बाग्मतीका नाममा सकियो ६ अर्ब

बाग्मतीका नाममा सकियो ६ अर्ब

शनिबार, २२ पुष २०७४

बाग्मती सफा बनाएर कञ्चन पानी बगाउने उद्देश्यका साथ २०५२ सालमा पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको थियो । समितिलाई ०६४ सालमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमा परिणत गरियो ।

‘प्रदेश राजधानी काठमाडौंबाहिर हुनुपर्छ’

‘प्रदेश राजधानी काठमाडौंबाहिर हुनुपर्छ’

सोमबार, १७ पुष २०७४

म त भन्छु ३ नम्बर प्रदेशको राजधानी काठमाडौंभन्दा बाहिर हुनुपर्छ । काठमाडौंलाई राजधानी बनाइयो भने काठमाडौं झनै अस्तव्यस्त हुन्छ । यसको भूगोलले थाम्न सक्दैन । अरु जिल्लाका मानिस पनि यहीँ भरिन्छन् । बरु उपत्यका बाहिर बनाइयो भने काठमाडौं खुकुलो पनि हुन्छ।

‘सहरवासीको मन कठोर लाग्छ’

‘सहरवासीको मन कठोर लाग्छ’

सोमबार, १७ पुष २०७४

प्राकृतिक र सांस्कृतिक रूपमा काठमाडौं अग्रणी स्थानमा छ । यहाँको मौसम पनि सदावहार छ । काठमाडौंले धेरैलाई अवसर दिएको छ । यहाँ हरेक सेवा–सुविधा छन् । तर, काठमाडौंलाई बनाउनतर्फ कसैको नजर गएन ।

शिरमा ढलक्कै नेपाली टाेपी

शिरमा ढलक्कै नेपाली टाेपी

सोमबार, १७ पुष २०७४

मच्छेन्द्रबहालस्थित दौरा सुरुवाल घरकी सञ्चालिका ईश्वरी घिमिरेले ढाका टोपी लगाउन थालेको तीन वर्ष भइसकेको छ । अहिले उनको अनिवार्य पोशाक जस्तै बनेको छ, ढाका टोपी।  पसलमा बस्दा कहिलेकाहीँ टोपी लगाउन थालेपछि बानी परेको उनी बताउँछिन् । ‘अहिले त टोपी नलगाउँदा असहज महसुस हुन्छ । के छुट्यो, के बिर्से जस्तो फिल हुन्छ,’ उनी भन्छिन्।

धरहराकाे दाेहन

धरहराकाे दाेहन

सोमबार, १७ पुष २०७४

धरहरा परिसरका यी पसलमध्ये कतिपय भूकम्प अघिदेखि नै सञ्चालनमा थिए भने केही धरहरा भत्किएपछि थपिएका हुन् । यस क्षेत्रका पसलेले अनौपचारिक कुराकानीका क्रममा सबैभन्दा सानो क्षेत्रफल लिनेले समेत न्यूनतम मासिक ५० हजार रुपैयाँ भाडा तिरिरहेको बताउँछन्।

अमेरिकाबाट मैले जीवन बुझेँ : अभिनेत्री नकर्मी

अमेरिकाबाट मैले जीवन बुझेँ : अभिनेत्री नकर्मी

शुक्रबार, १४ पुष २०७४

मलाई मनपर्ने सहर फ्रान्सको पेरिस हो । केही समयअघि म त्यहाँ पुगेकी थिएँ । धेरै पहिलेदेखि पेरिस पुग्ने धोको थियो । आफूलाई मनपर्ने सहर घुम्न पाउँदा ज्यादै खुसी लाग्यो ।

सम्पत्ति विवरण बुझाउँदैन् जनप्रतिनिधि

सम्पत्ति विवरण बुझाउँदैन् जनप्रतिनिधि

शुक्रबार, १४ पुष २०७४

निर्वाचित भएको ६ महिना बितिसक्दा पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण पेस नगरेको पाइएको छ । आर्थिक वर्ष सकिएको ६० दिन अर्थात् दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियमको धज्जी उडाउँदै उनीहरूले विवरण नबुझाएका हुन् ।

‘रिपब्लिक’ नेपालमा ‘रोयल’ रहर

‘रिपब्लिक’ नेपालमा ‘रोयल’ रहर

शुक्रबार, १४ पुष २०७४

हरेक दिन सुन्धारास्थित ‘नेपाल एयरलाइन्स’ (आरएनएसी) भवनअगाडि उपत्यकाका विभिन्न स्थानका लागि छुट्ने गाडीको ताँती लाग्छ । मिनिबस, माइक्रोबस र टेम्पोका सहचालकहरू ‘गोंगबु गोंगबु’, ‘बालाजु बालाजु’, ‘कोटेश्वर कोटेश्वर’, ‘लगनखेल लगनखेल’ जस्ता रुटको नाम लिँदै यात्रु बोलाउन व्यस्त हुन्छन् ।

‘मेलम्चीको आम्दानीबाट २५ प्रतिशत लेबी हामीलाई दिनैपर्छ’

‘मेलम्चीको आम्दानीबाट २५ प्रतिशत लेबी हामीलाई दिनैपर्छ’

सोमबार, १० पुष २०७४

मेलम्चीको पानी उपत्यकामा भित्रिन लागेको छ । निर्माण अन्तिम चरणमा छ । उपत्यकावासीले मेलम्चीको पानी पिउँदै छन् । तर, मुहानवासीले केही पाएका छैनन् । त्यसैले मेलम्चीको पानी वितरणबाट उठ्नेमध्ये २५ प्रतिशत रकम हामीलाई लेबीका रूपमा दिनुपर्ने माग गरेका हौँ । चुनावी अजेन्डामा समेटिएको यो कुरा जसरी पनि लागू गराएरै छाड्ने हो । लेबी पाएका खण्डमा यहाँको विकास गर्न केन्द्रीय बजेटको मुख ताक्नैपर्दैन ।

कानुन कार्यान्वयनमा पनि दाताकै भर

कानुन कार्यान्वयनमा पनि दाताकै भर

सोमबार, १० पुष २०७४

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन– २०६८ को कार्यान्वयन गराउन भन्दै महानगरले दाताको सहयोग लिएको हो । दातासँग सहयोग लिएर महानगरले धूमपानमुक्त अभियान सुरु गरेको छ । महानगरलाई धूमपान र सुर्तीसेवनमुक्त बनाउने अभियानको सुरु गरिएको कार्यकारी अधिकृत धनीराम शर्माले बताए ।

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

सोमबार, १० पुष २०७४

पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन । पार्टीले संस्थागत निर्णय गरेरै मुख्यमन्त्री बनाउनेमा म पूर्ण विश्वस्त छु । यसअघि नेकपा एमाले प्रदेश सभा– ३ को संयोजक भएर काम गर्दै आइरहेकी छु । मेरो नेतृत्वमा यहाँवाम गठबन्धनले सुविधाजनक बहुमत ल्यायो । पार्टीमा रहँदापनि मैले राम्रो काम गरेकाले मुख्यमन्त्रीको हकदार नै म हुँ । पार्टीको स्थायी कमिटी सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु । त्यसैले बजारमा चर्चामाआएका प्रदेश सांसद मेरा प्रतिस्पर्धी नै होइनन्, त्यसैले अन्यले दाबेदारी गर्न मिल्लाजस्तो मलाई लाग्दैन । पार्टी नेतृत्वले सर्वसम्मत मुख्यमन्त्री बनाउला भन्ने अपेक्षा गरेकी छु।

‘नेपालजस्तो देश विश्वमै भेटिनँ’

‘नेपालजस्तो देश विश्वमै भेटिनँ’

सोमबार, १० पुष २०७४

विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश भनेर पनि चिन्छन् । यहाँ थुप्रै सम्पदा छन् । यी सम्पदाले उपत्यकाको मौलिकता र महत्त्वलाई कायम राखेको छ । हामीले बरु यो देशको महŒव बुझ्दैनौँ, अरु देशका नागरिकका लागि नेपाल सपनाको ठाउँ हो।

टाटु माेह

टाटु माेह

सोमबार, १० पुष २०७४

नेपाल घुम्न आउँदा नेपाली कलालाई नै शरीरमा खोपेर जाने विदेशी पनि धेरै छन् । उनीहरूको रोजाइमा विशेषगरी काल भैरव, भैरवी, गणेश, हनुमान, महाकाली, बुद्ध, लट्टे शिव लगायत आर्ट पर्छ ।

अब ‘हर टु’को पालो

अब ‘हर टु’को पालो

सोमबार, १० पुष २०७४

इतिहासमा यो पल वास्तवमै मौनता तोड्नेहरूको हो, जसले बाहिर बोल्न सकेका थिएनन्, तिनले ‘मि टु’मार्फत मौनता तोड्न सके । मौनता तोड्न त्यति सजिलो छैन, त्यसैले त हामीले बोल्न नसक्नेहरूका लागि बोलिदिनुपर्छ । मौनताबाट पीडित बालिका र महिलालाई मौनता तोड्न हामीले आवाज उठाइदिएका हौँ ।

सान्टा क्लजसँग सेल्फी

सान्टा क्लजसँग सेल्फी

सोमबार, १० पुष २०७४

सजना तामाङ गैरक्रिस्चियन हुन् । तर, उनी हिजोआज वसन्तपुर दरबार मन्दिरअघि सान्टा क्लज बनेर उभिएकी हुन्छिन्। चार दिनसम्म सान्टा क्लजको भेषमा उभिनुपर्ने उनी बताउँछिन् । ‘नोभा टु’ फोन कभरको विज्ञापनका लागि उनी सान्टा क्लज बनेकी हुन् । ‘सान्टा बन्दा रमाइलो लाइराछ,’ उनले भनिन् । दरबार क्षेत्र घुम्न आउनेहरूले आफूसँग तस्बिर लिन आउने गरेको उनी सुनाउँछिन्।

क्रिसमसमा रमाउँदै युवा

क्रिसमसमा रमाउँदै युवा

सोमबार, १० पुष २०७४

पश्चिमा संस्कृतिको रूपमा नेपाल भित्रिएको क्रिसमस अहिले नेपालमा ‘लोकप्रिय’ हुँदै गएको छ । क्रिस्चियन धर्मावलम्बी मात्र होइन, गैरक्रिस्चियन पनि क्रिसमसमा रमाउन थालेका छन्।

बगैँचाले सडक बन्यो ढल

बगैँचाले सडक बन्यो ढल

सोमबार, १० पुष २०७४

करिडोरको सौन्दर्य बढाउन बनाइएका बगैँचाअग्लो हुँदा सडकको आयु दीर्घकालीननहुने देखिएको छ । अधिकार सम्पन्नबाग्मती सभ्यताएकीकृत विकास समितिले बनाएको बगैँचा सडकभन्दा अग्लो भएको हो ।

नियम विपरीत कार्यालय समय परिवर्तन

नियम विपरीत कार्यालय समय परिवर्तन

सोमबार, १० पुष २०७४

चन्द्रागिरि नगरपालिले नियमविपरीत वडा कार्यालयहरूको कार्यालय समय फेरेको पाइएको छ।  चन्द्रागिरि नगरपालिकाको कार्यपालिका बैठकले नियमविपरीत कार्यालय खुल्ने समय फेरेको हो । गत कात्तिक २९ गतेको कार्यपालिका बैठकले मंसिर ७ गतेदेखि लागू हुने गरी नगरपालिकाका १५ वटै वडामाकार्यालय समय बिहान७ बजेदेखि दिउँसो १२ बजेसम्म तोक्ने निर्णय गरेको थियो।

‘सपना पूरा गर्न अर्कैको सहर जान नपरोस्’

‘सपना पूरा गर्न अर्कैको सहर जान नपरोस्’

शुक्रबार, ०७ पुष २०७४

सहरवासी अलिकति उत्तरदायी भएको भए सहर यति अस्तव्यस्त र भद्रगोल हुँदैनथ्यो । हामी विकास भएन भनेर भित्रभित्रै गुनासो गर्छौं, तर जिम्मेवार निकायलाई दबाब दिँदैनौँ । सम्बन्धित निकायलाई खबरदारी गर्न सक्ने हो भने सहर अलि व्यवस्थित हुन्थ्यो होला । मैले धेरै देश घुमेँ तर नेपालीको जस्तो मन कसैमा भेटिनँ । नेपाल यस्तो ठाउँ हो, जहाँ एकले अर्कोप्रति गर्ने माया र आदर छुट्टै छ।

क्रिसमस क्रेज

क्रिसमस क्रेज

शुक्रबार, ०७ पुष २०७४

अहिले सहरमा क्रिसमस चहलपहल सुरु भइसकेको छ । राजधानीका ठूला सपिङ मल, डिपार्टमेन्ट स्टोर र पसल ‘क्रिसमस डे’का सामग्रीले बेहुलीलाई झैँ सिँगारिएको छ । क्रिसमस ट्री, रंगीन साइनिङ बल, स्टार, साना एन्जल डल, सान्टा क्लजका डल, विभिन्न डिजाइनका लाइटले सहर पूरै क्रिसमसमय भएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।