२० श्रावण २०७७ मंगलबार
ब्लग

मकालुको हिरो

उदाहरणीय युवा

संजिब गुरुङ

कोरानो भाइरसले संसारको अर्थतन्त्र थिलथिलो बनाएको छ । अब खोप नबनेसम्म पर्यटकीय चहलपहल हुने देखिँदैन । एकातिर रोगको डर, अर्कातिर आर्थिक मन्दी, कसरी आउलान् र पर्यटक ? त्यसैले अब दुई वर्ष जति विदेशी आउनेमा  आशावादी हुन सकिँदैन ।  

पर्यटनमै आश्रित मजदूर र व्यवसायी ठूलो मारमा परेका छन् । सिजनमा पर्यटकलाई डाँडापाखामा डुलाएर कमाएको रकमले अफ सिजनमा समेत खर्च धान्नुपर्ने अवस्थामा हुन्छन् पर्यटन मजदूर । त्यस्तै एक जना श्रमजीवी हुन्–संजिब गुरुङ ।  

पर्वतारोहण तालिमका सिलसिलामा लाङटाङमा ।  

आफ्नो १३ वर्ष लामो पर्यटन यात्रामा अकल्पनीय महामारी भोग्दैछन् उनी । अधिकांश मजदूर सिजनमा कमाउँछन् र अफ सिजनमा खर्च गर्छन् । सिजनमा कमाएर तिरौंला भनेर उधारोमा पनि बाँच्छन् । नेपालमा वर्षमा दुई पटक असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म पर्यटनको सिजन चल्छ ।

उनी त आउँदो असोजसम्म थेगिन सक्छन् । तर, उनका धेरै साथीको बिचल्ली भैसकेको छ । ‘अफ सिजनमा ऋण खाएर बसेका गाइड र भरियालाई राहत देऊ भन्दा त सरकारले सुनेन’, सञ्जिव गुरुङले भने, ‘सरकारबाट अरू के आशा गरौं ?’    

कोरोनाले हजारौं मजदूरहरू तनावमा परेका छन् । भोलिको दिन सम्झँदा कहाली लाग्छ । गुरुङको हकमा दालभात चलेकै छ । भाग्यवश उनले गएको सिजनमा मार्चदेखि अगस्टसम्म विदेशीलाई ग्रेट हिमालय टे«ल पदयात्रा गराएका थिए । त्यही  कमाइले खर्च धान्दैछन् अहिले ।  

स्विस टोलीसँगै मकालु बेस क्याम्पमा ।

उनी ‘ट्रिप हिमालय टे«क एन्ड एक्सपिडिसन’ मार्फत् पर्यटक डुलाउँछन् । कोरोना नभइदिएको भए यतिबेला उनी हिमाली भेकमा हुन्थे । कोरोनाका कारण उनका पाहुना यात्रा रोक्न बाध्य भए । यसरी कोरोनाले उडायो सपना ।

उनको कम्पनीले स्विस पर्यटक भित्र्याउँछ । ती साहसी स्वभावका हुन्छन् । ‘लकडाउन खुल्यो भने असोजकात्तिकमा ती आउनेछन्’, गुरुङ सुनाउँछन्, ‘त्यस्तो संकेत नदेखिए पनि आशावादी त बन्नैपर्छ ।’

उनी आउँदो असोजसम्म थेगिन सक्छन् । तर, उनका धेरै साथीको बिचल्ली भैसकेको छ । ‘अफ सिजनमा ऋण खाएर बसेका गाइड र भरियालाई राहत देऊ भन्दा त सरकारले सुनेन’, उनले भने, ‘सरकारबाट अरू के आशा गरौं ?’  

आफूले १३ वर्ष अनुभव सँगालेको काम छाडेर अर्को पेशामा फड्को मार्नु कसरी ?  

स्पेनिसलाई सोलुखुम्बुको आइल्याण्ड पिक चढाउँदै ।  

उनका आँखामा पहिलो पटक काठमाडौं पसेदेखिका दृश्य फनफनी घुम्दै छन् । संखुवासभा जिल्ला, मकालु गाउँपालिका–५ को माङसिमा गाउँबाट ठगेन्द्र गुरुङको कम्पनीमा काम गर्न काठमाडौं आएका थिए उनी । ठगेन्द्र उनका आफन्त ।  

खाँदबारीमा प्लसटु गरेर फुर्सदिलो बनेका बेला काठमाडौं आएका उनी संघर्षले खारिएका छन् । काठमाडौं आउँदा उनीसँग खासै ठूलो सपना थिएन । नयाँ ठाउँ हेर्न र नयाँ कुरा सिक्ने इच्छा भने थियो ।  

‘पर्यटकसँग घुम्दा काम पनि पाइने र घुम्न पनि पाइने भएकाले पर्यटनमा लागेको हुँ’, उनले भने, ‘भरिया बनेर पहिलोपटक चुलु वेस्ट पदयात्रामा गएको थिएँ । त्यो बेला दिनको ४ सय रुपैयाँ ज्याला पाइन्थ्यो ।’

चालीस किलो तौलको भारी बाकेर उकालो लाग्दा खल्खल्ती पसिना बग्थ्यो । जति उकालो चढ्दै गयो उति खाद्यान्न घट्दै जान्थ्यो । भारी हलुँगो हुँदै जान्थ्यो ।  

उनका अनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आआफ्नो क्षेत्रका पर्यटकीय संभावना खोजी गरी त्यसलाई राम्रो प्याकेजिङ र ब्राण्डिङ गर्नुपर्छ । त्यो काममा कोरोनाले बेरोजगार बनेका गाइड तथा विज्ञलाई लगाउन सकिन्छ ।  

काम गर्दै जाँदा अनुभवी बन्दै गए । उनी भरियाबाट बढुवा भएर दुई वर्षमै पोर्टर गाइड बने । बिस्तारै असिस्टेन्ट गाइड बने । सन् २०११ मा गाइडको लाइसेन्स लिएपछि सजिलो भयो ।  

आमाडब्लम हिमाल आरोहण क्रममा ।  

जीवनमा बिस्तारै सुखका दिन छाउँदै थियो । कोरोनाले बिथोल्यो । लकडाउनले आम्दानी ठप्प भयो । श्रीमतीको जागिर पनि समस्यामा प¥यो । परिवारको जिम्मेवारी उनकै काँधमा छ । काठमाडौंको रानीवन क्षेत्रको डेरामा आमा, दिदी, साली, श्रीमती र १५ महिनाकी छोरीसँगै बस्छन् उनी ।  

‘आउँदो सिजनमा पर्यटक घुमाउन पाइएन भने मैले पनि कि त ऋण खोज्नुपर्छ कि त गाउँ फर्कनुपर्छ’, उनले बुझेका छन्, ‘सोचे जस्तो हुन्न रहेछ जीवन ।’  

साँच्चै नसोचेकै भयो । बरु १२ वैशाखको भुइँचालोपछि नेपालप्रति विदेशीको ठूलो सहानुभूति थियो । आज कोरोनाले नेपाललाई मात्र होइन, सिंगो विश्वलाई डसेको छ । एकातिर भाइरसको डर छ भने अर्कोतिर आर्थिक मन्दी ।  

पर्यटन क्षेत्र प्रभावित भैसक्यो । बैंकको व्याज तिर्न नसक्दा पर्यटनकर्मी आत्तिसके । निराशा बढ्दै छ । उनले देखेका छन् कि ठमेल क्षेत्रका कतिपय होटल तथा गेष्टहाउस सस्तो मूल्यमा बिक्रीमा राखिएका छन् ।  

‘सरकारले बजेटमा पर्यटन क्षेत्रलाई सम्बोधन गरेन’, उनले भने, ‘सरकारले संरक्षणको नीति ल्याएन भने डाँवाडोल हुन्छ ।’  

मुस्ताङ र डोल्पा लगायत क्षेत्रमा जाने पदयात्रीसँग विशेष अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । विशेष परमिट किन ? जबकि ती ठाउँमा जोकोही सजिलै जान र फर्कन सक्छन् । त्यसैले विशेष परमिट लिने व्यवस्था खारेज गरिनुपर्ने उनको सुझाव  छ ।  

बीस लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ गरेको केही समयमै कोरोनाले संसारलाई थुचुक्क बसायो । कोरोना महामारी नआएको भए पनि हामी लक्ष्यमा पुग्न सक्ने थिएनौं किनकि हामीले न अन्तर्राष्ट्रिय बजारमा राम्रो मार्केटिङ गरेका थियौं न नयाँ प्रोडक्ट ब्राण्डिङ गरेका थियौं ।

तिलिचो तालमा ठगेन्द्र गुरुङ र तेन्जिङ गुरुङको साथमा ।  

नेपालले विश्व बजारमा धेरै किसिमका पर्यटकीय प्रोडक्ट पस्कन सकेको छैन । त्यही एभरेस्ट, अन्नपूर्ण र चितवनमा केन्द्रित छन् व्यवसायी । ‘हामीले नयाँनयाँ प्रोडक्ट दिनुपर्छ’, उनी भन्छन्, ‘हालको मन्दीमा हामी त्यो काम गर्न सक्छौं ।’

उनका अनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आआफ्नो क्षेत्रका पर्यटकीय संभावना खोजी गरी त्यसलाई राम्रो प्याकेजिङ र ब्राण्डिङ गर्नुपर्छ । त्यो काममा कोरोनाले बेरोजगार बनेका गाइड तथा विज्ञलाई लगाउन सकिन्छ ।  

यसबाट दुइटा फाइदा हुन्छ, पहिलो हामीसँग नयाँनयाँ पर्यटन प्रोडक्ट थपिन्छन् । दोस्रो, कोरानाबाट बेरोजगार बनेको जनशक्ति पेशामा टिकिरहने वातावरण बन्छ । ‘नयाँ प्रोडक्ट एक्सप्लोर गर्न, ब्राण्डिङ र प्याकेजिङमा हामी जस्ता गाइडलाई सरकारले लगाए, हामी बाँच्नेथ्यौं’, साहसिक युवा संजिब भन्छन्, ‘देशले पनि नयाँ चीज पस्कन पाउँथ्यो ।’  

पक्कै पनि अनुभवी जनशक्ति पलायन भए भने भोलि मुलुकले त्यसको मूल्य चुकाउनु पर्नेछ ।  

हाम्रो मुलुकमा पर्यटन सुरु भएको ६ दशक नाघिसक्यो । आजसम्म नेपालको मार्केटिङ गर्ने श्रेय विदेशीलाई जान्छ । ‘हामीले न एक्सप्लोर गरेका छौं न मार्केटिङ । हाम्रो मार्केटिङ पनि विदेशीले नै गरिदिएका हुन्’, उनले भने । 

धौलागिरि राउण्ड पदयात्रामा स्विस पदयात्रीसँगै ।  

सस्तो गन्तव्य बन्दैछ नेपाल । कम्पनीहरू बीचको अस्वस्थ प्रतिस्पर्धाले पर्यटकले सस्तोमा घुम्न पाएका छन् । ‘बीस वर्षअघि बेचेको भन्दा पनि सस्तो प्याकेज बेच्दैछन् व्यवसायी’, उनी सोध्छन्, ‘यसले हामीलाई कहाँ पु¥याउला ?’  

प्रकृतिको अनुपम उपहार नेपाल । हाम्रो हिमाल, पहाड र तराई सबैतिर पर्यटनको अथाह सम्भावना छ । राम्रो पूर्वाधार विकास, सुरक्षा व्यवस्था र मार्केटिङ गर्न सके हामीले वर्षमा करोडौं विदेशी भित्र्याउन सक्छौं ।

त्यसैले सरकारले व्यवसायमैत्री नीतिनियम बनाउनुपर्छ । ‘पोलिसी लेभलबाटै करेक्सन नभएसम्म पर्यटन उद्योगमा आशावादी हुन सकिन्न’, उनी भन्छन्, ‘खच्चड व्यवसायीसँग पनि भ्याट बिल मागेर हुन्छ ? नेपालमा व्यवसायमैत्री नीति कहिले बन्ला ?’  

अधिकांश लियाजो अफिसर हिउँचुलीका वेस क्याम्पमा पनि पुग्दैनन् । ‘तिनलाई कम्पनीहरूले एकमुष्ट २ हजार डलर भत्ताका साथै खाना खर्च र यातायात सुविधा दिनुपर्छ’, गुरुङ प्रश्न गर्छन्, ‘ती सरकारी कर्मचारी हुन् । तिनलाई हामीले फेरि किन ज्वाइँजस्तो पाल्नुपर्ने ?’

पदयात्रामा धेरै गाइड संलग्न छन् । नाथम, टान लगायत संस्थाले दिने तालिम व्यावहारिक नभएको उनको अनुभव छ । ‘टे«किङ गाइड तालिम नाउँ मात्रको हुन्छ, व्यावहारिक हुँदैन’, उनी भन्छन्, ‘हामीलाई लेक्चर र भाषण मात्र काम लाग्दैन ।’  

अर्को महत्वपूर्ण कुरा, मुस्ताङ र डोल्पा लगायत क्षेत्रमा जाने पदयात्रीसँग विशेष अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । ती ठाउँमा घुम्न पर्यटकले १० दिनको ५ सय डलर तिर्नुपर्छ । त्यसपछि प्रति दिन ५० डलर तिर्नुपर्छ ।  

विशेष परमिट किन ? जब कि ती ठाउँमा जो कोही सजिलै जान सक्छन् । अनि सजिलै फर्कन सक्छन् । त्यसैले विशेष परमिट लिने व्यवस्था खारेज गरिनुपर्ने उनको सुझाव छ ।  

त्यस्तै पर्वतारोहणमा जाँदा ६५ हजार मिटरभन्दा माथिका हिमालचुली चढ्न अनिवार्य लियाजो अफिसर लानुपर्ने नियम छ । तर, अधिकांश लियाजो अफिसर हिउँचुलीका वेस क्याम्पमा पनि पुग्दैनन् ।  

तिनलाई पाल्नु पर्दा ट्रिप महँगो पर्छ । ‘तिनलाई कम्पनीहरूले एकमुष्ट २ हजार डलर भत्ताका साथै खाना खर्च र यातायात सुविधा दिनुपर्छ’, गुरुङ भन्छन्, ‘ती सरकारी कर्मचारी हुन् । तिनलाई हामीले फेरि किन ज्वाइँजस्तो पाल्नुपर्ने ?’  

थोराङ भञ्ज्याङमा ।  

सरकारले गुरुङ जस्ता अनुभवीका कुरा सुन्नुपर्छ । उनी उदाहरणीय युवा हुन् । उनको मनमा नेपालको माया छ । त्यसैले विदेशमा बस्ने अवसर छाडेर उनी स्वदेशमै कर्म गर्दैछन् । कहिले विदेशीलाई पदयात्रा गराउँछन् त कहिले हिमाल चढाउँछन् ।

पर्वतारोहण सजिलो काम होइन, जीउज्यान जोखिममा राख्नुपर्छ । विदेशीलाई पर्वतारोहण गराउँदा राम्रै कमाइ हुन्छ । त्यही देखेर उनले सन् २०१४ मा पर्वतारोहण तालिम लिए । अनि आमाडब्लम, याला पिक, चुलु वेष्ट, आइल्याण्ड पिक, थापा पिक लगायतमा आरोहीलाई पु¥याए ।

हजारौंले सर्वोच्च शिखर सगरमाथा चढिसके । उनलाई पनि सगरमाथाको चुलीमा पुगेर नेपालको झन्डा फहराउने चाहना छ । ‘एकचोटि सगरमाथा चढ्ने मन छ’, उनले भने । उनलाई शुभकामना !  

हाल उनी नेपाल पर्वतारोहण संघ (एनएमए)को कार्यसमितिमा सदस्य पनि छन् । पर्वतीय पर्यटनमा क्रियाशील हुनुपर्ने संघमा राजनीतिक हाबी छ । नेतृत्वमा पर्वतारोहण बुझेका मान्छेभन्दा पनि राजनीतिक कार्यकर्ता हुन्छन् । त्यसैले संघले राम्रो काम गर्न सकेको छैन । यसबाट उनी पनि दुःखी छन् ।  

हजारौंले सर्वोच्च शिखर सगरमाथा चढिसके । उनलाई पनि सगरमाथाको चुलीमा पुगेर नेपालको झन्डा फहराउने चाहना छ । ‘एकचोटि सगरमाथा चढ्ने मन छ’, उनले भने । उनलाई शुभकामना !  

तन्नेरीहरू साहसिक गतिविधिमा रमाउँछन् । उनी कुशल साइक्लिष्ट पनि हुन् । ठगेन्द्र गुरुङहरूसँग मिलेर उनले धेरैतिर माउन्टेन बाइक दौडाएका छन् । तिलिचो पास, राउण्ड अन्नपूर्ण, पोखरा–त्रिशुली–काठमाडौं लगायत रुटमा ।  

काठमाडौंमा पनि उनी साइकल कुदाउँथे । तर, ७ महिनाअघि उनको माउन्टेन बाइक हरायो । कोरोनापछि अर्को साइकल किन्नेछन् ।  

याला बेस क्याम्पमा ।  

जिन्दगी भनेकै घामछायाँ हो । उनी आत्तिएका छैनन् । भविष्यका योजना बनाउँदैछन् । नयाँनयाँ पर्यटकीय संभावना खोजी गर्ने उनको चाहना छ । उनले मकालु र क्याञ्जिरोवा क्षेत्रमा नयाँ पदमार्गको विकासमा टेक्निकल सहयोग पु¥याएका थिए । त्यस्तै पर्वतारोहण संघबाट सन् २०१८ मा शेर्पिनी कोल र आम्पु लाप्चामा चेन एङ्कर (फलामे डोरी) राखेका थिए ।  

उनले विदेशको पर्यटनलाई पनि नजिकबाट हेरेका छन् । स्विजरल्याण्ड र इटालीका अग्ला भञ्ज्याङहरूमा सामुदायिक लज चलाइएको हुन्छ । गाउँभन्दा टाढा स्थानीय सरकार वा क्लबले घर बनाएर ठेक्कामा दिने चलन छ ।  

हाम्रा संजिबलाई लाग्छ कि यस्तो काम नेपालका गाउँपालिकाले किन नगर्ने ? उनले आफ्नै मकालु गाउँपालिकामा पहल गरेका थिए । तर, गाउँपालिकाले उनका कुरा सुनेन ।  

समय बितिसक्यो, आज हामीले विगतका कमजोरीबाट सिक्नुपर्छ । दिगो पर्यटनको गोरेटो खन्नुपर्छ । त्यसका लागि योजना बनाउने समय यही हो । आखिर दिगो पर्यटनको आधारस्तम्भ भनेकै आन्तरिक पर्यटक हुन् । त्यसैले अब सरकारले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नैपर्छ ।  

सरकारले पर्यटनमा नयाँ आयाम खोजी गर्न संजिब गुरुङ जस्ता अनुभवी युवालाई  मौका दिनुपर्छ । मकालुको काखमा जन्मे÷हुर्केका गुरुङलाई धेरैधेरै शुभकामना !  

राउण्ड धौलागिरि पदयात्राको हिडन भ्यालीमा ।  

प्रकाशित: ३१ जेष्ठ २०७७ १८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App