coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

युवा र विद्यार्थीहरुमा ईन्टरनेटको प्रभाव

संसार भरी अहिले ईन्टरनेटको प्रयोग तिब्र गतिमा बढीरहेको छ। यसले हाम्रो जीवन सरल त बनएकै छ तर धेरै मानिसहरुमा निरसा र यस प्रती लत सिर्जना गरेको छ भन्ने कुरा पनि गलत होइन। २०११ मा गरिएको खोज अनुसार नेपालको जनसंख्याको ९५ मानिसहरुले मात्र ईन्टरनेटको प्रयोग गर्थे भने वर्तमान समयमा नेपाल भरी २ करोड ईन्टरनेट प्रयोगकर्ता छन। यसरी नेपालमा पनि ईन्टरनेटको प्रयोग तिब्र गतिमा बढीरहेको छ भन्ने थाहा पाईन्छ।

अहिले ईन्टरनेटको प्रयोग यती बिशाल छ कि हरेक घरघरमा बच्चा देखी बृद्दहरुले समेत ईन्टरनेट चलाउछन्। ईन्टरनेटको बिशाल प्रयोग भएकले यसले अधिकाँश ईन्टरनेट प्रयोगकर्ताहरुमा जीवनमा बिभिन्न प्रभाब परेको छ तर मुख्यगरी यसले युबा र विद्यार्थीमा बढी प्रभाब पारेको देखिन्छ। तर कस्तो प्रभाबरु नकरात्मक कि सकरात्मक एउटा प्रश्न उठ्छ।

वास्तवमा सिक्कका २ पाटाझै ईन्टरनेटको नकरात्मक र सकरात्मक प्रभाब दुबै छन। तर तुलनात्मक रुपले हेर्दा यसले युवाहरुमा बढी नकरात्मक प्रभाब परेको देखिन्छ। हो, शिक्षात्मक आवश्यकताका कारणले विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गर्न अत्यन्त महत्वपूर्ण छ तर यसको दिन प्रती दिन बढीरहेको प्रयोगले विद्यार्थीहरुलाई यस प्रती लत त लागेकै छ र गलत बाटोमा पनि गैरहेका छन।

ईन्टरनेटको लतले विद्यार्थीको शैक्षिक सामर्थ्य पनि कमजोर हुन्छ। त्यसैगरी ईन्टरनेट चलाऊन थालेपछी न उनिहरुलाई समय बितेको पत्तो हुन्छ न भोक र तिर्खा लाग्छ। अहिले त ४,५ बर्षका बच्चालाई पनि ईन्टरनेटको यती लत लगेको छ कि उनिहरु ईन्टरनेट चलाऊन त अत्यन्त कुसल छन तर इनिहरुलाई आफ्नो बिदेश बस्ने बाबाको नाम समेत् थाहा छैन। धेरै अभिभाबकहरु आफ्नो छोराछोरी दिनभरी ईन्टरनेट चलाएर ब्यस्त रहने र केही काममा हात नबडाउने भन्ने बारेमा गुनासो गर्छन्। यसले ईन्टरनेटको लतले सामाजिक प्रतिकृया र सामाजिक नैतीकताको कमी बिकास गर्छ भन्ने प्रमाणित गर्दछ।

अहिलेका युबाहरु बहिरबाट फुर्तिला र जाँगरिला देखियता पनि भित्र बाट खोक्रा छन्। इनिहरुले ॠषीमुनीहरुलाई जोगी भन्दै उनिहरुको जीवन उपयोगी सन्देश्लाई अर्थहिन ठान्दछन तर जीवनका स(स्याना समस्या सुल्झाउन गूगलको प्रयोग गर्छन, किन रु किनभने अहिलेका युवाहरुसँग आँफै समस्या सुल्झ्याउने आत्मबल छैन।

अहिले लकडाउन ( बन्दाबन्दी) को समयमा लाखौं विद्यार्थीहरु घरमा थुनिएका छन। कतिपय विद्यार्थीहरु बिभिन्न रचनात्मक काम गर्दै छन् तर धेरै विद्यार्थीहरु झ्याउ लाग्यो भन्दै दिनभरी ईन्टरनेट चलाएर बस्ने गरेका छन। हो, शिक्षात्मक आवश्यकताका लागि मात्र होइन मनोरन्जनका लागि पनि ईन्टरनेटको प्रयोग गरौ तर मनोरन्जनका लागि भन्दै दिनभरी मोबाईल लिएर नबसौ। बरु गीत गाऔ, भाईबहिनीसँग खेलौ अथवा चित्र बनाऔ, इनिहरुपनि मनोरन्जनका श्रोत त हुन नि।

एउटा भनाइ छ त जबसम्म जडयालाई रक्सीबाट टाढा राखिदैन तबसम्म उस्ले म जडया हु भनेर स्विकार गर्दैन। त्यसैगरी तपाईं पनि केही दिनका लागि ईन्टरनेटको प्रयोग नगर्नुहोस , त्यसपछी मात्र तपाईंले म ईन्टरनेटमा कती अल्झदो रहेछु भन्ने थाहा पाउनु हुन्छ। केही दिनका लागि बिहान चाडै उठेर मोबाईलको स्क्रीन होइन उदाउन लागेको सुर्य हेर्नुहोस। केही समय ध्यान गर्नुहोस। परिवारका सदस्यहरुसँग समय बिताउनुहोस्। अनुभब बाडनुहोस। यस्ता कृयाकलापले पक्कै पनि तपाईंलाई ती युटुबका कमेडी भिडियो भन्दा बढी खुशी दिने छ। बेलुकाको समयमा एउटा शान्त ठाउँमा पैदल हिडन जानुहोस ,वरीपरिको हावालाई महसुस गर्नुहोस र आँफैलाई प्रश्न गर्नुहोस म प्रविधी प्रयोग गर्दै छु कि प्रविधीले मलाई ?

ईन्टरनेट अहिले यतीधेरै महत्वपूर्ण भएको छ कि ईन्टरनेट बिना जीवन कल्पना गर्न पनि गाह्रो छ। तर यसको अत्यधिक प्रयोगले धेरै मानिसहरु गलत बाटोमा गैरहेका छन्। त्यसैले ईन्टरनेट प्रयोग गरौ तर अत्यधिक प्रयोग नगरौ। आफ्नो भलाईका लागि गरौ खराबीका लागि होइन। सहि प्रयोग गरौ गलत होइन।

प्रकाशित: २ जेष्ठ २०७७ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App