६ श्रावण २०७८ बुधबार
gunaraj luitel
गुणराज लुइँटेल


गुणराज लुइँटेलका लेखहरु :

कठै कांग्रेस !

मुलुकको लोकतान्त्रिक परिपाटीको मूल्यलाई बिर्सेर संवैधानिक परिषद्बाट हुने नियुक्ति सिफारिसमा ओलीबाट आउने ‘बक्सिस’प्रति देउवा अति नै अनुग्रहित देखिएका छन् । उनका पार्टीका युवा नेताले भनिरहेका छन्– भोलि आफैँ प्रधानमन्त्री भएर पूरै नियुक्ति गर्नुहोस्, किन यी केही पदका निम्ति लोभ गर्नुहुन्छ ?

अस्थिरतातर्फ अग्रसर

खासमा अर्का अध्यक्ष दाहालमा प्रधानमन्त्री पदका निम्ति लालसा भएको पनि हो तर ओली यी दुवै पद छाड्न तयार भएनन्। यी पद छाड्नुभन्दा राजनीतिक दुर्घटनातर्फ जानु उचित हुन्छ भन्ने उनलाई लागेको देखिन्छ।

के हामीलाई लोकतन्त्र फाप्दैन ?

नेताहरूबीचको बेमेलले लोकतन्त्र नटिक्ने खतरा देखिँदैछ। लोकतन्त्र प्राप्तिका निम्ति आन्दोलन गर्न एक हुन सक्ने तर त्यसलाई विधि र पद्धतिबाट अघि बढाउन नसक्ने स्थिति हाम्रो राष्ट्रिय चरित्र बनिसकेको छ। त्यस्तो हुँदैनथ्यो भने सरकारमा पुगिसकेपछि आफ्नो दलका नेता मात्र होइन, विपक्षीसँग समेत हार्दिकतापूर्ण सम्बन्ध बनाएर काम गर्न सकिन्थ्यो।

चरित्र चित्रण

अहिले सरकार ठीकठाक चलेको भए, विकास निर्माणले गति लिएको भए र आमनागरिकले आशा गर्ने ठाउँ पाएका भए राजावादीका नाममा आन्दोलन हुने थिएनन्।

स्वास्थ्य, सम्बन्ध र सौन्दर्य सिरेटो

विज्ञानका बारेमा समेत धेरैलाई चासो राख्न बाध्य पारेको छ । हामीले जीवनमा सायदै खोपको विकासबारे अहिले जति चासो राखेका थियौँ । खोप बनाउन कति प्रक्रिया हुन्छन् भन्ने थाहा पायौँ हामीले ।

के भयो यस्तो ?

ओलीले आफ्नो दलका यी शीर्ष नेताहरूसँग नियमित परामर्शमा काम गरेका भए कुनै अवरोध आउने थिएन।सबैजना आफूसँगै विगतमा काम गरेका नेता हुन्।उनीहरूसँग सल्लाह गर्दै अगाडि बढेका भए को उनीविरुद्ध जान्थ्यो होला र ?

यसो गरौँ यसपालि

सबैले आफ्ना सामाजिक सञ्जालका भित्तामा वा आफ्नै घरको भित्तामा लेखौँ– कृपया यो वर्षको दसैँमा तपाईँ मेरो घर नआउनुहोला, म पनि आउँदिन।

स्वास्थ्य सवाल

वास्तवमा हाम्रो मुलुकमा डा. गोविन्द केसी र कोरोना संक्रमण दुवैका कारणबाट स्वास्थ्य सेवाबारे गम्भीर बन्न हामी सबैलाई प्रेरणा प्राप्त भएको छ।

’कोरोना जितेको होइन, बाँचेर आएँ‘

‘कोरोना संक्रमण हुनुअघि तातो पानी आदि खानेकुरा ठीकै होला तर भइसकेपछि बाफ लिनेबाहेक हर्रोबर्रो वा बेसारपानी खाने भन्ने कुरा बकबास हुन्। राम्रो औषधि उपचारले मात्र हामीलाई बचाउन सक्छ।’

रोबोटिक दुनियाँ भर्चुअल दूरी

‘गुड जब लुइँटेलजी, यही रफ्तारमा दौडिरहनुभयो भने अर्को वर्ष भेट्रानहरूको वल्र्ड च्यापियनसिप ट्रफी तपाईंले हात पार्नु हुनेछ,’ मलाई मख्ख पार्दै जयप्रसाद भन्छ, ‘मैले मेरा साथीहरूसँग फूर्ति साथ तपाईंको यो प्रगति सुनाइरहेको छु।’

घामले पोल्दा रूखको छहारी

कम्युनिस्ट पार्टीका लागि एउटा सजिलो सूत्र, अझ भनौँ मन्त्र छ– एकता, संघर्ष र एकता। जब आन्तरिक परिस्थिति खराब बन्छ, नेतृत्वलाई सुविधा छ, यही सूत्रलाई आफूअनुकूल व्याख्या गरिदिए पुग्छ– हेर्नुस्, हामी कम्युनिस्ट साह्रै वैज्ञानिक छौँ, पार्टी जीवनमा जे भइरहेको छ, यो स्वाभाविक छ, यसको विज्ञानसम्मत हल हुन्छ।

नेकपाको महाभारत

महाभारतमा पाँच पाण्डवमध्ये एक धनुर्धारी अर्जुन निसाना लगाइ द्रौपदीलाई पाउन सफल हुन्छन्। पानीको छायाँमा घुमिरहेको माछाको आकृति हेरेर निसाना लगाउनुपर्ने पाञ्चाल नरेश द्रुपदको सर्त उनले पूरा गरेपछि पाञ्चाली पाणिग्रहण सम्भव भएको हुन्छ। द्रौपदीलाई लिएर घरमा आएका उनीहरूले बाहिरबाटै ‘माता ! हामीले भिक्षा लिएर आएका छौं’ भन्छन्। माताको आज्ञा हुन्छ, ‘जे ल्याए पनि आपसमा बाँडेर लिनू।’

घर बसौँ हजुरबुबाहरू

यतिबेला सडकमा अपूर्व दृश्य देखिँदैछन्। बन्दाबन्दी ८२ औँ दिनमा आइपुग्दा अहिलेको राजनीतिक नेतृत्वप्रति आश्वस्त हुन नसकेका युवा अनेकन बान्कीका प्रचारसहित सडकमा निस्केका छन्। उनीहरू भन्दैछन्– हजुरबाहरू, अब तपाईँहरू घर बस्नोस्। (हजुरआमाभन्दा हजुरबाहरूकै अहिलेसम्म राइँदाइँ चलेको हुनाले। )

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्