सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?
आजसम्म मैले देशकाे बिरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन, चाहे त्याे सामाजिक संजाल होस वा कुनै सार्वजनिक मन्च। प्रहरी भ्यानमा मलाई बसाएर लग्दैगर्दा, सोधपुछ गरेर राती रिहा गरिदिन्छौं भनिएको थियो। तर त्यसो गरिएन। मलाई ३ दिनसम्म मानसिक यातना दिएर हिरासतमै राखियो।