अन्तरपार्टी युवा सञ्जालद्वारा युवा परिषद बहिस्कारको घोषणा

अन्तरपार्टी युवा सञ्जालद्वारा युवा परिषद बहिस्कारको घोषणा

शनिबार, २५ असार २०७३

प्रमुख पार्टीका युवा भातृ संगठन सम्मिलित अन्तरपार्टी युवा सञ्जालले पुर्नगठन नगरे प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय युवा परिषद र युवा तथा खेलकुद मन्त्रालयले गर्ने सम्पूर्ण गतिविधि बहिस्कार गर्ने भएको छ।

जनयुद्ध जत्तिकै कठिन बजार अनुगमनः मन्त्री पुन

जनयुद्ध जत्तिकै कठिन बजार अनुगमनः मन्त्री पुन

शनिबार, २५ असार २०७३

आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथिसमेत कारवाही गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

शनिबार, २५ असार २०७३

वर्तमान सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले सरकारमा सहभागी दलको बैठक बोलाएका छन्। आजै साँझ बालुवाटारमा बस्ने बैठकमा सरकारमा सहभागी सबै दललाई बोलाइएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय सरकार गठन तथा सविधान कार्यान्वयनका विषयमा छलफल हुने बताइको छ।

सरकारमा जान मात्र दलहरुबीच सहमति आवश्यक छैनः सिंह

सरकारमा जान मात्र दलहरुबीच सहमति आवश्यक छैनः सिंह

शनिबार, २५ असार २०७३

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दलहरुबीच हुने सहमति सत्तामा जानका लागिमात्र हुन नहुनेमा जोड दिएका छन्। शनिबार काठमाडौं एक नम्बर क्षेत्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले मुलुकका सामु संविधान कार्यान्वयन कडा चुनातीको रुपमा देखा परेको बेला दलहरुबीच सरकारमा सहभागी हुनमाात्र सहमति हुन नहुनेमा जोड दिएका हुन्।

यादव प्रमुख निर्वाचन आयुक्त

यादव प्रमुख निर्वाचन आयुक्त

शनिबार, २५ असार २०७३

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। समितिले शुक्रबार फिर्ता पठाउनुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै यादवको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

सहमति खोज्दै नेतात्रय

सहमति खोज्दै नेतात्रय

शनिबार, २५ असार २०७३

सहमतीय सरकार गठनको प्रारुप तयार गर्न नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार नेताहरूबीच छलफल भएको हो।

बलात्कारको घटनाबारे अनुसन्धान टोली गठन गर्न निर्देशन

बलात्कारको घटनाबारे अनुसन्धान टोली गठन गर्न निर्देशन

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको एक समूहबाट एक अपाङ्ग महिलामाथि भएको बलात्कारको घटनाका सम्बन्धमा केन्द्रीय अनुसन्धान टोली गठन गरेर थप अनुसन्धान गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढः उपप्रधान एवं रक्षामन्त्री रावल

नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढः उपप्रधान एवं रक्षामन्त्री रावल

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाका रुपमा रहेको नेपाली सेनाले विपद् व्यवस्थापन र विकास निर्माणमा सरकारको निर्देशनमा काम गर्दै आएको बताएका छन्।

बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय हुन सक्दैनः नेता नेपाल

बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय हुन सक्दैनः नेता नेपाल

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– नेकपा (एमाले) का नेता माधवकुमार नेपालले बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय सरकार हुन नसक्ने बताएका छन्।

वर्तमान सरकार संवैधानिक रुपमा ढल्न सक्दैन–एमाले

वर्तमान सरकार संवैधानिक रुपमा ढल्न सक्दैन–एमाले

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– नेकपा(एमाले)ले वर्तमान सरकार संवैधानिक ढङ्गले पनि ढल्न नसक्ने जिकिर गरेको छ।

सहमतीय सरकारको नेतृत्व लिन तयार छौंः पम्फा भुसाल

सहमतीय सरकारको नेतृत्व लिन तयार छौंः पम्फा भुसाल

शुक्रबार, २४ असार २०७३

पोखरा– नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताएकी छन्। प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले जसको नेतृत्वमा सहमति हुन्छ त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादीपछि नहट्ने धारणा राखिन्।

प्रहरी चाैकी स्थापनाका लागि जनशक्ति अावशयकः गृहमन्त्री

प्रहरी चाैकी स्थापनाका लागि जनशक्ति अावशयकः गृहमन्त्री

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा पुर्याउन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताएका छन्।

अनुगमन चलचित्र जस्तो देखावटी होइनः मन्त्री पुन

अनुगमन चलचित्र जस्तो देखावटी होइनः मन्त्री पुन

शुक्रबार, २४ असार २०७३

भक्तपुर– सरकारले कालोबजारीलाई संरक्षण गरिरहेको आरोप आइरहेको बेला आपूर्तिमन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताएका छन्। विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण भइरहेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको बताए।

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

शुक्रबार, २४ असार २०७३

काठमाडौं– संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले नागरिकन्यूजलाई बताए।

प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादव अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादव अनुमोदित

शुक्रबार, २४ असार २०७३

व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए। यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो अब खुलेको छ।

मन्त्रिपरिषद् कार्यसूचीमा प्रवेश नगरी स्थगित

मन्त्रिपरिषद् कार्यसूचीमा प्रवेश नगरी स्थगित

शुक्रबार, २४ असार २०७३

मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

'विपद् व्यवस्थापन विधेयक अपूरो'

'विपद् व्यवस्थापन विधेयक अपूरो'

शुक्रबार, २४ असार २०७३

गत वर्षको विनाशकारी भूकम्पपछि विपद् व्यवस्थापनबारे सरकारी चासो बढे पनि यससम्बन्धी नीतिगत तयारी एकपक्षीय र अपूर्ण रहेको सरोकारवालाले औंल्याएका छन्।

मन्त्री दबाबमा कार्यविधि संशोधन तयारी

मन्त्री दबाबमा कार्यविधि संशोधन तयारी

शुक्रबार, २४ असार २०७३

संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको दबाबमा 'निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम' मा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने व्यवस्था हटाएर कार्यविधि संशोधन प्रक्रिया अघि बढाइएको छ।

नौबुँदे कार्यान्वयनमा अड्चन

नौबुँदे कार्यान्वयनमा अड्चन

शुक्रबार, २४ असार २०७३

'सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिनसम्बन्धी ऐन, २०७२' संशोधन गर्न सरकारले गरेको प्रस्तावमा दातृनिकाय र विदेशी कूटनीतिज्ञ सहमत नभएपछि सत्तारुढ दलबीच भएको नौबुँदे सहमति कार्यान्वयनमा अड्चन देखिएको छ।

राष्ट्रिय सहमति खोज्दै तीन दल

राष्ट्रिय सहमति खोज्दै तीन दल

शुक्रबार, २४ असार २०७३

सरकार परिवर्तनको विषयमा चर्चा चलिरहेका बेला प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच राष्ट्रिय सहमतिको विषयमा छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटरमा बिहीबार साँझ भएको बैठकमा दलहरूबीच कसरी सहमति कायम गर्ने विषयमा छलफल भएको छ।