राष्ट्रपति भण्डारी र नेता देउवाबीच राजनीतिक भेटघाट

राष्ट्रपति भण्डारी र नेता देउवाबीच राजनीतिक भेटघाट

आइतबार, ०९ साउन २०७३

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

सांसद कोषबाट मनपरी खर्च

सांसद कोषबाट मनपरी खर्च

आइतबार, ०९ साउन २०७३

नारायणपुर खानेपानी संस्थाले गत वर्ष संसदको पूर्वाधार विकास कोषअन्तर्गतको १० लाख रुपैयाँ बजेट पायो। संस्थाले सामान खरिदमै पूरै रकम खर्च भएको जनाउँदै केही समयअघि योजना पूरा भइसकेको कागजात मिलायो।

सत्तामा तेस्रो दललाई सधैं लाभ

सत्तामा तेस्रो दललाई सधैं लाभ

आइतबार, ०९ साउन २०७३

सामान्यतया संसदीय व्यवस्थामा ठूलो दलले सरकार नेतृत्व गर्ने, दोस्रो दल प्रतिपक्षमा बस्ने संसारभर प्रचलन छ। नेपालमा भने ठिक त्यसको उल्टो। यहाँ धेरै समय तेस्रो या दोस्रो दल सरकार नेतृत्वमा पुग्छन्, पहिलो भने प्रतिपक्ष। किन यस्तो उल्टो हुन्छ त?

सरकार छाड्दै साना दल

सरकार छाड्दै साना दल

आइतबार, ०९ साउन २०७३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सफल हुने संकेत पाएसँगै सत्तासाझेदार साना दल सरकार छाड्न हतारिएका छन्।

राप्रपा पनि अविश्वासको पक्षमा

राप्रपा पनि अविश्वासको पक्षमा

आइतबार, ०९ साउन २०७३

सत्ता गठबन्धनको एक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ।

अविश्वासको पल्लाभारी, पक्षमा '३७०' सांसद

अविश्वासको पल्लाभारी, पक्षमा '३७०' सांसद

आइतबार, ०९ साउन २०७३

नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसद्मा दर्ता अविश्वास प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरूको भनाइ छ। प्रस्तावमाथि छलफलपछि आइतबार हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले दाबी गरे।

अमरेश सिंहलाई कारबाही गर्न युवा संघको माग

अमरेश सिंहलाई कारबाही गर्न युवा संघको माग

शनिबार, ०८ साउन २०७३

काठमाडौं- युवा संघ नेपालले कांग्रेस सांसद अमरेश सिंहले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। सिंहले आज संसदमा बोल्दै प्रधानमन्त्रीको 'मानसिक अवस्था ठिक नभएको' बताएका थिए।

फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो

फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो

शनिबार, ०८ साउन २०७३

काठमाडौं–सरकारमा सहभागी मधेसी फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको फोरम लोकतनत्त्रिकको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थमन्त्री रामजनम चौधरीले जानकारी दिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपाले आफ्ना मन्त्री फिर्ता बोलायो

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपाले आफ्ना मन्त्री फिर्ता बोलायो

शनिबार, ०८ साउन २०७३

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको सथर्मन फिर्ता लिएको छ। शनिबार बसेको राप्रपा संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता विक्रम पाण्डेले जानकारी दिए।

संसदमा मावध नेपालले दिए भावुक मन्तव्य

संसदमा मावध नेपालले दिए भावुक मन्तव्य

शनिबार, ०८ साउन २०७३

नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले सँधै प्रधानमन्त्रीको म्युजिकल चियरमा रुमल्लिएर देश नबन्ने बताएका छन्। संसदमा सरकारको अविस्वासको प्रस्तावको छलफलमा भाग लिँदै नेता नेपालले नेपाली नेता तथा दलमा समग्र राष्ट्रलाई कसरी अगाडि लाने भन्दा पनि आफ्नो दलगत तथा व्यक्तिगत स्वार्थबाट अगाडि बढ्न नसकेको बताए। उनले भने, ‘संविधानसभाका उपलब्धिलाई समाप्त पार्दै देशमा एक जटिल अवस्थामा लाने खेल भैरहेको छ। २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन नगर्ने षड्यन्त्र भैरहेको छ। देशलाई आर्थिक गती दिन र संविधान कार्यान्वयनकालागि सबैमा आपसी सहमतिको खाँचो रहेको छ।’

अविश्वासको प्रस्तामाथिको छलफल सुरु

अविश्वासको प्रस्तामाथिको छलफल सुरु

शनिबार, ०८ साउन २०७३

व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु भएको छ। अविश्वासको पक्ष र विपक्षमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन्। असार ३१ गते कांग्रेस–माओवादीले संयुक्त रुपमा दर्ता गराएको विश्वासको प्रस्ताव शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव पेश गरेका थिए।

१२ वर्षपछि सत्ताबाहिर एमाले

१२ वर्षपछि सत्ताबाहिर एमाले

शनिबार, ०८ साउन २०७३

कुनै आश्चर्य नभए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विभिन्न दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शुक्रबार संसद्मा पेस गरेको अविश्वास पारित हुने देखिन्छ। एमाले संसद्मा प्रमुख प्रतिपक्षी रहनेछ। यससँगै ०६१ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारयता प्रत्येक दलीय सरकारमा सहभागी रहेको एमाले १२ वर्षपछि सत्ताबाहिर पुग्नेछ।

ओलीले सरकार छाड्न उक्साए : दाहाल

ओलीले सरकार छाड्न उक्साए : दाहाल

शनिबार, ०८ साउन २०७३

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पेलाहा प्रवृत्तिका कारण बाध्य भएर अविश्वास प्रस्ताव ल्याउनुपरेको बताएका छन्। नौ महिनाअघि दाहालकै प्रस्तावमा प्रधानमन्त्री भएका ओलीविरुद्ध शुक्रबार व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गर्दै दाहालले उक्त खुलासा गरेका हुन्।

कार्कीलाई समितिले बोलायो

कार्कीलाई समितिले बोलायो

शनिबार, ०८ साउन २०७३

काठमाडौं विश्वविद्यालय (केयु) को एमडी/एमएस प्रवेश परीक्षामा हस्तक्षेपको विषयमा व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित आयुक्तहरुलाई छलफलका लागि समितिमा बोलाउने निर्णय गरेको छ।

अविश्वास खेलको फाइनल आइतबार

अविश्वास खेलको फाइनल आइतबार

शनिबार, ०८ साउन २०७३

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि आइतबार संसद्मा मतदान हुने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सांसदको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तोकिएको छ।

केसीका मागमा सरकार झन् कठोर

केसीका मागमा सरकार झन् कठोर

शनिबार, ०८ साउन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाभियोग र संसद्मा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्तालगायत माग राखी १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको शुक्रबारको वार्ता पनि निष्कर्ष भएको छ।

संसद बैठक शनिबार ११ बजे बस्ने

संसद बैठक शनिबार ११ बजे बस्ने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- ब्यवस्थापिका संसद बैठक शनिबार ११ बस्नेगरी स्थगित भएको छ। शुक्रबारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट आश्रित विधेय र सरकार विरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल भएको थियो।

अविश्वास प्रस्ताव देशका लागि दुर्भाग्यपूर्णः नेम्वाङ

अविश्वास प्रस्ताव देशका लागि दुर्भाग्यपूर्णः नेम्वाङ

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले संविधान जारी भएपछिको पहिलो सरकारलाई ढाल्न ९ महिनामै अविश्वासको प्रस्ताव आउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।

महाधिवेशन अघि नेविसंघ विवाद नमिलाए अनसन बस्ने चेतावनी

महाधिवेशन अघि नेविसंघ विवाद नमिलाए अनसन बस्ने चेतावनी

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं—नेपाल विद्यार्थी सङ्घका नेताले विद्यमान विवाद मिलाएर ११ औैँ महाधिवेशन गराउन माग गरेका छन्। नेविसङ्घका नेताले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेविसङ्घका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागबण्डाका आधारमा महाधिवेशन गर्दा सङ्गठन कमजोर हुने भन्दै विवाद रहेका जिल्लालाई टुङ्ग्याएर महाधिवेशन गर्न आग्रह गरे।

छिमेकीसँग विशिष्ट सन्तुलन भनेको के हो?

छिमेकीसँग विशिष्ट सन्तुलन भनेको के हो?

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं—एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा शुक्रबार साँझ अविश्वास प्रस्ताव पेश गरेका छन्। संसदमा बोल्दै उनले ओली सरकार अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध राख्न असफल भएको आरोप लगाए।

Ncell Footer Ad