सुन निकाल्ने काम तर छैन माम (भिडियो)

शुक्रबार, २२ असार २०७५

पश्चिम नेपालको बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने सोनाह जातिको पुख्यौली पेशा सुन खोज्ने हो। उनीहरु नदि किनारमा सुन खोजेरै गुजारा गर्छन। यो समुदायले खेतिपाती खासै गर्दैन। जीवन निर्वाहका लागि उनीहरु सुन चाल्छन् र नदिमा माछा मार्छन।

छाउगोठमा बलात्कार प्रकरण : सँगै सुतेकी साथीकै मिलेमताेमा घटना

छाउगोठमा बलात्कार प्रकरण : सँगै सुतेकी साथीकै मिलेमताेमा घटना

बिहिबार, २१ असार २०७५

महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छन्। प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए।

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

बिहिबार, २१ असार २०७५

प्राध्यापक डा. गोविन्द केसीको मागप्रति हाम्रो ऐक्यवद्धता जनाउँदै नेपालगन्जमा प्रदर्शन गरिएको छ। विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाले बिहीबार स्वतःस्र्फुत रुपमा प्रदर्शनसहित कोणसभा गरेका हुन्।

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

बुधबार, २० असार २०७५

दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण सधै खतरमा रहेको छ। विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी पहिरो मुख्य रुपमा रहेका छन्। यसै अन्तर्गत अहिले बर्षातको समयमा महाकाली नदिबाट जोखिम बढ्दो अवस्थामा रहेको छ।

जुफाल विमानस्थल खुल्यो

जुफाल विमानस्थल खुल्यो

बुधबार, २० असार २०७५

अविरल वर्षाले ४ दिनदेखि अवरुद्ध जुफाल विमानस्थल बुधबारदेखि सूचारु भएको छ।

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

मङ्गलबार, १९ असार २०७५

तीन दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो जाँदा यात्रु अलपत्र परेका छन्। कर्णाली राजमार्गको कालिकोट खण्डदेखि जुम्लासम्म झण्डै आधा दर्जन स्थानमा पहिरो गएको हो।

राजेश हमाल डोल्पामा अलपत्र

राजेश हमाल डोल्पामा अलपत्र

मङ्गलबार, १९ असार २०७५

अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्। सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन हमाल असार १४ गते डोल्पा आएका थिए।

दिनभरि झरी, चौतर्फी त्रास

दिनभरि झरी, चौतर्फी त्रास

मङ्गलबार, १९ असार २०७५

गोर्खा जिल्लामा यसअघिका बर्खामा पनि पहिरो बगेर दुःख पाएका केरौंजा, कासिगाउँ, मान्बु, बारपाक, लाप्राकजस्ता ठाउँका स्थानीयले अहिलेको बर्खामा पनि विपत्तिको सामना गर्नुपर्छ कि भन्ने डरमा स्थानीय छन् । अहिले भूकम्पको केन्द्रबिन्दु गाउँपालिका बारपाक, सुलिकोट, धार्चे, चुमनुब्री, आरुघाटजस्ता गाउँपालिका पहिरोको उच्च जोखिममा छन् ।

मरेका भैंसीसमेत निर्यात गर्ने व्यापारी पक्राउ

मरेका भैंसीसमेत निर्यात गर्ने व्यापारी पक्राउ

सोमबार, १८ असार २०७५

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको हो।

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

सोमबार, १८ असार २०७५

जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने बताएका छन्।

बिप्लबका कार्यकर्ता पक्राउ

बिप्लबका कार्यकर्ता पक्राउ

शनिबार, १६ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ३१ गते ठुलीभेरी नगरपालिका–९ भेत्तीस्थित माइडाँडामा प्रहरीको स्कटिंङ्ग टोलीमाथि भएको आक्रमणका योजनाकार मध्येका एक भएको भन्दै प्रहरीले नेकपाका कार्यकर्ता दिनेश सिंहलाई पक्राउ गरेको हाे।

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

शुक्रबार, १५ असार २०७५

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ ।

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

मङ्गलबार, १२ असार २०७५

यो वर्षको मनसुन सुरु हुन नपाउँदै वितण्डा मच्चाउन सुरु गरेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षसंगै आएको पहिरोले पुरिएर जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबासकोटमा तीन जनाको मृत्यु भएको छ भने बेलबगरको बस्ती जोखिममा परेको छ ।

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आइतबार, १० असार २०७५

अछामको मेल्लेख गाउँपालिकाले आर्थिक विकास र गरिबी न्यूनिकरण गर्न आगामी बजेटमा गरिबी न्यूनिकरण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको छ।

प्रदेश ४ मा नामकरणको छलफल आजदेखि

प्रदेश ४ मा नामकरणको छलफल आजदेखि

आइतबार, १० असार २०७५

नामको विषयमा दुई तिहाइ समर्थन जुटिसकेका कारण मतदान नै भएको अवस्थामा पनि प्रदेशको नाम गण्डकी रहने निश्चितप्रायः छ ।

जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

शनिबार, ०९ असार २०७५

जाजरकोट दरबारको छेउमा फेला परेको बम नेपाली सेनाले  निस्क्रिय पारेको छ। द्वन्द्वका बेला नेपाली सेनाले बिछाएको बम शनिवार  सेनाले नै निस्क्रिय पारेको हो। जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबारमा द्वन्द्वका बेला सेनाको गुल्म बसेको र सुरक्षाका लागि दरबार छेउमा बिछाइएको बम शान्तिकालमा उठाएर लिन बिर्सिएको थियो।

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

बिहिबार, ०७ असार २०७५

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ।

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

बिहिबार, ०७ असार २०७५

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।। चालीस वर्षदेखि सार‌ंगी रेट्दै आएका ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए।

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

बुधबार, ०६ असार २०७५

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशला बनाउन आवश्यक अध्ययन सुरु गरेको छ । क्रिकेटको रंगशाला बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला भ्रमण गर्ने तयारी गरेको छ । मन्त्रालयले केही जिल्ला भ्रमण गरी सम्भावित ठाउँको अवलोकन गरी प्रतिवेदनसमेत तयार पारेको छ । तर पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई भने मन्त्रालयले अध्ययनमा समावेश गरेको छैन।

सञ्चारकर्मी अनुपाको ‘रहस्यमय’ निधन

सञ्चारकर्मी अनुपाको ‘रहस्यमय’ निधन

मङ्गलबार, ०५ असार २०७५

नेपालगन्जमा क्रियाशिल सञ्चारकर्मी अनुपा सिंह राजवंशीको ‘रहस्यमय’ निधन भएको छ। स्थानीय बागेश्वरी टेलिभिजनकी समाचार वाचिका रहेकी उनको नेपालगन्जस्थित एक होटलमा आयोजित पुल पार्टीमा सोमबार राती नृत्य गरिरहेको अवस्थामा निधन भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।