उदयपुर बन्दले जनजीवन प्रभावित

उदयपुर बन्दले जनजीवन प्रभावित

आइतबार, ३१ भदौ २०७५

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको आव्हानमा भएको बन्दले उदयपुरको जनजीवन प्रभावित बनाएको छ।

एन्फा ग्रासरुट ट्रेनिङ सुरु

एन्फा ग्रासरुट ट्रेनिङ सुरु

शनिबार, ३० भदौ २०७५

नयाँ फुटबल खेलाडी उत्पादनका लागि इलाममा ‘ग्रासरुट ट्रेनिङ’ थालिएको छ। सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहमा ५ देखि १२ वर्षका बालबालिकालाई फुटबल सीप सिकाउन थालिएको हो।

दुम्सी मार्ने क्रममा निसास्सिएका बालकको मृत्यु

दुम्सी मार्ने क्रममा निसास्सिएका बालकको मृत्यु

शनिबार, ३० भदौ २०७५

खोटाङमा दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर घाइते भएका बालकको महिना दिनपछि मृत्यु भएको छ। गत साउन २६ गते ओढारमा धुवाँ लगाएर दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर बनेका खोटेहाङ गाउँपालिका–८ सिमपानीका ११ वर्षीय नवल तामाङको मृत्यु भएको हो।

पूर्वको व्यापार घाटा साढे २ खर्ब

पूर्वको व्यापार घाटा साढे २ खर्ब

बुधबार, २७ भदौ २०७५

मुलुकका पूर्वी क्षेत्रका भन्सार नाकाहरुबाट गत आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकहरुसँग भएको व्यापारमा साढे दुई खर्ब घाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आव २०७४–७५ मा पूर्वको व्यापार घाटा दुई खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो।

सवारी दुर्घटनामा २ को मृत्यु

सवारी दुर्घटनामा २ को मृत्यु

मङ्गलबार, २६ भदौ २०७५

मोरङका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार बिहान भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

झापाका व्यवसायी पौडेलको हत्या

झापाका व्यवसायी पौडेलको हत्या

मङ्गलबार, २६ भदौ २०७५

झापा दमकका व्यवसायी खेमनाथ पौडेलको अपहरणपछी हत्या गरिएको छ। सोमबार बेलुका झापाको गौरीगन्ज गाउँपालिका ६ स्थित सिमावर्ती क्षेत्रमा उनको हत्या भएको हो।

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

मङ्गलबार, २६ भदौ २०७५

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ।

लम्बिँदै चिया श्रमिकको आन्दोलन

लम्बिँदै चिया श्रमिकको आन्दोलन

सोमबार, २५ भदौ २०७५

तोकिएका सेवा–सुविधा कार्यान्वयन माग गर्दै आन्दोलनरत चिया श्रमिकले जारी आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

अलैंचीको मूल्य नबढ्दा किसान चिन्तित

अलैंचीको मूल्य नबढ्दा किसान चिन्तित

आइतबार, १७ भदौ २०७५

पहाडको ‘कालो सुन’ भनेर परिचय बनाएको नगदेबाली अलैंचीको नयाँ उत्पादन सुरु भएको छ।

पाँचथर जिल्ला अस्पतालमा १२ वर्षपछि एपेन्डिक्सको अप्रेसन

पाँचथर जिल्ला अस्पतालमा १२ वर्षपछि एपेन्डिक्सको अप्रेसन

आइतबार, १७ भदौ २०७५

पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक, साधन स्रोतको अभावमा उपचारका लागि समस्या पर्ने गरेको छ। विभिन्न किसिमका सल्यक्रिया लगायका काम हुन नसक्ने अवस्था रहेकै छ। अप्रेशनबाट प्रसुती गराउनका लागि पनि कहिले काहि अभाव खेप्नु पर्ने हुन्छ। पाँचथर जिल्ला अस्पतालमा पनि यस्तै समस्यामा गुज्रिने गरेको छ।

दसैँ छेक सरकारले वृद्धभत्ता वृद्धि गर्न सक्ने नेकपा नेता भट्टराईको संकेत

दसैँ छेक सरकारले वृद्धभत्ता वृद्धि गर्न सक्ने नेकपा नेता भट्टराईको संकेत

शनिबार, १६ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आउँदो दसैँ छेक पारेर मन्त्री परिषद् बैठकले वृद्धभत्ता वृद्धिको निर्णय लिन सक्ने संकेत गरेका छन्।

बजार अनुगमन जारी

बजार अनुगमन जारी

बिहिबार, १४ भदौ २०७५

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमनलाई तीब्रता दिएको छ। सडक अभावका कारण गाउँ गाउँमा अखाध्य बस्तुको बिक्री भएको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो।

विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ

विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ

बिहिबार, १४ भदौ २०७५

भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

सात वर्षमा ३५ प्रतिशत काम

सात वर्षमा ३५ प्रतिशत काम

बिहिबार, १४ भदौ २०७५

पाँचथर र तेह्रथुमलाई जोड्ने गरी तमोरको लुमुघाटमा मोटरेबल पुल बनाउन ठेक्का लागेको ७ वर्ष पुग्दापनि काम सकिएको छैन्। निर्माण कम्पनीले लामो समयदेखि पुलको काम राम्रोसँग नसक्दा स्थानीयले हिँडेरै वारीपारी गर्नुपर्ने बाध्यता रहेको छ।

मध्य भदौमा चोकबजारमै रोपाइँ (फोटो फिचर)

मध्य भदौमा चोकबजारमै रोपाइँ (फोटो फिचर)

बिहिबार, १४ भदौ २०७५

हल गोरु अघि–अघि, पछि–पछि बाहुसे। रोपाहारको लर्काे उसैगरी लागेको छ। सबै रोपाहारले हात–हातमा धानको बीउ बोकेका छन्। रोपाहारलाई बीउ पुर्याउन अर्का पुरुष डोकामा धानको बीउ बोकेर हिँड्दैछन्। कोही दमाहा र ट्याम्को बजाएर बेठी लगाउँदैछन्।

चिया उद्यमीले मानेनन् श्रम ऐनका प्रावधान

चिया उद्यमीले मानेनन् श्रम ऐनका प्रावधान

बिहिबार, १४ भदौ २०७५

चिया उद्योगीले श्रम ऐन–२०७४ र भर्खरै जारी श्रम नियमावली–२०७५ को उपेक्षा गरेका छन्। ऐन र नियमावलीमा भएका दर्जनौं व्यवस्था कार्यान्वयन त टाढाको कुरा, सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको न्यूनतम ज्याला दिनसमेत चिया उद्योगी तयार देखिँदैनन्।

कम्प्यूटर शिक्षाका लागि कम्प्यूटर

कम्प्यूटर शिक्षाका लागि कम्प्यूटर

मङ्गलबार, १२ भदौ २०७५

रोजगारीका सिलसिलामा प्रवासमा कार्यरत अभिभावकले खोटाङको दूर्गम ठाउँका विद्यालयलाई कम्प्यूटर प्रदान गरेको छ।

‘हरियो’ मैस्याङटार (फोटो फिचर)

‘हरियो’ मैस्याङटार (फोटो फिचर)

मङ्गलबार, १२ भदौ २०७५

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीको पर्यटकीयस्थल मैस्याङटार। हरिया चौंर, आसपासमा सल्ला, गुराँस, उत्तिस लगायतको जंगलले घेरिएको मैस्याङटार भ्रमण र पिकनिकका लागि उपयुक्तस्थल हो।

मेहनतले फेरिँदै गाउँ

मेहनतले फेरिँदै गाउँ

आइतबार, १० भदौ २०७५

इलामको सूर्याेदय नगरपालिका–१२ का मित्र राई स्नातकोत्तर तहसम्मको अध्ययन गरेर घर फर्के। उनलाई पैसा कमाउन फलानो जागिर खानुपर्छ, फलानो व्यापार गर्दा मनग्य पैसा कमाउन सकिन्छ भन्नेजस्ता ‘अर्ति’ दिनेको संख्या थोरै थिएन।

कारीदेवीको शव १६ दिनपछि फेला, हत्याको विरोधमा सडक अवरुद्ध

कारीदेवीको शव १६ दिनपछि फेला, हत्याको विरोधमा सडक अवरुद्ध

शनिबार, ०९ भदौ २०७५

१६ दिनदेखि बेपत्ता सिराहाको गोलबजार नगरपालिका–१० पुरानो चोहर्वाकी कारीदेवी यादवको शव हत्या गरिएको अवस्थामा फेला परेको छ। उनको शव नरहा गाउँपालिका १ मा गाडिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।