१९ जेष्ठ २०७७ सोमबार
ब्लग

मुस्कुराएको रुकुम पश्चिमको आठबिसकोट(फोटो  फिचर)

काठमाडौंबाट करिब चौबीस घन्टा लामो गाडीको यात्रापश्चात रुकुमको राडी बजार आइपुग्छ। राडी बजारबाट पैदल साढे एक घन्टा हिडेपपछि जंगलकै छेउमा बाक्लो बस्ती भएको गहुँका फाटले पहेलपुर भएको कोटलाई भेट्टाउन सकिन्छ।

यहाँ आएपछि स्वर्गको अनुभूति हुन्छ। किनकि यो मेरो जन्मभूमि हो। यसले मलाई बाल्यकालका बहुमत अबिस्मरनिय क्षणहरु दिएको छ। मैले यहाका घोरेटो बाटोहरुका धुलोसँग, बर्खामासमा खहरे खोलोझै गरेर पक्रिने धारोका छेउकै हिलोसँग आफ्नो बाल्यकाल साटेको थिए। काठमाडौं गएपछि मैले गहुँवाली भित्र्याउने समयमा गाउलाई नदेखेको ७ वर्ष भएको थियो। 

यसपटक कोरोनाको त्रासले मलाई केही महिना गाउँमै बस्नुपर्ने सुअवसर प्राप्त भयो। मैले गहुँबालीले पहेलपुर भएको बस्ती देख्ने सौभाग्य प्राप्त गरे मन एकपटक प्रफुल्ल भयो। सहरमा हरेक दिन गाडीको हर्नले एकान्त भेट्टाउन नपाएको मैले मेरो जन्मभूमि आठबिसकोट टेकेपछि भेट्टाएको छु एउटा रमणीय एकान्त।

 सहरमा कोरोना भाइरस शब्दको उच्चारणले दिक्क भएको म गाउँ आएपछि सुख दुखका कुराहरू साटासाट गर्ने गाउले परम्पराले मलाई केही रुपमा भएपनी खुशी प्रदान गरेको छ।

मेरो जन्मभुमिका मान्छेलाई हेर्छु, यहाँ सत्तरी कटेकि बुढी आमाहरुदेखि ४ वर्ष लागेको बच्चाहरुले पनि आत्मीयता साट्छन। यहाँ मान्छे विश्वभर आतंक मच्चाई रहेको कोरोना भाइरस बारे जानकार त छन् तर त्यो रोगको आतंक सहरमा जस्तो छ यहाँ मेरो जन्मभुमिमा त्यस्तो छैन। 

कोरोनासँग लड्न सरकारले गरेको बन्दाबन्दिलाई साथ दिदै पाकेर पहेलपुर भएको गहुँ बाली भित्र्याउने हतारो छन यहाँ मान्छेहरु। यी सबै कुराले म एउटा निष्कर्षमा पुगेको छु गाउँ भनेको शुखहरुको उद्गगम स्थल रहेछ, मान्छेले यदि सुख प्राप्त गर्ने हो भने शहरका बाक्ला भिडभाड भएका बस्तीहरुको भ्रमण गर्नुभन्दा पनि गाउका सुनसान बस्तीहरुको भ्रमण गर्न जरुरी छ।

तस्बिरःअनुराग शाह

प्रकाशित: १५ वैशाख २०७७ ०९:३२ सोमबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App