२२ असार २०७७ सोमबार
ब्लग

विशंखुनारायण

साइक्लिङ

ललितपुरको विशंखुनारायण मन्दिर

ललितपुर जिल्लाका १२ गाविस समेटेर गोदावरी नगरपालिका बनाइएको हो। ती गाविसमा गोदावरी, विशंखुनारायण, गोदामचौर, ठैव, बडिखेल, झरुवारासी, चापागाउँ, ठेचो, छम्पी, डुकुछाप, देवीचौर र लेले हुन्। प्राकृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ गोदावरी। साइकल यात्रा, पदयात्रा, वनभोज, चरा अवलोकन, वनस्पती उद्यान अवलोकन तथा धार्मिक तीर्थाटनका लागि प्रसिद्ध गन्तव्य छन् नगरपालिकाभित्र।  

साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ। गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ। धार्मिक दृष्टिले बिशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल। हरिबोधनी एकादसीका दिन बिशंखुनारायणमा ठूलो मेला लाग्छ।

आउनुहोस् तीमध्ये एक बिशंखुनारायणतिर जाऔं। काठमाडौं उपत्यकाका चार नारायणमध्ये एक–बिशंखुनारायण। काठमाडौं उपत्यकाको चार डाँडामा चार नारायण विराजमान छन्। त्यहाँ तिनका प्राचीन मन्दिर छन्।  

कोरोनाको कहरबाट स्तब्ध मानवले पहिलेको लय समात्न केही समय लाग्ला। सवारी साधन चल्न जोर र विजोर लागु भएको छ। कोभिड–१९ को बढ्दो संक्रमणबाट बच्न भौतिक तथा सामाजिक दूरी कायम राख्नुका साथै शारीरिक व्यायाम पनि आवश्यकता छ। सामाजिक दूरी कायम राख्दै कामकाजमा जान, व्यायाम  गर्न सजिलो सवारी साधन भनेको साइकल नै हो। 

केही समयअघि लकडाउन खुकुलो भएसँगै अन्योल र अनिश्चितताको घेराबाट बाहिर निस्कने जमर्कोमा दाई संघर्ष बिष्टका साथमा साइकल लिएर निस्कियौं।  साहसिक खेलकूदका पारखी विष्ट दाइ साइक्लिङ, प्याराग्लाइडिङ, फ्रेस वाटर स्विमिङका अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका व्यक्तित्व हुन्।  प्याराग्लाइडिङको अन्तराष्ट्रिय प्रतियोगिताको अन द स्पट ल्याण्डिङ विधामा त दुई पटकका विजेता पनि।  

देबेन्द्र बस्न्यात

विशंखुनारायण गन्तव्य बनाएर प्रस्थान गर्दा हामीले पशुपतीमा भेट्ने निधो ग¥यौं। साइकल यात्रा गर्दा भीडभाड र मूल सडक हाम्रो प्राथमिकतामा पर्दैनन्। त्यसैले हामीले बाग्मती किनार हुँदै शंखमूल, च्यासल पूmटवल ग्राउण्ड, बालकुमारी ग्वार्कोबाट साना गाउँ निस्कने निधो गर्यों। सानागाउँ पुगेपछि एउटा पोष्टरमा आँखा पर्यो, सावधान! लकडाउन! प्रवेश निषेध!

सूचना स्वभाविक नै थियो। लकडाउन खुकुलो भए पनि पूर्ण रूपमा अझै खुलेको त होइन। संक्रमितको संख्या दिनहुँ उकालो लागि रहेको छ। अन्य जिल्लाबाट उपत्यकामा भित्रिनेको संख्या बढ्दो छ। यसले उपत्यकाबासीलाई थप त्रस्त बनाएको छ। सम्बन्धित निकायले १४ दिन होम क्वारेन्टिन बस्दाको अवधिमा लक्षण देखिए मात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्ने बताएको छ। नव आगन्तुकसँग सशंकित हुनु अचम्म होइन। तैपनि हामी संकोचपूर्वक पाउदान मार्दै अघि बढ्यौं। 

नागरिक आफैं सचेत भएर जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नेका लागि साइकल उपयुक्त साधन हो। त्यसैले आउनुहोस् उपत्यकाका छोटा दूरीमा साइक्लिङ गरौं। शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ एवं निरोगी बनौं। 

सानागाउँ नेवार समुदायको बाहुल्य भएको पुरानो बस्ती। समय अनुकूल भए केही समय यता बिताउनु बेस। हामी त्यहाँबाट बिष्णुडोल हुँदै विशंखुनारायण  मन्दिरतर्फ उकालियौं। उकालो लाग्दै गर्दा काठमाडौं उपत्यकाको मनमोहक दृष्य देखियो। धुवाँ, धूलो, प्रदुषणबाट करीब तीन महिनासम्म मुक्त काठमाडौं। उपत्यका भित्र गज्याङमज्याङ देखिने बस्तीलाई घेर्ने वरपरका हरिया डाँडा प्रष्ट देखिए।   

गफिँदै जाँदा मन्दिर मुन्तिरको एउटा छोटो बाटोमा पुगियो। त्यहीँ बाटो पहिल्याउँदै एकै क्षणमा मूल बाटोमा पुग्यौं। सुगम लामो बाटो घुमेर जानु भन्दा छोटो बाटो चयन गर्ने निधो गर्यों। शहरको दृष्य ओझेलमा पुग्यो। मूल बाटोको पूर्वपट्टि सानो उपत्यका देखियो। वरपर सदाबहार हरियो जंगल। चराको चिरविरे गानाको मधुरता चिर्दै संघर्ष दाईले केहि बर्ष अगाडि त्यो ठाउँमा प्याराग्लाइडिङ परीक्षण उडान गरेको अनुभव सुनाउनुभयो। सुन्दै मूल बाटाबाट सिंढी उक्लियौं। डाँडाको मध्य भागमा पुगेपछि नारायण मन्दिर पुगियो।  

साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ। गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ। धार्मिक दृष्टिले बिशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल। हरिबोधनी एकादसीका दिन बिशंखुनारायणमा भव्य मेला लाग्छ। मन्दिर भएको डाँडाको प्राकृतिक बनावट चाखलाग्दो छ। बर्षादको मौसम चारैतर्फ हरियालीले ढपक्क ढाकेको छ। यहाँसम्म आइपुगेपछि शान्त वातावरणमा भगवानको दर्शन र स्मरण गर्दै आराम गर्न सकिन्छ। 

सामान्य अवस्थामा बिशंखुनारायण मन्दिरका पूजारी श्री राजेन्द्र सुवेदिज्यूसँग पौराणीक किंवदन्ती सुन्न सकिन्छ। किंवदन्तीअनुसार भष्मासुरको कठोर तपस्यापछि भगवान महादेव प्रशन्न भए। भष्मासुरले कहिल्यै नमर्ने वरदान माग्यो। महादेवले प्रकृतीको नियमविरुद्धको बरदान दिन असमर्थता व्यक्त गरे। भष्मासुरले अर्को वरदान माग्यो, ‘मैले जसको शिरमा हात राख्यो त्यो भष्म होस।’  

महादेवले ‘तथास्तु’ भनिदिए। जसको शिरमा हात राख्यो त्यो भष्म हुने भगवान् महादेवबाट वरदान पाएका भष्मासुर आफ्नो वरदानको परीक्षा गर्न महादेवकै शिरमा हात राख्न खोज्छ। भयभित महादेव भगवान् विष्णुको शरणमा पुग्छन। महादेवको उद्दार गर्न बिष्णु मोहिनी रूप धारण गरेर भष्मासुरसामु खडा भए। मोहिनीको सौन्दर्यमा भष्मासुर लठ्ठीयो। महादेव भने भागेर गुफामा लुके। मोहिनी रूप देखेर भष्मासुरले विवाह प्रस्ताव गर्यों। मोहिनीले आफू नृत्यङ्गना भएकाले आफूजस्तै नृत्य गर्न सक्ने मात्र योग्य वर हुने बताइन्। मोहिनीले जस्तै नृत्य गर्न भष्मासुर मञ्जुर हुन्छ। भष्मासुर मोहिनीसँग ताल मिलाएर नृत्यमा मस्त हुन्छ। मोहिनी आफ्नो हात शिरमाथि राख्ने मुद्रामा उभिन्छिन्।  

दक्षिणतर्फको डाँडा भष्मासुर भष्म भएको खरानीको थुप्रोबाट बनेकाले त्यसलाई भष्मासुर डाँडा र भगवान् महादेव लुकेर बसेको गुफालाई गुप्तेश्वर भनिन्छ।  

मोहिनीको रूप र नृत्यमा मस्त भष्मासुर आफूले पाएको वरदान बिर्सिएर आफ्नो टाउकोमा हात राख्न पुग्छ र जलेर भष्म हुन्छ। मोहिनी रूपधारण गरेका भगवान् विष्णु त्यहीँ गुफामा अन्तर ध्यान हुन्छन्। त्यहीँ स्थान बिशंखुनारायणले पुजिन्छ। दक्षिणतर्फको डाँडा भष्मासुर भष्म भएको खरानीको थुप्रोबाट बनेकाले त्यसलाई भष्मासुर डाँडा र भगवान् महादेव लुकेर बसेको गुफालाई गुप्तेश्वर भनिन्छ।  

बिशंखुनारायणबाट फर्कदा विभिन्न रुट रोज्न सकिन्छ। भौतिक पूर्वाधार विकाससँगै सडक सञ्जाल धेरै बिस्तार भएका छन्। चलनचल्तीको बाटो चयन गर्दा सहज हुन्छ। पाटन मंगलबजारबाट लगनखेल, सात दोबाटो हुँदै करीब ७ किमि दूरी तय गरेपछि बाँडेगाउँ पुगिन्छ। बाँडेगाउँ, सिवाल चोकबाट बायाँतर्फको बाटो भएर करीब डेढ किमि दूरी तय गरेपछि गौदामचौर पुगिन्छ। गोदामचौरको फुटबल ग्राउण्डबाट बायाँतर्फ करीब २ किमि उकालो लागे बिशंखुनारायण पुगिन्छ। सवारी साधनको चाप केही हदसम्म छल्न सातदोबाटोबाट हरिसिद्धि, दमैटार हुँदै गोदामचौरबाट पनि बिशंखुनारायण पुग्न सकिन्छ।  

आज भय, त्रास, अन्यौल, अनिश्चितताका सीमित घेराका बीच खुम्चिएर बस्नुपर्दा आम मानिसको शारीरिक, मानसिक स्वास्थ्यका साथै आर्थिक अवस्थामा समेत निकै असर परेको छ। समस्या समाधानका लागि नागरिकस्तरबाटै भरपर्दो उपाय खोज्नुको विकल्प छैन।  

नागरिक आफैं सचेत भएर जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नेका लागि साइकल उपयुक्त साधन हो। उपत्यकाका वरिपरि विचरण गर्ने मनग्य ठाउँ छन्। त्यसैले आउनुहोस् उपत्यकाका छोटा दूरीमा साइक्लिङ गरौं। शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ एवं निरोगी बनौं।

प्रकाशित: १६ असार २०७७ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App