छन्।

राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश

राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश

आइतबार, ०९ साउन २०७३

काठमाडौं— मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि व्यवस्था नभएकाले 'बाधा अड्काउ फुकाउ'का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ।

अमरेश सिंहको नागरिकता छानविनकाे माग गर्दै प्रदर्शन

अमरेश सिंहको नागरिकता छानविनकाे माग गर्दै प्रदर्शन

आइतबार, ०९ साउन २०७३

युवा सङ्घ नेपालले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको स्वास्थ्यलाई आपत्तिजनक भनेर अभिव्यक्ति दिने सांसद अमरेश सिंहलाई कारबाहीको माग गरेको छ ।

सत्तामा रहँदाको देशभक्ति एउटा र सत्ताबाहिर हुँदा अर्को हुँदैन: पौडेल

सत्तामा रहँदाको देशभक्ति एउटा र सत्ताबाहिर हुँदा अर्को हुँदैन: पौडेल

आइतबार, ०९ साउन २०७३

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तामा रहँदाको देशभक्ति एउटा र सत्ताबाहिर रहँदाको देशभक्ति अर्को नहुने बताएका छन्। संसदमा अविश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै पौडेलले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा फरक ब्याख्या गर्नु अवसरवादी हुने बताए।

जब राजेन्द्र पाण्डेले दाहाललाई भैंसी व्यापारीसँग तुलना गरे...

जब राजेन्द्र पाण्डेले दाहाललाई भैंसी व्यापारीसँग तुलना गरे...

आइतबार, ०९ साउन २०७३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा पेश गरेके अविश्वासको प्रस्तावमाथिको छलफलमा रोचक वहश भइरहेको छ। नेताहरुले आफ्नो पार्टीको नीति अनुसार अविश्वासको पक्ष र विपक्षमा रोचक वहश भइरहेको छ।

सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन: भट्टराई

सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन: भट्टराई

आइतबार, ०९ साउन २०७३

याँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताए। नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईल जनअपेक्षानुरुप आर्थिक समृद्धि र विकासमा देशलाई लैजानुपर्नेमा पुराना राजनीतिक दल पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहेको आरोप लगाए।

सरकार सबै विषयमा असफलः खड्का

सरकार सबै विषयमा असफलः खड्का

आइतबार, ०९ साउन २०७३

अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकार हरेक मोर्चामा असफल भएको भन्दै संसदमा पेश भएको अविश्वास प्रस्तावलाई समर्थन गरेका छन्। अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै खड्काल भूकम्पपछिको पुर्ननिर्माण, नामबन्दी, जनजिविका तथा मार्यादित परराष्ट्र नीति कायम गर्न सरकार पूर्ण असफल भएको आरोप लगाए।

अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै

अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै

आइतबार, ०९ साउन २०७३

संसदमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८३ सांसद छन्। माओवादी सांसद ओनसरी घर्ती सभामुख रहेकाले केन्द्रका तर्फबाट ८२ मत मात्र पर्नेछ। कांग्रेस महामन्त्री शशांक कोइराला र नेता नरहरि आचार्य अस्वस्थ रहेकाले मतदानमा सहभागी हुने–नहुने निश्चित छैन।

युवा संघले विरोध गर्नु सरकार छोड्दाको छटपटीः अमरेशकुमार सिंह

युवा संघले विरोध गर्नु सरकार छोड्दाको छटपटीः अमरेशकुमार सिंह

आइतबार, ०९ साउन २०७३

नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले सत्ता छोड्नु अघिको पीडाका कारण युवा संघले आफूविरुद्ध प्रदर्शन गरिरहेको बताएका छन्। 'एमालेलाई सरकार छोड्न लाग्दाको छटपटी छ। पीडा छ। त्यही छटपटी मविरुद्ध पोखिएको हो', नागरिकन्युजसँग सांसद सिंहले भने, 'यो त्यही उत्तेजना हो।'

राष्ट्रपति भण्डारी र नेता देउवाबीच राजनीतिक भेटघाट

राष्ट्रपति भण्डारी र नेता देउवाबीच राजनीतिक भेटघाट

आइतबार, ०९ साउन २०७३

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

सांसद कोषबाट मनपरी खर्च

सांसद कोषबाट मनपरी खर्च

आइतबार, ०९ साउन २०७३

नारायणपुर खानेपानी संस्थाले गत वर्ष संसदको पूर्वाधार विकास कोषअन्तर्गतको १० लाख रुपैयाँ बजेट पायो। संस्थाले सामान खरिदमै पूरै रकम खर्च भएको जनाउँदै केही समयअघि योजना पूरा भइसकेको कागजात मिलायो।

सत्तामा तेस्रो दललाई सधैं लाभ

सत्तामा तेस्रो दललाई सधैं लाभ

आइतबार, ०९ साउन २०७३

सामान्यतया संसदीय व्यवस्थामा ठूलो दलले सरकार नेतृत्व गर्ने, दोस्रो दल प्रतिपक्षमा बस्ने संसारभर प्रचलन छ। नेपालमा भने ठिक त्यसको उल्टो। यहाँ धेरै समय तेस्रो या दोस्रो दल सरकार नेतृत्वमा पुग्छन्, पहिलो भने प्रतिपक्ष। किन यस्तो उल्टो हुन्छ त?

सरकार छाड्दै साना दल

सरकार छाड्दै साना दल

आइतबार, ०९ साउन २०७३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सफल हुने संकेत पाएसँगै सत्तासाझेदार साना दल सरकार छाड्न हतारिएका छन्।

राप्रपा पनि अविश्वासको पक्षमा

राप्रपा पनि अविश्वासको पक्षमा

आइतबार, ०९ साउन २०७३

सत्ता गठबन्धनको एक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ।

अविश्वासको पल्लाभारी, पक्षमा '३७०' सांसद

अविश्वासको पल्लाभारी, पक्षमा '३७०' सांसद

आइतबार, ०९ साउन २०७३

नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसद्मा दर्ता अविश्वास प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरूको भनाइ छ। प्रस्तावमाथि छलफलपछि आइतबार हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले दाबी गरे।

अमरेश सिंहलाई कारबाही गर्न युवा संघको माग

अमरेश सिंहलाई कारबाही गर्न युवा संघको माग

शनिबार, ०८ साउन २०७३

काठमाडौं- युवा संघ नेपालले कांग्रेस सांसद अमरेश सिंहले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। सिंहले आज संसदमा बोल्दै प्रधानमन्त्रीको 'मानसिक अवस्था ठिक नभएको' बताएका थिए।

Ncell Footer Ad