३० श्रावण २०७७ शुक्रबार
ब्लग

‘कोही मान्छे पढ्न भनेर कोरिया जान्छ र?’

ताङतिङ मेरो गाउँ

प्रकाश गुरुङ

जिन्दगीमा सपनाको उडान भर्न मजा आउँछ। त्यसैले हामीले जीवनमा धेरै सपना देख्नुपर्छ। तर, सबै सपना पूरा हुन्छन् भन्ने छैन। यद्यपि हामीले सपना पुरा गर्न निरन्तर मेहेनत गरिरहनु पर्छ। 

मानिसका आआफ्ना रुचि र सोख हुन्छन् । कसैलाई अध्ययन, कसैलाई खेलकुद र कसैलाई संगीत मन पर्छ। म पढाइमा अब्बल थिइनँ तर पढ्ने, लेख्ने काममा मेरो रुचि सानैदेखि थियो। जुन रुचि जीवनयात्राको पाँच दशक टेक्नै लाग्दा पनि यथावत् छ। म अध्ययन र चिन्तनलाई नै आफ्नो सम्पत्ति ठान्छु। त्यसैले फुर्सद निकालेर लेखपढ गर्छु।  

भाग्यवश म छात्रवृत्तिमा छनौट भएँ। मैले जिल्ला शिक्षा कार्यालय कास्कीमा निवेदन दिएँ तर अध्ययन बिदा पाउन सकिनँ। अन्त्यमा बेतलबी बिदामा कोरियातिर लागें।  

म ताङतिङ गाउँबाट कलेज पढ्न पोखरामा झरेँ। पृथ्वीनारायण क्याम्पसबाट मानविकी र शिक्षाशास्त्रमा स्नातक सकेर भूगोलमा स्नातकोत्तर गरें। समयले साथ दिएमा विदेशमा पुगेर त्यहाँको सिकाइ, अध्ययन, अनुसन्धानबारे बुझ्ने र त्यहाँ सिकेका कुरा आफ्नो गाउँमा प्रयोग गर्ने चाहना थियो।    

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै मेरो विदेशी डिग्री लिने इच्छा पनि पूरा भयो। आफ्नो गाउँ ताङतिङमा माध्यमिक विद्यालय नहुँदा छिमेकी गाउँ सोँधामा रहेको दूधपोखरी माध्यमिक विद्यालयमा पढ्दाको दुःखलाई सम्झी मैले गाउँमै पढाउने प्रतिबद्धता जनाएको थिएँ।  

पोखरामा उच्च शिक्षा पढ्दापढ्दै साथीहरू भारतीय सेना, बेलायती सेना, युरोप, अमेरिका, कोरिया, अरब र मलेसियातिर लागे। मचाहिँ आफ्नै गाउँ ताङ्तिङ फर्कें।  

गाउँमै पढाउन थालें। शैक्षिक अभियान जगाउने क्रममा माध्यमिक तह सञ्चालन गरेपछि स्नातकोत्तर तह पढ्दाका साथी हालका सहप्राध्यापक खगेन्द्र पौडेलमार्फत साथी तेजनारायण पौडेल विज्ञान शिक्षकका रूपमा हाम्रो हिमालय मिलन माध्यमिक विद्यालय ताङतिङमा आए। दुई वर्षसम्म ताङतिङमा पढाएपछि उनी कोरियास्थित युगनम विश्वविद्यालयमा विद्यावारिधि गर्न गए।  

मैले काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा आफ्ना कागजपत्र देखाएँ। हाकिमसाबले ‘के गर्न जाने हो कोरिया’ भने। मैले स्नातकोत्तर पढ्न जाने कुरा बताएँ। उनले झर्किंदै भने, ‘कोही मान्छे पढ्न भनेर कोरिया जान्छ र?’

ताङतिङमा बस्दा शिक्षा तथा समाजसेवाप्रतिको मेरो लगाव देखेर उनी प्रभावित थिए। उनले आफू पढिरहेको विश्वविद्यालय ‘पार्क चुङ हि स्कुल एण्ड समुल एण्ड पोलिसी’मा ‘पब्लिक पोलिसि लिडरसिप एण्ड इकोनोमिक डेभलपमेन्ट’ विषयमा स्नातकोत्तर तहमा छात्रवृत्तिमा खुलेको जानकारी गराए। दुर्गम गाउँमा बसेर शैक्षिक तथा सामाजिक काम गर्नेलाई मलाई सुहाउँदो विषय थियो यो।  

तत्कालीन राष्ट्रपति पार्क चुङ हिको नेतृत्वमा सन् १९६३ देखि सन् १९७९ को छोटो अवधिमा दक्षिण कोरीया समृद्ध बन्यो। उनको विकास मोडल हो– ‘नयाँ गाउँ अभियान।’  

छात्रवृत्तिमा पढ्न अफ्रिका, बंगलादेश, श्रीलंका, मलेसिया, भारत, इन्डोनेसिया, मंगोलिया, बर्मा, लाओस, चीनदेखिका विद्यार्थी आउँछन्। मैले विश्वविद्यालयको वेवसाइटबाट फाराम भरी आफूले गरेका काम र भावी योजनाको छोटो कथा बनाएर पठाएँ। संसारभरबाट आउने विशेष गरेर निजामती सेवामा कार्यरत कर्मचारी, प्राध्यापक, इन्जिनियर लगायतका विद्वान् मित्रका अगाडि म जस्तो दुर्गममा काम गर्ने व्यक्तिले छात्रवृत्ति पाउनु सजिलो थिएन।  

भाग्यवश म छात्रवृत्तिमा छनौट भएँ। मैले जिल्ला शिक्षा कार्यालय कास्कीमा निवेदन दिएँ तर अध्ययन बिदा पाउन सकिनँ। अन्त्यमा बेतलबी बिदामा कोरियातिर लागें।  

पढाइलाई उमेरले छेक्दैन भन्ने उखान सम्झेर अघि बढ्ने अठोट गरें। यसअघि पनि म एउटा सेमिनारमा भाग लिन कोरिया गइसकेको थिएँ।  

उता जाने क्रममा काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा आफ्ना कागजपत्र देखाएँ। हाकिमसाबले ‘के गर्न जाने हो कोरिया’ भने। मैले स्नातकोत्तर पढ्न जाने कुरा बताएँ। उनले झर्किंदै भने, ‘कोही मान्छे पढ्न भनेर कोरिया जान्छ र?’

‘कुन विषय पढ्न जाने?  

मैले ‘पब्लिक पोलिसी लिडरसिप र इकोनोमिक डेभलपमेन्ट’ भनेपछि उनले हाँस्दै भने, ‘यो देशमा धेरै नेता भएर देश बिग्रियो। लौ न फेरि अर्काे एक जना लिडरसिप पढ्ने भन्छन् त लौ गरिखाऊ।’  

मलाई तिनका कुराले नरमाइलो लाग्यो।  

म समयमै कोरियास्थित इन्चन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगें। बिरानो ठाउँमा पुग्दा कस्तोकस्तो लागेर आयो। हाम्रा बहिनी ज्वाइँ तुलसुवा र कोरियन ज्वाइँ साबलाई विमानस्थलमा भेट्दा खुशी लाग्यो। त्यो रात तुलसुवा बहिनीको घरमा बिताएँ। फुपू अर्थात् तुलसुवाकी आमा पनि नाति तथा छोरीज्वाइँलाई भेट्न तथा घुम्न कोरियामै आइपुगेकी रैछन्। उनलाई त्यहाँ भेट्दा खुसी लाग्यो।  

कम्प्युटर टाइप गर्ने, पावर पोइन्ट प्रस्तुतीकरण गर्ने, चाहिएका सामग्री इन्टरनेटमा खोज्ने, आफ्नो प्रतिवेदन, थेसिस र पेपर तयार पार्ने, सबै काम आफैं गरेर सिक्ने र आफैंले गर्ने सिस्टमले मलाई सबै काममा आत्मनिर्भर हुन सिकायो।

कोरियाको विकास देखेर मलाई अचम्म लाग्यो। अर्को दिन मलाई बहिनी र ज्वाइँले रेल स्टेशनसम्म पु¥याइदिए। रेलको पाँच घण्टा यात्रापछि विश्वविद्यालय नजिकैको रेल स्टेशन ग्याङसनमा पुगेँ। मलाई लिन त्यहाँ डा. तेजनारायण पौडेल र डा. एकराज बराल आइसकेका थिए।  

ट्याक्सी चढेर सामपोङदोङमा साथीहरूले खोजिदिएको कोठामा पुग्यौं। हाम्रो  विश्वविद्यालय नजिकै थियो कोठा। यसरी २०७० साल कात्तिकदेखि पढाई सुरु भयो। ढल्कँदो उमेरमा उच्च आत्मबलको साथ पुनः विद्यार्थी जीवन शुरु गरें।  

विद्यार्थीहरू संसारभरबाट आएका थिए। श्रीलंकाको राष्ट्रपतिका सल्लाहकारदेखि लिएर बंगलादेशको ग्रामीण विकासका प्रमुख, रुवाण्डाका प्रधानमन्त्री कार्यालयको उपसचिव लगायत थुप्रै ग्लोबल फेमिलीको सदस्यसँग सहकार्य गर्न पाइयो।  

कोरिया र नेपालको पढाइमा धेरै भिन्नता पाएँ। नेपालमा सैद्धान्तिक शिक्षामा बढी जोड, प्रयोगात्मक अनुसन्धान र फिल्ड ट्रिप, व्यक्तिगत, सामूहिक प्रस्तुतीकरणमा कम समय खर्च गर्ने परिपाटी छ। उता कोरियाको अध्ययन भने फरक र प्रभावकारी लाग्यो। सबै काम आफैंले गर्नुपर्ने, अध्ययन, प्रोजेक्ट वर्क, अनुसन्धान, नियमित फिल्ड ट्रिप, जर्नलमा लेख प्रकाशित गरिरहनुपर्ने, सधैँ इन्टरनेटका माध्यमबाट प्राध्यापकलाई असाइनमेन्ट पेश गर्नुपर्ने रहेछ।  

हरेक दिन विभिन्न शीर्षकमा व्यक्तिगत र सामूहिक प्रस्तुतीकरण, पुस्तकालयको गहिरो अध्ययन गरिँदो रहेछ। त्यस्तै बेलाबेलामा अतिथि वक्ताको प्रस्तुति सुन्न पाइन्थ्यो। प्राध्यापक पनि ज्यादै सहयोगी पाएँ।  

अर्कोतिर कोरियन संस्कृतिका बाजागाजा बजाउने, मार्सल आर्ट सिक्ने सुविधायुक्त विश्वविद्यालयमा पढ्न पाउँदा गौरव लाग्यो। त्यहाँ हामीले कोरियन भाषा पढ्ने अवसर पनि पायौं।  

हाम्रो कोर्स चार सेमेस्टर थियो। हामीलाई विश्वविद्यालयबाट हरेक हप्ता कोरियाका कृषि केन्द्र, औद्योगिक केन्द्र, पर्यटन केन्द्र, व्यापारिक केन्द्र, ठूलो कम्पनी, मुद्रा छाप्ने ठाउँ, ऐतिहासिक ठाउँ लगायत महत्वपूर्णस्थलमा घुमाइन्थ्यो।  

त्यहाँका ठाउँसँग हामीले आफ्नो देशको तुलना गरेर प्रस्तुत गर्नुपथ्र्यो। इन्टरनेटबाटै प्राध्यापकलाई गृहकार्य बुझाउनुपथ्र्यो। घरमै पढेर आउने र विश्वविद्यालयमा त्यस विषयमा व्यापक छलफल र बहस गर्नुपथ्र्यो। कुनै विषयबारे कक्षामा प्रस्तुतीकरण गर्नु सामान्य जस्तो थियो। त्यहाँ सबै काम आफैंले गर्नुपथ्र्यो।  

कम्प्युटर टाइप गर्ने, पावर पोइन्ट प्रस्तुतीकरण गर्ने, चाहिएका सामग्री इन्टरनेटमा खोज्ने, आफ्नो प्रतिवेदन, थेसिस र पेपर तयार पार्ने, सबै काम आफैं गरेर सिक्ने र आफैंले गर्ने सिस्टमले मलाई सबै काममा आत्मनिर्भर हुन सिकायो। मैले कोरियामा पढ्दा नेपालको भूमिसुधार, पर्यटन, शिक्षा, कृषि, राजनीतिक अवस्थाबारे  अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेको थिएँ।  

यसरी ग्रयाजुएट स्कुलका विद्यार्थी भनेका अनुसन्धान गर्ने, अध्ययनमा सबै कुरा आफैंले खोज्ने, बहस गर्ने, प्रस्तुतीकरण गर्ने, जसरी हुन्छ त्यसरी अन्तर्राष्ट्रिय विद्यार्थीलाई विद्वता बढाउने विश्वविद्यालयको पढाइ गुणस्तरीय थियो।  

हाम्रो कोर्स चार सेमेस्टर थियो। हामीलाई विश्वविद्यालयबाट हरेक हप्ता कोरियाका कृषि केन्द्र, औद्योगिक केन्द्र, पर्यटन केन्द्र, व्यापारिक केन्द्र, ठूलो कम्पनी, मुद्रा छाप्ने ठाउँ, ऐतिहासिक ठाउँ लगायत महत्वपूर्णस्थलमा घुमाइन्थ्यो।  

यसरी १६ महिना जति रातदिन खटिएँ। अध्ययन, अनुसन्धान, थेसिसका साथै प्राज्ञिक लेख लेखें। त्यहाँ सैद्धान्तिक गेसपेपर, गाइड पढेर जाँच दिने नभई विद्यार्थीलाई आफैंले स्रोतसामग्री खोजेर अनुसन्धानमा दखल बनाइँदो रहेछ। यसरी कोरियाबाट मैले धेरै कुरा सिक्न पाएँ।

तत्कालीन राष्ट्रपतिको ‘नयाँ गाउँ अभियान’ले आफ्नो गाउँ आफैं बनाउनुपर्छ भन्छ। मिलेर काम गर्ने, कडा परिश्रम गर्ने, आफ्नो काम आफैं गर्ने र क्षमता आदानप्रदान गर्ने विकासको मूलमन्त्र कोरियामा विकास भएको मानिन्छ। कोरियाबाट हामीले धेरै कुरा सिक्न सक्छौं।  

यसरी १६ महिनापछि पब्लिक पोलिसि लिडरसिप एण्ड इकोनोनिक डेभलपमेन्टमा मास्टर्स गरी दीक्षान्त समारोहमा भाग लिएर म स्वदेश फर्कें। त्यहाँको बसाइमा जीवनसंगी नेत्रकुमारी र डा. तेजनारायण, डा. कृष्ण सौमै लगायत नेपाली विद्वानहरूले धेरै सहयोग पु-याए। ती सबैको गुनप्रति म कृतज्ञ छु।  

(हिमालय मिलन मावि, ताङतिङ कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।)

प्रकाशित: १७ असार २०७७ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App