२८ असार २०७७ आइतबार
ब्लग

संकटको समय मानवीय धर्म

यतिबेला संसार मानौं बिश्वयुद्धमा होमिएको छ ! संसारभरीलाई कोरोना नामको भाईरसले एउटा चुनौती दिएको छ कयौं शक्तिसाली राष्ट्रहरु आज यसको चपेटाबाट मुक्ति पाउन सकिरहेका छैनन्। विश्व अर्थतन्त्रनै धरापको स्थिती सामना गरिरहेको छ। सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका समेत यतिबेला आफ्नो जनशक्ति अभावका कारण अन्य राष्ट्रसँग सहयोगको अपिल गरिरहेको छ। युरोपेली मुलुकहरुको स्थित झनै भयावह हुँदै गएको छ पहिलो चरणमा नै सतर्कता अपनाउन नसक्नुनै दुर्भाग्यपूर्ण देखिन्छ।

कयौं देशहरुले अर्थतन्त्रमा असर पुग्ने भन्दै समयमानै लकडाउन गर्न नसक्नुले परिस्थिति झनै भयावह बन्दै गइरहेको देख्न सकिन्छ। उदाहरणका निम्ति पाकिस्तानलाई लिन सकिन्छ। प्रधानमन्त्री इमरान खानले कोरिनाको भयावह स्थित हुँदा हुँदै पनि अर्थतन्त्रले धान्न नसक्ने र कोरोनाले भन्दा धेरै भोकले जनता मर्ने भन्दै पुरै देश लकडाउन गर्न नसकिने बताएका छन। छिमेकि राष्ट्र भारतमा दैनिक ज्याला मजदुरी गरि खाने मजदुरहरु अफ्ठ्यारोमा परेको समाचार बिबिसीले नै प्रकाशित गरेको छ।

लकडाउनले गर्दा शहरमा मात्रै होइन, गाउँ समेतका भरीया, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु र उनिहरुका परिवारको कन्तबिजोग हुने संभावना प्रबलमात्रमा छ।

नेपाल एसियाको गरिब राष्ट्र मध्ये एक हाम्रो अर्थतन्त्र यतिकै पनि दयनीय अवस्थामा गुजि्ररहेको छ। कोरोना भयावहले देशको अर्थतन्त्र झनै कमजोरी हुने निश्चितप्राय छ तर यतिबेला हाम्रो देश नेपाल ड्ब्लुएचओ ले घोषणा गरे अनुसार सबैभन्दा जोखिम देशको रुपमा देखिएको कुरालाई मनन गर्दै र आर्थिकभारलाई झेल्न तयार हुँदै सबैभन्दा ठूलो जनताको स्वास्थ हो भनेर सरकारले धेरै चुनौतीका बीच पुरै देशमा कर्फ्यु अर्थात् लकडाउनको नियम लागू गरिरहेको छ।

 पुरै विश्व दिनरात लागिरहेको अवस्थामा पनि कयौं प्रयासहरु हुँदा पनि हालसम्म यसको औषधि र कुनैपनि भ्याक्सिन पत्ता लगाउन सकिएको छैन। यो अनिश्चित प्राय देखिन्छ। राष्ट्रको अर्थतन्त्र भन्दा ठूलो चुनौती कोरोना नामक भाईरससंग कसरी पार पाउन सकिन्छ भन्ने नै हो। त्यसैले पनि सरकारको यो कदमलाई साथ दिनु हाम्रो दायित्व हो प्रदेशमा अझै भनौं विकसित मुलुकमा बसेर आफ्नो देश नियालीरहदा सरकारले लकडाउनको घोषणा गरेपनी त्यहीँ अनुसारको व्यवस्थापनमा भने ध्यान नदिरहेको भान हुन्छ। प्रत्येक जिल्लामा कोरोना उपचारको लागि एउटा अस्थायी अस्पतालको ब्यवस्थापन स्वास्थकर्मीहरुको लागि भरपर्दो र सुरक्षितरुपमा काम गर्न सक्ने लुगादेखी औजार साथै चेकजाँचको लागि आवश्यक किटको ब्यवस्थापन हुन नसक्नु अर्को समस्या हो। निश्चित अस्पताल मात्रै यसको उपचारमा देखिएको जुन हरेक जिल्लाको पहुँच बाहिर भएकोले पनि स्थित अझै डरलाग्दो नै देखिन्छ। विकसित मुलुकहरुमा जस्तो तत्काल ब्यवस्थापन हुन गाह्रो भएपनी केही मात्रमा व्यवस्थापन हुन सकेन भने लकडाउन मात्रै पनि निरर्थक बन्न जान्छ। सबै बिरामीहरु राजधानी केन्द्रित हुँदा उपचार र रोकथाम सम्भव छैन। यसको बारेमा सरकारले तत्काल मनन गर्न आवश्यक देखिन्छ।

यो त भयो सरकारको दायित्व। अब कुरा गरौं नागरिकको दायित्व र कर्तव्यको। यो समय रोगलाई ठट्टाको रुपमा लिने समय पक्कै पनि होईन। जसलाई भएको छ भएको छ मलाई भएको छैन भन्ने मानसिकता बोकेर जथाभावी हिड्ने सरकारको निर्णयको पालन नगर्ने जस्तो मुर्खता अरु हुन सक्दैन। यो रोगबाट बच्न नागरिक जति सतर्क भयो र भौतिकदुरि बनाउन सक्यो त्यतिनै प्रभावकारी हुन्छ।

अब मानवीय धर्मको कुरा आउँछ। राष्ट्रव्यापी लकडाउन घोषणा गरिएसँगै बजारमा कालोबजारी बढ्ने निश्चित छ सङ्कट र विवशताको फाइदा उठाउँदै अनुचित लाभ लिन पुतनाहरु सलबलाईरहेका छन। यस्तो आपतबिपतको समयमा डर, त्रास,कृतिम अभाव,कालोबजारी जस्ता भयावह अवस्थाको सिर्जना गरिरहेको पनि पाउन सकिन्छ। सरकारले यस्तो गर्नेलाई सजायको दायरमा ल्याउने भने पनी सबै कुरा सरकारबाट मात्रै सम्भव हुँदैन। हामी नागरिकले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ र यस्तो गर्नेहरुलाई सजाय दिलाउन सरकारलाई सहयोग गर्नुनै यतिबेलाको मानवीय धर्म हो। हामी नेपाली हौं, हामी धर्म भन्दा पनि माथि रहेर मानवतामा बिस्वास गर्छौं। यतिबेला त्यही मानवीय धर्मको आवश्यकता देखिन्छ। आर्थिकमन्दी देशमा छदै थियो त्यसको मारमा हुनेखाने भन्दापनी हुँदाखानेहरु परिरहेको हामीले देखिरहेका छौ।

लकडाउनले गर्दा शहरमा मात्रै होइन, गाउँ समेतका भरीया, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु र उनिहरुका परिवारको कन्तबिजोग हुने संभावना प्रबलमात्रमा छ। भनिन्छ मुत्युसंग नडराउने बाबू उसका बालबच्चासंग डराउँछ। जब दिनभरी काम नपाएर बेलुकी खाली हात फर्कन्छ' तर यो समय त झन बन्द कोठामा बिताउनुपर्ने भएको छ कति कष्टपुर्ण भएहोला यस्तै ब्यथा छ सडकमा दिनचर्या गर्नेहरुको।

त्यसैले यस्तो बेला सरकारको अँखा पुग्न नसकेको ठाउँमा कोहिकतै भोकमरीको अवस्थामा भेट्नुभयो भने सके आफुँले सहयोग गर्नुहोस नसकेपनी कम्तिमा स्थानीय सरकारसम्म उसलाई पुयाईदिनुहोस ताकी रोगले भन्दा पहिला भोकले कोही मर्न नपरोस। र स्थानीय निकायले अरु केही नगरेपनि उनीहरुलाई खाना खुवाउने व्यवस्था गरोस्। वास्तवमै अप्ठ्यारो पर्नेलाई सहयोग गर्नु हाम्रो मानवीय धर्म हो भन्ने हामीले बुझेका छौं यो अवस्थामा

जहाँ पनि,जहिलेपनि,जोकोहीले जोकोहीलाई पनि एउटा मानवियताको नाताले अफुले जानेको र सकेको सहयोग गरौं सावधानि अपनाऔ,सरसफाइमा ध्यानदियौ हल्लाको पछाडि नलागौ। यसमा सरकारको पनि बेलैमा ध्यान जाओस्। कयौं लडाइँ जितेर आएका हामी नेपालीहरुका लागि यो पनि हाम्रो साझा लडाइँ हो। मिलेर सामना गरौँ अवश्य जित सुनिश्चित छ।

(केसी दक्षिण कोरियामा स्नातकोत्तर गरिरहेकी छन्।)

 

प्रकाशित: १३ चैत्र २०७६ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App