३१ श्रावण २०७७ शनिबार
ब्लग

कोरोना व्यवस्थापनमा सामाजिक विश्वास

सौगात गौतम

सौगात गौतम

सामाजिक व्यवस्था कायम गर्न राज्यको भूमिका एकदमै अहं हुन्छ । राज्य र समाजको सम्बन्ध सामान्य देखिए पनि यो प्रक्रिया जटिल हुन्छ । हाम्रोजस्तो समाज स्वभावले नै अराजक छ, कारण हो जरा जसरी गाडिएको संरचनावाद । जात, भाषा, भूगोल, वर्ग आदिले समाजलाई प्रभावित पार्दै आएको छ । त्यसैले पनि द्वन्द्वको सामान्य सिद्धान्तले राज्य बलियो वा प्रभावकारी हुँदा समाज कम अराजक हुने गर्छ भने राज्य कमजोर हुँदा समाज अराजक, विद्रोही र अटेरी भएर जान्छ । यो सम्बन्ध विभिन्न कारक तŒवले निर्देशित र प्रभावित हुन्छ, जस्तै अहिले कोरोना महामारीले प्रभावित पारेको छ । यसले सामाजिक संवादलाई उथलपुथल पारेको छ र त्यसमा पनि सामाजिक विश्वासलाई चुनौती नै दिएको छ ।  

सौगात गौतम

यस लेखमा सार्वजनिक विश्वासबारे चर्चा गर्न खोजिएको छ । यसलाई पब्लिक ट्रस्ट अर्थात् सार्वजनिक वा सामाजिक विश्वासको रूपमा बुझ्न सकिन्छ । राज्य र समाजबीच एक–अर्काप्रति परस्पर विश्वासको महŒवबारे बहस गर्न खोजिएको छ । विशेषगरी विश्व नै कोरोनाको महामारीसँग लड्दै गर्दा समाजको भूमिकाबारे केही विश्वव्यापी अभ्यास खोजी विश्लेषण गरिएको छ ।  

हाम्रो समाज संरचनात्मक र श्रेणीगत छ । यही मानसिकता हाबी भएर श्रेष्ठता परिभाषित गर्ने गरिन्छ, त्यसले पनि सामाजिक संस्थाहरू (नयाँ वा पुराना) हाबी हुने गर्छन्, समाजमा विश्वास विकास गर्न । सामाजिक विश्वास घट्नु वा नहुनुको कारण धेरै छन्, राज्यले बोलेअनुरूप काम गर्न नसक्नु, बदलिँदो सामाजिक परिवेश, सञ्चार माध्यमको र सामाजिक सञ्जालमा विकास हुने जनमतजस्ता कुराले धेरै प्रभावित गर्ने गर्दछ ।

 

राज्य र समाजको अन्तक्र्रियाले राज्यव्यवस्था निर्धारण हुँदै आएको छ । समाजले सहेर होस् वा विद्रोह गरेर, राज्यको स्वरूप समाजले नै परिवर्तन गर्ने सामथ्र्य राख्छ । समाज राज्यभन्दा बृहत संगठन हो । समाज सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, नैतिक, धार्मिक र अन्य आधारको अन्तक्र्रियाबाट गठन हुन्छ । राज्यलाई केवल राजनीतिक संस्थाको रूपमा हेरे पनि यसको नियन्त्रण अर्थ, धर्मजस्ता विषयवस्तुमा पनि हुन्छ । तर, राज्यको प्रमुख आधार भनेको समाज नै हो । राज्य सञ्चालक त व्यवस्थाको चालक मात्रै हुन् र त्यही समाजको उत्पादन ।

प्राचीन युगदेखि आजसम्म राज्य परिवर्तनको पाटोहरू केलाउने हो भने राज्यको विकास क्रम प्रस्टाउँछ । कुनै समयमा युद्ध गरेर शक्ति सिद्धान्तको आधारमा होस् या अहिले आएर परिवार, धर्म हुँदै राजनीतिक चेतनाजस्ता विभिन्न कारक राज्यको विकासका आधार हुन् ।  

समाज विकास हुने क्रममा सम्पत्तिको अवधारणा विकास भयो र समाजले राज्यसँग अपेक्षा राख्न थाल्यो । त्यसपछि समाजले राज्यसँग सुरक्षाको अपेक्षा ग¥यो र राज्यलाई आफ्नो सम्पत्तिको अंश जिम्मा लाउन थाल्यो । अहिले यो करको रूपमा विभिन्न तरिकाले सरकारलाई बुझाउने गरिन्छ । यो अपेक्षासँगै विश्वासको कुराहरू आउन थाले । राज्यमा हुने निर्णयहरू विश्वासले डो¥याउन थाल्योस्, त्यो थियो राज्य र समाजको एक अर्कासँगको भरोसा । अपेक्षा विश्वासमा परिणत नहुँदा समाजले राज्यलाई अटेर गर्न थाल्छ भने राज्यले समाजलाई विश्वास गर्न छोडे निरंकुशताको बाटो अपनाउँछ । त्यसैले, दुर्खाइम जस्ता समाजशास्त्रीले समाजमा रहेका विभिन्न अंगबीच विश्वासको सम्बन्ध भए मात्र बलियो राज्यको आधार बन्ने कुरामा जोड दिन्छन् ।  आजकाल नेपालमा निकै विश्लेषण हुने विषय भनेको राज्यले गुमाएको विश्वासबारे हो । अझ कोरोनाले आक्रान्त बनाएका बेला राज्य कति प्रभावकारी भन्ने बहसले निकै ठाउँ पाएको छ । राज्यको कमी–कमजोरी बारे चर्चाले दिनहुँ सञ्चार माध्यमहरूमा स्थान पाउँदै आएको छ । राज्यको शक्तिको आधार भनेको समाज नै हो । राज्य र समाज एउटा अघोषित अनुबन्धमा बाँधिएका हुन्छन् । र, त्यो अनुबन्ध नदेखिने तर विश्वासको धागोमा अडिएको हुन्छ । सैद्धान्तिक रूपमा जब–जब राज्यप्रति समाजको विश्वास घट्छ, तबतब राजनीतिमा घटना घट्ने गर्छ । अथवा समाजमा अराजकताले ठाउँ पाउने गर्छ । समाजमा पनि त्यो विश्वास हुनुपर्ने अपरिहार्यबारे चर्चा हुने गरेको छैन । त्यसैले सामाजिक विश्वासको महŒवबारे चर्चा गर्न केही तथ्यसहित यो सामग्री तयार पारिएको छ ।  

कोरोना व्यवस्थापनमा विश्वास

धनी र बलियो भनिएका देशहरूमा पनि कोरोना नियन्त्रण नभएको कुरा अवगत नै छ । त्यसको मतलब के हो भने महामारी हरेक देशका लागि ठूलो परीक्षणको घडी बनेको छ, र आफ्नो समाज सापेक्ष नीतिहरू ल्याएर महामारीसँग जुध्ने तयारी गरिँदै छ । युरोपको दुई देशको उदाहरण हेरौँ । एकातिर स्पेन, जहाँ कडा नियम लागू गरेर घरमै बस्न बाध्य पारियो । अर्कोतिर स्विडेनले लकडाउनको साटो सामाजिक दूरीलाई स्वनियमन भन्दै नागरिकहरूलाई व्यक्तिगत जिम्मेवारीको नाम दियो । आपसी विश्वासमा निर्णय गर्न जिम्मेवारी दिइयो र राज्यले जिम्मेवारीको ठूलो हिस्सा नागरिकलाई नै सुम्पियो । त्यसैले स्विडेनमा केही पनि बन्द गरिएन र सामाजिक दूरीमा रही दैनिकी चल्न थाल्यो ।  

विश्व स्वास्थ्य संगठनले स्विडेनले भविष्य प्रतिनिधित्व गर्ने मोडल देखाएको छ भनेर प्रशंसा ग¥यो । यसलाई लकडाउनबिनाको विश्व यस्तो हुनपर्छ भनेर प्रस्तुत गरियो । जनतामा विश्वास उच्च छ, त्यसैले रणनीति नै जनविश्वास हुन पुग्यो ।  

विश्व स्वास्थ्य संगठन, गार्डियन लगायत अन्य अन्तर्राष्ट्रिय पत्रपत्रिकाले डेनमार्क स्विडेनजस्ता देशको अध्ययन गरी एउटा निचोड निकाले । उच्च स्तरको सामाजिक विश्वास भएका देशहरू अरु देशहरूभन्दा कोरोनाभाइरससँग लड्न सफल भइराखेका छन् । राज्य र नागरिकबीच समन्वयको खाँचो, जसको साँचो हो एकअर्का प्रति विश्वास ।  

अब कुरा गरौँ, रोचक उदाहरणको रूपमा हेरिएको देश डेनमार्कको । सामाजिक विश्वासमा डेनमार्क अग्र भागमा रहेको पाइन्छ । डेनमार्क विश्वको सबैभन्दा कम भ्रष्ट देशको रूपमा चिनिन्छ । स्क्यानडेभियन देशहरू (नर्वे, डेनमार्क, स्विडेन) विश्वास कल्याणकारी राज्यका लागि आधारभूत आवश्यकता र तŒव हो भनेर व्याख्या गर्छन् । डेनमार्कको आरुष विश्वविद्यालयका प्रोफेसर बर्जन्स्कोभले भनेका छन्, यी देशहरूमा दृष्टिकोण नै यस्तो छ कि स्कान्डिनेभियालीहरूबीच उच्च स्तरको विश्वास नै निष्पक्ष राजनीतिक प्रणाली र प्रभावशाली कानुनी प्रणालीको आधार हो । उनी व्याख्या गर्छन्, डेनमार्क र नर्वेजस्तो देशमा आन्तरिक स्थिरताका कारण समाजमा रहेको विश्वास नै हो ।  

बर्जन्सको तर्क छ कि कल्याणकारी राज्य ती राज्यहरूमा सफल हुन्छन्, जहाँ विश्वास गर्ने वातावरण छ । कुनै नियम पालना हुने क्रममा समाजको सहज सहभागिता भयो भने त्यहाँ विश्वासको वातावरण हुन्छ भनेर उनी तर्क गर्छन् । राज्यले हस्तान्तरण गर्ने सेवा वा पैसा पाउनेलाई वास्तवमै आवश्यकता हुन्छ भन्ने सिद्धान्तको आधारमा नै कल्याणकारी राज्य निर्माण हुन्छ । उनी भन्छन्, क्यानडा, न्युजिल्यान्ड जस्तो राज्यमा यो लागू हुन सक्छ भने ग्रिसजस्तो राष्ट्रमा पतन हुनेछ, जहाँ अविश्वास र भ्रष्टाचार व्याप्त छ । नेपाल पनि अहिलेको अवस्थामा यही सूचीमा पर्ला ।

कोरोना रोकथामका लागि डेनमार्कले विश्वास वा भरोसालाई महामारी जुध्नलाई राम्रो माध्यमको रूपमा चित्रण गरेको छ । अहिलेको परिस्थितिमा राज्यले समाजलाई नियन्त्रण गर्न र मान्छेहरूको व्यवहार बदल्न धेरै स्रोतहरू प्रयोग गर्नुपरेको छ, वा भनौँ देश नै ठप्प बनाउनुपरेको छ । जुन समाजमा विश्वास उच्च हुन्छ, राज्यले स्रोतहरू बचाउन सक्छ । किनभने नागरिकले धेरै नियम आफैँ पालना गर्छन् । डेनमार्क के कुरामा विश्वास गर्छ भने समाजको स्वेच्छिक सहयोगको भावनाले समस्यासँग जुध्ने क्षमता बढाउँछ । सबैले आफ्नो हितका लागि अपनाउनुपर्ने न्यूनतम नियम अपनाउँछन् र विश्वास गर्छन्, अरूले पनि त्यो नियम अपनाएका छन् । राज्य र समाज एक–अर्कालाई विश्वास गरेकाले नै यो सम्भव भएको हो ।  

नेपालमा सामाजिक विश्वास 

सबै ठाउँको परिवेश सधैँ एकै हुँदैन । केही पुस्ता अगाडिका मान्छेहरू भन्ने गर्थे, नेपालमा गाउँघरमा सामाजिक विश्वास एकदमै उच्च थियो । गुठी वा पाँच भलादमीको बैठकमा जति विश्वास थियो, त्यति विश्वास अहिलेको औपचारिक राजनीतिक, सामाजिक संस्थाहरूमा छैन । घरमा ताल्चा नलगाई हिँड्दा पनि डर हुँदैनथ्यो, तर अहिले परिवेश फरक छ । नेपालको कुरा गर्ने हो भने सामाजिक विश्वास निकै कम हुँदै गइराखेको छ, त्यो राज्यप्रतिको विश्वास होस् वा आफू बीचको विश्वास । हामी विश्वासको संकटमा बाँचिरहेका छौँ । कसैलाई कसैको विश्वास छैन ।  

उदाहरणको रूपमा लकडाउनको नियम पालनाकै कुरा गर्ने हो भने देशको स्वास्थ्य पूर्वाधारको कमजोरी थाहा हुँदाहुँदै पनि पालना गरी राखेका छैनौँ । लकडाउनको नियम कसले कति मान्ने भन्ने कुरामा एकरूपता छैन । अनावश्यक हल्ला गरेर घरमा ग्यास सिलिन्डर र खाद्यान्नको थुप्रो लगाउन प्रतिस्पर्धा ग¥यौँ, कारण मैले ल्याइन भने पनि छिमेकीले बजार खाली बनाउँछन् । आफू निर्बाध रूपमा हिँड्न पाउनुप¥यो तर अर्को टोल, जिल्ला, प्रदेश र देशबाट मान्छे आउन भएन । लकडाउन कडा बनाउनुप¥यो, लाठी लाउन पा¥यो भन्ने वाक्य मात्र होइनन्, हामीमा विश्वासको खडेरी छ भनेर देखाउने तरिका हो । अझ कल्पना गरौँ त दिनहुँ ३५ सय नेपाली विदेशबाट नेपाल भित्रिँदै छन्, समाजले कस्तो प्रतिक्रिया देला । त्यसबेला राज्यको संयन्त्र र साधनभन्दा पनि सामाजिक आचरणले सहयोग गर्ला कि नगर्ला ? अहिलेको समस्यासँग जुध्न समाजका अंगहरूबीच विश्वास हुन सकेन भने स्थिति झन् डरलाग्दो हुनेछ ।    

राज्यप्रति त विश्वास नहुनुको कारण धेरै नै छन्, जस्तैः राज्यले परिणाम दिन सकेको छैन, आफूले वाचा गरेका कुरा पुर्याउन सकेको छैन । राज्य भनेर प्रत्यक्ष रूपमा अन्तक्र्रिया हुने प्रहरी, जनप्रतिनिधिहरू, मालपोत, अदालत जस्तो ठाउँमा सोचे अनुरूप सेवा नपाउनुले विश्वास स्वतः घटेर जान्छ । अहिले कोरोना लक्षित नीति तथा कार्यक्रम नआउनु र राज्य उदासीन भएर भ्रष्टचारमा लिप्त भएर पनि राज्यको विश्वसनीयता घट्दो छ ।  

नेपालमा कोरोना संक्रमित संख्या १ बाट ३०० पुग्न जति समय लाग्यो त्योभन्दा कम समय ३०० बाट ३००० पुग्न लाग्यो । अहिले पाँच हजार संक्रमितको संख्या पुग्दै गर्दा धेरै सामाजिक विश्वासमा धेरै उतारचढाव भएको छ । कोरोना नेपालमा छिर्दैनबाट अब बर्बाद हुन लागिसक्यो भन्नेसम्मको सामाजिक राय बनेको छ । सामाजिक पाटो हेर्ने हो भने टोलटोलमा तारबार र तगारो लाउने, घरभाडामा बसेकालाई निकाल्न खोज्ने, स्वास्थ्यकर्मीलाई शंकाको नजरले हेर्ने, टाढिन खोज्ने, फलानोले त गरेन म पनि गर्दिनँ भन्ने जस्तो प्रतिनिधि घटनाहरू एक अर्कासँग विश्वासको कमीले विकसित भएका घटनाहरू हुन् । र, यसमा राज्यको कुनै भूमिका छैन । लकडाउन उल्लंघन वा विरोध त आर्थिक कारण हो, सामाजिक पक्ष हेर्ने हो भने समाजको तयारी हेर्न जरुरी छ ।  

हुन पनि हाम्रो समाज संरचनात्मक र श्रेणीगत छ । यही मानसिकता हाबी भएर श्रेष्ठता परिभाषित गर्ने गरिन्छ, त्यसले पनि सामाजिक संस्थाहरू (नयाँ वा पुराना) हाबी हुने गर्छन्, समाजमा विश्वास विकास गर्न । सामाजिक विश्वास घट्नु वा नहुनुको कारण धेरै छन्, राज्यले बोलेअनुरूप काम गर्न नसक्नु, बदलिँदो सामाजिक परिवेश, सञ्चार माध्यमको र सामाजिक सञ्जालमा विकास हुने जनमतजस्ता कुराले धेरै प्रभावित गर्ने गर्दछ । तर समाजभित्र विश्वास घट्नु वा न्यून हुनु भनेको राम्रो होइन । इजरायली इतिहासकार र दार्शनिक युवल नोह हरारीले भन्दै आएका छन्, कोरोनाको कहर कम गर्न र निर्मूल गर्न एकआपसमा उच्च विश्वासको खाँचो छ । विश्वास रातारात विकसित हुने कुरा होइन तर सुरुवात आफैँबाट गरे विश्वासिलो समाजको परिकल्पना गर्न गाह्रो छैन । बन्दाबन्दीको ७० दिन पार गर्दासम्म के थाहा भइसक्यो भने, राज्यको भूमिका महŒवपूर्ण त छ नै, तर बन्दाबन्दी खोल्ने बेलासम्म समाजमा एकअर्काप्रति विश्वास भएन भने कोरोनाको प्रभाव संक्रमण भन्दा डरलाग्दो सामाजिक अविश्वासको हुनेछ । त्यो विश्वास समाजका सदस्यदेखि विभिन्न देशबीच पनि खाँचो छ ।  

त्यसैले विश्वास बोलाइमा मात्र होइन, व्यवहारमा देखाउने हो । आफूलाई विश्वासयोग्य छु भनेर भनी राख्नुपर्छ भने वास्तवमा त्यो अवस्थामा विश्वासको खडेरी हुन्छ । राज्य जनतालाई सरकारलाई विश्वास गर्नुस् भनेर रट लगाउनेबाट नै थाहा हुन्छ, हाम्रो विश्वासमा तगारो । यो महामारीको युद्ध जित्नु छ भने एक अर्कालाई विश्वास गर्नुको विकल्प छैन ।  

 

प्रकाशित: ३१ जेष्ठ २०७७ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App