८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

सिक्लेसका तारा

उदाहरणीय युवा

कलाकार डिबी गुरुङले बनाएको कोरोना सम्बन्धी चित्र ।

कोरोना भाइरसको डरले मन अशान्त छ । हरपल कुरा खेलिरहन्छ । बन्दाबन्दीले वातावरण उकुसमुकुस छ । तर, समय सधैं एकनास रहँदैन । आशाको घाम पक्कै उदाउनेछ । कोरोना महामारीका बेलामा यस्तै सन्देश दिने चित्र बनाएका छन् कलाकार दलबहादुर (डिबी) गुरुङले ।

उनले आशाको फूल फूलाएका छन् । एकैछिन उनको चित्रलाई हेरौं, बुद्धको मुखमा मास्क छ । आँखाको छेउमा घडी । घडीको सुई टक्क रोकिएको छ । त्यो सुईमा ढकमक्क कमल फूलको छ ! अर्को छेउमा कात्रोले बेरिएको शव । शवमाथि पनि कमल ! सँगै भिडयो एक्सरेका फिल्म छन्, कोरोना संक्रमितका ।

कलाकार डिबी गुरुङ  

चिन्ताले मान्छेलाई चितामा पु¥याउँछ । चिन्तन गर्ने बेला हो यो । भोलि कसरी बाँच्ने भनेर योजना बनाउने बेला । यस्तै सोचेर शान्तिका प्रतीक बुद्धलाई केन्द्रमा राखेर आशाको सन्देश बाँड्दैछन् गुरुङ ।

कलाकार डिबी गुरुङका चित्रमा गण्डकी प्रदेशको सुवास मग्मगाउँछ । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा चाहिँ उनी कलामार्फत आशाको फूल फुलाइरहेका छन् ।  

बन्दाबन्दीमा यस्तैयस्तै थिमका चित्र बनाएका छन् उनले । ‘हामी कलाकार सधैं लकडाउनमै बसेर काम गर्छौं’, उनी भन्छन्, ‘फरक यत्ति हो अहिले मनमा कोरोना हुँडलिएको छ ।’  

स्वभावैले कलाकार एकान्तप्रेमी हुन्छन् । दिनरात नभनी स्टुडियोमा एक्लै बसेर क्यानभासमा रंग पोत्छन् । उनको मनलाई पनि भाइरसले सतायो । त्यसकै प्रतिविम्ब चित्रमा झल्काए उनले ।  

‘कोरोनासम्बन्धी केही चित्र बनाइसकें । केहीका खेस्रा कोरेको छु’, उनले भने, ‘मुलुक कोरोनामुक्त भएपछि तिनको प्रदर्शनी गर्नेछु ।’

लकडाउनकै समयमा गाउँगाउँ डुलेर पनि ल्याण्डस्केप बनाए उनले । ताङतिङ हुँदै सिक्लेस पुगे । सिक्लेस उनको जन्मथलो । अचेल उनी पोखराको चापापानीमा बस्छन् । कास्कीको मादी गाउँपालिका १ मा पर्ने सिक्लेस घना गुरुङ बस्ती हो । प्रकृति र संस्कृतिको भण्डार । गुरुङ संस्कृतिमा हुर्केबढेका उनी । गाउँबाट सानैमा आमा र परिवारसँगै पोखरा झरेका ।  

चित्रकला उनको शौख । यसैबाट नाम र दाम कमाए । जिन्दगीको रथ दौडाएकै छन् । विगत १० वर्षदेखि उनी मदरल्याण्ड स्कुल, पोखरामा कला शिक्षक बनेर कलाकार उत्पादन गरिरहेका छन् ।  

उनमा लाहुरे नै बन्छु भन्ने मोह भित्रैदेखि जागेको थिएन । तैपनि साथीसंगीको लहलहैमा लागेर उनले पनि लाहुेर बन्न छाती नापेकै हुन् । त्यस्तै १८ वर्षको हुँदा तर सफल भएनन् । उनका साथीहरू कोही बेलायती सेनामा, कोही भारतीय सेनामा बुट बर्जार्दैछन् ।

उनी पोखराका स्थापित कलाकार हुन् । विशेषतः समसामयिक विषयका चित्र बनाउन रुचाउँछन् । ल्याण्डस्केप, जीवनशैली र पोटे«ट बनाउँछन् । पोखरालाई पानी रंगको पाठशाला भनिन्छ । सुरुवाती दिनमा सबै कलाकार पानी रंगबाटै चित्र बनाउँछन् । समयक्रममा उनीहरू तैल र एक्रेलिक रंग चलाउन निपुण बन्छन् । उनी पनि एक्रेलिक र पानी रंग खेलाउँछन् ।

कलाकारको संसार विचित्रको हुन्छ । उनीहरू मुड चल्दा काम गर्छन् । उनी कहिले बिहान चिया खानेबित्तिकै रंग र ब्रस समाउँछन् त कहिले राति २ बजेसम्म स्टुडियोमै हुन्छन् ।  

चित्रबाटै नेपालको प्रकृति, संस्कृति, ऐतिहासिक सम्पदा र जीवनशैली प्रवद्र्धन गर्ने सद्भावना दूत हुन् उनी ।

उनले सयौं चित्र बनाइसके । उनका अधिकांश ग्राहक नेपाली हुन् । पछिल्लो दशकमा नेपालीमा कला जागरण बढेको छ । जब बेलायतले पूर्व गोर्खा सैनिकलाई आफ्नो देशमा आवासीय सुविधा दिन थाल्यो तबदेखि गोर्खाका परिवारले चित्र किनेर लान थाले । मुलुकभित्रै पनि चित्र सजाउने क्रम बढ्दैछ । यसलाई सुखद संकेत मान्नुपर्छ । 

आज प्रतिभाशाली कलाकारले निराश हुनु पर्ने अवस्था छैन । उनलाई भ्याईनभ्याई छ । उनी आफ्ना चित्रका तस्वीर फेसबुकमा पोस्ट गर्छन् । लगत्तै फेसबुकबाटै बुकिङ आउन थाल्छ ।   

आज राम्रा कलाकारले निराश हुनु पर्ने अवस्था छैन । उनलाई भ्याईनभ्याई छ ।  उनी आफ्ना चित्रका तस्वीर फेसबुकमा पोस्ट गर्छन् । लगत्तै फेसबुकबाटै बुकिङ आउन थाल्छ । 

आफ्नो कामप्रति गर्व गर्ने मान्छे नै सन्तुष्ट बन्छ । उनी पनि सन्तुष्ट छन् । मनले रोजेको काम गर्दैछन् । उनका अधिकांश साथी लाहुरे बनेका छन् । कतिपय त रिटायर्ड भैसके । अहिले पेन्सन खाँदै छन् ।

उनमा लाहुरे नै बन्छु भन्ने मोह भित्रैदेखि जागेको थिएन । तैपनि साथीसंगीको लहलहैमा लागेर उनले पनि लाहुेर बन्न छाती नापेकै हुन् । त्यस्तै १८ वर्षको हुँदा तर सफल भएनन् । उनका साथीहरू कोही बेलायती सेनामा, कोही भारतीय सेनामा बुट बर्जार्दैछन् ।

‘लाहुरे बन्दा भौतिक रुपले धनी भइएला’, उनी भन्छन्, ‘तर मनले रोजेको काम गर्दा आत्मसन्तुष्टि मिल्दो रहेछ ।’

जिन्दगी चलेकै छ । दालभातको समस्या छैन । बरु सिर्जनशील कलाकारको चिनारी बनेको छ । यसरी उनको जीवनले सफलताको चुली चुम्दैछ ।  

उनी सानै छँदा पिता भद्रसिंह बिते जो भारतीय सेनाका रिटायर्ड लाहुरे थिए । आमा भिमकुमारीले कलाकर्ममा लाग्न सधैं प्रेरणा दिइन् । यतिवेला उनी ३५ वर्षमा हिँड्दैछन् । सुखी छ परिवार । जीवनसाथी जमुना र छोरीहरूसहितको परिवार । जमुना उनको जीवनकी ऊर्जा जो सिक्लेस गाउँमा पढाउँछिन् । शिक्षित जीवन साथी पाएकाले उनलाई सजिलो छ ।  

उनी सिक्लेसमै बसेका भए लाहुरे बन्थे होलान् ! सानैमा पोखरा झरेकाले उनको प्रतिभा प्रस्फुटन हुने वातावरण मिल्यो । सिक्लेसमा ५ कक्षाको पढाइ सकेर उनी बेंसी (पोखरा) मा झरेका थिए । 

‘स्कुलको चक चोरर ल्याउँथें र घरका भित्तामा चित्र बनाउँथे’, उनी सम्झन्छन्, ‘ठूल्ठूला ढुंगाका छपनीमा घन्टौं बसेर चित्र कोर्थें ।’ खोलाको माटोबाट विभिन्न मूर्ति पनि बनाउँथे ।   

प्रकृति नै उनको कला गुरु हुन् । स्यानो छादा उनी गाउँको शिरमा टलक्क टल्केका अन्नपूर्ण र लमजुङ हिमाललाई घन्टौंसम्म हेर्थे । खेतबारीका काममा सघाउँथे । अनि खोलाका ढुंगामा माटो र अँगारले थरिथरिका चित्र बनाउँथे । घरका भित्तामा कमेरोले मान्छे र जनावर कोर्थे । 

‘स्कुलको चक चोरर ल्याउँथें र घरका भित्तामा चित्र बनाउँथे’, उनी सम्झन्छन्, ‘ठूल्ठूला ढुंगाका छपनीमा घन्टौं बसेर चित्र कोर्थें ।’ खोलाको माटोबाट विभिन्न मूर्ति पनि बनाउँथे ।  

पोखरा झरेपछि भद्रकाली माध्यमिक विद्यालयमा पढ्दा उनका शिक्षक र साथी सहयोगी बनिदिए । नेपाली विषयका शिक्षक तारा पाखे उनलाई माया मान्थे । चित्रकला प्रतियोगिताहरूमा भाग लिन स्कुलले उनैलाई पठाउँथ्यो । उनी पनि रित्तो हात फर्कन्नथे, केही न केही पुरस्कार जितेरै स्कुलको नाक राख्थे ।  

स्कुले जीवनमा उनी कमिक्स र चित्रसम्बन्धी पुस्तक खूब पढ्थे । कक्षा ९ र १० मा पढ्दा बेलाबेला महेन्द्रपुल बजार धाउँथे । त्यहाँ सृजनशील कलाकार समूहको ग्यालरी थियो । ग्यालरीमा दुर्गा बराल, आलोक गुरुङ र बुद्धि गुरुङ लगायत मूर्धन्य कलाकारसँग भेटघाट हुन्थ्यो । तिनका कला अध्ययन गर्दा उनको मनमा भावनाका तरंग उठ्थे ।  

तीनै वरिष्ठ कलाकारहरूको संगतले धेरै कुरा सिक्न पाए उनले । अनि पोखरामा आइए सकेर काठमाडौंको ललितकला क्याम्पसमा २ वर्ष पढे । आफूलाई कलामा निखारे । त्यस यता उनले फर्केर हेर्नु परेको छैन ।  

‘गुरुङ समुदायको कल्चर र नेचरलाई फ्युजन गराएर चित्रकलामार्फत नेपाल चिनाउने अभियानमा लागिरहनेछु’, उनको जीवनको सपना यत्ति हो ।  

उनी पोखराको चित्रकलालाई उठाउने काममा समर्पित छन् । विगतमा सृजनशील कलाकार समूहमार्फत उनकै अगुवाइमा सिक्लेस, धम्पुस र पोखरामा कलाकर्म गरिएको थियो ।  

बिस्तारै पोखरेलीमा पनि कला चेतना बढ्दैछ । त्यसैले उज्यालो भविश्यको संकेत देखिएको छ ।  

उनी सिक्लेसको मात्र होइन, समग्र मादी गाउँपालिकाकै चम्किला तारा हुन् । हामीले आफ्नो धरातल बिर्सनु हुँदैन भन्ने उनलाई थाहा छ । त्यसैले जन्मथलोको विकास र प्रचारमा योगदान पु¥याउँदैछन् ।

‘गुरुङ समुदायको कल्चर र नेचरलाई फ्युजन गराएर चित्रकलामार्फत नेपाल चिनाउने अभियानमा लागिरहनेछु’, उनको जीवनको सपना यत्ति हो ।  

सिंगो पोखरालाई झलमल्ल बनाउने कुमारी हिमाल माछापुच्छे«झैं उज्याला छन् उनी । धमाधम सृजनशीलताको भ¥याङ चढिरहेका । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा कलामार्फत आशाको फूल फुलाइरहेका कलाकार डिबी गुरुङलाई धेरैधेरै शुभकामना !  

प्रकाशित: २९ जेष्ठ २०७७ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App