जनकपुरधाममा विवाहपञ्चमीकाे रमझम

जनकपुरधाममा विवाहपञ्चमीकाे रमझम

मङ्गलबार, २५ मङि्सर २०७५

अहिले फेरि जनकपुरधाम चर्चामा आउन थालेको छ । त्यसको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन् । आगामी मंसिर २६ गते (२०१८) विवाह पञ्चमीको अवसरमा उनी अयोध्याबाट जन्तीकै रुपमा सामेल हुन आउने कुरा यहाँ आइसकेको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आउन लागेका उनी त्यसै अवसरमा जनकपुरधाम (कुर्था) (जयनगर भारत) ब्रोडगेज रेलवेको जनकपुरधामबाट शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।

अनलाइनबाट साथी चुन्दा ख्याल राख्नुस्

अनलाइनबाट साथी चुन्दा ख्याल राख्नुस्

सोमबार, २४ मङि्सर २०७५

जीवनसाथी डटकम, नेपाली माट्रिमोनी डटकम, कम्युनिटीमाट्रिमोनी डटकम जस्ता वेबसाइटमा कतिपय नेपाली भाषी समुदाय र कतिपय नेपाली युवाले आफ्नो वैवाहिक जीवनको विज्ञापन गरिरहेका हुन्छन् । अनलाइनमा हरेक उमेर समूह, धर्म, जाति, शिक्षा र व्यवसायिक क्षेत्रका आधारमा वरवधु चयन गर्न सकिन्छ । यस्ता अनलाइन एक हिसाबले बरदान साबित भएको छ भने कतिका लागि अभिशापसमेत बन्न पुगेको छ ।

नयाँ घरमा खुसी ल्याउने १९ सुत्र

नयाँ घरमा खुसी ल्याउने १९ सुत्र

सोमबार, २४ मङि्सर २०७५

भर्खरै बिहे भएको परिवारमा खुसी ल्याउने जिम्मा नयाँ बुहारीको भागमा पर्छ । नयाँ दुलहीले सबै किसिमका आशा पूरा गर्न सक्छु कि सक्तिनँ भनेर अनेकौँ प्रश्न दिमागमा घुमाइरहेका हुन्छन् र घुम्छन् पनि । नयाँ दुलही कसरी नयाँ घरमा घुलमिल हुने ? यसका केही अचुक उपाय यस्ता छन्ः

बिहेअघि ध्यान दिनुपर्ने कुरा

बिहेअघि ध्यान दिनुपर्ने कुरा

सोमबार, २४ मङि्सर २०७५

एउटी दुलही जब परिवार छाडेर नयाँ घरमा पुग्छे, उसका चासाे र चिन्ता फरक हुन्छन्। उसका सासु-ससुरा हुन्, नन्द-देवर हुन्, जेठाजु-जेठानी सबैका अाफ्ना चासाे र सराेकार हुन्छन्। त्यस्ता चासाे र सराेकारलार्इ कसरी सम्बाेधन गर्ने ?

त्याे समयकाे विवाह

त्याे समयकाे विवाह

सोमबार, २४ मङि्सर २०७५

गत असोज ७ गते राष्ट्रकविका रुपमा ख्याति पाएका माधवप्रसाद घिमिरेले आफ्नो सयौँ जन्मदिन मनाए । उनको शरीर बुढो हुँदै गएको छ, उनलाई  आफ्नै बगैँचामा जाँदा डो-याउनुपर्छ । केही समयअघि रगत ‘इन्फेक्सन’ भएपछि कम हिँडडुल गर्ने गरेका घिमिरेको शरीर थाकेजस्तो देखिए पनि  उनको आत्मविश्वास, उनको अध्ययनशीलता र उनको निरन्तर लेखाइ–पढाइमा कुनै थकावट आएको छैन ।

फिल्मले जुराएको रोमान्टिक जोडी

फिल्मले जुराएको रोमान्टिक जोडी

आइतबार, २३ मङि्सर २०७५

‘१० वर्षदेखि काम गर्दा नपाएको चर्चा अहिले पो पाइयो । बिहे गरेपछि पो हिट भइयो,’ अभिनेत्री दीपिका प्रसाईंसँगको वैवाहिक सम्बन्ध सार्वजनिक गरेपछि फिल्म निर्देशक दिवाकर भट्टराई अहिले दंग छन् ।पर्दापछि काम गरेर रमाइरहेका भट्टराई अहिले पर्दाअघि छाइरहेका छन् । सायद हिरोइनसँग बिहे गर्दाको फाइदा होला !

कस्ताे छ मंसिर महिनाकाे मासिक ग्रहफल ?

कस्ताे छ मंसिर महिनाकाे मासिक ग्रहफल ?

आइतबार, २३ मङि्सर २०७५

उन्नति प्रगतिको योग आएको छ । विवाह हुने योग परेको छ । विद्यार्थीका लागि वैदेशिक यात्राको समय रहेको छ । साथीभाइ इष्टमित्रहरुबाट सरकारी जागिरको योग छ । चर्मसम्बन्धी रोगले केही समय सताउन सक्ने देखिन्छ । सामान्यतया कर्मफल राम्रो छ ।

आरती

आरती

आइतबार, २३ मङि्सर २०७५

मेरो जीवनमा पनि लगभग खुसी रित्तिएको थियो । परिवारको दबाब थियो– पढाइ छाड् र बिहे गर् । मलाई बिहे गर्ने कुनै रुचि थिएन न त पढाइ छाड्ने नै ! भर्खरै त १२ पढिरहेकी छु । पढाइ पनि नराम्रो छैन । राम्रो परिवारको केटो भन्नेबित्तिकै हाम्फाल्न मेरो मनले मानेको छैन।

संस्कार र परम्परा

संस्कार र परम्परा

आइतबार, २३ मङि्सर २०७५

कहिलेकाहीँ हामी नजिकका आफन्तको महत्व बुझ्दैनौँ । छेउमै भएको महान् आत्मालाई पनि कम आँक्छौँ । दुःख, आपत् र दुर्दिनका अवस्थामा मात्र कोही हुनु वा नहुनुको महत्वबोध हुनपुग्छ । यो कुरा कुनै समाज वा परिवारको कुरा मात्र होइन, हरेक समाज र हरेक परिवारको कथा हो।

हामीमा जवाफदेही बढी छ : सिईओ श्रेष्ठ

हामीमा जवाफदेही बढी छ : सिईओ श्रेष्ठ

शनिबार, ०१ मङि्सर २०७५

खुला प्रतिस्पर्धाबाट २०७२ सालको चैतमा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका किरणकुमार श्रेष्ठ निकै अनुभवी सिइओको रुपमा चिनिन्छन् । नेपाल बैंकमा लामो समय काम गरेको अनुभव उनीसँग छ । श्रेष्ठले नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको जिम्मेवारी सम्हालेको पनि साढे २ वर्ष भइसकेको छ । नेपाली जागिरे र व्यापारी बन्ने मानसिकताबाट माथि उठ्न नसकेको उनी बताउँछन् ।

जाडोमा झकमक्क फूल

जाडोमा झकमक्क फूल

शनिबार, ०१ मङि्सर २०७५

सामान्यतयाः जाडो सिजनका बिरुवा गर्मी सिजनको बिरुवाको तुलनामा प्रायः होचा किसिमका हुन्छन् तर बहुरंगी हुन्छन् । जाडोले बिरुवा ढिलो पनि बढ्छन् । तर लामो समयसम्म टिक्छन् । जाडो सिजनका बिरुवा जाडो मौसममै फुल्ने भएकाले चिसोमा समेत फुल्न सक्छन् ।

अग्लो मानिस

अग्लो मानिस

शनिबार, ०१ मङि्सर २०७५

अफिस जाने बेला हुँदैछ । ऊ सर्टको कलरमा टाइ कसेर ऐना अघिल्तिर आएर उभिन्छ । जुत्ता राख्ने र्‍याक खोल्छ । करिब दुई इञ्चको हिल भएको बुट झिकेर लगाउँछ र आफूलाई केही अग्लो भएको महसुस गर्छ ।

मैले नजन्माएका सन्तान

मैले नजन्माएका सन्तान

शनिबार, ०१ मङि्सर २०७५

कस्तो अनौठो ! मेरी छोरी एलिस १२ वर्षकी नहुञ्जेल उसलाई जन्माउने आमा जेसिका, जसलाई म प्रेमपूर्वक जेस भन्न थालेँ, उसलाई मैले फेला पारेको थिइनँ । कुरा बुझ्नु भएन ? खुलस्त पार्न भनेरै यो लेखिरहेको छु ।

‘मेरा सबै गोप्य कुरा ममीले भन्दिसक्नु भएको छ’

‘मेरा सबै गोप्य कुरा ममीले भन्दिसक्नु भएको छ’

बिहिबार, २९ कार्तिक २०७५

नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनेत्रीका रुपमा चर्चामा आएकी आँचल शर्माले दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । त्यत्तिकै संख्यामा म्युजिक भिडियोमा अभिनय गरेर दर्शकमाझ लोकप्रियता कमाएकी अभिनेत्री आँचल शर्माले ‘नागरिक परिवार’सँग गरेको क्याजुअल कुराकानी :

‘चालिस कटेसी रमाउँला...’

‘चालिस कटेसी रमाउँला...’

बिहिबार, २९ कार्तिक २०७५

देशकै ठूलो कर्पोरट हाउस चौधरी ग्रुपको सदस्य संस्था सिजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी र झापा विर्तामोडकी विद्यात्री पोखरेल तीन वर्षदेखि गहिरो प्रेममा थिए। त्यो तीन वर्षदेखिको प्रेम तीन महिना अघिमात्रै विवाहमा परिणत भयो। उनीहरु एकअर्कालाई निशर्त प्रेम गर्छन्। सम्बन्धलाई बलियो र स्वस्थ बनाउन उनीहरुसँग एउटा बलियो सूत्र छ–तीता कुरालाई भुलेर मीठा कुरामात्रै आत्मसात गर्ने।

मैले नजन्माएका सन्तान

मैले नजन्माएका सन्तान

बुधबार, ०७ कार्तिक २०७५

कस्तो अनौठो ! मेरी छोरी एलिस १२ वर्षकी नहुञ्जेल उसलाई जन्माउने आमा जेसिका, जसलाई म प्रेमपूर्वक जेस भन्न थालेँ, उसलाई मैले फेला पारेको थिइनँ । कुरा बुझ्नु भएन ? खुलस्त पार्न भनेरै यो लेखिरहेको छु।

कुइरोले प्यास मेटाउँदै थियो अछामको सहस्रलिंगमा

कुइरोले प्यास मेटाउँदै थियो अछामको सहस्रलिंगमा

बुधबार, ०७ कार्तिक २०७५

हामी वरिपरि तारले घेरेको खप्तडको पाटनको उत्तरतिर रहेको आर्मीको क्याम्पबाट अगाडि पूर्वतिर देखिएको पहाडमा उकालो चढ्दै छौं । एरोबाट देखाएको सहस्रलिङ्गको बाटो यतै रहेछ । यात्रामा सँगै छौंँ पतञ्जलीका योग गुरुहरू रीता कार्की, बलदेव मिश्र, लोकराज बराल, अश्विनी कोइराला र शशी थापा पण्डित।

सौगात मल्ल मनपर्ने कलाकार

सौगात मल्ल मनपर्ने कलाकार

बुधबार, ०७ कार्तिक २०७५

निकोलस स्पार्कको ‘द च्वाइस’ भन्ने उपन्यास छ ।  यो पुस्तकमा रोमान्स, इमोसन सबैथोक छ । खासमा यो उपन्यास पढ्दा बेग्लै आनन्द आउँछ । यो उपन्यास पढ्दै गयो भने भावमा डुब्न थालिहाल्छु । त्यसैले पनि यो पुस्तक मन  परेको हो । नेपाली किताब भन्दा पनि म अंग्रेजी पढ्न मन पराउँछु।

अवसरवादी हाेइन म मूर्ख भएँ

अवसरवादी हाेइन म मूर्ख भएँ

बुधबार, ०७ कार्तिक २०७५

नेपाली कांग्रेसभित्रको राजनीतिमा मीनेन्द्र रिजाल चिनाउनुपर्ने नाम होइन । धरानमा जन्मेर मोरङलाई राजनीतिक कर्मक्षेत्र बनाएका मीनेन्द्रले पछिल्लो समय मोरङबाटै सांसद बन्ने बाटो तयार पारेका हुन् । उनलाई पितापुर्खाकै पालादेखि मीठोमसिनो खान र राम्रो लगाउन दुःख थिएन।

बेनामी सम्बन्ध

बेनामी सम्बन्ध

सोमबार, ०५ कार्तिक २०७५

ढोकाको घण्टी बज्नासाथ पढ्दै गरेको पत्रिका त्यही बैठक कोठाको टेबलमा राखेर हतपत उठेर ढोकाको छेउँमा पुगेकी थिइन् अप्सरा । घण्टी फेरि बज्यो। अप्सराले ढोकामा भएको सानो प्वालबाट बाहिर हेरिन् । बाहिर दुवै हातमा झोला झुण्ड्याएर उभिएका थिए मनोरञ्जन । मनोरञ्जनलाई देखेपछि ढोका खोलिदिएकी थिइन् अप्सराले।