'विदेशीकाे अतिरिक्त चासाेका अाधारमा संविधान संशाेधन गर्न सकिँदैन'

'विदेशीकाे अतिरिक्त चासाेका अाधारमा संविधान संशाेधन गर्न सकिँदैन'

बुधबार, ०८ भदौ २०७३

एमालेले छिमेकी मुलुकसँग कायम भएको सन्तुलित सम्बन्धनलाई पुन असन्तुलित बनाउने जागेको स्वाभिमानलाई गिराउने र नेपाली आफैंले केही गर्न सक्दैनन भन्ने छाप पारेर मुलुकको शीर निहुरिने अवस्थाको सृजना गर्न सरकारका गतिविधि उद्यत रहेको आरोप लगाएको छ। ‘एमाले यस्ता क्रियाकलापको दृढतापूर्वक विरोध गर्दै आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्नेमा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

बाबुराम कोठा सर्दै, भाडा १ लाख १० हजार

बाबुराम कोठा सर्दै, भाडा १ लाख १० हजार

बुधबार, ०८ भदौ २०७३

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले डेरा सर्ने भएका छन्। उनी बिशालनगरमा रहेको दानी चन्दको घरमा कर सहित १ लाख १० हजार भाडा तिरेर बस्न लागेका हुन्।

'वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा '

'वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा '

बुधबार, ०८ भदौ २०७३

नेकपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।

कसैले भाग नलिएपनि चुनाव भएरै छाड्छ: गजुरेल

कसैले भाग नलिएपनि चुनाव भएरै छाड्छ: गजुरेल

बुधबार, ०८ भदौ २०७३

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले समयमै स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन्।

'हेलिकप्टरमा पैसा पुर्‍याउनोस् , पीडितलाई हातहातै दिनोस्'

'हेलिकप्टरमा पैसा पुर्‍याउनोस् , पीडितलाई हातहातै दिनोस्'

बुधबार, ०८ भदौ २०७३

पुननिर्माणको काम संयन्त्रै संयन्त्रमा फसेको छ। मैले ४५ दिन भित्र भूकम्प पीडितलाई पहिलो किस्ता दिएर अरु टुंग्याउन निर्देशन दिएको छु। त्यो समयमा नसक्ने जस्तो भयो भने हेलिकप्टरमा पैसा हाल्नु, सुरक्षाकर्मी लिएर जानु र पीडितलाई हातहातै पैसा दिनु भनेको छु। पीडित को को हुन् भन्ने त छुट्टिएकै छन्।

पौडेलले मागे पाँच मन्त्री, देउवाले चार दिने

पौडेलले मागे पाँच मन्त्री, देउवाले चार दिने

बुधबार, ०८ भदौ २०७३

नेपाली कांग्रेसमा गुटगत रुपमा भागवण्डा नमिल्दा मन्त्री छान्न सकस भएको छ। कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारका आफ्नोतर्फबाट पाँच मन्त्री बनाउनुपर्ने सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । तर सभापति देउवाले भने पौडेललाई चारमन्त्री दिन तयार भएका छन्।

अन्तरजातीय विवाहमा दलित युवाको हत्याका विषयमा प्रधानमन्त्रीको चासो

अन्तरजातीय विवाहमा दलित युवाको हत्याका विषयमा प्रधानमन्त्रीको चासो

बुधबार, ०८ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तरजातीय बिवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखसँग जानकारी लिने बताएका छन्।

मधेसका ३ सय ५० आन्दोलनकारीलाई मुद्दा

मधेसका ३ सय ५० आन्दोलनकारीलाई मुद्दा

बुधबार, ०८ भदौ २०७३

नयाँ संविधानप्रति बिमति जनाउँदै तराई–मधेस केन्द्रित दलले गरेको आन्दोलनको क्रममा ३ सय ५० भन्दा बढीलाई बिभिन्न खाले मुद्दा लगाइएको खुलेको छ । गृह मन्त्रालयले तयार पारेको सूची अनुसार उक्त संख्या बराबरका आन्दोलनकारीलाई बिभिन्न आरोपमा मुद्दा लगाइएको खुलेको हो। टिकापुरमा प्रहरी आक्रमणदेखि महोत्तरीमा प्रहरीलाई थुतेर मार्नेहरुको पहिचान गरी त्यस्ता व्यक्तिलाई सूचीमा समावेश छन्।

सर्वोच्चलाई कार्कीको लिखित जवाफ

सर्वोच्चलाई कार्कीको लिखित जवाफ

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूले अदालतको अपहेलना हुने कुनै पनि कार्य नगरेको जिकिर गर्दै सम्बन्धित निवेदन खारेजीको माग राखेका छन्।

कांग्रेसले आज सबै मन्त्री पठाउने

कांग्रेसले आज सबै मन्त्री पठाउने

बुधबार, ०८ भदौ २०७३

काठमाडौं- नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारका साथै पार्टीमा समेत सम्मानजनक सहभागिता गराउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन्।

‘पुनःसंरचनामा जनसंख्या र भूगोल’

‘पुनःसंरचनामा जनसंख्या र भूगोल’

बुधबार, ०८ भदौ २०७३

काठमाडौं– नेपाली कांग्रेसका सांसदले जनसंख्या र भूगोल आधार बनाएर स्थानीय निकाय पुनःसंरचना गर्न पार्टी नेतृत्वलाई सुझाएका छन्।

कांग्रेसमा फेरि महाधिवेशन चटारो

कांग्रेसमा फेरि महाधिवेशन चटारो

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-नेपाली कांग्रेसका दुई संगठन नेपाल तरुण दल र नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल विद्यार्थी संघको महाधिवेशनलगत्तै दुवै पक्ष अन्य दुई संगठनको महाधिवेशनमा केन्द्रित भएका हुन्।

संवैधानिक इजलासमा मुद्दा अलपत्र

संवैधानिक इजलासमा मुद्दा अलपत्र

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-न्यायपरिषद्मा आफूनिकटका कानुन व्यवसायीलाई पार्ने दलीय होडबाजीले संवैधानिक विवादको निरूपण माग गर्दै अदालत पुगेका मुद्दाको सुनुवाइ अघि बढ्न सकेको छैन।

‘भदौ ३० बाट’ दाहालको भारत भ्रमण

‘भदौ ३० बाट’ दाहालको भारत भ्रमण

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ ३० मा भारतको चारदिने औपचारिक भ्रमणमा निस्कने अनौपचारिक तय भएको छ।

प्रधानमन्त्री भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जाने

प्रधानमन्त्री भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जाने

मङ्गलबार, ०७ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। चारदिने भ्रमणका क्रममा भारतले कुनै ठूलो परियोजनामा सहयोग गर्ने विषयमा सम्झौतासमेत हुने बताइएको छ।

राष्ट्रपतिद्वारा लम्साल र खनाललाई राजदूत नियुक्त

राष्ट्रपतिद्वारा लम्साल र खनाललाई राजदूत नियुक्त

मङ्गलबार, ०७ भदौ २०७३

मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई सहसचिवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी छन्।

एमालेले तोक्यो प्रदेश संयोजक र सहसंयोजक

एमालेले तोक्यो प्रदेश संयोजक र सहसंयोजक

मङ्गलबार, ०७ भदौ २०७३

प्रमुख विपक्षी नेकपा एमालेले ७ प्रदेशका संयोजक तथा सहसंयोजक तोकेको छ। एमालेले प्रदेश नम्बर १ को संयोजकमा सचिव भीम आचार्य र सह संयोजक शेरधन राईलाई जिम्मेवारी दिएको छ।

दाहाल सरकार भारतपरस्त :  सात दल

दाहाल सरकार भारतपरस्त : सात दल

मङ्गलबार, ०७ भदौ २०७३

तीन हप्ता अघि सरकारबाट बाहिरिएको नेकपा एमाले सहित ७ दल प्रतिपक्षीको भूमिकामा पनि एकै ठाउँ देखिएका छन्। मुख्य विपक्षी एमाले सहित सातैवटा दलले मंगलबार सिंहदरबारमा बैठक गर्दै पुष्पकमल दाहाल सरकार ‘भारत परस्त’ भएको औपचारिक निर्णय गरेका छन्।

दाहाल, मुखर्जी र भण्डारीको भ्रमण निश्चितः निधि

दाहाल, मुखर्जी र भण्डारीको भ्रमण निश्चितः निधि

मङ्गलबार, ०७ भदौ २०७३

निधिले आफ्नो भारतले भ्रमणले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपतिको भारत भ्रमण पक्का भएको बताए। उनले मिति नतोकी तीनवटा उच्चतहको भ्रमण हुने पक्का भएको बताएका हुन्। यसअघि निधिले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वातामा भदौ अन्तिम सातादेखि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुने बताएका थिए।

महिला उत्पिडनका बिरुद्ध हिजो बन्दुक उठाउन बाध्य भइयो : सभामुख घर्ती

महिला उत्पिडनका बिरुद्ध हिजो बन्दुक उठाउन बाध्य भइयो : सभामुख घर्ती

मङ्गलबार, ०७ भदौ २०७३

सभामुख ओनसरी घर्तीले परम्परागत पितृसत्तात्मक सत्ताले महिला माथि ठूलो उत्पिडन गरेकाले हिजो बन्दुक बोक्न वाध्य भएको बताएकी छन्। मंगलबार राजधानीको पद्मकन्या क्याम्पसमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै सभामुख घर्तीले भनिन्-" महिला उत्पिडनका विरुद्ध हिजो हामीले बन्दुक उठायौ,अब संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्ताको हो।"

Ncell Footer Ad