जातीय भेदभाव तथा छुवाछुतविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन भएको छ । संयुक्त सचेत दलित संघर्ष समितिले जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन आइतबार गोरखाको सदरमुकामा प्रदर्शन गरेको हो ।
नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन्। यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो।
बैतडीको मेलौली नगरपालिकाले एकल पुरुष र टुहुरा बालबालिकालाई दिदै आएको भत्ता बढाएको छ। आगामी आर्थिक वर्षदेखि एकल पुरुष र टुहुरा बालबालिका भत्ता बढाएको हो।