२३ असार २०७७ मंगलबार
ब्लग

मेरो भगवान हराएको छ

हरेकका मनबाट त्रासदीपूर्ण तस्बिर अझै हट्न सकेका छैनन्। हटोस् पनि कसरी ? महामारीकोयो रोग आएको पनि झण्डै चार महिना भइसकेको छ। ठाउँठाउँ होहल्ला मच्चिएको नै छ। त्यसो त धेरैका इहलीला मात्र होइन, पटक पटक अलग अलगरूपमा प्रकृतिले हामीलाई दौडाएको छ। त्यही दौडमा  धेरैका सपना पनि माटोमा विलिन भए। एक्कासिआएको महामारी रोगले विश्व हल्लाइदिएको छ। छिनभरको वर्षाले उठिबास लगाइदियो।लाखौँ घर लडे। सँगै सपना पनि। जमिनमात्र चिरा परेन, समाज अनगिन्ति चिरामा विभाजित हुन पुग्यो। धेरैका सपना धुवाँमा उड्यो। कतिको हिलोमा गाडियो।  

हामीले एउटा यस्तो महामारी भोगिरहेका छौँ कि यतिखेरविश्व नै आतंकित बनेको छ।सयौँको संख्यामा भताभुंग भएका छन् सपना। छिनभरमै टुटेका छन्। कतिको बास लडेको छ। कतिले आफ्ना गुमाएका छन्। कति रोगसँग लडिरहेका छन्। खाने भाँडो चर्किएको छ। फुटेको छ। यसरी सयौँ सपना लडेका छन् यतिखेर। कोरोना भाइरस अर्थात कोभिड–१९ को यो पीडाले कति सतायो भनिसाध्य नै छैन।यो महामारी आगोझैं सल्किरहेको छ।आफ्नैसँग दूरी बनाउनुपरेको छ। निसास्सिएर बस्नुपरेको छ।बन्देज जस्तो जिन्दगी बनाइदिएको छ सबैको।

यस्तो अवस्थामा पनि मान्छेको सोचकति घृणित बन्दैछ। यतिबेला पनि आपत्तिका शृंखला बढ्दोछ।उपचारका लागिक्वारेन्टाइनमा बसेकाहरू कतै बलात्कृत भएका छन्। कथित तल्लो जात भएकै कारण जातीय हिंसा भोग्नु परिरहेको छ। प्रकृतिको खेल बाढी÷पहिरोका विपत्ति भोग्नुु परिरहेको छ।उता राजनीति आफ्नो पासा फालिरहेको छ।भोका जनता मरिरहेका बेला पैतालाले कुल्चने जमिनमा लाखौँको बिछ्यौना बनाएका छन्। सहरका विद्यार्थी दूरशिक्षाको नाममा व्यस्त छन्। जहाँ खान नपुुुगेको ठाउँ छ त्यहाँका कलिला बालबालिका भनेअन्योलमा छन्।द्विविधामा छन्। भोको पेट पनि भरिन्छ कि भरिँदैन भन्ने पीडामा छन्।पुर्खाले मिचेर जम्मा गरेको सम्पत्तिमा रजाइँ गरिरहेकाहरूको भने पारै बेग्लै छ। सामान्य व्यक्तिका पीडा कसरी बुझ्लान् र उनीहरू।दिएर खाउँ भन्दा पनि चुुसेर न्वारानदेखिको बल निकाल्ने परम्परा रहेको हाम्रो समुुदायले लिन जान्यो, दिन जानेन।  

गाउँघरमा विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ। सरकारले विद्यालय नै बिरामी राख्ने क्वारेन्टाइन किन देख्यो ? ठूलाठूला होटेल, रेस्टुरेन्ट खाली नै छन् तरत्यतातिर सरकारको ध्यान जान सकेन। खासमा बालबच्चा पढ्ने विद्यालय दुरूपयोग हुँदैछ। उता मखमलको गलैँचामा रजाइ गरिरहेका छन् धेरै मानिस,यता कलिला चिचिलाहरू भनेनाङ्गो÷भोको अवस्थामा छन्।यसरी हेर्दा रोगसँग लडिरहेकाहरू भोकसँग पनि लड्न विवश छन्।

गरिब र दुःखीको लडाइँ प्रकृतिसँग मात्र छैन, भोको पेटसँग पनि छ। सवाल विपत्तिको मात्र छैन, यसले दिएको हरदुःखको पनि छ। लड्न त के सकिन्छ र प्रकृति र महामारीसँग जसले एकैपटक लाखौँलाई सिध्याइदिने हैसियत राख्छ। जसले करोडौँको घरबाट उजाड तुल्याइदिन्छ। त्यसैले भोका र गरिबहरू यस्तो अवस्थामा सहनेबाहेक केही गर्न सक्दैनन्। अनि उनीहरूलाई सहयोग गर्ने हातहरू पनि पक्षपाती भइदिएपछि कसको के नै लाग्छ र आखिर।

लाग्छ– मेरो भगवान पनि हराएको छ यतिखेर। आनन्दले दूरी बनाएर बसेको छ। हामी कस्तो धरतीमा छौँ। न मरुभूमि, न त हरियाली। जीवनमा वेदनाको घामपानीले पटक÷पटक हिर्काउँछ। न रुन सकिन्छ न हाँस्नै। न बाँच्न अनि न मर्न। खाली चोट, वेदना व्यथामाझ माझिएका छौँ। पहाडको उकाली÷ओरालीमा घाम नपुगेका डाँडाहरूमा गल्ली गल्लीका चापहरूमा कैयौँ चोट र व्यथाका घाउ अनगिन्ती छन्। कुहिरोहरू फाटन नसकेको देशमा कैयौँ सपना फाटेका छन्। कैयौँको चाहना अलपत्र परेका छन्।ओत र आहारा खोज्दाखोज्दै सिकारीको पासोमा अल्झन्छन् कति नारी। कति चिचिला चुँडिन्छन् अल्पायुमै।

डाँडा/काँडाबीच कलिला प्रगतिका पोकाहरूको दुःखेको मन र चर्केका छाती देख्ने आँखा कता छन् ? खै कतै देखिँदैन। राज्यको आँखामा नपुग्नु विडम्बना, हामीमाझमा बाँच्नुका धेरै आश्वासन छन्। कम्तीमा सयौँ सपना छन्। त्यही सपनाले दौडाउँदै छन् हामीलाई मरुभूमिमा, बस्ती÷बस्तीमा। सुकेका ओठहरू मुस्कानका लालीहरू खोज्न आफ्नै देशबाट परदेशिएका छन्। त्यही एउटा विकल्प भएझैँ। अरूको मरुभूमिलाई हराभरा पारिएकै छ तर आफ्नै हरियालीको भने गोडमेलसम्म गरिँदैन। हाम्रो मनभित्र समुन्द्रको छाल परेको छ। त्यही छालले सपनाका महल कता पुराउँछ थाहा छैन। पीडाका दर्द र रोगले हामीलाई कहिले यता पछार्छ, कहिले उता दौडाउँछ। कहिल्यै महामारी जस्तो रोगले गाल्छ त कहिलेभूकम्पको कम्पनले हल्लाउँछ।कहिले भने भोको शरीरले रुवाउँछ। यसरी हामीलाई वेदनाले रुवाइरहन्छ बारम्बार।  

शरद ऋतुहरूसँग धेरै फूल फुले होला। ती फूलमा कति रमाए, पहिरोले पुरिए। कति कति निमोठिए। हरेक विपत्तिका शृंखला अस्तित्वहरूमा पिल्सिएका छन्। अपमान र पीडाहरूले छियाछिया पारेका छन्। उही पुरानो इतिहास छ। दुर्वलताहरूलाई आड र भरोषा भाग्यको उदय नै छैन। विश्वासहरू धुजा धुजा परेर नासिएको छ। कठै भन्ने आत्माहरूले विश्वासमा खडेरी पारिदिएका छन्। हामीले भातलाई नूनिलो आँसुले डल्ला बनाइ ज्युनार गर्नु छ। हरेकपल्ट हाम्रा दुःखहरूले हामीलाई पछ्याएका छन्। विडम्बना, टेक्ने धरतीबीच पनि दुर्बलता र सर्बलताबीच पक्षपात भइरहेको छ। थुप्रै षड्यन्त्र र अनेक खेलमा परेको हाम्रो जीवनमा अरूको जडौली छिरेको छ।

बिस्तार सुनियोजित योजनाहरूले लम्काएका हातहरूमा खाली गरिबीमात्र पिल्सिएको छ। रुँदा÷कराउँदा गरिब अवशेषहरू मात्र खेलको सिकार बनेका छन्, युवकहरू नासिए, युवतीहरू कुनै भयभित पुरुषको सिकार बन्दैछन्। सहरिया रमझममा डुबेका शेषहरूले कहाँ यो देख्छ र ? मर्नेहरूको भीडमा लालीगुराँस फुल्न छाडेको छैन, बगर आफ्नै ठाउँमा छ। जंगलमा स्याल कराउन छाडेको छैन। बाघको आडमा बिरालोहरू पनि राजा बनेका छन्। र, उनीहरूको चलखेलमा बनेको जंगल आफ्नै गुडमा पनि डराउनुपर्ने भएको छ।  

अरूको मानो खाएर जीवन चल्ने यथार्थ भाग्य, अरूको फाटेको लगाएर जिउ छोप्ने आदर्श हाम्रो परिसक्यो, भाग्दै÷भौतारिँदै हिँड्ने बानी परिसक्यो। अब मागेको नखाए पेट टम्म हुँदैन, सहरभरि नाङ्गो शरीर भोको पेटको मात्र बस्तीमा छ। गल्ली÷गल्लीमा चेप÷चेपमा उकाली÷ओरालीमा सबै ठाउँमा यही समस्या छ। अरूको पछ्यौरी समात्ने रोग लागेको छ। हाम्रो सहारा बनेको छ।  

जीवनको तरङ्गित सोचमा राजनीति जब जम्छ, रङ बदल्ने राजनीतिले भोको नाङ्गो शरीर देख्छ। सडकका गल्लीहरूमा, पेटीहरूमा, मन्दिरहरूमा, सडकका किनाराहरूमा गाउँ÷गाउँमा उसले भोको पेट, नाङ्गो शरीर देखेन भने उसको नीति बन्दैन, गुहार र पुकार हँुदैन। त्यसैले जताततै छ, बाक्लो बस्तीबीच नाङ्गा मान्छे र भोका पेट लम्पसार परेर डुबेका छन्।              कठै विडम्बना, टेक्ने धरतीबीच पनि दुर्बलता र सबलताका बीच पक्षपात बनिरहेको छ। थुप्रै षडयन्त्र र अनेक खेलमा परे हाम्रो जीवन।  

बिस्तार सुनियोजित योजनाहरूले लम्काएका हातहरूमा खाली गरिबीमात्र पिल्सिएको छ। रुँदा÷कराउँदा गरिब अवशेषहरूमात्र खेलको सिकार बनेका छन्। युवकहरू नासिए। युवतीहरू कुनै भयवित पुरुषको सिकार बन्दैछन्। सहरिया रमझममा डुबेका आबद्ध शेषहरूले कहाँ यो देख्छ र ? जन्म्यो, हाँस्यो, म¥यो, रोयो, माया÷ममताको शृंखला क्रमबद्ध छ। तर पनि मर्नेहरूको भिडमा लालीगुराँस फुल्न छाडेको छैन। बगर आफ्नै ठाउँमा छ। जंगलमा स्याल कराउन छाडेको छैन।  

मनमा ओझेल परेको छ यतिखेर। गहभरि टिलपिल आँसु पनि छ। त्यही आँसुभित्र सपनाको नौलो ससांर छ अझै पनि। खाली सपनाहरूले मात्र रमाएको मन, त्यो मनभित्र सपनाहरू पक्कै छन्। विद्यार्थीका आँखामा एउटा सुुन्दर भविष्य छ। सबैको मनमा कैयौँको मनमासुन्दर सपना छन्।पक्कै भोलि नयाँ दिन आउनेछ। अर्थात हराएको भगवान फर्केर आउनेछ।

 

 

प्रकाशित: १० असार २०७७ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App