बिहिबार, २९ कार्तिक २०७५
सिक्टाका तत्कालीन आयोजना प्रमुख महेश्वरनरसिंह केसीले अघिल्लो वर्ष कोस्टाल पप्पु कन्स्ट्रक्सनको काम सन्तोषजनक नभएको भन्दै सिँचाइ विभागसँग ठेक्का तोड्ने निर्णय माग गरे।
आइतबार, २५ कार्तिक २०७५
भौगोलिक विकटताका कारण मुस्ताङका कतिपय किसानले आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सकेका छैनन् ।बजार पुर्याउन नसक्दा किसानले बर्सेनि घाटा सहनुपरेको छ। बजारमा माग भए पनि ढुवानी सहज नहुँदा उत्पादन नै खेर जाने अवस्था छ।
बुधबार, २१ कार्तिक २०७५
स्थानीय तहसँग सहलगानीको आधारमा गण्डकी प्रदेश सरकारले पार्क बनाउने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बालबालिकाको शारीरिक र मानसिक विकासको लागि स्थानीय सरकार तथा संघसंस्थाको लगानीमा मनोरञ्जन स्थल तथा अन्य पार्क निर्माण गर्न लागेको हो । पार्क निर्माणको निर्देशिका पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
मङ्गलबार, २० कार्तिक २०७५
सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्नताको स्तरीकरण गरेर प्रमाण–पत्र वितरण सुरु गरेको छ। गाउँपालिकाले गरिवी निवारण कोषसँगको सहकार्यमा विभिन्न ५६ वटा सूचकलाई आधार बनाएर विपन्नताको स्तरीकरण गरेको हो।
आइतबार, १८ कार्तिक २०७५
विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो।
मङ्गलबार, १३ कार्तिक २०७५
गाँजा, मदिरा र जुवातास नियन्त्रित क्षेत्रमा मदिरा भेटिन थालेपछि महाशिला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णप्रताप गुरुङ (रोशन) शंकास्पद घरमा छापा मार्न सक्रिय भएका छन्।
आइतबार, ११ कार्तिक २०७५
कर्णाली प्रदेशसभाको बैठक लगातार तेस्रो पटक सूचना टाँस गरेर स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताबका साथै मन्त्री र सांसदहरुको सेवा सुविधा सम्वन्धी विधेयक संसदमा दर्ता गराउनुपर्ने माग गर्दै असोज २३ गते संसद बैठक अवरुद्ध गरेपछि त्यसयताका तीन वटा बैठक संसद सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो।
बिहिबार, ०१ कार्तिक २०७५
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले केन्द्र सरकारका कारण संघीयता विरोधी सल्बलाउन थालेको बताएका छन्। उनले संघीय सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै ढिलासुस्ती गरिरहेको मौका संघीयता विरोधीले छोपेको आरोप लगाए।
मङ्गलबार, ३० असोज २०७५
शरद ऋतुको आगमन भइसकेको छ । दसैं–तिहारलगायतका चाडपर्वले छोइसकेको छ । हिमालका लर्कनहरू खुल्न थालेका छन् । फाँटहरू हुस्सुको बास, पहाडका टाकुरामा कुइरोको घेरो । मौसम न चिसो न त गर्मी नै । कस्तो मण्डले पाराको मौसम । खेतका फाँटमा पहेंलपुर धानका बाला झुलिरहेछ । बारीमा कोदोको बाला पनि । लाहोरबाट लाहुरेको आगमनले गाउँघरको रोधीँ ब्युझिएको छ।
शुक्रबार, १९ असोज २०७५
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाडपर्व विशेष सुरक्षा योजना लागु गरेका छ। दशैं, तिहार, छठ र ल्होसारलाई लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागु गरिएको हो।
बुधबार, १७ असोज २०७५
स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिकाले भालुपहाडलाई पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरेको छ । करिब १० रोपनी जग्गामा ४५ करोड रुपैयाँको लागतमा निर्माण हुने भालुपहाड पर्यटकीय गुरुयोजना सार्वजनिक गरेको छ ।
शनिबार, १३ असोज २०७५
कर्णाली प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले ‘कर्णाली एयरलाइन्स’का नामबाट हवाई सेवा सुरु गर्ने जानकारी दिएको हो।
बिहिबार, ११ असोज २०७५
७ नम्बर प्रदेशको स्थायी राजधानी माग्दै दिपायलमा फेरि आन्दोलन शुरु भएको छ। प्रदेश नामाकरण गर्न बनेको विशेष समितिले प्रदेश सभामा आफ्नो प्रतिवेदन पेश गरेसंगै फेरि दिपायलबासी आन्दोलनमा उत्रिएका छन्।
बुधबार, १० असोज २०७५
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउने अभियानको सुरुवात भएको ३ वर्ष भन्दा धेरै भयो। यो अभियानमा सरकारी तथा निजी क्षेत्र सक्रिय छन्। त्यसको प्रभावकारिता भने अहिले देखिन थालेको छ।
बुधबार, १० असोज २०७५
बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१७ मा गरिएको बाघ गणनाको संख्या सार्वजनिक गर्दै ८७ पुगेको निकुञ्जले जनाएको छ।
बुधबार, १० असोज २०७५
ठूला र आकर्षक भवन, रंगरोगन पनि त्यस्तै। बाहिरबाट झट्ट हेर्दा सबै सुविधा भएको अस्पताल जस्तो देखिने सेती अञ्चल अस्पताल आफैमा बिरामी परेको छ।
आइतबार, ०७ असोज २०७५
अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ। नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेको समितिलाई उक्त अभियानलाई सफल बनाउन अनुरोधसमेत गरेको छ।
आइतबार, ३१ भदौ २०७५
डोल्पाको मुड्केचुला गाउँपालिका ६ का दन्तबहादुर शाहीलाई घर आगनमै स्थापना भएको ईलाका प्रशासन कार्यालयबाट राहदानीको सिफारिस होला भन्ने लागेको थियो। दुई दिनको पैदल यात्रा हिँडेर कठिनपूर्ण यात्रा गरेर सदरमुकाम दुनै जानुपर्ने बाध्यताबाट छुटकरा पाइने भयो भनेर खुसी थिए उनी।
शनिबार, ३० भदौ २०७५
हिमाली जिल्ला डोल्पामा परम्परागत पानी घट्ट सर्वसाधारणदेखि राजनीतिज्ञसम्मको लागि जीवन धान्ने आधार बन्दै आएको छ।
शुक्रबार, २९ भदौ २०७५
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड ४ रंगमा स्थापना भएको फ्रुट प्रोसेसीङ जुस उद्योग संचालनमा नआउँदा डोल्पाली स्याउ कृषक मर्कामा परेका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।