२८ असार २०७७ आइतबार
ब्लग

भाइरसबाट मात्र होइन भोकबाट पनि बचाउ

आकासमा उड्ने पन्छीहरु खुल्ला संसारमा स्वतन्त्र उडिरहेछन्  समुद्री सतह अथवा पानीमा रहने सम्पूर्ण जीव अर्थात् प्राणी पानीभित्रै साम्राज्य बनाएर रमाइरहेछन्। जङ्गलमा रहने प्राणी जाति सदा जङ्गलमै साम्राज्य बनाएर स्वतन्त्र छन्। तर हामी सर्वश्रेष्ठ विवेकशील मानिने मानवहरुलाई जन्जिरै जन्जिरले बाँधेर राखेको छ।

त्यसमा पनि आजको बलवान् समयले हामीलाई घर भित्रै कैद गरिरहेछ। घर घरमा पिँजाडामा राखेको सुगा र एक्वरियममा राखेको माछा जस्तो थुनिएका छौँ। सामाजिक प्राणी मानिने हामी मानवजाति समाजदेखि नै अलग्याइदिएको छ। आज मानव मानवमै छुवाछुतको वातावरण सिर्जना भएको छ। माफ गर्नुहोस् म तपाईंको घर पनि जान्नँ, तपाईं मेरा घरमा पनि नआउनुहोस् भन्ने दिनको वातावरणसँग जुधिरहेछौँ। 'अतिथि देवो भव' भन्ने संस्कार नै ठ्याक्कै उल्टो भएको छ। यही त होला कलि धपक्कै बली भनेको। सम्पूर्ण प्राणी जातिलाई आफ्नो वशमा राखेर आफ्नो फाइदा उठाउने मानव जाति आजको दुखद घडीमा सूक्ष्म भाइरसको चपेटामा पर्दा विश्व नै भयभीत छ। सपन्न शक्तिशाली राष्ट्रहरु लगायत ६० प्रतिशत राष्ट्रहरु लकडाउनमा छन्।

अहङ्कारले भरिएका हामी मानव जातिलाई फेरि एकपल्ट झक्झकाइदिएको छ महामारीले। संसारमा जति नै वैज्ञानिक कहलिएका भए तापनि प्रकृति र समयभन्दा माथि कोही छैन भन्ने उदाहरण प्रष्ट पारिदिएको छ अहिलेको समयले। जब महामारीले भयावह समय आउँछ तब सम्पूर्ण राज्यका नीति नियम कानुनलाई नै भयावह स्थितिले नियन्त्रित गर्दो रहेछ भन्ने अर्को उदाहरण हो यो।

अन्तर्राष्ट्रिय ६० प्रतिशत राष्ट्रको मानव समुदाय थुनिएर बसेको छ। सबै मानिस आफ्नै जेलभित्र आफैँ कैद भएका छन्। सायद यस्ता दिनको कसैले कल्पना पनि गरेको थिएन। करोना भाइरस कोभिड १९ सङ्क्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाए लकडाउन हो, लकडाउनको प्रभावले जनजीवन र अर्थतन्त्र अस्तव्यस्त छ। एकातिर कोरोना भाइरसको चपेटाले कैयौँ मानिसहरुले ज्यान गुमाइरहेका छन्। अर्कोतिर लकडाउनको प्रभावले खाद्यान्नको अभाव हुँदै छ। त्यसमा पनि दिनभरि काम गरेर साँझबिहानको छाक टार्ने निम्न वर्गीय मजदुरहरुलाई कोरोना भाइरसभन्दा पनि भोक भाइरसले ज्यान लिने चिन्ता छ। गरिबको घरमा चुलो बलेको छैन, पेटमा भोकको राँको बलेको छ।

यो भयावह समयले कता लैजाँदै छ रु भोक भाइरसले मर्ने कि रु कोरोना भाइरसले मर्ने र कुन भाइरस शक्तिशाली रु जनताको आर्थिक मनोविज्ञानको विषयमा लकडाउनको छैटौ दिनसम्म सरकार मौन छ। स्वास्थ्य क्षेत्रमा ज्यान जोखिममा राखेर काम गर्ने डाक्टर, नर्स अर्थात् स्वास्थ्यकर्मीहरुलाई सुरक्षित उपकरण उपलब्ध नभएकै कारण कोरोना भाइरस जस्तो भयानक सरुवा रोगका सङ्क्रमितहरुलाई स्वास्थ्यसेवा दिन सवास्थ्यकर्मीहरुको मुटुमा ढ्याङ्ग्रो बजेको छ। स्वास्थ्यकर्मीहरु नै स्ट्रेसको सामना गरिरहेका छन्।

अति महत्त्वपूर्ण स्वास्थ्यक्षेत्रको हालत त गम्भीर छ भने निम्न वर्गको गाँस बास कपासको जोहो गर्न सक्ला त सरकारले रु अन्तर्राष्ट्रिय स्तरमै अर्थतन्त्र धराशायी छ। हरेक दातृराष्ट्रहरु आआफ्नै समस्यामा रुमल्लिएका छन्, सहयोग र साथको अवस्था निष्क्रिय छ। विज्ञानले यति ठूलो उपलब्धी हासिल गरिरहँदा विकाससँगै विनाशको सन्त्रास आएकै हो त रु यो प्रश्नमा मानिसहरु निरुत्तर छन्। यो सकसपूर्ण अवस्था कहिलेसम्म रु त्यो समयले नै बताउनेछ। शक्तिशाली राष्ट्रहरुले घुँडा टेकेका छन्। कतिपय अहङ्कारले भरिएका मानिसलाई समयले परीक्षा लिँदै छ र कुनैलाई चेतावनी दिइरहेको छ। अहङ्कारले भरिएका हामी मानव जातिलाई फेरि एकपल्ट झक्झकाइदिएको छ महामारीले। संसारमा जति नै वैज्ञानिक कहलिएका भए तापनि प्रकृति र समयभन्दा माथि कोही छैन भन्ने उदाहरण प्रष्ट पारिदिएको छ अहिलेको समयले। जब महामारीले भयावह समय आउँछ तब सम्पूर्ण राज्यका नीति नियम कानुनलाई नै भयावह स्थितिले नियन्त्रित गर्दो रहेछ भन्ने अर्को उदाहरण हो यो। समाधान मानिसकै प्रयासमा कि दैवका हातमा भन्ने अवस्थामा नेपाली पुगिसकेको छ भन्दा अन्यथा नहोला।

प्रकाशित: १६ चैत्र २०७६ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App