कोरोना भाइरसको 'लोकल ट्रान्समिसन',  नेपाल संक्रमणको दोस्रो चरणमा

कोरोना भाइरसको 'लोकल ट्रान्समिसन', नेपाल संक्रमणको दोस्रो चरणमा

शनिबार, २२ चैत २०७६

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को 'लोकल ट्रान्समिसन' भएको छ। आज देखिएका तीन केस सहित ९ जनालाई कोरोना संक्रमण देखिएको छ। यस मध्ये ८ जना विदेशबाट आएका हुन् भने एक महिलाको कुनै ट्राभल हिस्ट्रि देखिँदैन। आज सार्वजनिक भएका तीन मध्ये दुई जना भारतबाट आएका हुन्।

सुदूरपश्चिम तराईमा कोरोना संक्रमित भेटिदा पहाडमा त्रास बढ्यो

सुदूरपश्चिम तराईमा कोरोना संक्रमित भेटिदा पहाडमा त्रास बढ्यो

शनिबार, २२ चैत २०७६

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनिबार तीन जना नोवेल कोरोना भाइरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ। नेपालमा भेटिएका नौ जना संक्रमितमध्ये चार जना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन्।

इट्टा उद्योगका मजदुर व्यवस्थापन संचालकको जिम्मामा

इट्टा उद्योगका मजदुर व्यवस्थापन संचालकको जिम्मामा

शनिबार, २२ चैत २०७६

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईसर (कोभिड– १९) को जोखिम नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको छ। तर लकडाउनको प्रत्येक्ष प्रभाव भने दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरु संकटमा परेका छन्।

छिमेकी बजारमा संक्रमित देखिएपछि मर्चवार त्रसित

छिमेकी बजारमा संक्रमित देखिएपछि मर्चवार त्रसित

शनिबार, २२ चैत २०७६

मर्चवार नजिकैको भारतीय बजार क्षेत्र कोल्हुईमा कोरोना संक्रमित देखिएपछि यस क्षेत्रका नागरिक त्रसित बनेका छन्। नेपालसँगै टाँसिएका भारतको कोल्हुई र पुरन्दरपुर थाना क्षेत्रका ६ जना विरामीमा कोरोनाको संक्रमित पुष्टी भएपछि शनिबार विहानैदेखि सीमा क्षेत्रका स्थानीय त्रसित छन्ं। टासिएको मर्चवार क्षेत्र पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको छन्।

वडाध्यक्षको नेतृत्वमा संयुक्त गस्ती

वडाध्यक्षको नेतृत्वमा संयुक्त गस्ती

शनिबार, २२ चैत २०७६

रसुवाको नौकुण्ड गाउँपालिकामा कोरोना भाइरसको बारे जनकारी दिनका लागि संयुक्त गस्ती सुरु भएको छ। गाउँपालिकाको ६ वटै वडाका वडाध्यक्षले संयुक्त गस्ती गरिरहेका हुन्। गाउँपालिकाभित्र कोरोना बारे जानकारी दिने, सचेत गराउने र बाहिरबाट आएका व्यक्तिको निरीक्षण गर्नका लागि गस्ती भएको हो।

कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ

कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ

शनिबार, २२ चैत २०७६

बाजुरामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको नमुना रिपोर्ट नेगेटिभ आएको छ। परीक्षणका लागि काठमाडौं केन्द्रीय ल्याप प्रयोगशाला टेकुमा पठाइएको नमुना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्।

रोल्पाका चार जनाको स्वाब परीक्षणका लागि पठाइयो

रोल्पाका चार जनाको स्वाब परीक्षणका लागि पठाइयो

शनिबार, २२ चैत २०७६

रोल्पाका अस्पतालको आइसोलेसनमा रहेका २ जना र क्वारेन्टाइनमा रहेका २ जना गरि ४ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ। प्रदेश मार्फत थप परीक्षणका लागि उक्त स्वाब काठमाडौ पठाइने छ। काठमाडौ ईट्टाभट्टा र भारतबाट रोल्पा आएका दुई जना रोल्पा अस्पतालको आइसोलेसनमा छन्। रोल्पा अस्पतालका डा. प्रकाश बुढाका अनुसार आइसोलेसनमा रहेका दुबैको स्वाब परीक्षणका लागि पठाइएको हो।

कोरोना आशंका : कपिलवस्तुमा एक जना आइसोलेसनमा भर्ना

कोरोना आशंका : कपिलवस्तुमा एक जना आइसोलेसनमा भर्ना

शनिबार, २२ चैत २०७६

कपिलवस्तुमा कारोनाको आशंकामा एक जनालाई आइसोलेसनमा राखिएको छ। ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको शिवराज नगरपालिकाका ३० वर्षिय एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए।

भोजपुरका तीन युवाको कोरोना रिपोर्ट नेगेटिभ

भोजपुरका तीन युवाको कोरोना रिपोर्ट नेगेटिभ

शनिबार, २२ चैत २०७६

काेरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नूमना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।

कार्टुन : सामाजिक दुरी !

कार्टुन : सामाजिक दुरी !

शनिबार, २२ चैत २०७६

काठमाडौं- कोरोना भाइरस फैलिन नदिन सामाजिक दुरी राख्नु पर्छ। मानिसहरु सामाजिक दुरी राख्दै आफ्ना कामहरु गरिरहेका छन्। यो संकटको समयमा पनि कमिसनका खेल भएका समाचार बाहिरिएका छन्। यस्तै विषयलाई व्यंग गर्दै रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।

कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

शुक्रबार, २१ चैत २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्।

व्यास नगरपालिकाको राहत कोषमा एक करोड

व्यास नगरपालिकाको राहत कोषमा एक करोड

शुक्रबार, २१ चैत २०७६

काले राहत कोव्यास नगरपालिषमा एक करोड विनियोजन गर्ने निर्णय गरेको छ। नगरपालिकाले राहत तथा औषधि उपचार कोषमा एक करोड रकम विनियोजन गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका वडा नम्वर–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रदेश १ मा कोरोना विशेष अस्पताल सञ्चालनमा

प्रदेश १ मा कोरोना विशेष अस्पताल सञ्चालनमा

शुक्रबार, २१ चैत २०७६

प्रदेश १ को सरकारले विराटनगरमा कोरोना विशेष अस्पताल (कोभिड १९ उपचार केन्द्र ) सञ्चालनमा ल्याएको छ। विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवन मर्मत गरी  कोरोना उपचार केन्द्र  सञ्चालनमा ल्याएको हो।

कोरोना भाइरसको दुष्प्रभावबाट कृषिलाई बचाउन आग्रह

कोरोना भाइरसको दुष्प्रभावबाट कृषिलाई बचाउन आग्रह

शुक्रबार, २१ चैत २०७६

नागरिक अगुवाहरुले कोरोना भाइरसको दुष्प्रभावबाट कृषिलाई बचाउन आग्रह गरेका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले मुलुकको अधिकतम जनमानसको जीवन र जिविकासँग सम्बन्धित कृषि क्षेत्रलाई जसरी बन्दाबन्दीले प्रभावित गरेको छ, यसले मुलुकको समग्र अर्थतन्त्र र जनजीविकालाई दीर्घकालीन असर पार्ने प्रष्ट्याएका छन्।

स्वास्थ्य मन्त्रालयले भन्याे : 'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन'

स्वास्थ्य मन्त्रालयले भन्याे : 'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन'

शुक्रबार, २१ चैत २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गरेका हुन्।

डोल्पामा आइसोलेसनमा भर्ना गरिएका कर्मचारीमा कोरोना नभएको पुष्टि

डोल्पामा आइसोलेसनमा भर्ना गरिएका कर्मचारीमा कोरोना नभएको पुष्टि

शुक्रबार, २१ चैत २०७६

कोरोना आशंकामा डोल्पाको जिल्ला अस्पतालमा भर्ना गरिएका दुई जनाको रिपोट नेगेटिभ आएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जका दुई कर्मचारीलाई चैत १८ गते जिल्ला अस्पतालमा स्थापना गरिएको ४ बेडको आइसोलेसनमा भर्ना गरिएको थियो।

कपिलवस्तुमा  एचआईभी संक्रमित र क्षयरोगीलाई घरघरमै औषधि

कपिलवस्तुमा एचआईभी संक्रमित र क्षयरोगीलाई घरघरमै औषधि

शुक्रबार, २१ चैत २०७६

लकडाउनका कारण सरकारी स्वास्थ्य संस्थामा आउन कठिनाई भए पछि जिल्ला स्वास्थय कार्यालयले एचआईभी संक्रमित र क्षयरोगीका बिरामीलाई घरमै औषधि पुर्‍याउने छ। लकडाउनले मारमा परे पछि एचआईभि संक्रमति र क्षयरोगीका बिरामीलाई औषधि सेवाबाट बञ्चित नहुन घरमै औषधि पुर्याईएको हो।

सिन्धुमा ३४ जना क्वारेन्टाइनमा, तीन आइसोलेसनमा

सिन्धुमा ३४ जना क्वारेन्टाइनमा, तीन आइसोलेसनमा

शुक्रबार, २१ चैत २०७६

कोरोन भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा ३४ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी थालिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन वार्डमा उनीहरुलाई निगरानीमा राखिएको हो।

जोखिममा स्वास्थ्यकर्मी : तल्लो तहका कर्मचारीले पाउदैनन् स्वास्थ्य सामग्री

जोखिममा स्वास्थ्यकर्मी : तल्लो तहका कर्मचारीले पाउदैनन् स्वास्थ्य सामग्री

शुक्रबार, २१ चैत २०७६

दश दिनअघि कोरोनाको आशंकामा एक जना बिरामीलाई बुटवलको प्रादेशिक अस्पतालले भर्ना लिन नमानेको घटना बाहिरीएपछि त्यहीका स्वास्थ्यकर्मीले भनेका थिए ‘बिरामीको उचीत उपचार गर्ने होे भने पहिले स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित बनाउ।’

कोरोना कहर : गाउँपालिकाले किसान उकास्न तरकारी किन्दै, निःशुल्क वितरण

कोरोना कहर : गाउँपालिकाले किसान उकास्न तरकारी किन्दै, निःशुल्क वितरण

शुक्रबार, २१ चैत २०७६

जिल्लाको डुंगेश्वर गाउँपालिकाले किसानहरूले लगाएको तरकारी लकडाउनका कारण खेर जान थालेपछि किनेको छ। गाउँपालिकाले किसानबाट किनेको तरकारी प्रत्येक  वडामा नागरिकहरूलाई निःशुल्क वितरण गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad