चित्लाङको यात्रा र इन्द्रसरोवर तालमा शयर गर्दाको त्यो क्षण

जिन्दगीका हरेक आरोह–अवरोहमा दृश्यहरू देखिन्छन्, भेटिन्छन् तर सबैलाई कैद गर्न सकिँदैन। कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव उर्जाशील बनाउन मद्दत पु¥याउँदो रहेछ। यात्राको क्रममा कति ठाउँमा पुग्दा यस्तो लाग्छ कि कतै यो स्वर्गको टुक्रा नै पो हो कि ? कति कुरालाई आँखाले देखिँदैन जसलाई मनले हेर्नुपर्ने हुन्छ। तर कतिपय यस्ता हुन्छन् जो मनबाट पनि आँखाबाट पनि देख्न सकिन्छ। मैले पनि जीवनमा थोरै ठाउँहरूको यात्रा गर्ने अवसर पाएको छु। त्यसमध्ये एक हो– मेरो गृह जिल्लामा रहेको अर्थात् मकवानपुरको चित्लाङ।