मङ्गलबार, २२ साउन २०७५
सिक्टा सिँचाइ आयोजनाले पहिलोपटक पश्चिम मूल नहर परीक्षण गर्दा २०७३ असार १४ मा ढकेरीस्थित झिझरी खोला छेउमा मूल नहरको संरचना भत्कियो।
सोमबार, २१ साउन २०७५
नेपालगन्ज उपमहानगरपालिकालाई सिसिटीभीबाट निगरानी गर्न सुरु गरिएको छ। उपमहानगरपालिकाको समग्र शान्ति, सुरक्षाका लागि सिसिटीभीबाट निगरानी गरिएको हो।
सोमबार, २१ साउन २०७५
सुर्खेतको वीरेन्द्रनगर ११ गाग्रेताल बाटोमा स्कूल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। सोमबार बेलुका साढे पाँच बजेतिर सुप्रिम बोर्डिङ स्कूलको भे१क ४७३ नम्वरको बसले ११ वर्षीय प्रदीप अधिकारीलाई ठक्कर दिएको थियो।
सोमबार, २१ साउन २०७५
मोटरसाइकललाई ठक्कर दिएर १ जनाको मृत्यु भएपछि टिपर नियन्त्रणमा लिने क्रममा हेटौंडा उपमहानगरपालिका १७ गैरीगाउँमा प्रहरीले ९ सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीसहित ३ जनालाई पक्राउ समेत गरेको छ।
बिहिबार, १७ साउन २०७५
गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्ष नियुक्ति भएसँगै सरकारले बुधबार एकजना विशेषज्ञलाई थपेको छ। यसअघि सरकारले गत आइतबार प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरीधारी पौडेललाई नियुक्त गरिसकेको छ।
बिहिबार, १७ साउन २०७५
गण्डकी प्रदेश सरकारले एक हजार शड्ढयाको सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको छ ।
बिहिबार, १७ साउन २०७५
मुस्ताङको माथिल्लो भेगमा गोठ राखेर चौरी पाल्ने गरिन्छ। तस्बिरमा देखिएका थासाङ गाउँपालिका–२, मार्चेको लेकमा चरिरहेका चौंरीगाई हुन्। एउटा चौरीको मूल्य एक लाख रुपैयाँभन्दा बढी पर्छ।
मङ्गलबार, १५ साउन २०७५
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले साउन ३ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनालाई दुर्भाग्यपूर्ण बताएका छन्।
मङ्गलबार, १५ साउन २०७५
अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले गुलरिया नगरपालिका कार्यालयका सब ईन्जिनियरलाई मंगलबार पक्राउ गरेको छ। सेवाग्राहीसँग १० हजार घुस लिएको आरोपमा सहायक ईन्जिनियर रमेश गौतमलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
मङ्गलबार, १५ साउन २०७५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिपायलस्थित कार्यालय सरेको छ। दिपायलको कार्यालयलाई कञ्चनपुरको महेन्द्रनगरस्थित कार्यालयमा मिलाईएको छ। कार्यालय सरेपछि दिपायलबासीमा आक्रोशित बनेका छन्।
सोमबार, १४ साउन २०७५
बेलायती महारानी एलिजावेथ द्वितिय सन् १९६१ मा नेपाल आइन्। नेपालका तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा आएकी उनले चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडाको सिकार समेत गरिन्। तर बेलायतकी शक्तिशाली महारानीले सिकार गर्दा प्रयोग गरेको विशेष सिकारी हौदा भने संरक्षणको पखाईमा छ।
सोमबार, १४ साउन २०७५
पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
आइतबार, १३ साउन २०७५
विवाह भएको १० वर्ष पुग्दा समेत सन्तान नभएको मान्छे विवाहमा आएपछि श्राप लाग्छ, दम्पतीलाई त्यसैले बाहिरै बस्ने भनेर नानाथरी सुनाउँछन् ।
शनिबार, १२ साउन २०७५
शनिबारको दिन । बिहानीको झुल्किँदो घाम । मेरोे निद्रा खुल्यो । सधैँझैं म आज पनि सपना देखेर नै उठेँ । सपनाचाहिँ त्यै थियो– आफू ठूलो मान्छे भएको र देशको विकासमा आफूले कमाएको पैसा लगानी गरी सम्मान पाएको ।
शुक्रबार, ११ साउन २०७५
जिल्ला अस्पताल रोल्पामा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव हुँदा समेत सम्बन्धित पक्षको ध्यान जान सकेको छैन।
आइतबार, ०६ साउन २०७५
अनशनरत डाक्टर गोविन्द केसीको समर्थन र शनिबार आफ्ना नेता तथा कार्यकर्तामाथि काठमाडौंमा प्रहरीले गरेको कुटपिटविरुद्ध आन्दोलन गरिरहेको नेपाल तरुण दलका कार्यकर्ताहरुले जाजरकोटमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेका छन्।
बुधबार, ०२ साउन २०७५
जुम्लामा अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गर्दै नेपालगन्जमा दीप प्रज्वलन गरिएको छ। स्थानीय बीरेन्द्र चोकमा भेला भएर युवाहरुले दीप प्रज्वलन गरेका हुन्।
मङ्गलबार, ०१ साउन २०७५
कञ्चनपुरकी एक छात्राको बलात्कारी पछि क्रुरुतापुर्वक जंगलमा हत्या गरिएको छ। कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ बर्षिय कविता विष्टको हत्या भएको हो।
मङ्गलबार, ०१ साउन २०७५
कञ्चनपुर जिल्लाको पहिलो नगरपालिका भीमदत्तको सदरमुकाम महेन्द्रनगरमा नमुना बसपार्क निर्माण गरिएको छ।
मङ्गलबार, ०१ साउन २०७५
१८ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा गठित संयुक्त संघर्ष समितिका संयोजक राजबहादुर महत साउने संक्रान्तिका बेला जुम्लीका घरघरमा आगोको राँको बाल्ने तयारी भइरहँदा सदरमुकाम खलंगाको बालमन्दिर नजिकै विधिवत रुपमा राँको बाल्दै थिए। यहाँका अगुवा नागरिकलाई भेला गरेर व्राह्मण बोलाएर डा. केसीको जीवन रक्षा गर्न र माग संवोधनका लागि सरकारको चेतना खुलोस भन्ने कामना गरे।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।