अझै खुलेन पशुपतिनगरमा भन्सार

अझै खुलेन पशुपतिनगरमा भन्सार

जिल्लाको पूर्वी पशुपतिनगरमा भन्सार खुलाउन स्थानीयले लामो समयदेखि प्रयत्न गरे पनि खुल्न सकेको छैन। पशुपतिनगरमा भन्सार कार्यालय रहे पनि भारतपट्टि...

सुनसरीमा डेंगुः तीन हजार २६६ बिरामी, एक जनाको मृत्यु

सुनसरीमा डेंगुः तीन हजार २६६ बिरामी, एक जनाको मृत्यु

तीन महिनाको अवधिमा सुनसरीमा डेंगुका बिरामीको संख्या तीन हजार २६६ जना पुगेको छ। जसमा सबैभन्दा बढी धरान क्षेत्रमा मात्र तीन...

गाउँ पुग्दैछ विकासको लहर

गाउँ पुग्दैछ विकासको लहर

एकात्मक राज्यव्यवस्था हुन्जेल भौतिक पूर्वाधार विकासको अवसर कमै मात्रै पाएको पूर्वी पहाडी जिल्ला पाँचथर संघीयता कार्यान्वयनपछि धमाधम त्यस्ता अवसर आत्मसात...

फोहोरले ढाक्यो सहरः लहानमा फोहोर व्यवस्थापनको सदाबहार पिरलो

फोहोरले ढाक्यो सहरः लहानमा फोहोर व्यवस्थापनको सदाबहार पिरलो

आन्तरिक विवादका कारण दुई सातादेखि नगरपालिकाले फोहोर नउठाउँदा लहानको मुख्य बजार दुर्गन्धित बनेको छ। सहरभर फोहोरको डंगुर थुप्रिएपछि बजार तथा...

औषधालयमा अनियमितता

औषधालयमा अनियमितता

बुधबार, २९ साउन २०७६

जनकपुर अञ्चल आयुर्वेद औषधालयमा अनियमितता भएको पाइएको छ। औषधालयमा आर्थिक वर्ष २०७५/०७६ मा औषधिसहित कार्यालय प्रयोजनको लागि खरिद गरेको सामानमा समेत चलखेल भएको हो।

भ्रष्टाचार भएको छैनः समिति

भ्रष्टाचार भएको छैनः समिति

बुधबार, २९ साउन २०७६

विराटनगरस्थित वैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समितिले मैदान निर्माणका क्रममा कुनै अनियमितता नभएको दाबी गर्दै सम्पूर्ण हिसाबकिताब पारदर्शी रहेको बताएको छ।

असारे विकास अन्त्य गर्ने प्रतिबद्धता

असारे विकास अन्त्य गर्ने प्रतिबद्धता

बुधबार, २९ साउन २०७६

प्रदेश १ का मन्त्रालयहरूले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा प्रदेश १ का मन्त्रालयहरूले चालु आर्थिक वर्षदेखि नै असारे विकास अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

बढ्दै डेंगु सङ्क्रमण

बढ्दै डेंगु सङ्क्रमण

सोमबार, २७ साउन २०७६

पूर्वी पहाडी जिल्ला पाँचथरमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका बिरामीको संख्यामा बढोत्तरी हुदै गएको हो। बिरामी भएकामध्ये कतिपयको जिल्लामै उपचार भएको छ भने कतिपय सुविधा सम्पन्न अस्पतालसम्म पुगेका छन्।

छात्रवृत्तिका विद्यार्थी पढाउन आलटाल

छात्रवृत्तिका विद्यार्थी पढाउन आलटाल

सोमबार, २७ साउन २०७६

जनकपुुरधाम उपमहानगरपालिकाले सार्वजनिक गरेको छात्रवृत्तिका विद्यार्थी पढाउन नगरका निजी क्याम्पसहरूले आलटाल गरेका छन्।

कोशी टप्पुका अर्ना र आसपासका बासीन्दालाई खतरा

कोशी टप्पुका अर्ना र आसपासका बासीन्दालाई खतरा

आइतबार, २६ साउन २०७६

तीन दिनअघि कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाई–गोरुमा एन्थ्रेक्सको जीवाणु भएको रिपोर्टमा देखिएपछि आरक्षका अर्नासँगै अरु जनावर र आसपासका मानिसमा पनि रोग सर्न सक्ने खतरा बढेको छ।

पत्नीलाई छुरा हान्ने पक्राउ

पत्नीलाई छुरा हान्ने पक्राउ

आइतबार, २६ साउन २०७६

पत्नीलाई छुरा प्रहार गरी घाइते बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी जिल्लाको गौरीबास घर भइ हाल इलाम नगरपालिका–९, गोलबस्ती बस्ने २९ वर्षे दीपक कोइरालाले गत ४ गते दिउँसो ३ बजेतिर पत्नी सृजना जबेगूलाई घाइते बनाएका थिए।

निर्धारित समयअघि नै निर्माण सक्ने लक्ष्य

निर्धारित समयअघि नै निर्माण सक्ने लक्ष्य

आइतबार, २६ साउन २०७६

इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि सामग्री संकलन धमाधम भइरहेको छ। केही दिनपछि आयोजना सुरु गर्न पाइपलाइन, सिमेन्ट, गिटी, बालुवा, इँटालगायत सामग्री भण्डारण गरिरहेको आयोजनाले आइतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।

पुल बनाउन पहल

पुल बनाउन पहल

शनिबार, २५ साउन २०७६

मनसुनको सुरूआतसँगै मैनावती नदीमा आएको बाढीले दर्जनौं गाउँसँग सहरको सम्पर्कविच्छेद हुन्छ। तैरिन सक्नेहरू तैरिएर वारपार गर्छन्। तैरिन नसक्नेहरू नदीको वारिपारि रोकिएर भगवान् पुकार्छन्। बलकावाका सोयव अनवरले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अलपत्र मैनावती पुलका कारण आफूहरूले खप्दै आएको दुःखान्त सुनाए।’

ठेकेदार बेपत्ता भएपछि पुल अलपत्र

ठेकेदार बेपत्ता भएपछि पुल अलपत्र

शनिबार, २५ साउन २०७६

तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि निर्माण कार्य अलपत्र परेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत म्याङलुङ–संक्रान्ती सडक खण्डमा रहेको खोरुङवा खोलामा पुल नबन्दा वर्षाले खोलामा पानीको बहाव बढेपछि सवारी आवतजावत ठप्प नै भएको छ।

विदेशको सीपले स्वदेशमा कमाइ

विदेशको सीपले स्वदेशमा कमाइ

शनिबार, २५ साउन २०७६

वैदेशिक रोजगारी सिलसिलामा दशकभन्दा बढी मलेसिया बसेका बुद्धिमान राईले फर्किंदा सोचेजति सम्पत्ति कमाएर ल्याउन सकेनन्। तर, रुपैयाँपैसाबाहेक जे ल्याए, त्यो चाहिँ उनका लागि जीवनभरको कमाइ भएको छ, जीवनयापन गर्ने जाँगर भएको छ।

बलात्कार घटना मिलापत्र गराउने पक्राउ

बलात्कार घटना मिलापत्र गराउने पक्राउ

शनिबार, २५ साउन २०७६

गत असारमा मोरङको रंगेलीमा एक किशोरीमाथि भएको बलात्कारको घटनालाई मिलापत्र गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराएका समाजका १० जना अगुवा अग्रसर भएका र पछि उनीहरू फरार भएपछि खोजी गरी रंगेली प्रहरीले सात जनालाई पक्राउ गरेकाे हाे।

रोकिएन मरिच तस्करी

रोकिएन मरिच तस्करी

शुक्रबार, २४ साउन २०७६

महोत्तरीको सीमावर्ती क्षेत्र भएर मरिच तस्करी गर्ने ठूलो गिरोह सक्रिय रहेको रहस्य खुलेको छ। प्रहरीले सीमावर्ती मटिहानी नगरपालिकाबाट ९ सय ५० किलो मरिच बरामद गरेपछि महोत्तरीको सीमा भएर मरिच तस्करी गर्ने गिरोह सक्रिय भएको रहस्य खुलेको हो।

धरानमा बिक्री हुने तरकारी विषादीमुक्त

धरानमा बिक्री हुने तरकारी विषादीमुक्त

शुक्रबार, २४ साउन २०७६

पहाडी जिल्ला र आसपासबाट धरानमा बिक्री हुने हरियो तरकारी एवं सागसब्जीहरूमा विषादी नभएको पाइएको छ।

टोर्नाडो पीडितको नाममा असुली

टोर्नाडो पीडितको नाममा असुली

बिहिबार, २३ साउन २०७६

सेवाको नाममा स्वास्थ्य संस्थाहरूले गोरख धन्दा गरेको पाइएको छ। चैत १७ गते बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो) मा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने भनेका वीरगञ्जका स्वास्थ्य संस्थाहरूले उपचार खर्चवापत प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी लिएको पाइएको हो।

मन्त्रीलाई प्रश्नः ‘चिया क्षेत्रलाई किन उपेक्षा ?’

मन्त्रीलाई प्रश्नः ‘चिया क्षेत्रलाई किन उपेक्षा ?’

बुधबार, २२ साउन २०७६

सरकारी उपेक्षाका कारण आफूहरू चियाखेती निराश हुनुपरेको चिया उद्योगी, किसान र श्रमिकले गुनासो गरेका छन्। वर्षाैंदेखि सरकारले चिया क्षेत्रलाई बेवास्ता गरेको भन्दै उनीहरूले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालसामु आ–आफ्नो गुनासो पोखे।

Ncell Footer Ad