पौवादुम्मामा मीरा राई अन्तर्राष्ट्रिय रंगशाला

पौवादुम्मामा मीरा राई अन्तर्राष्ट्रिय रंगशाला

सोमबार, २० साउन २०७६

पौवादुम्मा गाउँपालिका भोजपुरले अल्ट्राधावक मीरा राईको सम्मान गर्दै अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भएको छ। निकै महत्त्वकांक्षी परियोजनाको रुपमा गाउँपालिकाले रंगशालाको काम थालेको हो।

मधेसमा मलको हाहाकार

मधेसमा मलको हाहाकार

सोमबार, २० साउन २०७६

सिरहा र सप्तरीसँगै मधेसभर रासायनिक मलको अभाव छ। लगातारको वर्षा र डुबान छिचोल्दै जसोतसो धान रोपाइँ गरेका यस भेगका किसान रासायनिक मल अभावले पिरोलिएका छन्।

शिशु चोरी गर्ने दुई महिला जेल चलान

शिशु चोरी गर्ने दुई महिला जेल चलान

आइतबार, १९ साउन २०७६

उपचारकै क्रममा रहेको नवजात शिशु चोरी गर्ने सुनसरी धरानका दुई जना महिला जेल चलान भएका छन्।

सुनसरीमा डेंगुका बिरामी बढ्दो

सुनसरीमा डेंगुका बिरामी बढ्दो

आइतबार, १९ साउन २०७६

अढाइ महिनाअघिदेखि धरानमा देखापरेको डेंगु अझैसम्म नियन्त्रण हुन सकेको छैन। जिल्लाका अन्य क्षेत्रमा पनि डेंगुका बिरामी बढिरहेका छन्।

यौन शिक्षा प्रदान गर्न सुझाव

यौन शिक्षा प्रदान गर्न सुझाव

आइतबार, १९ साउन २०७६

नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा २३९ आमाको मृत्यु भइरहेको छ। दिगो विकास लक्ष्यका अनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा ७० झार्नुपर्नेछ।

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

आइतबार, १९ साउन २०७६

भोजपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। हतुवागढी गाउँपालिका–२ का रामकुमार (नाम परिवर्तित)ले आमचोक गाउँपालिका–६ देवानटारकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

पाथीभरा गोल्डकप साउन ३० बाट

पाथीभरा गोल्डकप साउन ३० बाट

शनिबार, १८ साउन २०७६

लाखेजात्राको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा खेलाइने पाथीभरा गोल्डकपको चौथो संस्करण यही साउन ३० गतेबाट सञ्चालन हुने भएको छ।

इटहरीमा फस्टाउँदै यौनधन्दा

इटहरीमा फस्टाउँदै यौनधन्दा

शनिबार, १८ साउन २०७६

आर्थिक प्रलोभन देखाएर युवतीलाई यौनधन्दामा लगाउनेक्रम इटहरी र आसपासका क्षेत्रमा बढेको छ। यहाँका होटल रेष्टुरेन्टहरूले विभिन्न प्रलोभनमा पारेर युवतीहरूलाई यौनधन्दामा लगाउने गरेका हुन्।

डेंगु नियन्त्रण अभियान निष्प्रभावी

डेंगु नियन्त्रण अभियान निष्प्रभावी

शुक्रबार, १७ साउन २०७६

धरानको वडा नं १५ बाट सुरू भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिसकेको छ। नियन्त्रणमा आउनुको साटो मनसुन सुरू भएर डेंंगु प्रकोप थप चुनौतीपूर्ण बन्दै गएको छ। धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो दुई साताको तथ्यांक र प्रत्येक वडाबाट आउने रिपोर्टले पनि घरैपिच्छे डेंगु संक्रमित बिरामी भएको आशंका छ।

समृद्धि लक्ष्य पछ्याउँदै सूर्याेदयको बजेट

समृद्धि लक्ष्य पछ्याउँदै सूर्याेदयको बजेट

बिहिबार, १६ साउन २०७६

‘सूर्याेदयको डेढ वर्षको कामले देशलाई नै नयाँ राजनीतिक व्यवस्थाको नयाँ उचाईमा पु-याउन इँटा थप्ने काम गरेको छ,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘सूर्याेदय नगर गतवर्ष देशभरमै सबैभन्दा कम बेरुजु भएको स्थानीय तह घोषित भएकाले पनि हामी सबैलाई आशा जगाएको छ।’

अध्यागमन कार्यालय कामविहीन

अध्यागमन कार्यालय कामविहीन

बुधबार, १५ साउन २०७६

पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका मानिएको पशुपतिनगरमा अध्यागमन कार्यालय औपचारिक रूपमै खुलेको बुधबार ठीक ४ महिना भएको छ। तर, यतिका समयसम्म न यहाँ दरबन्दीअनुसार कर्मचारी आएका छन् न कार्यालयले कामै सुरु गरेको छ।

जानकी मन्दिरको सौन्दर्यीकरण रोक्न विभागको निर्देशन

जानकी मन्दिरको सौन्दर्यीकरण रोक्न विभागको निर्देशन

सोमबार, १३ साउन २०७६

प्रदेश २ सरकारले जानकी मन्दिरको मौलिकतामा असर पर्नेगरी गरिरहेको मर्मत सम्भार तथा सौन्दर्यीकरणको काजमाथि पुरातत्त्व विभागले रोक लगाएको छ। पुरातत्त्व विभागको स्वीकृतिबिना जानकी मन्दिर परिसरभित्र भइरहेको निर्माणकार्य विभागले आइतबारदेखि रोक लगाएको हो।

प्रदेश १ मा ७२ प्रतिशत रोपाइँ

प्रदेश १ मा ७२ प्रतिशत रोपाइँ

सोमबार, १३ साउन २०७६

प्रदेश १ मा करिब ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार साउन १२ गतेसम्ममा प्रदेश १ मा ७१.७८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।

बिग बुद्धमा लगानी अझै अनिश्चित

बिग बुद्धमा लगानी अझै अनिश्चित

आइतबार, १२ साउन २०७६

सर्दु जलाधार क्षेत्रमा कानुनी प्रक्रिया नै पूरा नगरी शिलान्यास गरिएपछि सुरुआतमा नै चर्को विवादमा फसेको थाउजेण्ड बिग बुद्ध परियोजनाको विवाद अझै साम्य भएको छैन।

बर्सेनि रुवाउँछ तमोरले

बर्सेनि रुवाउँछ तमोरले

आइतबार, १२ साउन २०७६

हिउँदमा निलो र शान्त बग्ने तमोर नदीसँग गाँसिएर अनेकन सम्झना र बिम्बहरू पाइन्छ। तर, जब बर्खा लाग्छ, यही शान्त नदी धेरैको आँसुको कारक बन्छ। यसपटक पनि यही क्रमले निरन्तरता पायो।

उदयपुरमा गत वर्षभन्दा १३० प्रतिशतभन्दा बढी राजस्व

उदयपुरमा गत वर्षभन्दा १३० प्रतिशतभन्दा बढी राजस्व

शनिबार, ११ साउन २०७६

उदयपुरमा आर्थिक वर्ष ०७५/७६ मा राजस्व संकलनमा उत्साहजनक वृद्धि भएको छ। गाईघाटस्थित करदाता सेवा कार्यालयका अनुसार ०७४/७५ भन्दा राजस्व संकलन १ सय ३० प्रतिशत बढी संकलन भएको छ।

लिमचुङबुङमा बल्ल राहत

लिमचुङबुङमा बल्ल राहत

शनिबार, ११ साउन २०७६

निरन्तरको वर्षाले गाउँपालिका जोड्ने सबै सडक पहिराले भत्काएपछि प्राकृतिक नाकाबन्दीमा परेको लिमचुङबुङ गाउँपालिकामा तेस्रो प्रयासमा हेलिकोप्टरमार्फत खाद्यान्न अवतरण गरिएको छ।

दमकमा १९ जनामा डेंगु संक्रमण

दमकमा १९ जनामा डेंगु संक्रमण

शनिबार, ११ साउन २०७६

दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयका अनुसार गर्मी र वर्षासँगै फैलिएको डेंगु रोगबाट हालसम्म १९ जनामा संक्रमण देखिएको छ।

सडक भत्केपछि ढाकर युग

सडक भत्केपछि ढाकर युग

बिहिबार, ०९ साउन २०७६

केही दिनअघिको अविरल वर्षाले जताततै पहिरो गएपछि उदयपुरको पहाडी भेगमा साता दिनयता अवरुद्ध यातायात सेवा कम्तीमा ३ महिनासम्म नचल्ने भएको छ। पहिरोले पुराना सडक र नयाँ ट्रयाक भत्काएपछि एउटा गाउँदेखि अर्को गाउँसम्म पुग्न नसक्ने स्थिति सिर्जना भएको छ भने कतै वल्लो घरदेखि पल्लो घरसम्म आउजाउ गर्ने गोरेटोसम्म बाँकी छैन।

मल अभावले रोपाइँ प्रभावित

मल अभावले रोपाइँ प्रभावित

बिहिबार, ०९ साउन २०७६

धानबालीका लागि किसानले पर्याप्त मल पाउन नसक्दा प्रदेश १ का अधिकांश जिल्लामा रोपाइँ सुस्त भएको छ। धानबालीका लागि मल पाइन्छ कि भन्ने आशामा रहेका किसान मलका लागि केही समय कुर्ने योजनामा रहेकाले रोपाइँ गर्न ढिलाइ भइरहेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad