संक्रमणको आशंकामा थप एक जना आइसोलेसनमा

संक्रमणको आशंकामा थप एक जना आइसोलेसनमा

बिहिबार, २० चैत २०७६

रोल्पा अस्पतालमा एक ब्यक्तिलाई कोरोना संक्रमणको आशंका गर्दै आइसोलेसनमा राखिएको छ। उनी केहि दिनअगाडी भारतबाट फर्केका थिए। अस्पतालका मेडिकल अफिसर डा. अनिल केसिका अनुसार कोरोनासंग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनलाई आइसोलेसनमा राखिएको हो। डा. केसिका अनुसार सुनिल स्मृती गाउँपालिकाका ७२ वर्षिय उनी केहि दिनअगाडि भारतबाट रोल्पा आएका थिए।

नरैनापुरमा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना

नरैनापुरमा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना

बिहिबार, २० चैत २०७६

कोरोना भाइरसको संक्रमण फैलिन नदिने अभियानलाई ब्यवस्थित गर्न बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना गरेको छ। गाउँपालिकाले १५ लाख रुपैयाँको कोष स्थापना गरी खाता सञ्चालनमै ल्याएको हो। कोषमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गरेका छन्।

कर्णालीमै कोरोना परीक्षण सुरू

कर्णालीमै कोरोना परीक्षण सुरू

बिहिबार, २० चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण बिहीबारदेखि कर्णालीमा पनि सुरू गरिएको छ। प्रदेश अस्पताल कालागाउँमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन जडान गरिएपछि रोगको परीक्षण कर्णालीमा सुरु भएको हो।

उदयपुरमा ४ सय बेडको क्वारेन्टाईन तयार

उदयपुरमा ४ सय बेडको क्वारेन्टाईन तयार

बिहिबार, २० चैत २०७६

कोरोना भाईरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि  उदयपुरमा झण्डै ४ सय शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ। कोरोनाका संभावित संक्रमितलाई राख्न भनेर सदरमुकाम त्रियुगालगायत जिल्लाका आठ वटा स्थानीयतहमा गरी ३ सय ९७ बेडको क्वारेन्टाईन तयार गरिएको हो।

कोरोना संक्रमणको संकेत नदेखिको भन्दै ताप्लेजुङका ३ जना क्वारेन्टाइनमुुक्त

कोरोना संक्रमणको संकेत नदेखिको भन्दै ताप्लेजुङका ३ जना क्वारेन्टाइनमुुक्त

बिहिबार, २० चैत २०७६

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै फर्किएकी युवतीका साथ आएका ताप्लेजुङका एक यात्रुसहित उनका २ आफन्त बिहीबार क्वारेन्टनमुक्त भएका छन्। उनीहरु गत मंगलबारबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघमा बनाईएको क्वारेन्टाइनमा रहेका थिए।

युवती आएकै जहाजमा आएका व्यक्तिमा कोरोना संक्रमण

युवती आएकै जहाजमा आएका व्यक्तिमा कोरोना संक्रमण

बिहिबार, २० चैत २०७६

फ्रान्सबाट आएकी युवती चढेकै जहाजमा आएका अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। उनको बिहीबार आएको नमूना परीक्षणको रिपोर्टवाट पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी पनि चैत ४ गते कतार एयरवेजको ६५२ हवाइजहाज मार्फत नेपाल आएका थिए।

तनहुँमा विदेशबाट फर्कने ६ सय ८७ जना, क्वारेन्टाइनमा बस्ने दुई मात्र

तनहुँमा विदेशबाट फर्कने ६ सय ८७ जना, क्वारेन्टाइनमा बस्ने दुई मात्र

बिहिबार, २० चैत २०७६

तनहुँमा चैत १ गते यता विदेशबाट ठूलो संख्यामा मानिसहरु जिल्लामा फर्किएका छन्। चैत १ गतेदेखि जिल्लामा विदेशबाट ६ सय ८७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। तर विदेशबाट फर्किकाका कुल मध्ये २ जनामात्रै क्वारेन्टाइनमा बसेका छन्। जिल्लाका स्थानीय तहले सङ्कलन गरेको विवरण अनुसार चैत महिनाको सुरुदेखि हालसम्म ६ सय २६ पुरुष र ६१ जना महिला विदेशबाट जिल्लामा फर्किएको तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।

जो सुनौलीदेखि ६८ घण्टा हिँडेर धादिङ आइपुगे

जो सुनौलीदेखि ६८ घण्टा हिँडेर धादिङ आइपुगे

बिहिबार, २० चैत २०७६

काम खोज्दै भारतको गोरखपूर पुगेका धादिङका युवाहरु कोरोनाको त्रासले हिँडेरै घर फर्किएका छन्। सुनौलीदेखि धादिङबेसी आइपुग्न ६८ घण्टा लागेको जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ का विरेन लामाले बताए। ‘आपत विपतमा आफू जन्मेको गाउँ/ठाउँ प्यारो हुन्छ भन्थे हो रहेछ’, उनले भने, ‘भारतमा कोरोना त्रास सुरु भएपछि गरिरहेको व्यापार, व्यवसायमा ताल्चा मारेर ६८ घण्टा हिँडेर आएका हौँ।’

कोरोना भाइरस : कुनै मन्त्रीलाई मध्यरातसम्म काम, अरुलाई आराम

कोरोना भाइरस : कुनै मन्त्रीलाई मध्यरातसम्म काम, अरुलाई आराम

बिहिबार, २० चैत २०७६

विश्वव्यापी रुपमा कोभिड–१९ को सन्त्रासले नेपालमा लकडाउन भएपछि सरकारमा सहभागी मन्त्रीहरु व्यस्त हुनुपर्नेमा केही मन्त्रीमात्रै व्यस्त भएका छन्।

राउटे समुदायको स्वास्थ्य जाँच

राउटे समुदायको स्वास्थ्य जाँच

बिहिबार, २० चैत २०७६

जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको स्वास्थ्य जाँच गरिएको छ। विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढीरहेका बेला गुराँस गाउँपालिकाले राउटे समुदायका एक सय ५१ जना सदस्यहरुको बुधबार स्वास्थ्य जाँच गरेको हो। ‘थर्मल गनमार्फत राउटे समुदायका नागरिकहरुको ज्वरो जाँच ग¥यौं,’ अनमी सुमन काफ्लेले भनिन्, ‘कुनै पनि राउटेमा उच्च ज्वरो देखिएन।’ राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोलामा बस्दै आएको छ।

कोरोनाविरुद्ध सतर्कता : सिगासमा हेलिप्याड

कोरोनाविरुद्ध सतर्कता : सिगासमा हेलिप्याड

बिहिबार, २० चैत २०७६

सडक सञ्जालबाट टाढा रहेको बैतडीको सिगास गाउँपालिकाले दुई स्थानमा हेलिप्याड निर्माण गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमितलाई आपलकालिन रुपमा तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै पूर्वसतर्कताका लागि हेलिप्याड निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

दिप्रुङमा थप दुई जना क्वारेन्टाइनमा

दिप्रुङमा थप दुई जना क्वारेन्टाइनमा

बिहिबार, २० चैत २०७६

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बनाएको क्वारेन्टाइमा थप दुई जनालाई राखिएको छ। भारतको उत्तराखण्डबाट चैत ९ गते घर आएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका १७ र १९ वर्षका युवालाई क्वारेन्टाइनमा राखिएको हो।

लकडाउन उल्लङघन गर्ने २५ नियन्त्रणमा

लकडाउन उल्लङघन गर्ने २५ नियन्त्रणमा

बिहिबार, २० चैत २०७६

पर्साको ग्रामीण भेगबाट २५ जना मस्लिम समुदायका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु पर्साको पश्चिमी सिमावर्ती गाउँभएर भातबाट पसेको आशंका गरिएको छ। कोरोना (कोभिड –१९) संक्रमणको त्रासको बेला उनीहरुको गतिबिधि जोखिमपूर्ण भएपछि नियन्त्रणमा लिनु परेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

बुधबारसम्म १ हजार १ सय ३३ जनाको कोरोना परीक्षण

बुधबारसम्म १ हजार १ सय ३३ जनाको कोरोना परीक्षण

बुधबार, १९ चैत २०७६

कोभिड १९ को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिए।

प्रदेश १ : ५४ को नमुना संकलन

प्रदेश १ : ५४ को नमुना संकलन

बुधबार, १९ चैत २०७६

प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ। त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी छ।

बुधबारसम्म ११ सय ३३ काे कोरोना परीक्षण, ९९ जना आइसोलेसनमा

बुधबारसम्म ११ सय ३३ काे कोरोना परीक्षण, ९९ जना आइसोलेसनमा

बुधबार, १९ चैत २०७६

कोभिड-१९ को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्। उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए।

कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा आउने

कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा आउने

बुधबार, १९ चैत २०७६

भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्र परिसरमा निर्माणाधिन कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा ल्याइने भएको छ।

कोरोनाको संक्रमण देखिए ५० हजार उपचार खर्च दिने नलगाडको निर्णय

कोरोनाको संक्रमण देखिए ५० हजार उपचार खर्च दिने नलगाडको निर्णय

बुधबार, १९ चैत २०७६

यहाँको एक नगरपालिकाले आफ्ना कुनै पनि नागरिकलाई कोरोनाको संक्रमण देखिए उपचारमा सहयोग गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। जिल्लाको नलगाड नगरपालिकाले कोरोनाको संक्रमण रोक्ने अभियान शसक्त बनाउन २१ लाख रकमको विपद् व्यवस्थापन कोष खडा गर्दै सोही कोषको रकमले कोरोनाको संक्रमण भएका विरामीलाई उपचार खर्च सहयोग गर्ने निर्णय गरेको हो।

सिंगापुरबाट फर्केका युवाको रिपोर्ट ‘नेगेटिभ’

सिंगापुरबाट फर्केका युवाको रिपोर्ट ‘नेगेटिभ’

बुधबार, १९ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका उदयपुरका अर्का युवाको पनि स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। सिंगापुरबाट नेपाल भित्रिएका त्रियुगा नगरपालिका ६ जलजलेका ३५ वर्षीय विजय चौधरीको स्वाब (खकार)को परीक्षण रिपोर्ट नेगेटिभ आएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ।

पाँचथरमा विदेशबाट आएकाहरु अझै क्वारेन्टाइन बाहिर

पाँचथरमा विदेशबाट आएकाहरु अझै क्वारेन्टाइन बाहिर

बुधबार, १९ चैत २०७६

चैत १ गतेदेखि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय भए पनि सबै क्वारेन्टाइनमा बसिसकेका छैनन्। स्थानीय प्रशासन तथा स्थानीय तहहरुको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा ल्याएर राख्ने व्यवस्था मिलाई रहेको छ। विदेशबाट फर्किएका १ सय ४३ जनाको तथ्याङक जिल्लामा संकलन भएको छ। यी मध्ये हाल ५५ जना मात्र क्वारेन्टाइनमा छन्।

Ncell Footer Ad