‘हिरोइन खोज्दै थिएँ, झरना पो भेट्टाए’

‘हिरोइन खोज्दै थिएँ, झरना पो भेट्टाए’

बुधबार, १४ भदौ २०७४

सुनिलकुमार थापा हिरोइन खोज्दै थिए, झरना थापालाई भेट्टाए तर फिल्ममा लिएनन् । आफ्नै घर लिएर गए । २२ वर्ष भइसक्यो यो जोडी एक भएको । यी दुईको सहकार्य लोभलाग्दो छ । यस जोडीलाई देखेर फिल्म क्षेत्रमा टिप्पणी पनि हुने गर्छ, ‘जोडी होस् त यिनीहरुको जस्तो ।’

व्यापारमा वास्तुशास्त्र

व्यापारमा वास्तुशास्त्र

मङ्गलबार, १३ भदौ २०७४

व्यापारिक स्थललाई विभिन्न प्रकारले वर्गीकरण गर्न सकिन्छ । सपिङ मल, सपिङ मार्केट, सपिङ कम्प्लेक्स, बजार, पसल, बिक्री कार्यालय, व्यापारिक केन्द्र, संस्था, शिक्षा संस्थान, स्कुल, कलेज, नर्सिंङ होम र अस्पताल आदि । व्यापारिक प्रतिष्ठानमा वस्तु तथा सेवा बिक्री गरिन्छ । बजारका सबै वस्तुको उपयोग ग्राहकलाई सामग्री बेचेर बिक्री बढाउनु नै हो ।

मेयर चिरिबाबु महर्जनको परिवार: फेसबुकको कमेन्ट सुनाउने काम श्रीमतीको

मेयर चिरिबाबु महर्जनको परिवार: फेसबुकको कमेन्ट सुनाउने काम श्रीमतीको

मङ्गलबार, १३ भदौ २०७४

किसान परिवारमा हुर्किएका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन व्यवस्थापनका विद्यार्थी हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमएम गरेका महर्जन अहिले महानगरको कुर्सीमा छन् । राजनीतिमा नलागेको भए कुशल प्रशासक बन्ने बताउने महर्जनको विचारमा राजनीति र व्यवस्थापन फरक–फरक विद्या हुन् । उनको आँकलनको राजनीतिमा २ र २ जोडदा ५ हुन्छ भने व्यवस्थापनमा २ र २ को योगफल ४ मात्र हुन्छ । उनी यसलाई सिनरजेस्टिक भन्न चाहन्छन्, जसको अर्थ हुन्छ धेरै मानिससँग समन्वय राख्दै सहकार्यमा जुट्दा त्यसको परिणाम एक्लाएक्लैले गरेको भन्दा धेरै हुन्छ ।

चाडपर्व, खुसी र आमा

चाडपर्व, खुसी र आमा

सोमबार, १२ भदौ २०७४

आमा संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो । सन्तानलाई जतिसुकै अप्ठ्यारो बेलामा साहस दिने, चुनौतीसित लड्न सिकाउने, बाँच्न सिकाउने अनि हरेक दुःखको एउटै औषधि आमा हो । एउटा साधारण मध्यमवर्गीय परिवारमा म जन्मिएँ । परिवार ठूलो थियो । सात सन्तानको लालनपालन एक्लो बुबाको जागिरले कसरी चलेको थियो होला ! अहिले सम्झँदा अचम्म लाग्छ । आमाले सबै अभावलाई व्यवस्थापन गर्नुहुन्थ्यो ।

थरिथरिका पिता, थरिथरिका पुत्र

थरिथरिका पिता, थरिथरिका पुत्र

सोमबार, १२ भदौ २०७४

कुशे औँसी हिन्दू धर्मावलम्बीले मनाउने पर्व हो । यो पर्व भदौको औँसीमा मनाइन्छ । यस पर्वमा बुबा नहुनेहरुले गोकर्ण, रसुवाको वेत्रावती आदि स्थानमा श्राद्ध, तर्पण, दान आदि कार्य गर्ने चलन छ । यस्ता कार्यले पितृहरुलाई तार्ने विश्वास गरिन्छ । विशेष गरी आफ्ना पितृहरुको श्राद्धको तिथि थाहा नहुनेहरुले यस दिनमा श्राद्ध गर्ने चलन छ । यसरी तर्पण आदि कार्य गरेमा आफ्नो कुल स्थिर हुने धर्मग्रन्थहरुमा उल्लेख छ ।

कोखप्रति अन्याय

कोखप्रति अन्याय

आइतबार, ११ भदौ २०७४

नेपाल परिवार नियोजन संघले वर्षाैंदेखि ‘हामी दुई हाम्रा दुई’ र ‘छोरा हुन् वा छोरी सन्तान बराबरी’ नारालाई रेडियो/टिभीमा धन्काइरहेको वर्षौं भयो । यी नाराले नेपाली समाजमा कस्तो प्रभाव पार्यो ? कस्तो सन्देश दियो ? यसको लेखाजोखा हुँदै गर्ला । अहिलेसम्म परिवार नियोजनको उद्देश्य धेरैभन्दा धेरै बच्चा जन्माउनु हुँदैन, धेरै जन्माउँदा तिनको उचित लालनपालन र शिक्षादीक्षा दिन सकिँदैन भन्ने हो ।

रागिनीका रङहरु

रागिनीका रङहरु

आइतबार, ११ भदौ २०७४

‘घरमा कोही आयो भने म छैन भन्दिनू,’ उनको बुवाको आदेश हुन्थ्यो । कोही आउँथ्यो, ढोका ढक्ढक्याउँथ्यो र ढोका खुल्दा उनकी आमा झुल्किन्थिन् र भन्थिन्, ‘उहाँले भन्नु भा’को उहाँ हुनुहुन्न रे !’ ‘म यस्तो सत्यवादी, सत्यप्रिय परिवारमा जन्मिएँ,’ भक्तपुरको बालकोटस्थित चित्रकलाको स्टुडियोजस्तै घरमा मध्य साउनमा यो पंक्तिकार नेपालकी प्रख्यात चित्रकार रागिनी उपाध्यायलाई भेट्दा गफिँदै उनले भनिन्, ‘म यस्तो परिवारमा हुर्किएँ, जहाँ सत्य, इमान्दारी र बोलीमा सधैँ ध्यान दिइन्थ्यो ।

बाल मनोरोग

बाल मनोरोग

आइतबार, ११ भदौ २०७४

मैले एक जना चिनेका साथी छन्, दीपक शर्मा । उनको ११ वर्षीय छोरा दिप्लम विद्यालय जान मान्दैन । ऊ खाली टाउको मात्र दुख्यो भनिरहन्छ । दीपकले छोराको उपचारका लागि काठमाडौँका अधिकांश अस्पतालमा देखाइसके । डाक्टरहरु हैरान छन्, यो बाबुको रोग के हो ? किनभने कैयौँ महँगा परीक्षणबाट पनि दिप्लमको रोग पहिचान हुन सकेको छैन ।

दाइजो महिलाको आफ्नो र निजी हो

दाइजो महिलाको आफ्नो र निजी हो

सोमबार, ३० साउन २०७४

देवानी संहिताको सबै भन्दा महत्वपूर्ण पक्ष इच्छापत्रको व्यवस्था हो । हामीले विधायन समितिबाट तयार पारेको विधेयक चाँडै नै पास हुन्छ र २०७५ वैशााख १ देखि ऐनका रूपमा लागू हुन्छ । इच्छापत्रसम्बन्धी व्यवस्था ऐन लागू भएको १८ वर्षपछि कार्यान्वयमा आउँछ । ऐन लागू भएको वर्ष जन्मिएको बच्चा १८ वर्षको उमेरको भएपछि इच्छापत्र लागू हुने व्यवस्था छ । ऐन लागू भएको १८ वर्षपछि हाम्रो समाजमा व्याप्त अंशबण्डा भन्ने हुँदैन । १८ वर्ष पुगेको मानिसले आफ्नो इच्छाअनुसार सम्पत्ति बाँड्न सक्छन् । आफ्ना सन्तानलाई दिने, संघसंस्थालाई वा नाताभन्दा बाहिरका जो कोहीलाई दिनसक्छन् ।

समयअनुसारको कानुन

समयअनुसारको कानुन

सोमबार, ३० साउन २०७४

अहिले पुरानो मुलुकी ऐनमा संशोधन गरेर देवानी र फौजदारी संहिताका रूपमा नयाँ कानुनको निर्माणको काम अन्तिम चरणमा छ । संसद्को विधायन समितिबाट पास भएर कानुनका मस्यौदा संसद्को फुलहाउसमा प्रवेश पाइसकेको छ । अब त्यहाँबाट पास हुन्छ र कानुन बन्ने प्रक्रियमा जान्छ । २०७५ भदौ महिनादेखि नयाँ ऐन मुलुकभरत लागू गर्नेगरी काम भैरहेका छन् । यो कानुन आफैँमा ठूलो महत्व राख्ने कानुन हो । घर, परिवार, समाजसँग नजिकको सम्बन्ध राख्ने भएकाले यसले आम नागरिकका सरोकारका विषय र मुद्दा समेटेको हुन्छ । मुलुकी ऐन प्रतिस्थापित गर्न पुरानो ऐनमा आमूल परिवर्तन, परिमार्जन गरिएको छ । समाजमा चलिरहेका कुरा, सामाजिक पद्धति एकै पटक परिवर्तन हुँदैनन् ।

महिला समानता कि आधिपत्य ?

महिला समानता कि आधिपत्य ?

आइतबार, २९ साउन २०७४

कानुनमा एउटा छ भनाइ छः एब्सुलुट पावर करप्ट्स एब्सुलुट्ली अर्थात् पूर्ण अधिकार खतराजनक हुन्छ । महिला अधिकारका सम्बन्धमा पनि अहिले यदाकदा अधिकारहरुको दुरुपयोग भएको देख्न पाइन्छ । समाजमा आएको परिवर्तनसँगै कतिपय परिवारमा परिवर्तन देखिन्छन् । कतिपय परिवारमा सकारात्मक र कतिपय परिवारमा नकारात्मक परिर्वतन स्वाभाविक रुपमा भएका छन् ।

हेयर कलर गर्दा ध्यान दिनुहोस

हेयर कलर गर्दा ध्यान दिनुहोस

आइतबार, २९ साउन २०७४

उपयुक्त तरिकाले कपाल रङ्याइएको छ भने त्यसले मानिसको सौन्दर्यशोभा अलग्गै देखाउँछ । यसले हाम्रो कपाललाई ज्यादै सुन्दर र आकर्षक बनाउने गर्छ । कलर गराएपछि मानिसको लुक्स बेग्लै र राम्रो देखिन्छ । कपाललाई बलियो बनाइराख्न कलर मात्रै गरेर पुग्दैन । यसलाई राम्रोसँग हेरविचार पनि गर्न जरुरी हुन्छ । यसले गर्दा कपालको कलर लामो समयसम्म टिक्छ ।

पारिवारिक जीवनमा वास्तुको प्रभाव

पारिवारिक जीवनमा वास्तुको प्रभाव

आइतबार, २९ साउन २०७४

उत्तरपश्चिम दिशा (वायव्य कोण)को वास्तु दोषले पुरुष तथा महिला सदस्यका विवाहमा विध्नबाधा साथै विलम्व गर्दछ । ऋणात्मक क्षेत्रको विथिशुल तथा दक्षिण पूर्वको ऋणात्मक ऊर्जा क्षेत्रमा कुवा, जलाशय बनाएमा वास्तु दोष हुन्छ । ऋषिका भनाइमा हामीले वास्तु विद्याका साथसाथै व्यक्तिको जन्म कुण्डलीसमेत अध्ययन गर्नु आवश्यक छ । जन्म कुण्डलीमा द्वितीय, एकादशी तथा शुक्रको पापत्व अधिक भएमा विवाहमा बाधा या विलम्व हुन सक्छ ।

कस्ती महिला सुन्दर ?

कस्ती महिला सुन्दर ?

बिहिबार, २६ साउन २०७४

राम्रा केटीहरुमा आँखा त गइहाल्छ तर मलाई सिम्पल र विवेक भएका महिला नै आकर्षक लाग्छन् । बोलीमा मिठास भएको र क्युट फेसका केटी मनपर्छन् । मेकअप धेरै गरेको त्यति मन पर्दैन, नेचुरल नै मन पर्छ । कपडामा आधुनिक टाइपका कुर्ता सुरुवाल लगाउनेहरु मन पर्छन् । कोही कोही फर्मल ड्रेसमा निकै सुन्दर देखिन्छन् । अलि व्यावहारिक, झर्कोफर्को नगर्ने केटी मनपर्छ । जो ठाडो तरिकाले बोल्छन्, आफ्नो एटिट्युट देखाइहाल्छन्, त्यस्ता केटी बाहिर जति नै सुन्दर भए पनि मलाई मन पर्दैनन् ।

लिलीकी सासु

लिलीकी सासु

बिहिबार, २६ साउन २०७४

धेरै वर्षअघि एउटी लिली नामकी युवती थिई । उसको बिहे भयो । ऊ श्रीमान् र सासुसँग बस्न गई । छोटो समयमा नै लिलीलाई थाहा भयो, अब ऊ सासुसँग बस्न सक्तिन । सासु र बुहारीबीचको व्यक्तित्व यति फरक थियो कि सँगै बस्नु कठिन हुन थाल्यो । लिलीलाई आफ्नी सासुका कैयौँ बानीहरु मन पर्दैनथ्यो । अनि, सासुले पनि लिलीका कैयौँ कुराहरुमा सधैँभरि किचकिच गरिरहन्थिन् ।

सम्बन्ध विच्छेदपछि सम्पत्ति नचाहिने हुन्छ र ?

सम्बन्ध विच्छेदपछि सम्पत्ति नचाहिने हुन्छ र ?

बिहिबार, २६ साउन २०७४

मैलै सम्पत्तिमा महिलाको समान अधिकार हुनुपर्छ भनेर सर्वोच्चका रिट हालेको वि.सं. २०५० सालमा हो । गत वर्ष असोजमा लैंगिक समानतासम्बन्धी ऐन आएपछि आंशिक रुपमा सम्बोधन भएको छ । यसबीच ३÷४ पटक कानुन परिवर्तन भएका छन् तर त्यस बेला हालेको रिटको सुनवाई हुन २०७२ सालसम्म पर्खनुपर्यो । यस अवस्थामा हामी सबैको सम्पूर्ण शक्ति लगाएपछि यो परिवर्तन भएको हो ।

‘खुकुलो र सजिलो पहिरन मेरो रोजाइ’

‘खुकुलो र सजिलो पहिरन मेरो रोजाइ’

बुधबार, २५ साउन २०७४

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेकी अभिनेत्री हुन्, मेनुका प्रधान । उनले ‘झिग्राना’, ‘रेशम फिलिली’, ‘पुराना डुङ्गा’, ‘गाजलु’ लगायत फिल्ममा अभिनय गरेकी छन् । राम्रो अभिनयका कारण दर्शकको मनमा राज गरिरहेकी मेनुकाले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा ‘नागरिक परिवार’लाई बताएकी छन् ।

मुलुृकी कानूनका राेचक पक्ष

मुलुृकी कानूनका राेचक पक्ष

बुधबार, २५ साउन २०७४

सरकारले तोकेको न्यूनतम क्षेत्रफलमा बनेको घर अंशबण्डा गर्नुपर्ने अवस्थामा के गर्ने ? नाबालकदेखि वृद्धालाई उमेर अनुसार कसरी वर्गीकरण गर्ने ? सम्पत्तिको हकदाबी कति पुस्तासम्म ? आजन्म जेल सजाय भनेको कति वर्ष ? ६ भाग ५३ परिच्छेद र ७ सय ४३ दफाको देवानी संहितामा यस्ता धेरै प्रश्न र तिनका उत्तर समावेश छन् ।

‘देवानी संहिताले पुरुष प्रधानताको अन्त्य गरेको छ’

‘देवानी संहिताले पुरुष प्रधानताको अन्त्य गरेको छ’

बुधबार, २५ साउन २०७४

खिलराज रेग्मी सर्वोेच्च अदालतका पूर्वन्यायाधीश मात्र होइनन्, दोस्रो संविधानसभा निर्वाचन गराउने कार्यकारी प्रमुख पनि हुन् । कानुनी र प्रशासनिक क्षेत्रका लामो अनुभवबाट खारिएका रेग्मीले मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने बनेका कानुनमध्ये देवानी संहिताको प्रारम्भिक मस्यौदा बनाउन भूमिका निर्वाह गरेका छन् ।

रीमाको  फिटनेस फर्मुला

रीमाको फिटनेस फर्मुला

मङ्गलबार, २४ साउन २०७४

नेपाली फिल्म क्षेत्रमा फिट अभिनेत्रीमा पर्छिन्, अभिनेत्री रीमा विश्वकर्मा । आफूलाई फिट राख्न रीमा यस्तो गर्छिन्।

Ncell Footer Ad