१९ जेष्ठ २०७७ सोमबार
ब्लग

यो सुनसानमा त्यो भीडको सम्झना

नियमित मर्निङवाक त म गर्दिनँ । कहिले कसो निस्के भने बुद्धपथ–वीरेन्द्र चोकहुँदै घण्टाघरसम्म मर्निङ वाक निस्कन्छु । अहिले यो क्रम पूर्णरूपमा बन्दभएको छ ।जसले गर्दा त्यतिबेलाभन्दा अहिले थोरै भएपनि अल्छी महसुस गरिरहेको छु ।मर्निङ वाकमात्रहोइन दैनिककुनै नकुनै सन्दर्भमा वीरेन्द्रचोकलगायतवीरेन्द्रनगरका व्यस्त ठाउँमापुग्नै पर्छ, पर्दथ्यो ।दैनिकजसो हुनेयहाँको भीड कतिर कस्तो हुन्छ त्यो नियाल्न एकैछिन स्मरण गरे मात्र पुग्छ ।दिनभरि त्यहाँबस्नु पर्दैन ।

मंगलगढी, एरी, वीरेन्द्र, पीपीरा, खजुरा चोक, घण्टाघर रखोर्के लाइनमा बढी भीड हुन्छ । एक्लै निस्के पनि कोही न कोहीचिनजानको मान्छेसँग भेट हुन्छ । निर्धारित समयभन्दा सधैं केही समय ढिला हुन्छ । तर,अहिले अवस्थात्यस्तो छैन । बजारमा निस्क्यो भने न त ती साथीसंगी भेटिन्छन् न त्यस्तो भीडभाड नै छ । सुनसानछ बजार ।आक्कलझुक्कलबाहेक एक्लै टोलाइरहेछ त्यो सडक अनि चोकहरू ।

यहीबजारमा म एक्लो मनुवा हिँड्छु ।अरूपनि हिँड्छन् तर कतिबेला? भेटै हुँदैन । पहिलाको जस्तो गरी होइन, त्यो पनिअत्यावश्यककाम परेको बेलामात्र । करिब डेढ महिनाभयो पीपीरा, खजुरा चोकतिर नगएको । वीरेन्द्र, ऐरी र मंगलगढी चोकसँगै खर्के र घण्टाघर लाइनतिर नगएको पनिहप्तादिनभन्दा बढी भयो होला । हिँडाँै भने वीरेन्द्र, मंगलगढी चोकसँगै खोर्के र घण्टाघर लाइनपाँच÷पाँचमिनेटमै पुगिन्छ तर लाग्छ दिनभरिको पैदल यात्रा गरे पनिपुगिन्नहोला । गाउँमाहुँदावल्लोगाउँबाट पल्लोगाउँजाँदात्यो उकालो अनिआरालो सम्झेर जानै मन लाग्दैनथ्यो । हिँड्न दुःखले सामान्यकाम त्यसै हराए । ठ्याक्कै त्यस्तै भएको छ अहिले घर बाहिर निस्कन ।

अहिलेको दैनिकफाट्टफुट्टबुद्धपथमा रहेको एक चियापसलमागयो चियाखायो अनि कोठामा आएर इन्टरनेट चलायो । बस्यत्तिगर्दैमा दिन जान्छ ।त्यो चियापसलपनिचिनजानेको भएर मात्रचियाखान दिन्छन् । नत्रमुस्किलै पर्छ ।

चैत १३÷१४ गतेको कुरा हो । सुर्खेत उद्योग वाणिज्य संघका सचिव रामप्रसाद पाण्डे, कर्णालीमलकाअन्यसञ्चालक, पत्रकार देव राना, पुनमविसी, जगददलजनालाविक, पुरुषोत्तम सापकोटा, मलगायत केहीनास्ताकालागि एउटा होटेलमाजाने निधो भयो । होटेलपुग्दाहोटेल खालीथियो । होटेलमाकामगर्ने कर्मचारी घर जानतम्सिएका । त्यहाँखाजानपाएरै हामीफर्कियौं ।जबकि अरू समयमात्यहाँखाजाखानजाँदा बस्ने ठाउँ पनिपाउनमुस्किल पर्छ ।

अहिले वीरेन्द्रनगरका चोक चौतारा खाली छन् । देशमाहुने राजनीतिकतथा सामाजिकविषयले यी चोक चौतारा तातिन्थ्यो । यीचोक चौतारालाई राजनीतिक र सामाजिकविषयमाहुने बहस सुन्न नपाएको आज धेरै दिनभइसक्यो । आशा छ,पहिलाको जस्तै यी चोेक, चौतारा राजनीतिक र सामाजिकविषयले छिट्टै तताउनेछ र सडकमा सवारी साधनको लामसँगै मान्छेको आवतजावत सुरु हुनेछ ।

पहिलाकाम गर्नैपथ्र्याे । कामनगर्दा दैनिकीचलाउन समस्याहुन्थ्यो । यतिबेला त डेढ महिनाभन्दा बढी भयो बन्दाबन्दी (लकडाउन) पालना गरेर घरमै बसेको,त्यस्तो समस्या छैन ।कर्णालीप्रदेशको राजधानी सुर्खेतलाई कर्मथलो बनाएर काम गर्न थालेको एक वर्ष पनिबितेको छैन । तर पनियहाँको जनजीविकासँग साक्षात्कार गर्न राम्रो अवसर प्राप्तभएको छ ।विश्वभरि महामारीका रूपमाफैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सरकारले बन्दाबन्दी (लकडाउन) लगाएपछि म जस्तै अरू पनि लकडाउनको पालनागर्दै घरमा बसेका छन् ।

नियमितकाममाफर्कन म र मजस्तै अरूपनिआतुर छौं । पहिलोको जस्तै चोक चौतारामाचियाखाँदै भलाकुसारी गर्न मन अझ बढी हुटहुटी गरिरहेको छ ।

प्रकाशित: २७ वैशाख २०७७ ०८:५७ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App