पुनर्निर्माण ढिलाइले तर्किए दाता

पुनर्निर्माण ढिलाइले तर्किए दाता

मङ्गलबार, ११ साउन २०७३

भूकम्पपछिको पुनर्निर्माण काममा सरकारले ढिलासुस्ती गर्दा मित्रराष्ट्र तथा दातृनिकायले प्रतिबद्धताअनुसार रकम उपलब्ध गराउन आलटाल गरेका छन्। विनाशकारी भूकम्प गएको तीन महिनापछि ०७२ साल असार १० गते भएको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सहभागी विभिन्न राष्ट्र तथा दातृनिकायले पुनर्निर्माणका लागि ४ खर्ब १२ अर्ब रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। तर, उक्त प्रतिबद्धता व्यक्त गरेको एक वर्ष बितिसक्दा मुस्किलले ४४ प्रतिशत रकमको मात्रै सम्झौता भएको छ।

दर्ता भएन नयाँ शक्ति

दर्ता भएन नयाँ शक्ति

मङ्गलबार, ११ साउन २०७३

नेकपा माले जनसमाजवादीसँग लोगो जुधेपछि नयाँ शक्ति नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन। आयोगका अनुसार नयाँ दल दर्ता गर्न पहिल्यै दर्ता भइसकेका पार्टीसँग नाम र लोगो मिल्नुुहुँदैन। नयाँ शक्तिले प्रेस गरेको लोगोमा रातो झन्डामा पाँचकुने तारा अंकित छ।

नेविसंघ महाधिवेशन गर्न समिति

नेविसंघ महाधिवेशन गर्न समिति

मङ्गलबार, ११ साउन २०७३

नेपाली कांग्रेसले प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले सोमबार पार्टी नेतासँग परामर्ष गरी केन्द्रीय सदस्यहरू किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरेका हुन्।

सहमतीय सरकार आह्वान

सहमतीय सरकार आह्वान

मङ्गलबार, ११ साउन २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्रीबाट राजीनामा गरेसँगै राष्ट्रपति भण्डारीले सोमबार संविधानको व्यवस्था र विगतको परम्पराअनुसार सहमतीय सरकार गठनको आह्वान गरेकी हुन्।

बाधाअड्काउ 'अनावश्यक प्रयोग'

बाधाअड्काउ 'अनावश्यक प्रयोग'

मङ्गलबार, ११ साउन २०७३

संविधानमा नयाँ सरकार निर्माणका लागि बाधा र अड्काउ दुवै नभएको अवस्थामा सरकारले जबर्जस्ती त्यसको प्रयोग गरेर गलत नजिर स्थापित गरेको पूर्वन्यायाधीश तथा कानुनविद्ले औंल्याएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ३०५ अन्तर्गत प्रधानमन्त्री निर्वाचन गर्ने धारा २९८ लाई थप स्पष्ट पार्न बाधा अड्काउ फुकाउने सिफारिस गरेर विवाद सिर्जना गरेको उनीहरूको ठम्याइ छ।

दाहाल प्रधानमन्त्री भए के हुन्छ? विश्लेषण गर्दै जर्सापहरु

दाहाल प्रधानमन्त्री भए के हुन्छ? विश्लेषण गर्दै जर्सापहरु

सोमबार, १० साउन २०७३

प्रधानसेनापति प्रकरणका कारण पद त्यागेका पुष्पकमल दाहाल फेरि प्रधानमन्त्री हुने तयारीमा छन्। उनी प्रधानमन्त्री भए सेनालाई कसरी ह्यान्डल गर्ने हुन्? सेनाका जर्सापहरुबीच यो विषय अहिले चर्चामा छ।

देउवाद्वारा नेविसंघ महाधिवेशन निर्देशन समिति गठन

देउवाद्वारा नेविसंघ महाधिवेशन निर्देशन समिति गठन

सोमबार, १० साउन २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाश शरण महतको संयोजकत्वमा नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन्।

पुनःसंरचनामा जननिर्वाचित पदाधिकारीलाई नसमेटिएकामा आपत्ति

पुनःसंरचनामा जननिर्वाचित पदाधिकारीलाई नसमेटिएकामा आपत्ति

सोमबार, १० साउन २०७३

काठमाडौँ-जिविस महासङ्घ नेपालले केही दिनअघि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले सार्वजनिक गरेको प्रारम्भिक खाकाप्रति आपत्ति जनाएको छ।

सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

सोमबार, १० साउन २०७३

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। भण्डारीले सोमबार नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकी हुन्।

राजनीतिक र सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेका छौं: प्रधानसेनापति

राजनीतिक र सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेका छौं: प्रधानसेनापति

सोमबार, १० साउन २०७३

काठमाडौं- नेपाली सेनाले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेको बताएको छ।

अबको १२ दिनमा नयाँ प्रधानमन्त्री

अबको १२ दिनमा नयाँ प्रधानमन्त्री

सोमबार, १० साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

सरकारी कार्यक्रम मोर्चा कार्यकर्ताले बिथोले

सरकारी कार्यक्रम मोर्चा कार्यकर्ताले बिथोले

सोमबार, १० साउन २०७३

स्थानीय तह पुनसंरचनासम्बन्धी कार्यक्रमलाई संघीय गठबन्धनका कार्यकर्ताहरुले बिथोलेका छन्। रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाकक्षमा सोमबार आयोजित कार्यशालालाई संघीय गठबन्धनका कार्यकर्ताहरुले विथोलेका छन्। स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति रौतहटद्वारा आयोजित जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीलाई गठबन्धनका कार्यकर्ताले सीमांकनको टुंगो नलागेसम्म यस्ता कार्यको कुनै औचित्य नरहेको भन्दै विथोलेका हुन्।

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

सोमबार, १० साउन २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघको महाधिवेशन सम्पन्न गर्न पाँच सदस्यीय समिति गठन

नेविसंघको महाधिवेशन सम्पन्न गर्न पाँच सदस्यीय समिति गठन

सोमबार, १० साउन २०७३

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदसीय समिति गठन गरिएको छ।

सेक्रेटरीसहित ५ पक्राउ

सेक्रेटरीसहित ५ पक्राउ

सोमबार, १० साउन २०७३

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पाँचजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सेक्रेटरी देवकला अधिकारी शरद थापालाई गुलरियाबाट र माइकिङ गर्दै हिँडेका जिल्ला सदस्य जयबहादुर ठाडा, पार्टी सदस्य वीरबहादुर परियार, विवेक पौडेललाई सानोश्रीताराताल नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

१० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

सोमबार, १० साउन २०७३

बन्द सफल पार्न माइकिङ गर्दै गरेका नेकपा माओवादीका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान सदरमुकामको गोठालापानी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सरकारमा जाँदा पार्टीमा सधैं द्वन्द्व

सरकारमा जाँदा पार्टीमा सधैं द्वन्द्व

सोमबार, १० साउन २०७३

संसद्मा सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदा सत्तारुढ नेकपा एमालेभित्रको द्वन्द्वसमेत छताछुल्ल भएको छ। अविश्वास प्रस्तावमाथिको छलफलमा एमाले नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सरकारप्रति आलोचनात्मक देखिएका थिए। प्रधानमन्त्री ओलीले दलभित्रको प्रजातन्त्रलाई सुदृढ नगरेको परिणाम संसदमा देखिएको हो।

जाँदाजाँदै ओलीले भने- 'पपुलिस्ट योजना' के हुन्छन्?

जाँदाजाँदै ओलीले भने- 'पपुलिस्ट योजना' के हुन्छन्?

सोमबार, १० साउन २०७३

आफ्नो कार्यकालमा सुरु गरिएका 'पपुलिस्ट योजना' के हुन्छन् भन्ने प्रश्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएको घोषणा गरेका छन्। कांग्रेस–माओवादी गठबन्धनले व्यवस्थापिका संसद्मा पेस गरेको अविश्वास प्रस्तावको पक्षमा भारी मत देखिएपछि सरकार छाडेका प्रधानमन्त्री ओलीले आफूले सुरु गरेका 'पपुलिस्ट योजना' के हुन्छन् भनी प्रश्न गरिरहँदा संसद् भवन सुनसानजस्तै बनेको थियो।

पुनर्निर्माणलाई ८४ अर्बको अख्तियारी

पुनर्निर्माणलाई ८४ अर्बको अख्तियारी

सोमबार, १० साउन २०७३

अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई चालु आर्थिक वर्षका लागि करिब ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी प्रदान गरेको छ। मन्त्रालयले पुनिर्निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाउन प्राधिकरणलाई चालु आर्थिक वर्षमा विनियोजन गरिएको कुल १ खर्ब ४२ अर्ब रुपैयाँमध्ये पहिलो चरणमा करिब ८४ अर्ब रुपैयाँको अख्तियारी दिएको हो।

सरकारी निकाय पुनःसंरचना ०७४ जेठभित्र

सरकारी निकाय पुनःसंरचना ०७४ जेठभित्र

सोमबार, १० साउन २०७३

सरकारी निकायलाई संघीय प्रशासनअनुसार पुनःसंरचना गर्न गठित समितिले ०७४ जेठभित्र काम सक्नेगरी काम सुरु गरेको छ। मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा रहेको संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले कार्ययोजनाअनुसार काम गर्ने भन्दै ५ वटा अध्ययन समूह बनाएको छ।

Ncell Footer Ad