ओखढुंगामा स्वास्थ्य शिविर, ६८० जना लाभान्वित

ओखढुंगामा स्वास्थ्य शिविर, ६८० जना लाभान्वित

बिहिबार, १३ पुष २०७४

मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिका सञ्चालित स्वास्थ्य शिविरमा ६८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पि.एस.आर.एन.तथा सुरेश दाहालको अगुवाइ र सुनकोसी १० का नेत्रप्रसाद दाहालको संयोजनामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा विशेषगरी महिला तथा बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए।

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

आइतबार, ०९ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दापनि विभिन्न राजनैतिक दलले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाउन सकेका छैनन् । कांग्रेसबाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।

एक सयभन्दा बढी लागू औषध आरोपी पक्राउ

एक सयभन्दा बढी लागू औषध आरोपी पक्राउ

आइतबार, ०९ पुष २०७४

उदयपुरमा लागू औषधको प्रयोग तथा कारोबार अत्याधिक बढेको प्रहरी ठहर छ । पछिल्लो ४ महिनामा लागू औषध कारोबारी र प्रयोगकर्ता भएको आरोपमा एक सय १२ जनालाई पक्राउ गरेर ५६ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ ।

उपभोक्ताले भत्काए सडकको सोलिङ

उपभोक्ताले भत्काए सडकको सोलिङ

सोमबार, १३ कार्तिक २०७४

सदरमुकामको मालापथबाट कुलधारास्थित मेची राजमार्ग जोड्ने कच्ची सडकमा गुणस्तरहीन सोलिङ गरेर चरम लापरबाही गरिएको भन्दै स्थानीयले सोलिङ नै भत्काइदिएका छन् । सोलिङ गर्ने नाममा लाखौं खर्च गरी रकम दुरुपयोग गरिएको भन्दै आक्रोशित स्थानीयले सडकको सोलिङ उखेलेर फ्याँकेका हुन् ।

टोलमै जनप्रतिनिधि, ढोकामै राहत

टोलमै जनप्रतिनिधि, ढोकामै राहत

बिहिबार, ०१ भदौ २०७४

गाउँगाउँमा जनप्रतिनिधि भएकै कारण बाढीपीडित हुन् वा उद्धार–राहतकर्ता दुवैले यसपटक पहिलेभन्दा सहज महसुस गरेका छन्।

टिकटपछि दलहरूमा तीव्र असन्तुष्टि

टिकटपछि दलहरूमा तीव्र असन्तुष्टि

सोमबार, २९ जेठ २०७४

टिकट वितरणमा ‘मनोमानी’ गरेको आरोप लगाउँदै पार्टीविरुद्ध नाराबाजी गर्ने, दलको कार्यालयमा तालाबन्दी गर्ने र पदबाट राजीनामा दिने क्रम बढेको छ।

कांग्रेस-एमालेलाई आफ्नैको त्रास

कांग्रेस-एमालेलाई आफ्नैको त्रास

आइतबार, २८ जेठ २०७४

जिल्लाका १५ मध्ये कम्तीमा १० वटा स्थानीय तह आफूले जित्ने दाबी गरिरहेका कांग्रेस र एमालेलाई झापामा यसपटक विपक्षीभन्दा पनि पार्टीभित्रकै असन्तुष्टहरूसँग  सतर्क रहनुपर्ने भएको । गुटगत प्रतिस्पर्धाले आक्रान्त दुवै दलमा व्यक्तिगत टकरावले समस्या ल्याएको छ।

नेताले पैंचो रकमसमेत फर्काएनन्

नेताले पैंचो रकमसमेत फर्काएनन्

बिहिबार, १७ चैत २०७३

सहिद परिवारलाई सरकारले दिएको १० लाख रुपैयाँबाट सहिदको प्रतिमा बनाउने भन्दै मधेसवादी नेताले एक लाख सापट लिएका थिए तर अहिलेसम्म फर्काएका छैनन्।

नेताले फर्केर नहेर्दा पीडामाथि पीडा

नेताले फर्केर नहेर्दा पीडामाथि पीडा

मङ्गलबार, १५ चैत २०७३

मधेसलाई अधिकारसम्पन्न बनाउन तत्कालीन मधेसी जनअधिकार फोरमले आह्वान गरेको आन्दोलनका सहिदको स्मरणमा नेताले मौनधारण त गर्छन् तर तिनको नाजुक पारिवारिक अवस्थाबारे कसैलाई चासो छैन।

काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

सोमबार, ०७ चैत २०७३

अवैधरुपमा चिरान गरिएको काठ तस्करीमा सघाउ पुर्याएको आरोपमा २ प्रहरीसहित ४ जना पक्राउ परेका छन् ।  धरान २० स्थित विष्णुपादुकाको प्रस्तावित भवानीथान सामुदायिक वन क्षेत्रबाट अवैध काठ धरान बजार ल्याउँदै गर्दा आइतबार मध्यराती ढुवानीको साधनसहित स्थानीयले पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाइदिएका हुन् ।

म्याजिक चप्पल फ्याक्ट्रीमा भीषण आगलागी [फोटो फिचर]

म्याजिक चप्पल फ्याक्ट्रीमा भीषण आगलागी [फोटो फिचर]

शुक्रबार, ०४ चैत २०७३

मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा आगलागी भएको छ। म्याजिक जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्।

सकसमा मधेस : निर्दोषको 'बलिदानी' सत्ताको सिँढी

सकसमा मधेस : निर्दोषको 'बलिदानी' सत्ताको सिँढी

बिहिबार, ०३ चैत २०७३

२०६३ माघ ५ गते अन्तरिम संविधान जलाउँदा काठमाडौंमा पक्राउ परेका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताको रिहाइ माग गर्दै लहानमा कृृष्णबहादुर यादवको नेतृत्वमा लहानमा राजमार्ग अवरुद्ध पारिएको थियो।

करोडौंको सार्वजनिक जग्गा व्यक्तिको नाममा

करोडौंको सार्वजनिक जग्गा व्यक्तिको नाममा

बिहिबार, ०३ चैत २०७३

धनुषा मालपोतका कर्मचारीले करोडौं रुपैयाँ लेनदेनमा जनकपुरको बहुमूल्य जग्गा अवैधानिक रुपले रजिस्ट्रेसन गरी हिनामिना गरेको खुलेको छ।

मृतकका परिवारलाई १० लाख

मृतकका परिवारलाई १० लाख

बिहिबार, २६ फागुन २०७३

सरकारले सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा गोली लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बन्दले जनजीवन ठप्प

बन्दले जनजीवन ठप्प

बिहिबार, २६ फागुन २०७३

सप्तरी घटनाको विरोधमा बुधबार दोस्रो दिन पनि मध्यपूर्वी तराई–मधेसका जिल्लाको जनजीवन ठप्प  भयो। मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्ला दुई दिनदेखि ठप्प छन्। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

'दल होइन, व्यक्ति हेरेर भोट'

'दल होइन, व्यक्ति हेरेर भोट'

शनिबार, २१ फागुन २०७३

डायनियाको उत्तरी सुकुमवासी बस्तीमा बस्ने ७५ वर्षीय मोहम्मद फैजुल र उनकी पत्नीबीच घरव्यवहार कसरी चलाउने भनी गनगन चलिरहेको थियो। घरअगाडिकै सडकछेउमा काठको पिढियामा बसेका उनीहरू दुवै आफ्नो गरिब जिन्दगीसित पछुताइरहेका थिए।

चुनावी झ्याली पिट्दै लेप्चा युवा

चुनावी झ्याली पिट्दै लेप्चा युवा

शनिबार, २१ फागुन २०७३

सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लेप्चा आउँदो चुनावमा भोट हाल्न पाउने खबरले हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलोपटक पाउँदा कुन युवक खुसी नहोला र!' मानवीरले सुनाए, ‘म मात्र होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दै छ।'

जनकपुरको विकास माग्दै अनशन

जनकपुरको विकास माग्दै अनशन

आइतबार, ०१ फागुन २०७३

जनकपुर क्षेत्रको बृहत्तर विकासलगायत सातबुँदे माग राखेर रामकुमार शर्मा र सदस्य कलामुद्दिन राइन जनकचोकमा आमरण अनसन बसेका छन्। अनशन बसेको शनिबार १० दिन पुगेको छ। जनकपुर क्षेत्रको भौतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने मुद्दा उठाएर उनीहरू अनशन बसेका हुन्।

उठ्नै सकेन गोबरगाढा

उठ्नै सकेन गोबरगाढा

आइतबार, ०१ फागुन २०७३

कोसी नदीको बीचमा 'टापु' को गाउँ भनेर चिनिने सप्तरीको अतिविकट गोबरगाढा गाविसका बासिन्दा जोखिमपूर्ण जीवन जिउन बाध्य छन्। हुनेखाने दशकौंअघि गाउँबाट पलायन भए। कुनै विकल्प नभएका ३ सयभन्दा बढी परिवार यहीं बसेर जेनतेन गुजारा चलाइरहेका छन्।

४२ बिघा जलाधार क्षेत्र व्यक्तिको 'कब्जा'

४२ बिघा जलाधार क्षेत्र व्यक्तिको 'कब्जा'

बिहिबार, १३ माघ २०७३

पहिल्यै सट्टाभर्ना पाए पनि सुनसरीको साबिक बाँझगरा–९ स्थित सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा अढाइ दशकदेखि विभिन्न व्यक्तिले 'कब्जा' गरी भोगचलन गर्दै आएको खुलेको छ। जलाधर क्षेत्र संरक्षणका लागि सरकारले स्थानीयलाई २०३४ सालमा सट्टाभर्ना दिएर मोरङको बयरवन स्थानान्तरण गरे पनि फर्केर सोही जग्गा 'कब्जा' जमाएको मालपोत कार्यालय, बेलबारी मोरङले जानकारी दिएको छ।

Ncell Footer Ad