६ श्रावण २०७८ बुधबार
gunaraj luitel
गुणराज लुइँटेल


गुणराज लुइँटेलका लेखहरु :

मायावी मोबाइल

के तपाईंका छोराछोरी यतिबेला हातमा पुस्तक लिएर पढिरहेका छन् ? बाहिर कौसीमा निस्केर हेर्नुहोस्, पुसको पारिलो घाममा तपाईंका छिमेकी पत्रिका पढिरहेका छन् कि मोबाइलमा केही हेरिरहेका छन् ?

राष्ट्रपतिको राजकाज

राष्ट्रपतिलाई ‘समाजवादको मोडल’ वा ‘अर्थतन्त्र’बारे जिज्ञासा भयो भने त्यसबारे प्रधानमन्त्रीसँग जवाफ खोज्ने हो। आफैं सक्रिय भएर रायसुझाव लिने वा दिने गर्नु उचित होइन।

विकल्पको विग्रह

मतदाताले मःमः मात्रै ‘अर्डर’ गरे भनेर निराश हुनुभन्दा त्यसको विकल्प दिन तत्पर हुनुपर्छ। अहिलेका दुई राजनीतिक शक्ति– नेकपा र कांग्रेस एकरातमा बनेका होइनन्, उनीहरू यो स्वरूपमा आउन सिंगै पुस्ताले जीवन उत्सर्ग गरेको छ।

चुनौतीपूर्ण आशा

राम्रो कामको प्रशंसा राष्ट्रपतिदेखि सर्वसाधारण राष्ट्रवासीसम्मले गर्छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गर्ने बेला राजधानीका सडकमा देखिएको सुधारले सबैलाई नतमस्तक बनाएको पनि हो । हामी यसरी विकास गर्न सक्ने भइसक्यौं र भन्ने गरी आश्चर्यमा प¥यौं । यहाँ वर्षौं लगाएर नभएका काम रातारात त्यसमा पनि दशैंको बिदामा समेत सम्पन्न हुनु कम्ता कुरा होइन ।

सीको स्वागत

विश्वका सबै ठूला नेताले नेपाल आफ्ना निम्ति ‘अपरिचित छैन’ भन्ने सन्देश दिनासाथ हाम्रो मुलुकको व्यक्तित्व अरु बढ्छ। यस्ता भ्रमणबाट अपेक्षा गर्ने नै यस्तै हो।

चीन कूटनीति

चीन र भारत समृद्धिको मार्गमा हिँडिरहेको अवस्थामा नेपाल मात्र पछौटे भएर बस्नुपर्ने स्थिति दुवैका निम्ति प्रीतिकर हुन सक्दैन।

लोकतन्त्र : शत्रु आफैँभित्र

बेलायती म्यागेजिन ‘इकोनमिस्ट’ को (अगस्ट ३१–सेप्टेम्बर ६, २०१९) अंकमा एउटा रोचक सामग्री प्रकाशित भएको छ– डेमोक्रेसिज् इनिमी विथइन (लोकतन्त्रका शत्रु आफैँभित्र)।

सामाजिक सञ्जालमा शिष्टाचार

इन्टरनेट व्यापक प्रयोग हुन थालेपछि सन् २००७ जुलाईतिर पहिलोपटक मैले सिकेको अंग्रेजी शब्द हो– नेटिकेट। दुई अंग्रेजी शब्द– इन्टरनेट र एटिकेट(शिष्टाचार) मिलेर यो शब्द बनेको छ। यसको अर्थ हो– इन्टरनेटमा आफ्ना अभिव्यक्ति दिँदा पालना गर्नुपर्ने शिष्टाचार।

पढेर होइन परेर पत्रकार

पत्रकार भैरव रिसाल अहिले पनि लेखिरहेका छन्। साउन २९ गते उनी ९२ वर्ष प्रवेश गर्दै छन्। यसै दिन उनको संस्मरणात्मक कृति समेत प्रकाशित हुँदैछ। अखबारमा नियमित लेख्दै आएका सक्रिय पत्रकार रिसालसँग इतिहासका अनेकन रोचक घटना छन्।

फेरिएकै हुन् त ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शासनको डेढ वर्षमा बनाएको ‘दम्भी नेता’ को छविमा पुनरवलोकन गर्न थालेको देखिँदैछ। आफ्नो गुटभन्दा बाहिर जानै नचाहने, आलोचकलाई ‘थला पार्ने’ र अडानबाट हलचल नगर्ने उनको स्वभाव हो। अहिले आएर उनले आफूमा केही परिवर्तन गरेको अनुभूति हुँदैछ। यी परिवर्तन यथार्थ हुन् वा केही समयका लागि रणनीति, समयक्रममा खुल्ने नै छ।

सूचनामै समस्या

अहिले जतासुकै सरकार विरोधी देखिन थालेका छन्। सरकारका सबैभन्दा ठूला विरोधी ती हुन् जो सडकमा मास्क लगाएर हिँडिरहेका छन्। यो मैले भनेको होइन।

वर्तमानका तीन विकल्प

मानिस उद्वेलित छन्। सहरमा फेरि मसाल जुलुस निस्कन थालेका छन्। स्थिरताको आकांक्षाले रन्थमोलमा पारेको अभिशप्त वर्तमान छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको सरकार र पार्टीको नेतृत्वले मुलुकलाई अप्ठ्यारो अवस्थामा पु¥याएका छन्। अहिलेकै स्थिति कायम हुने हो भने चाँडै मुलुक अर्को अस्थिरतातर्फ धकेलिने संकेत पर्याप्त देखिन थालेका छन्। स्थिर सरकार बनेपछि जनताले मुलुकको विकासमा कायाकल्प हुन्छ भन्ने अपेक्षा गरेका हुन्। त्यसकारण मागअनुसार मुलुकमा दुईतिहाइ बहुमतको सरकार बनेको छ। सरकार बनेको डेढ वर्षमै सुषुप्त अवस्थामा रहेका सर्वसाधारणले फेरि जाग्नुपर्ने स्थिति आएको छ। बलियो सरकार मुलुकमा शान्ति र लोकतन्त्रका निम्ति हो तर यसका पाइला अधिनायकत्व स्थापनातर्फ उन्मुख हुन थालेका छन्।

हो/हल्ला मच्चाउने हो !

अचेल प्रश्न गर्ने गरिएको छ, सरकारले यसरी काम गरिरहेको छ– हो÷हल्ला मच्चाउने हो ? भाषण, लेख आदिमा सोधिन्छ– किन हो÷हल्ला मच्चाएको ? सरकारले यति पनि गर्न नपाउने ?

कृष्ण खोजीका दुर्गा दुर्दशा

पर्दामा दृश्य घुमिरहेका छन्। आफैंमाथि बनेको वृत्तचित्र हेरिरहेका छन् पर्दाका पात्रहरू। त्यो पीडा देखेर अरू रोइरहेका छन्। पात्रहरू विगततिर फर्किरहेका छन्। दृश्य अगाडि बढ्दै गर्दा लामो उच्छवास छोड्छन् पात्रहरू, ‘त्यस्ता पनि दिन थिए !’

स्वतन्त्र प्रेस ‘थला पार्ने’ व्यवस्था

जनआन्दोलन २०६२/०६३ पछि फेरि नागरिक समाजका अगुवासहित पत्रकार सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ। यो अवस्था चित्रण गर्दै नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले शुक्रबार सडकबाटै आफूहरू फेरि आउनुपर्ने अवस्था सिर्जना नगर्न आग्रह गरेका छन्। ‘सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरे त्यसको विरोधमा नागरिक अगुवा सडकमा आउनुपर्ने हुन्छ, सरकारले त्यस्तो अवस्था सिर्जना नगरोस्’– उनले भनेका छन्। तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध सडकमा आएका नागरिक समाजका अगुवा नै अहिलेको जननिर्वाचित सरकारले ल्याउन लागेको मिडिया विधेयकविरुद्ध आउनुपर्ने अवस्था आफैंँमा अप्रिय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्