२१ असार २०७७ आइतबार
ब्लग

वुद्ध अशोकदेखि अम्वेडकरसम्म

जन्म र राजकीय जीवन

वैशाख पूर्णिमाको दिन भगवान गौतम वुद्ध जन्मेको, वुद्धत्व प्राप्त गरेको र मृत्य (महापरिनिर्वाण) भएको दिन भएकोले वौद्धहरुका लागि मात्र नभएर शान्तिप्रेमी समस्त मानव जातीकै लागि यो दिन निकै महत्वपूर्ण रहेको छ। यस दिनलाई वुद्ध जयन्तिका रुपमा अनेक कार्यक्रम गरेर उत्सवका रुपमा मनाउने गरिएको छ। ई.पू. ५६३ मा गौतम वुद्धको जन्म कपिलवस्तु राज्यको लुम्विनिमा भएको थियो। इक्ष्वाकु वंशीय शाक्य कूलका कपिलवस्तुका राजा सुद्दोदन र  महारानी मायाँदेवीको कोखवाट गौतम वुद्धको जन्म भएको थियो। महारानी मायाँदेवी कोलीय वंशमा जन्मेकी देवदहकी राजकुमारी थिईन। मायाँदेवीको कपिलवस्तुबाट देवदह जाने क्रममा लुम्विनिमा शिद्धार्थ गौतमको जन्म भएको थियो। सिद्धार्थ गौतम जन्मेको सातदिनपछि महारानी मायाँदेवीको मत्यु भएको थियो। सिद्धार्थ पालनपोषण महारानी महामायाकी कान्छि वहिनी महाप्रजापति गौतमीले गरेकी थिईन।

वुद्धको जन्म, सन्यास र मृत्य सम्वन्धमा विभिन्न मिथक पाईन्छन। जन्म सम्वन्धमा वुद्ध जन्मेको अघिल्लो राती एउटा सेतो हात्ति मायाँदेवीलाई सातपटक परिक्रमा गरेर उनको शरिरमा प्रवेश गरेको, वुद्ध जन्मे लगत्तै सातपाईला हिँडेका मिथक लोकप्रिय रहेका छन्। सिद्धार्थ जन्मेको पाँचौ दिनमा राजा सुद्धोदनले सिद्धार्थको नामाकरण र भविष्यवाणीको लागि आठजना विद्धावान व्रम्हाणहरुलाई दरवारमा आमन्त्रित गरेका थिए। उपस्थित सात जना ब्रम्हाणले एउटै कुरा दोहोर्याएका थिए। की त महान चक्रवती राजा बन्नेछ, कि त महान सन्यासी बनेर नयाँ धर्मको स्थापना गर्नेछन्। तर, आठ जना विद्धावान व्रम्हाणहरु मध्ये कौटीन्य नामका सवैभन्दा कान्छा वम्ह्राणले सिद्धार्थमा एउटै मात्र गति रहेको। उनले नयाँ धर्मको स्थापना गरेर धर्म विजय गर्ने छन। र उनको सन्यास जीवन कसैले रोक्न नसक्ने भविश्यवाणी गरेका थिए। एकातिर एक से एक नाम चलेका ज्योतिष तथा व्रम्हाणहरुले गरेको भविश्यवाणी र अर्कोतिर, सिदार्थ गौतमको एकान्तप्रेमी र शान्त स्वभावले पनि राजा शुद्धोदनलाई चिन्तित तुल्याईरहन्थ्यो। सिदार्थको उमेर बढ्दै गईरहेको थियो। राजा शुद्धोदन सिदार्थलार्ई वाहिरि संसारवाट टाढा राख्नका लागि अनेक सुख सुविधाको व्यवस्था गरिरहेका थिए। उनका लागि सुख सुविधाका लागि कुनै कमि थिएन। उनका लागि तीनवटा दरवार बनाईएको थियो। वसन्त, शिशिर, वर्षा याममा ति दरवारहरुमा अनेक सुविधा, मनोरञ्जन र सुन्दरी नाचगानसंगै सिदार्थको जीवन वितिरहेको थियो। शुदोद्धनले सिद्धार्थको विवाह पनि गणराज्यकी यसोधरासंग गराई दिए। उनबाट एक छोराको जन्म भयो। जसको नाम राहुल थियो। सिद्धार्थले जीवनको एक अर्को वन्धन राहु जन्मिएको संज्ञा दिएका थिए। गृहस्थी जीवन र चक्रवर्ती राजाको सपनाले सुदोद्धनलाई जागृत बनाईरहेको थियो। तर, सिद्धार्थ एक दिन आफ्ना सारथी छन्दकसंग घुम्न निस्केको वखत क्रमस विरामी, वृद्ध, मृत्य र सन्यासी देखे। समाजका यी दृश्य विरामी, वृद्ध, मृत्य र सन्यासी देखे पछि सिद्धार्थ गौतम उदास हुँदै अनेकन प्रश्न सोच्न थाले। जसको परिणाम २९ वर्षको उमेरमा राजर्सी जीवन, यसोधरा र राहुललाई छाडेर सन्यासको यात्रा गरे। उनको सन्यास प्रस्थान सम्वन्धमा खास गरी दुईवटा तर्कहरु गरिएको पाईन्छ। पहिलो, वौद्ध धर्मालम्वीहरु भन्दै आएको समाजमा विरामी, वृद्ध, मृत्य र वढौलीपना थियो। समाजको  उत्त दृश्यले गहिरो प्रभाव पार्यो र सिद्धार्थको सन्यासको यात्रा तय गर्यो।

दोस्रो, वावासाहेव भीम राव अम्वेडकरको 'वुद्ध एण्ड हिज धम्म'का अनुसार कपिलवस्तु र कोली राज्यवीच सिंचाई सम्वन्धी विवाद भएको थियो। उक्त विवाद चुलिदै जाँदा राज्य राज्यबीचमा रत्तपातपूर्ण युद्ध भएको थियो। उत्त युद्धको विपक्षमा सिद्धार्थ रहेका थिए। जसको कारणले कपिलवस्तु राज्यको ठूलो क्षति भयो। र, सिदार्थलाई संघ परिवारको सदस्यबाट निस्कासन गरियो। उक्त घटनाबाट विरक्त बनेका सिद्धार्थ सन्यासको यात्रामा लागे भनिएकोछ। जुनसकै कारण रहेता पनि सन्यासको यात्रा त्यति सहज थिएन। सन्यासको यात्रा रोक्न दरवारले अनेक प्रकार घेरावन्दि गरेको थियो। अशोक वदानका अनुसार सुरक्षामा तैनाथ गरिएका सेनाहरु गहिरो निद्रमा गए र सुरक्षा दरवाजाहरु आफै खुले भनिएकोछ। कतै कतै स्वयम वुद्धले सम्पूर्ण घेराहरु तोडेर अघि बढे भनिएको पाईन्छ।

सन्यास जीवन र वुद्धत्व प्राप्ति

ज्ञानको खोजीमा सिद्धार्थ गौतम सवैभन्दा पहिला मगधराज्यको राजधानी राजगृह पुगेका थिए। जहाँ उनले आलार कलाम र उद्रक नामका गुरुलाई भेटेका थिए। आलार कलाम नै वुद्धका पहिलो गुरु थिए। आलार कलाम र उद्रकवाट सिद्धार्थले योग र साधना विधा हासिल गरे। तर उनको चित्त भरिएन उनी त्यहाँवाट निरजना नदिको किनारमा अवस्थित ऊरवले नामक जंगलमा गए। जहाँ ऊनको भेट अन्य पाँच व्रम्हाणसँग भयो। वुद्धले आफ्ना पाँच तपस्वीसंगै शुरुमा तिल चामल मात्र खाएर पछि भोजन त्यागेर अनेक प्रकारले तपस्या गरे। यस क्रममा झण्डै मृत्यको नजिक पुगिसकेका थिए उनी। सुजाता नामकी स्त्रीको हातवाट खीर ग्रहण गरेर तपस्या तोडे। जसमा अन्य पाँच तपस्वीले घोर विरोध गरे। ऊनको संगत त्याग गरेर शारनाथ प्रस्थान गरेका थिए। त्यतिवेला वुद्धत्व प्राप्ति त भएन तर मध्येमार्गको ज्ञान प्राप्ति भयो। अन्तिममा सिद्धार्थले वोधगयाको एउटा वोधी वृक्ष मुनी बसेर तपस्या गरे। तपस्याको  ४९ औ दिन वैशाख पूर्णिमाका दिन वुद्धत्व प्राप्ति गरे। सिद्धार्थले वुद्धत्व प्राप्त गरपछि पहिलो प्रवचन शारनाथमा दिएका थिए। सो प्रवचनलाई धर्म चक्र प्रर्वतन भनिएको थियो। यो प्रवचन वुद्धलाई निराजन नदिको किनारमा त्यागेर गएका ऊनका पाँच तपस्वी साथीलाई दिईएको थियो।

वौद्ध दर्शन, धम्म पथ र सम्प्रदाय

वुद्धले चार आर्यसत्यलाई वुद्धधर्मको आधारशिला मानेका छन्। संसारमा दु:ख छ, दु:खको कारण छ, दु:खको समुदाय छ र दु:खवाट बच्ने उपाय छ। यी चारआर्य शक्ति नै वास्तविक सत्य हो भनेका छन्। दु:खबाट मूक्त हुनका लागि अष्ठमार्ग सम्यकदृष्टि, सम्यकसंकल्प, सम्यकवाणी, सम्यककर्म, सम्यकआजीव, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिलाई पालाना गर्नुपर्ने बताएका छन्। उक्त अष्ठमार्गिक बाटो नै धम्मपथ मध्यमार्ग हो। जुन शिक्षा वुद्धले कठोर तपस्याबाट प्राप्त गरेका थिए। सदगरु जग्गी वासुका अनसार ज्ञान प्राप्तिका ११२ वटा मार्ग मध्ये वुद्धले एउटा मार्ग अपनाएका थिए। जुन निकै वैज्ञानिक छ र यसको व्यापक प्रचार गर्न वुद्ध सफल पनि भएका थिए। वुद्धकालिन समयमा वौद्ध सम्प्रदाय विभाजित थिएन। वुद्धको मृत्यपश्चात हिनयान, महायानमा र वज्रयान सम्प्रदायमा वौद्ध धर्म विभाजन भएको थियो। हिनयान सम्प्रदायले वुद्धलाई एक महामानवको रुपमा हेर्छ। यसलाई परम्परागत समुदायका रुपमा चिनिन्छ। महायानले वुद्धलाई भगवानको रुपमा हेर्छ। यसमा वद्धको मूर्तिपूजा समेत गरिन्छ। वज्रयान समदाय तन्त्रमन्त्रमा विश्वास गर्दछ। यो सवैभन्दा कान्छो समुदाय हो।

अशोकदेखि अम्वेडकरसम्म

अशोक मौर्य राज्यका चक्रवती राजा थिए। ऊनले अनेक साना गणराज्यहरु आफ्नो राज्यमा विलिन गराएका थिए। कलिग युद्धको नरसंहारपछि अशोक परिवर्तन भएका थिए। ऊनले वद्धमार्ग रोजेर आफ्ना राज्यको टाढा डाढासम्म तत्कालिन एसिया महादेसमा वुद्धधर्मको प्रचारप्रसार गरेका प्रमाणहरु मध्ये लुम्विनिको अशोक स्तम्भ एउटा बलियो प्रमाण हो। ईतिहाँस अनुसार अशोक क्रुर शाशक थिए। कलिग युद्धको रत्तपातको दृश्य पश्चात ऊनले वौद्ध धर्म अंगालेका थिए। आज पनि अशोक जस्ता क्रुर शासकलाई समेत परिवर्तन गर्ने धर्मशक्तिका रुपमा वौद्ध धर्मलाई लिईन्छ।

दलित भएकै कारण समाजको जाति व्यवस्थावाट जीवनभर प्रताडित भएका भीम राव अम्वेडकर समाजसंग अनवरत संर्घष गरेर अमेरिका, बेलायत जस्ता देशवाट उच्च शिक्षा लिएका थिए। स्वतन्त्र भारतका पहिलो कानून मन्त्री भए। २९ अगष्ट १९४७ मा भारतको संविधान निर्माण गर्ने ऐतिहाँसिक जिम्मेवारी प्राप्त गरेका थिए। ऊनले भारतको संविधानमा दलित उत्पिडित समुदायलाई समावेसी आरक्षणको व्यवस्था गर्न सफल भएका थिए। ऊनको बुझाईमा जुन मान्छे मनसंग हार्छ, ऊसको पराजय हुन्छ। जुन मान्छे मनसंग जित्छ, उसको विजय हुन्छ। अनेक समस्यासंग जुधे तर मनसंग कहिल्यै हारेनन्। ऊनले वुद्धधर्म अंगालेका थिए। ६ डिसेम्बर १९५६ ऊनको देहान्त भयो। ऊनको अन्त्यष्टि वौद्ध परम्परा अनसार गरिएको थियो। उनको अन्तिम कृति वुद्ध एण्ड हिज धम्म प्रख्यात रहेकोछ।

प्रकाशित: २५ वैशाख २०७७ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App