एक्ला वृहस्पति
जसलाई धेरै लोभ हुँदैन, उसले नै दलीय स्वार्थभन्दा माथि उठ्ने आँट गर्छ। यति आँट भएपछि विजय अवश्यम्भावी छ। यो स्थितिमा नेपाल फेरि पुगेका छन्।
जसलाई धेरै लोभ हुँदैन, उसले नै दलीय स्वार्थभन्दा माथि उठ्ने आँट गर्छ। यति आँट भएपछि विजय अवश्यम्भावी छ। यो स्थितिमा नेपाल फेरि पुगेका छन्।
राजाले बरु सहजै गद्दी छाडेर हिँडे तर ओलीलाई आफू अल्पमतमा परिसकेपछि पनि कुर्सी छाड्न गाह्रो भयो। त्यो स्थितिमा उनी र राष्ट्रपति भण्डारी मिलेर मुलुकलाई जालसाझीयुक्त राजनीतितर्फ लगेका हुन्।
एमालेको दोस्रो पुस्ताका नेताहरूले आफूहरूको भविष्यमा कालो बादल मडारिएको महसुस गरेपछि ओली र नेपालमाथि जसरी पनि मिल्नै पर्ने दबाब बढाएका छन्।
नेपाल पक्षले आत्मसमर्पण गरेर ओलीलाई संविधानविरुद्ध काम गर्न प्रेरित गर्नुभन्दा आफ्नो सांसद पद दाउमा राखेर भए पनि पद्धति जोगाउनु बढी उपयुक्त हुन्छ।
एमालेले आफूलाई विघटनतिर लैजाँदा नै देशको हित हुन्छ। यो भत्किएपछि बल्ल त्यसको जगमा राम्रो पार्टी तयार हुन्छ। मुलुकमा कोरोना विषाणु सिर्जित समस्या जति पुरानो भयो, एमाले सिर्जित समस्या पनि उत्तिकै पुरानो भएको छ। अर्थात् २०७६ चैतदेखि अहिलेसम्म हामी कोरोना र एमाले दुवैबाट उत्तिकै पीडित भएका छौँ।
एउटा लोकप्रिय गीत छ– ‘के सोचेँ मैले के भयो अहिले ?’ यो गीत ठ्याक्कै हामी नेपालीको नियतिसँग मिल्छ। हामीले लोकतन्त्रका निम्ति जे सोच्यौँ, त्यो पाएनौँ। लोकतन्त्रभित्र जुन आदर्श खोजियो त्यो फेला परेन।
प्रधानमन्त्रीको कुर्सी जोगाउन ओलीले यी तीन वर्षमा गरेका हर्कतलाई कुनै अर्थमा लोकतन्त्र मान्न सकिन्न। उनीबाट जे/जस्ता अभ्यास भए, तिनलाई समीक्षा गर्ने हो भने यही निष्कर्ष निस्कन्छ।
सेवा गर्ने व्यक्तिको सम्मान नगर्ने र आक्रमणमा उत्रने सठदेखि छक्क पर्नुबाहेक अरू के उपाय छ र ? कम्तीमा अरूको ठाउँमा आफूलाई राख्ने व्यक्तिले यस्तो गर्दैन।
जालझेलपूर्ण तरिकाले सत्तामा अडिरहेका ओलीबाट हुने निर्वाचनमा अन्य दलहरू जान तयार भए भने त्यो उनीहरूको राजनीतिक भविष्यको अन्त्य हुनेछ।
संसद्को ठूलो दलको हैसियतमा सरकार बनाउन र त्यसले विश्वासको मत हासिल गर्ने बेलासम्म ओलीका निम्ति नेपाल समूह आवश्यक पर्छ। त्यसपछि यिनको स्थिति फेरि सामान्य अवस्थामा जान सक्छ भन्ने विश्वास कसैलाई छैन।
गुगल ट्रान्सलेटमा गएर तोकिएका केही भाषामा लेख्दा त्यसको तत्काल अनुवाद पाउन सकिन्छ। यो लेख लेख्नुअघि मैले लेखेँ, ‘धेरैलाई लाग्न सक्छ, स्थिति ठीक छैन। तैपनि स्थिति सुधार गर्न सकिन्छ कि ?’ तत्काल यसको अंग्रेजीमा अनुवाद भइहाल्छ, ‘मेनी मे थिंक द्याट द सिचुएसन इज नट राइट। क्यान द सिचुएसन स्टिल बी इम्प्रुभ्ड।’
प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए। छोराको स्कुल छुट्टी सकिएको हुनाले उनी जर्मनी फर्किसकेका छन्।
हामीकहाँ पार्टी महाधिवेशनमा आर्थिक विकासको चर्चा हुँदैन। नेतृत्व हात पार्न बाह्र सत्ताइस राजनीतिक दर्शनका भाषण र दस्तावेज धेरै सुन्न पाइन्छ। संसारमा कहाँ क्रान्ति र प्रतिक्रान्ति भयो भन्ने विषयमा चर्चा हुन्छ। तर, आर्थिक प्रगतिले ती देशलाई अग्रणी बनाउँदै लगेको पक्षमा खासै ध्यान पुग्दैन।
कम्युनिस्ट पार्टीका तर्फबाट शासन गर्नेहरूमा लोकतान्त्रिक चरित्रको अभाव हुन्छ भन्ने प्रष्ट देखिएको छ । कम्युनिस्ट पार्टीले शासन गर्दा देशमा परिवर्तन आउँछ भन्ने भ्रम पनि अबलाई टुटेको छ ।
अहिलेको परिस्थिति सहज छैन । महाराजाहरूले राजनीतिलाई जुन विकृत स्थितिमा पुर्याइबक्सेको छ, त्यसप्रति धेरैको चित्त दुखाइ छ । सिर्जनात्मक चेत भएका व्यक्तिहरूले यो स्थितिमाथि कुनै न कुनै रूपमा हस्तक्षेप गरिरहेका छन् । कलात्मक ढंगले ती कहिले सडकमा पोखिएका छन् । कहिले ती रंगमञ्चमा प्रस्तुत भइरहेका छन् ।
