सहरवासी सहनशील लाग्छ : सृष्टी श्रेष्ठ

सहरवासी सहनशील लाग्छ : सृष्टी श्रेष्ठ

सोमबार, २७ कार्तिक २०७४

मलाई सहर त्यति मन पर्दैन । पुराना ऐतिहासिक बस्ती र हरियाली भएको ठाउँ मनपर्छ । मेरो रोजाइको ठाउँ बन्दीपुर बजार हो । यो सहर धेरै सुन्दर लाग्छ । यहाँ एकैनासे पुराना घर, ग्रामीण जीवनशैली, पुराना कलाकृतिलगायत विशेषता पाइन्छ । त्यहाँको मौलिकता नियाल्न पाउँदा एकदमै आनन्द आउँछ ।

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

सोमबार, २७ कार्तिक २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा उपत्यकामा चुनावी चहलपहल बढेको छ । विभिन्न क्षेत्रमा उम्मेदवारहरू आ–आफ्ना योजना लिएर मतदातासमक्ष जान थालेका छन् ।

काठमाडौं– २ : ‘वाचा पूरा गर्दैनन् नेता’

काठमाडौं– २ : ‘वाचा पूरा गर्दैनन् नेता’

सोमबार, २७ कार्तिक २०७४

नांलेभारेकी सानीमैयाँ भुजेल शनिबार बिहान धुलाम्मे सडक हुँदै बारीतर्फ जाँदै थिइन् । त्यसैदिन साँझ कोटेश्वरका सुनिल ढकाल भने सडक पार गर्न पेटीमा उभिइरहेका थिए । बिहान सानीमैयाँलाई कोदो टिप्ने हतारो थियो भने साँझ भेटिएका ढकाललाई सडक पार गरेर क्याफेमा कफी पिउने धोको ।

के भन्छन् काठमाडौं क्षेत्र १ का उम्मेदवार ?

के भन्छन् काठमाडौं क्षेत्र १ का उम्मेदवार ?

शुक्रबार, २४ कार्तिक २०७४

प्रतिनिधिसभाका लागि काठमाडौं निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र विवेकशील साझा पार्टीले उम्मेदवार खडा गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझाबाट रविन्द्र मिश्र चुनावी मैदानमा छन् । यी उम्मेदवारसँग नागरिककर्मी खिलक बुढाथोकीले गरेको कुराकानी:

‘सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ’

‘सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ’

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं राम्रै ठाउँ भए पनि यहाँ अलि स्वार्थी मानिस बस्छन् जस्तो लाग्छ । सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ मलाई । त्यस्तै, यहाँ सवारी चालक पनि असभ्य छन् । केटी मान्छेले स्कुटी र गाडी चलाएकी छ भने ट्रक र माइक्रो चालकले धेरै नै पेल्छन् ।

मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

शुक्रबार, २४ कार्तिक २०७४

चुनावमा पूरा गर्न नसकिने सपना बाँड्नु नेपाली राजनीतिक दलको पहिचानजस्तै बनिसकेको छ । यसै वर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरूले महŒवाकांक्षी योजनाको लोभ देखाउँदै मतदातासँग भोट मागेका थिए । त्यसवेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पु¥याउने सपना बाँडेका दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोहो¥याइरहेका छन् ।

मतदाता भन्छन्- ‘कुरा होइन, काम गर्नेलाई भोट’

मतदाता भन्छन्- ‘कुरा होइन, काम गर्नेलाई भोट’

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये धेरैले ग्रामीण क्षेत्रलाई छोएका छन् । क्षेत्र– १ ले भने काठमाडौंका कुनै पनि ग्रामीण क्षेत्रलाई छुँदैन ।

‘काठमाडौं नै प्यारो लाग्छ’

‘काठमाडौं नै प्यारो लाग्छ’

सोमबार, २० कार्तिक २०७४

उपत्यका बाहिरका सहरमा पोखरा मलाई मनपर्छ । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् । पोखरा प्राकृतिक रूपमै सुन्दर छ । मलाई फेवाताल घुम्न, प्याराग्लाइडिङ गर्न र गुफा हेर्न मन पर्छ । यिनै कुराले धेरैलाई पोखराले तान्ने गरेको छ । पोखरामा घुम्ने र आनन्द लिने पर्याप्त ठाउँ छन् ।

बुटको मौसम

बुटको मौसम

सोमबार, २० कार्तिक २०७४

बजारमा पाइने रेडिमेड बुट मनपराउने एक जमात छ भने आफैँ डिजाइन दिएर अर्डरमा बुट बनाउन लगाउनेको भीड पनि कम छैन । चिसो मौसम सुरु भएपछि बुट बनाउन भ्याइनभ्याई हुने इन्द्रकुमार बिसुङ्खे बताउँछन् । बिसुङ्खेले झन्डै २० वर्षदेखि कुमारीपाटीमा जुत्ता बनाउँदै आएका छन् । उनी शुद्ध छालाका जुत्ता बनाउँछन् । भन्छन्, ‘शुद्ध छालाको हुने भएकाले अलि महँगो हुन्छ । त्यसैले शुद्ध छालाको जुत्ता बलियो हुने भए पनि चाइनिज फेन्सी बुटमै धेरैको आकर्षण छ ।’

सडकका खाल्डा पुर्न २५ करोड

सडकका खाल्डा पुर्न २५ करोड

सोमबार, २० कार्तिक २०७४

विस्तार गरिएका सडकलाई यसै वर्षभित्र कालोपत्रे गरिसक्ने महानगरपालिकाले जनाएको छ । यसअघि भत्काइएका सडक समेतलाई कालोपत्रे गरिने र मापदण्ड मिचेर बनाइएका पर्खाल तथा अन्य संरचना भत्काएर सडक विस्तार गर्ने महानगरपालिकाले जनाएको छ ।

शौच आए कहाँ जाने ?

शौच आए कहाँ जाने ?

सोमबार, २० कार्तिक २०७४

राजधानीमै आवश्यक स्थानमा सार्वजनिक शौचालय नहुँदा अझै खुला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाउँदै आएको छ । सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त राष्ट्र बनाउने लक्ष्य मन्त्रालयले राखेको छ । तर, उपत्यकाकै कारण निर्धारित समयमा लक्ष्य पूरा गर्न नसकिने अनुमानमा मन्त्रालय पुगिसकेको छ ।

ढुंगा ओछ्याइयो, अरु काम शून्य

ढुंगा ओछ्याइयो, अरु काम शून्य

आइतबार, १९ कार्तिक २०७४

प्रस्तावित सम्पदामार्ग क्षेत्रमा सन् १८६८ मा जंगबहादुर राणाले आफ्ना पत्नीहरूको नाममा बनाउन लगाएको मुगल शैलीको हेमहिरण्यजंग नारायण मन्दिर समेत पर्छ । जंगबहादुरले कोतपर्वको प्रायश्चित गर्न यो मन्दिर बनाएको र कोतपर्वमा चलाएका हतियार मन्दिरमै गाडिएको इतिहासकारको दाबी छ ।

अब भगवानको पूजा अनलाइनबाटै

अब भगवानको पूजा अनलाइनबाटै

आइतबार, १९ कार्तिक २०७४

कुनै मन्दिर गएर पूजा गर्न भ्याउनुभएन ? चिन्ता नलिनुस्, अब पूजा गर्न तपाईं मन्दिरसम्म पुगिरहनुपर्दैन । घरैमा बसिबसी चिताएकै मन्दिरमा पूजा गर्न सक्नुहुन्छ।  अहिलेका लागि भने तपाईंले नेपालका सबै मन्दिरमा घरैमा बसिबसी पूजा गर्न पाउनुहुन्न । तर, रामभक्तहरूले भने बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर पूजा गर्न सक्नेछन्।

लोकप्रिय तिब्बती परिकार

लोकप्रिय तिब्बती परिकार

शुक्रबार, १७ कार्तिक २०७४

काठमाडौंमा हिजोआज युवामाझ लोकप्रिय स्ट्रिट फुड बनेको छ, लाफिङ । यो मसलादार नुडल डिसलाई तिब्बतीहरूले व्यावसायिक रूपमा प्रवद्र्धन गरेका हुन् । लाफिङबाहेक अन्य धेरै तिब्बती परिकार छन्, जो काठमाडौंमा स्वाद थपिरहेका छन्।

टाटु खोप्दाका सावधानी

टाटु खोप्दाका सावधानी

शुक्रबार, १७ कार्तिक २०७४

टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

महानगर कर्मचारीलाई नियमविपरीत गाडी

महानगर कर्मचारीलाई नियमविपरीत गाडी

शुक्रबार, १७ कार्तिक २०७४

कार्य सञ्चालन निर्देशिका– २०७३ मा सहसचिव तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ । महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाई समेत गाडी सुविधा दिएको हो ।   रामबहादुर श्रेष्ठ आठौँ तहका कर्मचारी भए पनि गाडी सुविधा पाइरहेका छन् । उनी बा.४च ७१२३ नम्बरको सरकारी गाडी प्रयोग गर्छन् । यसैगरी, आठौँ तहकै रविन्द्रकुमार पौडेलले बा.११च ८१६८ नम्बरको गाडी प्रयोग गरिरहेका छन् । सोही तहका अर्का कर्मचारी नारायणबाबु भट्टराई बा.१३च ८८५९ नम्बरको गाडी प्रयोग गर्दै आएका छन्।

बोतल र जारकै पानी  दूषित

बोतल र जारकै पानी  दूषित

शुक्रबार, १७ कार्तिक २०७४

उपत्यकामा बिक्री हुने पिउने पानी अशुद्ध भएकै कारण बेलाबेला उपत्यकामा विभिन्न खाले रोग र संक्रमण समेत फैलने गरेका छन् । जनस्वास्थ्यमै असर गर्ने गरी न्यून गुणस्तर र प्रदूषित पानी बिक्री भइरहेको विभिन्न परीक्षण र अनुगमनले पुष्टि गर्ने गरेका छन् ।

छठमा ठेकुवा

छठमा ठेकुवा

शुक्रबार, १० कार्तिक २०७४

उदाउँदो सूर्यलाई अघ्र्य दिई आज छठपूजा समापन गरिएको छ । छठीमाईलाई मनपर्ने परिकारको रूपमा अघ्र्यमा अनिवार्य समावेश गरिन्छ, ठेकुवा । ठेकुवा छठीमाईको प्रसादका रूपमा खाने र खुवाउने चलन छ । विशेषतः छठ पर्वमा खाइने भए पनि यसलाई जहिलेसुकै पनि बनाउन सकिन्छ । गहुँको पिठोबाट बन्ने यो क्रन्ची मिठाई खाजाका रूपमा खान सकिन्छ।

कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?

कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?

शुक्रबार, १० कार्तिक २०७४

कक्षाकोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीको एकाग्रता र शैक्षिक क्षमतामा असर पर्ने देखिएको छ । हालै दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले कक्षा कोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने देखाएको हो।

मट्का कुल्फीमा मन

मट्का कुल्फीमा मन

शुक्रबार, १० कार्तिक २०७४

पाटन दरबार क्षेत्रनजिकै लगनखेल जाने बाटोमा छ, नेमकृष्ण ताम्राकारको सानो आइसक्रिम पसल । उनले यहाँ आइसक्रिम र कुल्फीको व्यापार गर्न थालेको २० वर्षभन्दा बढी भइसक्यो । उनी त्यस क्षेत्रमा आफूले नै आइसक्रिमको व्यापार सुरु गरेको बताउँछन् । ‘कसैले पनि व्यापार नगर्दादेखि नै आइसक्रिम बेच्न थालेको हुँ,’ उनी भन्छन्, ‘अहिले त जहाँतहीँ पनि आइसक्रिम पाइन्छन् ।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।