सिलाइ कटाई र सौन्दर्य तालिमको सिप हातमा हुनसाथ आत्मनिर्भर बन्नुको साथै उद्यमी बन्ने भएकोले यस विषय तर्फ विद्यार्थीको आकर्षण बढी रहेको शिक्षा ,विज्ञान तथा प्रविधिक मन्त्रालय अन्र्तगतको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले सार्वजनिक गरेको तथ्याँकले देखाएको छ।
जातीय भेदभाव तथा छुवाछुतविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन भएको छ । संयुक्त सचेत दलित संघर्ष समितिले जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन आइतबार गोरखाको सदरमुकामा प्रदर्शन गरेको हो ।
नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन्। यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो।