शक्ति दलालदेखि सावधान !
नयाँ संविधानअनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहसमेतको निर्वाचन एकै वर्ष सम्पन्न गरेर मुलुक राज्यका सबै तहमा जनादेशप्राप्त दल र नेताहरू पुग्दै गरेको यो क्षणमा अबको सरकार, संसद् र न्यायालयको कामबारे सोच्ने बेला आएको छ । निर्वाचन परिणामपछिका केही महिना जय÷पराजयका विषयमा व्याख्या-विश्लेषण सकिएपछि सबै आआफ्ना कार्य व्यवहारमा संलग्न हुनेछन् । सरकार र विपक्षीले आआफ्नै गति र लय पनि पक्रिनेछन् ।
