आइतबार, ३० बैशाख २०७५
सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि टहरामा बस्दै आएका पीडित अब भने धमाधम सुरक्षित घरमा बस्न थालेका हुन्।
शनिबार, २९ बैशाख २०७५
मुटु कमाउने चिसो । बाहिर हुण्डरी । गोठको बास । हावाको झोक्का यसरी आउँथ्यो कि मान्छे नै उडाउला जस्तो । त्यति दुःखले पुगेको ठाउँमा मौसम विग्रेला भन्ने चिन्ता । धन्न त्यस्तो भएन, मौसम खुल्यो । विहानी छर्लंग उघ्रियो । कञ्चनजंगा, कुम्भकर्ण, सगरमाथा लगायत हिमाल चाँदी झैं चम्किए । निकै टाढासम्मका डाँडा हरिया देखिए । मनै हर्ने किसिमका । ढकमक्क फूलेका गुराँस । चौंरीहरु लमक लमक हिँडिरहेका । जता हे¥यो उतै लोभ लाग्दो । तनलाई शितलता र मनलाई आनन्द।
मङ्गलबार, १८ बैशाख २०७५
झापाको दमक ८ का भेषराज न्यौपाने नेपाली सेनाको लेफ्टिनेन्ट हुने थिए। २०६१ सालमा उनको जिन्दगीमा बिपत्ती नआएको भए। दिनहुँ म्याराथन लाउदे, ६,७ किलोमिटर। संगैका साथीहरु सेनामा जागिरे भए । अहिले भेषराज भने ह्विल चेयरमा म्याराथन दौडिरहेका छन् । फरक यति हो, उनले त्यसबेला साचेका सपना त्यसबेलै सकिए। जिन्दगीले नयाँ मोड लियो ।
शनिबार, २६ फागुन २०७४
तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ ।
मङ्गलबार, १५ फागुन २०७४
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्वेली र उनकी श्रीमती सिर्जना तामाङ दृष्टिबिहिन हुन्। उनीहरु एकले अर्कालाई आँखाले देख्न सक्दैनन्। एकले अर्कालाई आवाज र स्पर्शबाट अनुभव गर्न मात्र सक्छन्। तर, उनीहरुको जोडी अरुकोभन्दा कम छैन।
शुक्रबार, २८ पुष २०७४
गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।
आइतबार, २३ पुष २०७४
झापाको गौरीगञ्जको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना आरोपीको मृत्यु भएको छ। सार्वजनिक मद्दाका आरोपी गौरीगञ्ज गाँउपालिका– ३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादव मृत फेला परेका हुन्। यादवको शव विहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शनिबार, २२ पुष २०७४
कृषि मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। शुक्रबार शहीदनगर नगरपालिकामा आयोजित एक समारोहबीच कृषि मन्त्री रामकृष्ण यादवले माछापालक किसान बौवेलाल मुखियालाई माछाको भुरा हस्तान्तरण गरी जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेका छन्। शहीदनगर, ननुपट्टी निवासी मुखिया माछापालनको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका किसान हुन्।
मङ्गलबार, १८ पुष २०७४
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको छ ।
मङ्गलबार, १८ पुष २०७४
सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।
बिहिबार, १३ पुष २०७४
मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिका सञ्चालित स्वास्थ्य शिविरमा ६८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पि.एस.आर.एन.तथा सुरेश दाहालको अगुवाइ र सुनकोसी १० का नेत्रप्रसाद दाहालको संयोजनामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा विशेषगरी महिला तथा बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए।
आइतबार, ०९ पुष २०७४
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दापनि विभिन्न राजनैतिक दलले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाउन सकेका छैनन् । कांग्रेसबाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।
आइतबार, ०९ पुष २०७४
उदयपुरमा लागू औषधको प्रयोग तथा कारोबार अत्याधिक बढेको प्रहरी ठहर छ । पछिल्लो ४ महिनामा लागू औषध कारोबारी र प्रयोगकर्ता भएको आरोपमा एक सय १२ जनालाई पक्राउ गरेर ५६ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ ।
सोमबार, १३ कार्तिक २०७४
सदरमुकामको मालापथबाट कुलधारास्थित मेची राजमार्ग जोड्ने कच्ची सडकमा गुणस्तरहीन सोलिङ गरेर चरम लापरबाही गरिएको भन्दै स्थानीयले सोलिङ नै भत्काइदिएका छन् । सोलिङ गर्ने नाममा लाखौं खर्च गरी रकम दुरुपयोग गरिएको भन्दै आक्रोशित स्थानीयले सडकको सोलिङ उखेलेर फ्याँकेका हुन् ।
बिहिबार, ०१ भदौ २०७४
गाउँगाउँमा जनप्रतिनिधि भएकै कारण बाढीपीडित हुन् वा उद्धार–राहतकर्ता दुवैले यसपटक पहिलेभन्दा सहज महसुस गरेका छन्।
सोमबार, २९ जेठ २०७४
टिकट वितरणमा ‘मनोमानी’ गरेको आरोप लगाउँदै पार्टीविरुद्ध नाराबाजी गर्ने, दलको कार्यालयमा तालाबन्दी गर्ने र पदबाट राजीनामा दिने क्रम बढेको छ।
आइतबार, २८ जेठ २०७४
जिल्लाका १५ मध्ये कम्तीमा १० वटा स्थानीय तह आफूले जित्ने दाबी गरिरहेका कांग्रेस र एमालेलाई झापामा यसपटक विपक्षीभन्दा पनि पार्टीभित्रकै असन्तुष्टहरूसँग सतर्क रहनुपर्ने भएको । गुटगत प्रतिस्पर्धाले आक्रान्त दुवै दलमा व्यक्तिगत टकरावले समस्या ल्याएको छ।
बिहिबार, १७ चैत २०७३
सहिद परिवारलाई सरकारले दिएको १० लाख रुपैयाँबाट सहिदको प्रतिमा बनाउने भन्दै मधेसवादी नेताले एक लाख सापट लिएका थिए तर अहिलेसम्म फर्काएका छैनन्।
मङ्गलबार, १५ चैत २०७३
मधेसलाई अधिकारसम्पन्न बनाउन तत्कालीन मधेसी जनअधिकार फोरमले आह्वान गरेको आन्दोलनका सहिदको स्मरणमा नेताले मौनधारण त गर्छन् तर तिनको नाजुक पारिवारिक अवस्थाबारे कसैलाई चासो छैन।
सोमबार, ०७ चैत २०७३
अवैधरुपमा चिरान गरिएको काठ तस्करीमा सघाउ पुर्याएको आरोपमा २ प्रहरीसहित ४ जना पक्राउ परेका छन् । धरान २० स्थित विष्णुपादुकाको प्रस्तावित भवानीथान सामुदायिक वन क्षेत्रबाट अवैध काठ धरान बजार ल्याउँदै गर्दा आइतबार मध्यराती ढुवानीको साधनसहित स्थानीयले पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाइदिएका हुन् ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।