घरैपिच्छे फरक–फरक थर

घरैपिच्छे फरक–फरक थर

शुक्रबार, २६ माघ २०७४

भक्तपुरमा यस्ता धेरै टोल छन्, जहाँ हरेक घरमा फरक–फरक थरका परिवार बसोबास गर्छन् । वेशभूषा, संस्कृति र परम्परा समेत समान देखिने भक्तपुरवासीको थर भने घरैपिच्चे फरक–फरक हुने गरेको हो।

ह्यारीको त्यो सन्देश

ह्यारीको त्यो सन्देश

शुक्रबार, २६ माघ २०७४

नेपाल आएका ह्यारी भक्तपुरका भूकम्पपीडितको शिविर पुगेका थिए । त्यसै क्रममा व्यासीस्थित शिविर पुग्दा सुवालसँग उनको भेट भएको हो । सुवाल ८० घर–परिवार रहेको त्यस शिविर समितिका अध्यक्ष थिए । अध्यक्ष भएकै नाताले उनीसँग ह्यारीको भेट भएको हो ।

‘हामी आफूलाई मात्रै हतार भएको ठान्छौँ’

‘हामी आफूलाई मात्रै हतार भएको ठान्छौँ’

सोमबार, २२ माघ २०७४

अति नै दिक्क लाग्छ, तर कतिन्जेल दिक्क मान्ने ? कहिलेकाहीँ त म कस्तो सहरमा बाँचेछु भन्ने लाग्छ । यहाँका सरकारी निकायले दिने झन्झट र जनताको जीवनमाथि हुने खेलवाडको विरोध पनि हामी गर्न सक्दैनौँ । सहरवासी सहरप्रति नै सचेत छैनन् । बरु सहन्छन्, तर दुःख गर्न खोज्दैनन् । जिम्मेवार निकायलाई खबरदारी गर्न सकेको भए विकास निर्माणका काम छिट्टै सकिन्थे।

राेजाइमा फेसनेवल भित्री वस्त्र

राेजाइमा फेसनेवल भित्री वस्त्र

सोमबार, २२ माघ २०७४

भित्री वस्त्रले बाहिरी पहिरनको सुन्दरता र स्टाइल समेत बढाउने हुनाले हिजोआज भित्री पोसाकको छनोटमा मानिस सचेत हुन थालेका छन् । भित्री पोसाक लगाउने तरिकाले बाहिरी पोसाकको आकर्षणमा निखार ल्याउँछ । भित्री बस्त्र लगाउँदा सहज, हलुका र आकर्षक हुन जरुरी रहेको न्युरोडमा रहेको कम्र्फट जोन स्टोरकी सञ्चालक इन्द्रा दोङ बताउँछिन् । उनका अनुसार महिला स्तनको स्वास्थ्यसँग समेत सम्बन्ध राख्ने भएकोले ब्राको छनोटमा सजग हुनुपर्छ।

प्रतिवद्धता गरिन्छ, काम गरिँदैन

प्रतिवद्धता गरिन्छ, काम गरिँदैन

सोमबार, २२ माघ २०७४

राजधानीको कपन–सरस्वतीनगर सडक निर्माण सुरु भएको २६ महिना भयो । तर, अझै उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन । १३ सय मिटरको उक्त सडक नबन्दा कपनवासी सास्ती खेप्न बाध्य छन्।

उफ ! साँखु जाने सडक

उफ ! साँखु जाने सडक

सोमबार, २२ माघ २०७४

चेपिएर बसेका यात्रुलाई पनि सहचालकले ‘सर्नुस्’, ‘उता फर्किनुस्’, ‘मुन्टो घुटाउनुस्’, ‘त्यहाँ समाउनुस्’, ‘मिलेर बस्नुस्’, ‘नत्र झर्नुस्’ भन्न छाडेका थिएनन् । चावहिल–साँखु यात्राका क्रममा देखिएको यो दृश्य उपत्यकाका हरेक जसो रुटमा चल्ने गाडीमा देखिन्छ।

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

सोमबार, २२ माघ २०७४

गुड्दागुड्दैको बस ‘ब्रेक फेल’ भएको पत्तो पाएपछि उनलाई के गराैँ के गराैँ भयो । ‘त्यो दिन सम्झँदा अझै पनि मन डराउँछ,’ आइतबार विद्यालयमा नागरिकसँग कुरा गर्दै चालकले भने, ‘कसरी नानीहरूको जीवन जोगाएँ, आफैँ अचम्ममा छु ।’ गाडी चलाएको लामो अनुभव भए पनि ‘ब्रेक फेल’ भएपछि कुनै उपाय नलागेको उनले बताए।

प्रावधान एकातिर, दर्ता अर्काेतिर

प्रावधान एकातिर, दर्ता अर्काेतिर

शुक्रबार, १९ माघ २०७४

कम्पनी ऐन, २०६३ अनुसार यातायात व्यवसायी समितिलाई कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गर्नुपर्छ । देशभरका झन्डै चार सय यातायात समिति भने संस्था दर्ता ऐन २०३४ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता छन् ।  गत भदौ ५ गते संसद्को विकास समिति बैठकले यातायात व्यवसायी समितिको दर्ता र नवीकरण तत्कालै स्थगित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । बैठकले सबै यातायात समितिलाई कम्पनी कार्यालयमा दर्ता गर्न सुझाव समेत दिएको थियो । सुझाव अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

शुक्रबार, १९ माघ २०७४

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।

दरबार क्षेत्रमा अवैध पसल

दरबार क्षेत्रमा अवैध पसल

शुक्रबार, १९ माघ २०७४

पाटन दरबार क्षेत्र प्रवेशद्वारसँगै जोडेर करिब ५० वटा पसल चलाइएका छन् । यी पसलमा विभिन्न सामान किन्ने, कफी पिउने, साँझका बेला टहलिने र दिउँसो घाम ताप्नेको भीड लाग्छ।

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

शुक्रबार, १९ माघ २०७४

ठेकेदारले काम नगर्दा ललितपुरको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एक वर्ष हुँदा पनि ठेकेदार काममा नआएपछि दरबार क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण अलपत्र परेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर पुनर्निर्माणको ठेक्का विनायक राम निर्माण कन्सट्रक्सन प्रालिलाई दिइएको थियो । ठेक्काको लागत चार करोड रूपैयाँ छ ।

टहरामा बस्ने माननीय

टहरामा बस्ने माननीय

शुक्रबार, १९ माघ २०७४

राजनीति गर्न प्रशस्त पैसा चाहिन्छ भन्ने आम बुझाइ छ । भक्तपुरकी प्रदेश सभा सांसद सरस्वती बाटीको जीवनमा भने यो कुरा मेल खाँदैन । आर्थिक रूपले विपन्न उनी अस्थायी टहरामा बस्दै आएकी छन्।

बर्तको सारंगी संघर्ष

बर्तको सारंगी संघर्ष

शुक्रबार, १९ माघ २०७४

उनीसँगैका साथी स्कुल जान्थे । उनी भने सारंगी बोकेर घर–घर चहार्थिन् । सारंगीको धुनमा गीत गाउँथिन् । र, छाकको जोहो गर्थिन्। स्कुले उमेरमा सारंगी बजाउनु बर्त गन्धर्वको रहर नभई बाध्यता थियो । कामका लागि सिक्किम गएका बुबा दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि परिवारको खर्च जोहो गर्न सारंगी बजाउनु उनको बाध्यता बन्यो । र, आमासँगै सारंगी बोकेर हिँड्न थालिन् । त्यतिबेला उनको उमेर ७ वर्ष मात्रै थियो।

‘सहरवासीले दायित्व बिर्सिए’

‘सहरवासीले दायित्व बिर्सिए’

शुक्रबार, १९ माघ २०७४

तपाईंलाई मनपर्ने सहर कुन हो ? मलाई पोखरा राम्रो लाग्छ । पोखरा प्राकृतिक रूपमा सुन्दर छ । सहरको वरिपरि सफासुग्घर छ । पोखरा धेरै मानिसको सपनाको सहर पनि हो । यसबाहेक नेपालगन्ज, विराटनगर, धनगढी सहर पनि राम्रा छन् ।

खाजामा डोसा

खाजामा डोसा

शुक्रबार, १९ माघ २०७४

विमल थापाले नन्दन स्विट्स, न्युरोडमा काम गरेको २० वर्ष भयो । यत्तिका वर्षमा नेपालीको खानपानको शैली धेरै बदलिएको उनले देखेका छन् । पसलमा गएर मिठाई खाने चलन पहिले निकै कम रहेको उनी बताउँछन् । अहिले होटल रेस्टुराँ गएर खाने चलन बढेको छ । उनी काम गर्ने नन्दन स्विट्समा पछिल्ला वर्ष डोसा खाने ग्राहक निकै बढेका छन् । ‘पहिले धेरै इन्डियन र मारवाडी समुदायका मानिसले खान्थे, अहिले धेरै नेपालीले पनि खान्छन्,’ थापा भन्छन्, ‘डोसा नचिन्ने मान्छे भेटेको छैन ।’ हरेक दिन दर्जनौँ डोसा नन्दन स्विट्सको किचेनमा बन्ने गरेको उनी सुनाउँछन्।

नाटकमा फरक प्रयोग

नाटकमा फरक प्रयोग

शुक्रबार, १९ माघ २०७४

रुन खोज्छु जति हाँसो उठ्छ उति यहाँ खोई कसलाई सुनाउँ आफ्नो कुरा  सबैलाई हाँसो उठ्छ यहाँ कसकसको विपक्ष बनुँ खै  आफ्नै घरमा बास उठ्छ यहाँ...

चक्रजस्तै घुमिरहन्छ हाम्रो जीवन

चक्रजस्तै घुमिरहन्छ हाम्रो जीवन

शुक्रबार, १९ माघ २०७४

भक्तपुर थिमीका ५३ वर्षीय लक्ष्मीकृष्ण प्रजापतिले माटाका भाँडा बनाउन थालेको चार दशक कटिसक्यो । बुबाको साथमा लागेर बाल्यकालदेखि नै माटोसँग खेल्न थालेका प्रजापतिले घेम्पो, गाग्रा, अटलदेखि  मुखुण्डो, गमला र  खेलौनालगायत थुप्रै  सामग्रीलाई आकार दिइसकेका छन्।

‘जनप्रतिनिधिका रूपमा काम गर्न असहज रहेछ’

‘जनप्रतिनिधिका रूपमा काम गर्न असहज रहेछ’

शुक्रबार, १९ माघ २०७४

हामीले संक्रमणकालीन समयमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्यौँ । वडामा अहिले समस्यै समस्या छन् । हामीले जनताको समस्यालाई प्राथमिकताका आधारमा राख्दै काम गर्ने प्रयत्न गरिराखेका छौँ । वडा कार्यालयमा खानेपानीको चरम हाहाकार छ । त्यसैले खानेपानी कार्यालयसँग समन्वय गरेर वडामा पाँच लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिसकेका छौँ । ट्यांकी बनेसँगै अहिले खानेपानी वितरण प्रणाली बनाइरहेका छौँ । अब छिटै जनताको घरदैलोमै पानीसहितको धारा पु¥याउने काम भइरहेको छ । वडा कार्यालयको समन्वयनमा जनउद्धार मावि र नौलिन माविको विद्यालय पुनर्निर्माण सम्पन्न गरिसक्यौँ । वडा कार्यालय पछाडिको सडक वर्षाैंदेखि अलपत्र थियो । हामी आएसँगै वडा कार्यालयदेखि गोकर्णेश्वरसम्मको सडक मर्मतसम्भार, विस्तार र ग्राभेल गरेर तयार पारेका छौँ ।

चिनियाँ युवतीको सारी मोह

चिनियाँ युवतीको सारी मोह

शुक्रबार, १९ माघ २०७४

चीनको ग्वान्जाउबाट नेपाल घुम्न आएकी छङ छिङ चुलाई नेपाली सारीले खुबै लोभ्यायो । नेपाली पहिरन देखेर मन थाप्न नसकेकी उनले यसै साता भक्तपुर घुम्न जाँदा भने रातो सारी लगाएर रमाउँदै फोटो सेसन गराइन्।

‘मैले किन पढ्न छाडेँ भनेर कसैले सोध्दैनन्’

‘मैले किन पढ्न छाडेँ भनेर कसैले सोध्दैनन्’

सोमबार, १५ माघ २०७४

भक्तपुरको दरबार क्षेत्रमा बिहीबार ‘मेयरसँग बालबालिका’ नामक कार्यक्रम सञ्चालन हुँदै गर्दा मालीगाउँका आकाश लामा बदामको डालो बोेकेर कार्यक्रम नियाल्दै थिए । चिटिक्क लुगामा सजिएका स्कुले नानीहरू चियरमा बसेर मेयर सुनील प्रजापतीलाई आफ्ना समस्या सुनाउँदै थिए । कालो सर्टमा आएका आकाशले बदामको डालो काँधमै राखेर आफ्नो कथा पंक्तिकारलाई बताए।

Ncell Footer Ad