३१ आश्विन २०७८ आइतबार
Sunil Sapkota
सुनिल सापकोटा


सुनिल सापकोटाका लेखहरु :

आरडिटीपछि एन्टिजेनमा ध्यान

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।

वैद्यखानाको च्यवनप्राश अर्को वर्ष पनि अभाव हुने सम्भावना

सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको र बजारमा सबैभन्दा बढी खपत हुने च्यवनप्राश अर्को वर्ष पनि अभाव देखिने सम्भावना बढेर गएको छ। कोभिड–१९ संक्रमण बढिरहेको बेला रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न प्रयोग गरिने आयुर्वेदिक औषधि च्यवनप्राश उपलब्ध गराउन नसकेको वैद्यखानाले अर्को वर्ष पनि च्यवनप्राशको उचित व्यवस्थापन गर्न नसक्ने अवस्था देखिएको हो।

प्राथमिकतामा परेन आयुर्वेद: सरकारको नीति बजेट वक्तव्यमै सीमित

सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा आयुर्वेदिक क्षेत्रको विकास र विस्तारमा जोड दिने भने पनि व्यवहारमा भने यो क्षेत्रले प्राथमिकता पाएको छैन।

‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’

रिपोर्टमा नेपालका ५० प्रतिशत नागरिकले प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको दाबी गरेको उल्लेख छ। त्यस्तै ५८ प्रतिशत नेपालीले विगत एक वर्षमा भ्रष्टाचार पहिलाभन्दा झनै बढेको बताएको रिपोर्टमा छ।

ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प

कोरोना महामारीले आतंक मच्चाइरहेका बेला उपभोक्ताले रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिएकाले माग ह्वात्तै बढे पनि सिंहदरबारस्थित वैद्यखानाले त्यस्ता औषधि उत्पादन गर्न छाडेको छ ।

डा. केसीले अनशन तोडे

चिकित्सा शिक्षामा सुधारका लागि विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ताटोलीबीच शनिबार मध्यराति आठबुँदे सहमति भएको छ।

राति अबेर वार्ताटोली आमने–सामने, निष्कर्ष निस्किएन

‘आइओएमलगायतमा कनिष्ठलाई हटाएर वरिष्ठलाई पदाधिकारी बनाउन सरकारी टोली सहमत भए निकास टाढा छैन’

अनशनको २६औं दिन: वार्ता सकारात्मक

केसीका तर्फबाट वार्ताटोलीमा रहेका डा. लोचन कार्कीले छलफल सकारात्मक ढंगले अघि बढेको बताएका छन् ।

डा. केसीलाई अक्सिजनको सपोर्ट

चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आइतबारदेखि श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्न थालेको छ।

अनशनको २१औं दिन, न सम्झौता कार्यान्वयन न वार्ता

सरकार आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नतर्फ नलागेर गलत समयमा अनशन बसेको भन्दै उल्टै उनैलाई होच्याउन र सत्याग्रहीलाई खिसीट्युरी गर्न उद्यत् छ।

संवेदनाहीन सरकार, यस्तो छ केसीको स्वास्थ्य अवस्था

केसीको रगतमा डब्लुबिसी, सुगर र पोटासियमलगायत तत्व घट्दै जानेजस्ता समस्या आएको र उनलाई कुनै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

ग्राउन्ड ह्यान्डलिङ: हिमालयको अनुमति स्थगन

असार ४ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको थियो ।

६ महिनापछि ओम्नी कालोसूचीमा

कोभिड १९ महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिमा ढिलाइ गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई कालोसूचीमा राखेको छ।

भेन्टिलेटर खरिदमा चलखेल आशंका

कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि भेन्टिलेटर खरिद गर्न बोलपत्र प्रकाशित गरेको सरकारले फिलिप्स कम्पनीको उत्पादनसँग मिल्नेगरी स्पेसिफिकेसन बनाएको फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्