रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?
नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।