दलहरुबीच सहमति, सुरुमा बजेट आश्रित विधेयकमा छलफल हुने

दलहरुबीच सहमति, सुरुमा बजेट आश्रित विधेयकमा छलफल हुने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठकमा संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल गर्ने सहमति भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठक पछि एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री भिम रावलले सुरुमा बजेट आश्रित बैठकमा छलफल गर्ने सहमति भएको बताए।

तीन दलको बैठकमा प्रधानमन्त्री अनुपस्थित, सहमति हुने सम्भावना न्युन

तीन दलको बैठकमा प्रधानमन्त्री अनुपस्थित, सहमति हुने सम्भावना न्युन

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन्। मन्त्रिपरिषदको बैठक परेको भन्दै उनले सुभास नेम्वाङलाई बैठकमा पठाएका हुन्।

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– सरकारले भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा क्षेत्रफलमा वीरअस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

शक्ति दुरुपयोग गरी अख्तियारले केयुको एमडी प्रवेश परीक्षा गरेको पुष्टि

शक्ति दुरुपयोग गरी अख्तियारले केयुको एमडी प्रवेश परीक्षा गरेको पुष्टि

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं विश्वविद्यालय (केयु) को परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नता पुष्टि भएको छ। संसदको सुशासन तथा अनुगमन समिति बैठकमा शुक्रबार उपस्थित भएका केयु पदाधिकारीहरुले सो कुरा स्वीकार्दै केयुले अख्तियारसँग मिलेर प्रश्नपत्र तयार, परीक्षा सञ्चालन, रिजल्ट प्रकाशन गरेको बताएका हुन्।

सरकार परिवर्तन राजनीतिक स्थिरताविरुद्धकोे षड्यन्त्र – प्रम ओली

सरकार परिवर्तन राजनीतिक स्थिरताविरुद्धकोे षड्यन्त्र – प्रम ओली

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताए।

अविश्वासको प्रस्तावलाई नै अघि बढाउने निर्णय

अविश्वासको प्रस्तावलाई नै अघि बढाउने निर्णय

शुक्रबार, ०७ साउन २०७३

प्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो।

लोकमानसिंह सहित सबै अख्तियार आयुक्तलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन

लोकमानसिंह सहित सबै अख्तियार आयुक्तलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित सबै अायुक्तहरुलाई संसदको सुशासन तथा अनुगमन समितिले उपस्थित हुन निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकमा अख्तियार प्रमुख कार्कीले शक्ति र पदको चरम दुरुपयोग गरी मेडिकल माफियाको संरक्षक बनेको विषय गम्भीरतापूर्वक उठेको थियो।

मोर्चाका नेताहरुसँग छलफल गर्दै कांग्रेस-माओवादी

मोर्चाका नेताहरुसँग छलफल गर्दै कांग्रेस-माओवादी

शुक्रबार, ०७ साउन २०७३

सहमति प्रयासका लागि प्रमुख दलहरु बस्नुअघि नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु मधेसी मोर्चाका नेताहरुसँग बैठक बसेका छन्। सिंहदरवारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यलयमा बसेको बैठकले आज २ बजे बस्ने भनिएको संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ।

पुनर्निर्माण सामुदायिक समिति बनाइने

पुनर्निर्माण सामुदायिक समिति बनाइने

शुक्रबार, ०७ साउन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्‍याएका स्थानमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आपसी सहयोग, सहकार्य र आलोपालोमा काम गर्ने व्यवस्था मिलाउन गाउँ–गाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गर्ने भएको छ।

एमालेमै दुई धार

एमालेमै दुई धार

शुक्रबार, ०७ साउन २०७३

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नुपर्ने अडान लिए पनि उनकै दल एमालेभित्र यस विषयमा एकमत छैन। पछिल्लो स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्षसमेत रहेका ओलीलाई सुझाव दिएका थिए।

सार्कस्तरीय निर्वाचन कार्यशाला

सार्कस्तरीय निर्वाचन कार्यशाला

शुक्रबार, ०७ साउन २०७३

निर्वाचन बेला आउने विवाद कसरी समाधान गर्ने भन्ने विषयमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय दुई दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ। बिहीबार सार्क देशका निर्वाचनसँग सम्बन्धित प्रतिनिधिको सहभागितामा आयोजित कार्यशाला प्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरेकी छन्।

त्रिवि सेवा आयोगमा शर्मा

त्रिवि सेवा आयोगमा शर्मा

शुक्रबार, ०७ साउन २०७३

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मालाई नियुक्त गरेको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शर्मालाई समितिको सिफारिसका आधारमा अध्यक्ष नियुक्त गरेका हुन्। आयोग अध्यक्षको कार्यकाल तीन वर्ष हुनेछ।

अख्तियारले शक्ति दुरुपयोग गरेका घटनाहरु कस्ता छन्?

अख्तियारले शक्ति दुरुपयोग गरेका घटनाहरु कस्ता छन्?

शुक्रबार, ०७ साउन २०७३

आमरण अनशनमा रहेका डा. गोविन्द्र केसीले अघि सारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग माग सम्बोधन गर्न सरकार पछि हटिरहेको छ। सरकारी वार्ता टोलीदेखि राजनीतिक दलसम्म यो विषयमा प्रवेश गर्न हच्किरहेछन्।

लोकमान कार्कीमाथि महाभियोग मुद्दा संसद्‍मा

लोकमान कार्कीमाथि महाभियोग मुद्दा संसद्‍मा

शुक्रबार, ०७ साउन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग माग छलफलका लागि संसद् पुगेको छ। १२ दिनदेखि टिचिङ अस्पतालमा आमरण अनशनरत डा. गोविन्द केसीले उठाएका प्रमुख आयुक्त कार्कीमाथि महाभियोगलगायत मागमा तत्काल छलफल प्रारम्भ गर्न व्यवस्थापिका संसद्का तीन संासदले बिहीबार सचिवालयमा 'जरुरी सार्वजनिक महŒवको प्रस्ताव' दर्ता गराएका हुन्।

मुख्य आरोपीलाई उम्काउने संकेत

मुख्य आरोपीलाई उम्काउने संकेत

शुक्रबार, ०७ साउन २०७३

व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले काठमाडौं विश्वविद्यालय (केयु) को प्रवेशपरीक्षामा हस्तक्षेप गरेको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उन्मुक्ति दिने संकेत गरेको छ।

शीर्ष नेताको बैठक अर्थहीन

शीर्ष नेताको बैठक अर्थहीन

शुक्रबार, ०७ साउन २०७३

अविश्वास प्रस्ताव या राजस्व तथा कर उठाउने विधेयकमध्ये कुन पहिला छलफल गर्ने भन्ने विवाद टुंगो नलाग्दा बिहीबार व्यवस्थापिका संसद्को बैठक बस्न सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस भएसँगै कुन विषयमा पहिला छलफल गर्ने भन्नेबारे सत्तापक्ष र प्रतिपक्षबीच विवाद बढेपछि साताअघि संसद् बैठक स्थगित गरिएको थियो।

हटेन संसद् अड्चन

हटेन संसद् अड्चन

शुक्रबार, ०७ साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनपछि मात्र नयाँ सरकार गठन हुनसक्ने अडान दोहोर्‍याएपछि दलीय सहमतिमा व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने बिहीबारको सबै प्रयास असफल बनेको छ।

अख्तियार प्रमुखलाई महाअभियोग लगाउने विषय संसद प्रवेश

अख्तियार प्रमुखलाई महाअभियोग लगाउने विषय संसद प्रवेश

बिहिबार, ०६ साउन २०७३

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त भएदेखि पद र शक्तिको दुरुपयोगका कारण विवादित बन्दै आएका लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय अन्ततः संसद प्रवेश गरेको छ।

गगन थापाद्वारा केसीका माग छलफल गर्न संसदमा प्रस्ताव दर्ता

गगन थापाद्वारा केसीका माग छलफल गर्न संसदमा प्रस्ताव दर्ता

बिहिबार, ०६ साउन २०७३

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीले उठाएका मागमाथि छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

संसद बैठक दोस्रो पटक स्थगित, भोलि २ बजे बस्ने

संसद बैठक दोस्रो पटक स्थगित, भोलि २ बजे बस्ने

बिहिबार, ०६ साउन २०७३

वजेट अाश्रित विधेयक पहिला पारित गर्ने एमालेकाे प्रस्तावमा कांग्रेस- माअाेावादीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेकाा छन्। कांग्रेस- माअाेवादीकाे शर्तका विषयमा एमालेले पार्टीमा छलफल गरेर जवाफ दिने बताएपछि अाज दुई बजेलाई बाेलाइएकाे बैठक भाेलि २ बजेसम्मा लागि स्थगित गरिएकाे छ।

Ncell Footer Ad