२८ असार २०७७ आइतबार
ब्लग

कोभिड–१९ ले मानवता फर्काउला ?

३० डिसेम्वर २०१९ मा चीनको हुवेई प्रान्तको उहान सेन्ट्रल हस्पिटलमा मानव ईतिहांसको १०० वर्ष यताको खतरनाक मानव विरोधी भाईरसको संक्रमणमा परेका विरामीहरुको उपचार भईरहेको थियो। यसबारेमा दुनियाँ बेखबर थियो। ३० डिसेम्वरको एका विहानै उहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षे डाक्टर उनलियानले वीच्याट मार्फत आफना साथीसँग उक्त भाईरस सम्वन्धी कुराकानी शेयर गरेका थिए। वीच्याटमा गरिएको कुराकानी सार्वजनिक भयो। र, कोभिड १९ बारे विश्व जानकार त भयो। तर, गम्भिर भएन। हुवेइ प्रान्तको उहान शहरको नजिकै रहेको फिस मार्केटबाट जनावरको मासु खाएका ७ जना मानिसहरुमा रोग देखिएको र संक्रमितहरुको उपचार भईरहेको समाचार प्रकाशित हुँदा चीनमा सन्नाटा मच्चिईसकेको थियो। बाँकी विश्व गम्भिर बन्न सकेन मानौ त्यो समस्या चीनको मात्र थियो। यधपी, चीनमा संन्नाटा मचिदा पनि चीनले घटनालाई सामान्यीकरण गर्‍यो। जसको उदाहरण डाक्टर उनलियान लगायतको मेडिकल टीमलाई लिखित रुपमा चिनियाँ सरकारले स्पष्टिकरण लियो।

अहिले विश्व मानव समुदायले महाविपत्ति भोगिरहेको छ। यो विपत्तिले के मानव जगतलाई मानवताको पाठ पढाउला?  के यस्ता घटनाहरुप्रति समयमै सजग रहने सतवुद्धि प्रदान गर्ला ? पूर्विय दर्शनका आफ्नै संस्कार र मान्यता बोकेको नेपाली समाजलाई पुनर्जागृत गराउला ?

अर्कोतीर, बाँकी विश्वले यो समस्यालाई सही ढंगले नजर अन्दाज गर्न सकेन। उल्टै विश्वमा अनेक प्रकारका हरकत गर्न थालियो। यूरोपमा चिनियाँ नागरिकलाई अंगालो मारेर सहानूभूति प्रकट गरिनु, चीनबाट बाहिरीने मानिसहरुलाई व्यस्थित क्वारेन्टाईनमा नराखिनु, खेलकूदमा प्रतिवन्ध नलगाईनु, हवाईजहाज र सामुन्द्रिक जहाजहरु समयमै बन्द नगरिनु, सामूहिक कार्यक्रममा रोक नलगाउनु मानव जगतका लागि अत्यन्त प्रतिकूल प्रमाणित भयो। मानिसहरु आ–आफना देशमा फिर्ता हुन थाले। जसको सम्वन्धित राज्यहरुले व्यवस्थित व्यवस्थापनमा ध्यान दिएको देखिएन। यो नै ठूलो त्रुटी देखिन्छ। जसको परिणाम विश्व मानव समाजले अनेकन प्रकारले भोग्दैछ। भाईरसबाट संक्रमित भएका अस्पतालका नर्सले आत्मदाह गरे, संक्रमित डाक्टरका जोडिहरुले पिपिई लगाउन अवज्ञा गर्दै संगै मर्ने सोच बनाए, जर्मनमा एक राज्यका अर्थमन्त्रीले आत्महत्या गरेका छन, हिजोसम्म रंगिन मानव शहरहरु एक्काएक्क युद्धभूमि जस्तो देखिन थाले, अर्थतन्त्र धरासायी बन्यो। यस्ता अनेक चित्रहरु प्रविधिले लगातार हामी सामु पुर्याईरहेको छ। महाशक्ति घोषित भएका देशहरु पनि आफनो कमजोरीको महसुस गर्दै छन्। र, वुलेट ट्रेनको गतिमा फैलिरहेको भाईरसको सामाना गरिरहेका छन। आईएमएफले विश्वअर्थतन्त्र आर्थिक मन्दिमा प्रवेश गरिसकेको जनाएको छ। ईटली लगायतका देशले अनिश्चित कालीन लकडाउन घोषणा गरेका छन।

विश्व प्रताडित भईरहेको बेला नेपाल पनि अछुतो छैन। जे गल्ति विश्वले गर्यो। त्यो नेपालले पनि आत्मसाथ गरेको देखियो। भलै, संक्रमतिको संख्या न्यून रहेकोछ। यसको कारण संक्रमित अस्पतालमा आइृनपुग्नु, साधन स्रोतको अभावमा परीक्षण नहुनु धेरै हुनसक्छन। जो समयसँगै बाहिर आउने नै छन। सरकार महाविपत्तिको क्षणमा पनि भष्ट्राचारको आरोपबाट मुक्त छैन। किन ? के मानवता रित्तिएको हो त? हुनत, जब मावन महासंकटमा पर्छ अनि मानवताको अर्थ खोजिरहेको देखिन्छ। जव यूरोप अन्धकार यूगमा थियो। अन्धकारबाट बाहिर निस्कनका लागि मानवतावादको खोज गरेको देखिन्छ। धर्म गुरुहरुले नै भएपनि अन्धकार र निरासामा रहेको मानव हिस्सालाई उज्यालोको दियोतर्फ आकर्षण गरेका थिए। प्रथम र दोस्रो विश्व यूद्धमा घटेका घोर मानवता विरोधी हरकतले मानवतावाद माथि प्रश्न गरेको थियो। यूद्धपश्चात न्यूरम्वर्ग ट्रायल लगायतका ट्रीवुनलहरु गठित भएका थिए। जसमा के मानविय र के अमानविय ठूलो बहस भएको थियो।

अहिले विश्व मानव समुदायले महाविपत्ति भोगिरहेको छ। यो विपत्तिले के मानव जगतलाई मानवताको पाठ पढाउला?  के यस्ता घटनाहरुप्रति समयमै सजग रहने सतवुद्धि प्रदान गर्ला ? पूर्विय दर्शनका आफ्नै संस्कार र मान्यता बोकेको नेपाली समाजलाई पुनर्जागृत गराउला ? विज्ञान र प्रविधिमा लिप्त रहेको समाजलाई मानव संस्कृति र संस्कारमा फर्काउला ? यि प्रश्नको उत्तर आजको दिनमा मान्छेले आफैभित्र खोज्नु पर्ने हुन्छ। आज मानव विज्ञान र प्रविधिमा यति धेरै व्यस्त देखिन्छ। उसले साथी घरपरिवार भन्दा बढी महत्व मावन निर्मित मेसिनहरुलाई दिईरहेको देखिन्छ। नेपाली समाजको आफ्नै संस्कार छ। जन्मिदा न्वारन हुन्छ, विवाहको संस्कार हुन्छ, मृत्युको मलामको संस्कार हुन्छ, दु:खी विरामि पर्दा त्यस्तै प्रकारको संस्कार छ। तर, मानिस सामाजिक दायित्व पनि प्रविधि मार्फत नै व्यत्त गरेको देखिन्छ। समुदायको कुनै छिमिकीको मृत्य हुँदा हार्दिक श्रद्धांन्जली, कुनै आफन्त अस्पताल भर्ना भएमा गेट वेल सुन, टेक केयर लेखिरेको छ। चाडपर्व, वर्थडे सेलिव्रेसन सवै सामाजिक संञ्जालवाट मनाईरहेको देखिन्छ। उसको सिमित स्वार्थ वाहेक भौतिक उपस्थिती देखाउन तयार छैन। फेरि पनि ऊ आफूले मानवताको कर्तव्य निभाएको ठानिरहेको छ। उसलाई आफ्नो भौतिक उपस्थितीको कुनै हेक्का नै छैन। समाज यहि गतिमा बढीरहेमा मृत्यु पश्चात लाशको सतगत गर्ने मानिस भेटीने छैन। अस्पतालमा विरामी कुर्ने कुरुवा भेटीने छैन। घरपरिवार, चाडपर्व र सामाजिक कार्यका लागि त मानिससँग समय नभएकै कारण संस्कार र संस्कृतिको लोभ हुदैछ। यो आजको कटु सत्य हो।

चीनको उहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षे डाक्टर ऊनलियानले कोभिड १९ को जानकारी विश्वमा संञ्चारित गरे। आफ्नो कर्तव्यको पालना गर्दागर्दै मृत्यवरण गरे। मानवताको धर्म सिंचित गरे। ईटलि, स्पेन र अमेरिकामा चिकित्सकहरु मृत्यसंग लडेरै उपचारमा खटिएका छन। के नेपाली चिकित्सकहरु सम्भावित अवस्थामा उदाहरणीय देखिनेछन ? महामारी जस्तो विषम परिस्थितमा अति आवश्यक मेडिकल ईक्यूपमेन्ट खरिदमा भ्रष्टाचार भएका समाचार आएका छन। त्यसभन्दा माथि मानवताको ईन्द्रणीसम्म पुग्न सक्ला ? हामी सवै नेपालीहरुले घोतलिनु आवश्यक छ। मरिरहेको मानवताले पूर्नजागरणको आशा राखेको छ। के मानव स्वंयमले मानवताको पूर्नजागृत गराउला ? कि ! कोभिड १९ ले मर्दै गएको मानवता फर्काउला ?

लेखक, अधिवत्ता हुन ।

 

प्रकाशित: २० चैत्र २०७६ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App