तटबन्धले छुटायो मातृभूमि

तटबन्धले छुटायो मातृभूमि

मङ्गलबार, ०४ साउन २०७३

होलिया–५, टेपरीगाउँका बिकाउलाल यादव नेपाली नागरिक हुन्। तर, उनको बसोबास सीमावर्ती भारतीय गाउँमा छ। त्यसैले उनी कहिलेकाहीँ 'आफू नेपाली हुँ कि भारतीय' भनेर अलमलिन्छन्। 'मसँग नागरिकता मात्र नेपाली छ, अरू सबै भारतकै हुँ,' उनले भने, 'अब तपाईं आफैं भन्नुस्, म भारतीय कि नेपाली?'

सुदूरमा साढे चार अर्ब फ्रिज

सुदूरमा साढे चार अर्ब फ्रिज

सोमबार, ०३ साउन २०७३

आर्थिक वर्ष २०७२/०७३ मा सुदूरपश्चिमको लागि आएको बजेटमध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ। सुदूरका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकममध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन्। यो कुल बजेटको ११.८० प्रतिशत हो।

गडिरह्यो बलात्कारको खिल

गडिरह्यो बलात्कारको खिल

आइतबार, ०२ साउन २०७३

द्वन्द्वकालमा आफू माथि 'बलात्कार' भएको भन्दै स्थानीय शान्ति समितिमा ६ उजुरी परे। यी मध्य चार उजुरी राज्य पक्षबाट बलात्कृत भएको खुलाइएका छन् भने दुई उजुरी तत्कालीन विद्रोही पक्षका कार्यकर्ताबाट बलात्कार भएको दाबी गरिएको छ।

कर्णाली विकास आयोग उपेक्षामा

कर्णाली विकास आयोग उपेक्षामा

बिहिबार, ३० असार २०७३

विकासमा दृष्टिले पछि परेको कर्णालीको दिगो र सर्वांगीण विकास गर्न सरकारले गठन गरेको 'कर्णाली विकास आयोग' उपेक्षामा परेको छ। कर्णालीको मुगु, हुम्ला, कालीकोट, जुम्ला, डोल्पाको अल्पकालीन, मध्यकालीन, दीर्घकालीन विकास गर्न भन्दै सरकारले २०६९ मा छुट्टै निकायको रुपमा गठन भएको अधिकार सम्पन्न आयोगलाई साधन स्रोत र अधिकारबाट वञ्चित गरेपछि निरीह बनेको छ।

सुविधाले नछोएको विपन्न बस्ती

सुविधाले नछोएको विपन्न बस्ती

मङ्गलबार, २८ असार २०७३

गर्भवती महिला र दुई वर्षमुनिका शिशुका लागि पोषण लक्षित ‘सुनौलो हजार दिन’ कार्यक्रम सञ्चालनमा आएको यो तेस्रो वर्ष हो। मुलुकको १५ जिल्लामा सञ्चालित यो कार्यक्रम पोषण लक्षितभन्दा चर्पी निर्माणमा केन्द्रित भएको पाइएको छ।

सिक्टाका कमजोरी सम्बोधन गर्न माग

सिक्टाका कमजोरी सम्बोधन गर्न माग

मङ्गलबार, २८ असार २०७३

सिक्टा सिँचाइको निर्माण कार्यमा देखिएका कमीकमजोरीलाई सम्बोधन गर्न प्रभावित क्षेत्रका बासिन्दाले सरकारसँग माग गरेका छन्। असार दोस्रो साता परीक्षण क्रममा मूल नहर भत्किएपछि जोखिम न्यूनीकरण गर्न महादेवपुरीका स्थानीयले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

दुई वर्षदेखि पालको भर

दुई वर्षदेखि पालको भर

आइतबार, २६ असार २०७३

उनी चाहन्छिन्– आफ्नै एउटा घर होस्, उब्जनी गरेर खान पुग्ने जमिन होस्। जीवनका लागि नभइनहुने यत्ति चाहना पूरा नभएपछि थातथलो छाडेर खोलाकिनार जंगल पस्नुको विकल्प रहेन उनीसँग।

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

बिहिबार, २३ असार २०७३

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला त छ तर यो आयोजना कार्यालयभन्दा ठेकेदार ‘कालिका सिटिसिई जेबी’ को एकाधिकारमा छ।

किताब माग्न ज्ञापन पत्र

किताब माग्न ज्ञापन पत्र

सोमबार, २० असार २०७३

बाजुरा- शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि बाजुरामा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन।

बजेट सक्न भ्याइनभ्याई

बजेट सक्न भ्याइनभ्याई

सोमबार, २० असार २०७३

दैलेख- असार मसान्त सकिनै लाग्दा ग्रामीण भेगका उपभोक्तालाई बजेट सक्न भ्याइनभ्याई छ। मसान्तमा विकास निर्माणका काम सकेर फच्छ्र्यौट नगरे बजेट फ्रिज जाने भन्दै उपभोक्तलाई बजेट सक्न चटारो परेको हो।

बर्खामा चल्दैनन् सडक

बर्खामा चल्दैनन् सडक

शुक्रबार, १७ असार २०७३

वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका झण्डै आधा दर्जन सडक अवरुद्ध छन् । सडक बिग्रिएपछि जेठ अन्तिम सातायता जिल्लाका तिपाडा–मार्तडी, सेरा–आटीचौर, बेतालमाडौं–झाली, मार्तडी–पाण्डुसैन र मार्तडी–जुगाडा सडक अवरुद्ध भएका छन् । ती सडकमा यातायात सेवासमेत सञ्चालन हुन सकेको छैन ।

निःशुल्क औषधि मेडिकलमा

निःशुल्क औषधि मेडिकलमा

बिहिबार, १६ असार २०७३

सरकारी स्वास्थ्य संस्थामार्फत वितरण हुनुपर्ने निःशुल्क सुचिकृत 'औषधि' निजी मेडिकलसम्मै पुग्ने गरेको छ। नियमानुसार सरकारी स्वास्थ्य संस्थामार्फत मात्रै वितरण हुने यस्ता औषधि निजी औषधि पसलले राख्न पाउँदैनन्।

हवाई यात्रामा चाप अधिक

हवाई यात्रामा चाप अधिक

बिहिबार, १६ असार २०७३

नेपालगन्जबाट काठमाडौं चाँडै फर्किनुपर्ने बाध्यताले गर्दा विजय बर्माले तीन दिनसम्म हवाई टिकट लिने प्रयास गरे। तर, उनले टिकट पाउनै सकेनन्। जहाजको टिकट नपाएपछि बसको विकल्प रोजे।

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

बिहिबार, १६ असार २०७३

सीमा क्षेत्रमा दसगजा मिचेर भारतले बनाएको सडकविरुद्ध बाँकेका स्थानीयले चर्को आवाज उठाइरहेका बेला राधापुरस्थित दसगजा क्षेत्रमा भारतले फेरि एकपक्षीय रूपमा सडक खन्न थालेको छ। भारतले सीमा क्षेत्रमा सडक विस्तार गरिरहँदा नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन्।

'सिक्टाको मूल नहरै कमजोर'

'सिक्टाको मूल नहरै कमजोर'

बिहिबार, १६ असार २०७३

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिक्टा सिँचाइ आयोजनालाई सरकारले हरेक वर्ष बजेट दिए पनि प्रभावकारी अनुगमन नगर्दा कमजोर संरचना निर्माण भएको पाइएको छ। नियामक निकाय चुस्त नहुँदा ठेकेदार कम्पनीले पेट्टी–ठेक्का प्रणालीमार्फत् आफूखुसी आयोजनाको संरचना निर्माण कार्य गर्दै आएकाले समस्या देखिएको हो।

बाध्यताले बेचिएको सपना

बाध्यताले बेचिएको सपना

बुधबार, १५ असार २०७३

कोहलपुर-प्युठान, थालकी १५ वर्षीया कविता (नाम परिवर्तन) चार महिनाअघि कोहलपुर झरिन्। सरकारी विद्यालयमा पढ्दा सधैँ कक्षा प्रथम हुने कविताको भविष्यमा डाक्टर बन्छु भन्ने सपना थियो।

योजनाले दलबीच विवाद

योजनाले दलबीच विवाद

बुधबार, १५ असार २०७३

डोटी-जिल्लामा उत्पन्न भएको पछिल्लो घटनाक्रमपछि प्रमुख राजनीतिक दलबीचमा चरम विवादको वातावरण सिर्जना भएको छ।

निकुन्जमा हात्ती पूजा

निकुन्जमा हात्ती पूजा

बुधबार, १५ असार २०७३

कोहलपुर-बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट सोमबार ल्याएका चारवटा हात्तीको मंगलबार पूजाआजा गरिएको छ।

सौर्य बत्तीले सडक झिलिमिली

सौर्य बत्तीले सडक झिलिमिली

मङ्गलबार, १४ असार २०७३

विद्युत लोडसेडिङले सम्साँझै अन्धकार हुने नेपालगन्जका सडक यतिखेर झिलिमिली बनेका छन्। चारलेन सडकको पुष्पलाल चोकदेखि गणेशमान चोकको बीच भागमा सडक बत्तीले अचेल स्वरूप फेरिएको छ।

सेफ हाउसमै 'पीडा'

सेफ हाउसमै 'पीडा'

मङ्गलबार, १४ असार २०७३

तीन महिने कलिलो चेहरा।  आमाको काखमा लुटपुटिएकी उनी घरी खुसीले हात–खुट्टा बजार्थिन्। बोली नफुटेको मुखले केही भन्ने प्रयास गर्थ्यो। तर, काखमा खेलिरहेकी छोरीको उत्साहले आमा रेमन्ता (नाम परिवर्तन)को मन छोएको थिएन। अनुहार मलिन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad